प्रविधि विकासमा प्रकृतिको प्रेरणा
चमेरोले उड्दाखेरी विशेष प्रकारको ध्वनि प्रक्षेपण गर्द छ । त्यो ध्वनि अरू वस्तुमा ठोक्किएर फर्कन्छ, प्रतिध्वनि बनेर । त्यसकै आधारमा चमेराहरू अन्धकारमा पनि कहीँ नठोक्किकन दिउँसो अरू चराहरू उडेझै उड्छन् । चमेराले आफ्नो सिकार पनि प्रतिध्वनिकै आधारमा ठम्याउँदछन् । तीक्ष्ण चक्षु भएको चीलले चल्ला छोपेझै चमेरोले मुसा छोप्छ । यही प्रतिध्वनिको प्रविधिमा आधारित भएर राडार निर्माण भएको छ ।
केही वैज्ञानिक नयाँ–नयाँ आविष्कारमा लागेका हुन्छन् भने कोही चाहिँ प्रकृतिभित्रकै रहस्य पहिल्याउनमा व्यस्त हुन्छन् । प्रकृतिबाट प्रेरणा पाउन वैज्ञानिक नै बनिरहनु पर्दैन । हरेक पल, हरेक क्षण प्रकृतिबाट प्रेरणा लिनसक्नु सफल जीवनको द्योतक हो । तर प्रकृतिको रहस्यलाई उजागर गरेर त्यसबाट नयाँ आविष्कार गर्न भने विज्ञान र प्रविधिले नै सघाउने हो । प्रकृतिले विज्ञान र प्रविधिको विकास लाई सघाउँछ ।
हाम्रा नदीहरू पहाडबाट तल झ्र्दछन् । ओरालो लाग्छन् । उकालो लाग्न सक्दैनन् । झ्रना माथिबाट तलै झ्र्दछ । यसै गरी एउटा स्याउको फलरूखबाट झ्र्दछ । भुईंमा ठोक्किन्छ । त्यो स्याउ किन सोझै भुईंमा झ्¥यो भन्ने रहस्यमा घोत्लिएर आइज्याक न्यूटन पृथ्वीको गुरुत्वाकर्षणबारे नयाँ सिद्धान्त प्रतिपादन गर्न सफल भए । आकाशमा जब इन्द्रधनु वा इन्द्रेणी लाग्दछ, त्यहाँ विभिन्न रङहरू देखिन्छन्– सप्तरङ । त्यो रङ कसरी देखि यो भन्ने कुरा को रहस्य पनि उनले पत्ता लगाए । काँचको ३ पाटे ‘प्रिज्म’ (Prism) को मद्दतले सूर्य प्रकाशको रहस्यलाई उजागर गरे ।
मान्छेमा उड्ने वा आकाशमा कावा खाने रहर कसरी पलायो होला; हामी सबै अनुमान गर्न सक्छौं । किनभने चराहरू उडिरहेका छन् । उनीहरूको नक्कल गर्न मानिस सधैं प्रयत्नशील रहे । शरीरको वान्की र पखेटाको स्वरुप मिलाएर राइट ब्रदर्स सन् १९०३ मा हवाईजहाज बनाउन सफल भए, चरा जस्तै उड्न सफल भए ।
चराचुरुङ्गी, पशुपन्छी तथा फूल, बिरुवा र वनस्पतिको प्रकृति तथा बानीव्यहोरा, वान्की र तिनका विशेषताको अध्ययन गरेर तिनको देखासिकीबाट नयाँ–नयाँ प्रविधि विकास भएको छ । प्रकृतिबाट प्रविधिसम्मको यात्रा कहिले कठिन हुन्छ त कहिले सरल पनि । आजभोलि हराम्रो बुट–जुत्तामा, कोट–ज्याकेटमा, कम्मर कस्ने पेटी वा पाखुरामा; ब्लड प्रेसर नाप्ने यन्त्र कस्ने काममा ‘भेलक्रो’ (Velcrow) नामक साधारण ‘च्यारच्यारे’ पट्टीको प्रयोग हुन्छ । त्यसमा घुम्रिएका स–साना प्लाष्टिकका काँडा जडिएको हुन्छ । त्यसको अर्कोतिर को पट्टीमा साधारण भुवा मात्र टाँसिएको हुन्छ । ती दुई पट्टीलाई सजिलैसँग कस्सिने गरी टाँस्न पनि मिल्छ र उप्काउन पनि मिल्छ । यो प्रविधिको आविष्कारको आधार भेडेकुरो नामक वनस्पतिकागेडा हुन् । भेडेकुरोकागेडामा घुम्रिएका स–साना काँडा हुन्छन् । घाँस चर्दै गरेको भेडाको शरीरका भुत्लामा यीगेडा सजिलै टाँसिन्छन् र भेडासँगै टाढा–टाढासम्म यात्रा गर्द छन् । भेडाको ऊनमा बलियोसँग टाँसिने यीगेडाको अध्ययनबाट ‘भेलक्रो’ आविष्कार भयो । अर्थात् यसो भनौं कि प्रकृतिको नक्कल गर्न हामी सफल भयौं ।

नक्कलबाजीको अर्को उदाहरण ‘राडार’ हो । यो ज्यादै उपयोगी र अति महत्वपूर्ण आधुनिक उपकरण हो । राडारविना आजका विमान स्थल सञ्चालन हुन सक्दैनन् । हवाईजहाजबाट शस्त्र–अस्त्र प्रक्षेपण पनि सम्भव हुँदैन । राडार यन्त्रले विद्युतीय रेडियो तरङ्गहरूलाई आफ्नो ठाउँबाट टाढा–टाढा फ्याँक्छ वा भनौं कि प्रक्षेपण गर्छ । ती तरङ्ग अरू वस्तुमा ठोक्किएर फेरि त्यही राडारमा फर्कन्छन् । त्यसरी फर्किएका तरङ्गले कुन वस्तु कहाँ र कुन अवस्थामा छ भन्ने सङ्केत दिन्छन् । आकाशमा कुनै हवाईजहाज आइरहेको छ भने कताबाट कुनगतिमा आइरहेको छ भन्ने जानकारी राडारले तुरुन्तै दिन्छ । मानिसले यो राडार प्रविधि चमेरोबाट सिकेको भन्ने मान्यता रहेको छ । चमेरोले उड्दाखेरी विशेष प्रकारको ध्वनि प्रक्षेपण गर्द छ । त्यो ध्वनि अरू वस्तुमा ठोक्किएर फर्कन्छ, प्रतिध्वनि बनेर । त्यसकै आधारमा चमेराहरू अन्धकारमा पनि कहीँ नठोक्किकन दिउँसो अरू चराहरू उडेझै उड्छन् । चमेराले आफ्नो सिकार पनि प्रतिध्वनिकै आधारमा ठम्याउँदछन् । तीक्ष्ण चक्षु भएको चीलले चल्ला छोपेझै चमेरोले मुसा छोप्छ । यही प्रतिध्वनिको प्रविधिमा आधारित भएर राडार निर्माण भएको छ । राडारलाई छल्न प्रायः असम्भव मानिन्छ । तर पाकिस्तानी सेनाको राडार छल्न सफल भएबाट ओसामा विन लादेनलाई अमेरिकी सेनाले धावा गरेर मार्न सफल भएको समाचार हालै हामीले सुन्यौं । प्रविधि विकास कोगति यसरी नै निरन्तर र उन्नत हुँदै अघि बढ्छ ।
आजभोलि घर–भवनलाई वातानुकूलित (Air Conditioned) बनाउन धेरै इन्धन खर्च हुन्छ । वातानुकूलित भवन निर्माणको प्रसङ्गमा धमिरा (Termites) को विशिष्ट क्षमतालाई हामी जित्न सक्दैनौं । हाम्रा इन्जिनियरहरूलाई पनि उनीहरूले जितेका हुन्छन् । अफ्रिकामा भएको एउटा अध्ययनले धमिराका घरहरू वातानुकूलित हुन्छन् भन्ने देखाएको छ । बाहिरी तापमान १.५ डिग्री सेल्सियस देखि ४० डिग्रीसम्म घटबढ हुने ठाउँमा बनेका धमिराकागुँड सधैँ शीतल रहन्छन् ।
धमिराकै नक्कल गरेर बनेको भवन साँच्चिकै वातानुकूलित हुन आएको कुरा एक अध्ययनले प्रमाणित गरेको छ । हाम्रा सालका वनमा भेटिने धमिराकागुँडहरूबाट पनि यस्तै ज्ञान लिन सकिन्छ कि ?
हामीलाई थाहा छ; जुकाले चुसेको घाउबाट रगत बगिरहन्छ । अरू घाउमा जस्तो छिट्टै रगत जमेर घाउ टालिँदैन । जुकाको ¥यालमा त्यस्तो के तŒव रहेछ भन्ने अध्ययन गरेर वैज्ञानिकहरूले रगत नजम्ने रसायन पत्ता लगाए । स्वास्थ्य सेवामा त्यसको पर्याप्त प्रयोग हुँदै आएको छ ।
बाली नाश गर्ने कीराहरूमा पोथी प्राणीले यौनकामनाका वासनाहरू (हर्माेन) फैलाएपछि त्यहाँ भाले कीराहरू होम्मिदै आउँछन् । त्यस्तो वासना फैलाउने रसायनलाई कपास आदिमा सङ्कलन गरेर धराप खोरभित्र राखिन्छ । त्यो रसायनको वासनाबाट लोभिएर भाले कीराहरू त्यस्ता खोरभित्र होमिन्छन् । खोरभित्र विषादी पनि राखिएका कारण ती त्यहीँ मर्छन् । बाली सुरक्षित हुन्छ ।
प्रकृतिका जीव; प्राणी एवं वनस्पतिका विभिन्नगुण र विस्मयहरूको सिको गरेर नयाँ–नयाँ प्रविधिहरू विकास गर्न सफल भएका उदाहरण धेरै छन् । विभिन्न कलाकृतिमा फूल, बिरुवा, चरा, पुतली तथा अरू धेरै जीवात्माका आकृतिको नक्कल गरिन्छ । नृत्य साधना होस् वा कुस्तीबाजी आदिकलामा पनि प्रकृतिले प्रेरणा थपेको हुन्छ ।
जीव–विज्ञानमा अरूको नक्कल गर्नु लाई ‘मिमिक्री’ (Mimicry) भनिन्छ । जस्तै भद्राई चराले अरू चराचुरुङ्गीको स्वरको नक्कल गर्छ । छनेपाराले आफू वरपरको ठाउँको रङ नक्कल गरेर रङ बदलिरहन्छ । केही पुतलीहरू बिरुवाको पातै हो कि भन्ने गरी झुक्याउन सफल हुन्छन् । केही बाँकोका बिरुवागोमनले फणा उठाएझै गरी भयङ्कर रुप धारण गर्द छन् । जीवन रक्षाका लागि अपनाइने यी नक्कलहरू वातावरणसँग अनुकूल हुने प्रविधि हुन् । जीव; प्राणी र वनस्पतिका प्रकृति नक्कल गर्ने विधालाई वायोमिमिक्री (Biomimicry) भनिन्छ । ‘वायोमिमिक्री’ अनुसन्धानको एक गहन विषय हो, साथै विभिन्न प्रविधिको जननी पनि ।



