अङ्ग्रेजी शिक्षाः को बन्ने, ‘म’ कि ‘ऊ’ अथवा तेस्रो ?
नेपालमा अङ्ग्रेजी भित्रयाउने सरकार हो । तिनका उच्च पदस्थहरूको रहर हो । आवश्यकता हो । सरकारले निम्त्याएको यो रहर र आवश्यकता जनताको भएको छ । किनकि उनीहरूले त्यहाँ ‘भविष्य’ देखेका छन् । जागिरको भविष्य । इज्जतको भविष्य । व्यक्तिगत क्षतिपूर्तिको भविष्य ।
लक्ष्मीप्रसाद देवकोटाको ‘हाई हाई अङ्ग्रेजी’ निजीको खेती बन्यो । गुणस्तर बन्यो । सान बन्यो । ट्रेडमार्क बन्यो । हुँदाहुँदै क्राइस्टको सम्झनामा बनाइएकोगलपासो (Tie) फेसन बन्यो । सिपाहीलाई बनाएको ड्रेसकोड पहिचान बन्यो । हुँदाहुँदै गल पासो, अङ्ग्रेजी भाषा र ‘सिपाही ड्रेस’ निजी स्कूलको पयार्य बन्यो । पहिचान बन्यो । त्रैतवस्तुको एकल पहिचान ।
भाषा कसको ?
बोल्नेको भाषा हुँदोरहेछ । मन परे आफ्नै हुने । रिस उठे पराइको । अङ्गेजी भाषामा त्यही भयो । कुनै बेला यो जर्मनीका Angles जातिको थियो । ती जातिकै डेनमार्कका केही बासिन्दाले पनि बोल्थे । बेलायत पुगेपछि त्यही भाषा Englisc भयो । गएको ५०० वर्षमा जर्मनी र डेनमार्कबाट बेलायत पुगेका आव्रजक (Immigrants) जनजाति (Tribe) को भाषा अहिले ९० भन्दा बढी देशको राष्ट्रिय भाषा भएको छ । कसैको मूलभाषा, कसैको दोस्रो भाषा । आखिर यसको सफलताको राज के हो त ? समुद्री डाँकू । लुटेरा (Vikings) को शब्द संयोजन ? Norman को विजय बल ? फ्रेन्चहरूको दवदवा ? बेलायतको कूटनीतिक सम्बन्ध ? उसको उपनि वेशवादी प्रभाव ? सिक्न सिकाउन सहज बनाउने भाषाविद्हरूको बुद्धि ? शाश्वत व्याकरण (Universal Grammer) बनाउनेहरूको तागत ? भाषा विस्तारकहरूको लचिलो बुद्धि ? औद्योगिकरणलाई मोडेल मान्नेहरूको देखासिकी ? प्रकाशित श्रव्य र दृश्य सामग्रीको पर्याप्तता ? वैज्ञानिक खोजको फेहरिस्त ? बलियो मुद्रा ? प्राज्ञिक सम्पदा ? जातीय पहिचान ? शायद एउटै उत्तर कसैसँग छैन । हुँदैन । यसबाट बुझन्छि भाषा बोल्नेको रहेछ । किन बोल्यो ? उसैको उत्तर रहेछ । जातिमा भाषा बसे मर्दोरहेछ । अन्तरजातीय बनाए सर्दोरहेछ । जनजिब्रोको बनाए झयाङ्गिदोरहेछ । ज्ञान, व्यापार, राजनीति जस्ता उपयोगी आधार जोडे शाश्वत बन्दोरहेछ । पुस्तान्तर हुँदा मातृभाषाको स्थान लिँदोरहेछ । मेरो थातथलोमा मेरै जातजातिको मात्र भाषा बोल्छु भने ब्रिटेनको Celtic भाषा बन्दोरहेछ । आफ्नै घरमा आफैं नौलो ।
मोह कसको ?
संस्थागत रूपमा राणा शासकले अङ्ग्रेजी भिœयाए । उनैले ‘विस्तार’ गरे । विस्तारको घेरा भने सीमित थियो । त्यो सीमित घेरा प्रजातन्त्रोत्तर कालका नेताहरूले तोडे । यस अर्थमा नेपालमा अङ्ग्रेजी भित्रयाउने सरकार हो । तिनका उच्च पदस्थहरूको रहर हो । आवश्यकता हो । सरकारले निम्त्याएको यो रहर र आवश्यकता जनताको भएको छ । किनकि उनीहरूले त्यहाँ ‘भविष्य’ देखेका छन् । जागिरको भविष्य । इज्जतको भविष्य । आत्मरतिको भविष्य । व्यक्तिगत क्षतिपूर्तिको भविष्य । सञ्चारको भविष्य । प्रविधि विस्तारको भविष्य । यसरी हेर्दा वर्तमान को सान, आन र स्वप्निल भविष्यले अङ्ग्रेजी मोह फस्टायो । केही पागल (Crazy) भएर लाग्यौं । केही आवश्यकता अनुसार लाग्यौं । केही पाइला फुक्दै (Reluctant) लाग्यौं । केहीले अङ्ग्रेजीको विकल्प हामीसँगै छ कि भन्ने सोच बोक्यौं । यस अर्थमा अङ्ग्रेजीले हामीलाई छोड्नेवाला पनि छैन । किनभने साँघुरिँदै गएको विश्व जोड्ने अङ्ग्रेजी नै हो । एक्लिँदै बाँच्ने दिन गएकाले जोडिने आधार त्यही हो । अङ्ग्रेजीबाट अङ्ग्रेजीहरू बनाउने उपक्रमले यसलाई निरन्तरता दिइरहेको छ । विकल्पको समकक्षी भाषा नआएसम्म अङ्ग्रेजी भाषाको राज रहन्छ । किताबमा राज । प्रविधिमा राज । कूटनीतिमा राज । सामाजिक सान आनमा राज । आप्रवासी बन्ने बाध्यतामा राज । रहरमा राज । डलरमा राज । यस्ता अनेकन् विधामा अङ्ग्रेजी राज रहन्छ । यस्तो राजले गर्दा अङ्ग्रेजीको मोह चाँडै घट्दैन ।
सरकारी स्कूलको आदर्श निजी भयो । उसको आफ्नै आदर्श बनेन । सोही कारणले गर्दा निजीले जे गरयो सरकारी त्यतै दौडियो । टाई, अङ्ग्रेजी र स्कूल ड्रेस । परिणामतः ‘जहाँ पढाए पनि उस्तै’ भन्ने दौडमा सरकारी दौडियो । निजी चाहिँ ‘सिपाहीकरण’ (Regimentation) तर्फ उल्मुख भयो ।
निजी स्कूलले के गरे ?
निजी स्कूल सरकारीकै पुनरोक्ति हुन् । राणाहरूले अङ्ग्रेजीमै पढ्न सिकाए । तात्कालीन सरकारी स्कूलले त्यही नीति लिए । सक्नेले सबै विषय अङ्ग्रेजीमा । नसक्नेले विषयको रूपमा । २०२८ सालपछि को ‘नेपालीकरण’ नीतिले अङ्ग्रेजी पनि नेपालीमा पढाउने चलनलाई निरन्तरता दियो । निजीले चाहिँ ‘नेपालीकरण’ लाई ‘अङ्ग्रेजीकरण’ गराए । यस अर्थमा उल्ट्याए । सबै विषय अङ्ग्रेजीमा पढाए । सबैलाई अङ्ग्रेजीमै बोल्न बाध्य गराए । कक्षाकोठामा । खेलमैदानमा । शिक्षक भेटघाटमा । अभिभावक भेलामा । विद्यालय हातामा । यसरी लक्ष्मीप्रसाद देवकोटाको ‘हाई हाई अङ्ग्रेजी’ निजीको खेती बन्यो । गुणस्तर बन्यो । सान बन्यो । ट्रेडमार्क बन्यो । हुँदाहुँदै क्राइस्टको सम्झनामा बनाइएकोगलपासो (Tie) फेसन बन्यो । सिपाहीलाई बनाएको डे«सकोड पहिचान बन्यो । हुँदाहुँदैगलपासो, अङ्ग्रेजी भाषा र ‘सिपाही ड्रेस’ निजी स्कूलको पर्याय बन्यो । पहिचान बन्यो । त्रैतवस्तुको एकल पहिचान ।
कोभन्दा को कम ?
विकास चक्रीय हो । विनासबाट विकास । विकास बाट विनास । सरकारी स्कूलको विकास चक्र पूरा भयो । त्यसैले २०३६ साल देखि तिनीहरू विनासतिर लागे । निजी विकास तिर । यस अर्थमा ‘वाइनरी अपोजिट’ । अहिले सरकारी खुुम्चिँदो क्रममा छ । निजी झयाङ्गिदोमा । किन झयाङ्गियो त निजी ? किन खुम्चियो त सरकारी स्कूल ? उत्तर सोझे छ । अङ्ग्रेजीको पढाइ । अङ्ग्रेजीमा पढाइ । बजारी बुझइले त्यही भन्छ । ठूलाका सन्तान पढ्ने । धनीका सन्तान पढ्ने । आर्थिक बुझइले त्यसै भन्छ । निजीको सान नै बेग्लै । मान नै बेग्लै । सामाजिक बुझइले यो कुरा उजागर गर्छ । नियमित पढाइ । केही त दैनदिनीको सिकाइ प्राविधिक बुझइले यसै भन्छ । निजीमा पढाए विश्व बजार । सरकारीमा पढाए स्थानीय बजार व्यापारीले त्यसै भन्छ । यी भनाइहरूमा आंशिक सत्यता छ । बहु बुझइ समेट्ने सत्यता । यी बुझइहरूले एकल रहस्य खोले— सरकारीलाई प्रतियोगी बन्ने रहस्य । निजी र सरकारीबीच प्रतियोगी । सरकारी सरकारीबीच प्रतियोगी । बसाइमा । पढाइमा । ड्रेसमा । पढाइने विषयमा । मूलतः फरर बोलिने अङ्ग्रेजीमा ।
सरकारी स्कूलः ठीक कि बेठीक ?
सम बन्नु एकखाले प्रतियोगिता हो । भिन्न बन्नु अर्को खाले । दुवै अवस्थामा आ–आफ्नो स्थान बनाउनु तेस्रो खाले । मान्य स्थान । समाज ले खोजेको स्थान । सरकारी स्कूल चुकेको त्यहीँ हो । निजीले अङ्ग्रेजी सिकायो । सरकारीले भाषा सिक्ने सीप सिकाए के हुन्छ ? इण्डोयुरोपियन (अङ्ग्रेजी, जर्मन र स्वीडिस) भाषा सिक्ने मन्त्र । इण्डोआर्यन (नेपाली, हिन्दी, अवधी, संस्कृत, भोजपुरी, थारू, बङ्गला, मैथिली) भाषा सिक्ने मन्त्र । तिवेतोवर्मन भाषा (तामाङ, गुरुङ, लिम्बू, राई) सिक्ने मन्त्र । चित्रात्मक लिपिमा लेखिने भाषा (चिनियाँ, जापानी, कोरियन) सिक्ने मन्त्र । अन्तर पारिवारिक भाषा सिक्ने मन्त्र । अनि आफ्नो भाषाबाट अरूको भाषा सिक्ने मन्त्र । ह्योल्मो भाषाबाट भोजपुरी सिक्ने । भोजपुरी भाषाबाट ह्योल्मो सिक्ने । दुवैबाट नेपाली सिक्ने । शब्द—सन्दोह पुस्तकमा जनार्दन घिमिरे (२०६७)ले दिएको तर्किव । यसो गरेको भए निजी स्कूल निजीकै रूपमा हुन्थ्यो । सरकारी सरकारीकै रूपमा । दुवै भिन्नखाले प्रतियोगी बन्थे ।
अर्को सम्भावना पनि थियो– व्यावहारिक शिक्षा बनाउने सम्भावना । निजीका विद्यार्थी शहरी हुन् । पैसावाला हुन् । रहरवालाका सन्तति हुन् । सरकारीका अनुभवका खानी । शिक्षक तालिमको शब्दावलीमा निजीका पूर्वजीवनकालीन (Children before life) । सरकारीका जीवन्तकालीन (Children lived with life) । यसो हुँदा सरकारीले अनुभवबाट सिकाउनु पथ्र्यो । कोदालो खन्दा कुन बल प्रयोग हुन्छ ? कति डिग्रीको कोणबाट खन्नुपर्छ ? कति उचाइमा कोदालो उचाल्नुपर्छ । कोदालोलाई आधुनिकीकरण गर्ने तर्किव के हुनसक्छ ? हिमाल, पहाड र मधेशको कोदालोमा के फरक छ ? किन फरक हुन्छ ? ढुङ्ग्यान र मट्यानमा खन्ने कोदालोको आकार प्रकारमा किन भिन्नता हुन्छ ? यस्ता जीवन्तकालीन उदाहरणले विद्यार्थीलाई साम्यवादीको शब्दावलीमा जनवादी, वैज्ञानिक, व्यावहारिक र उपयोगी व्यक्ति बनाउँथ्यो । यस्ता अनेकन् बाटाहरू थिए । यी बाटाहरू सरकारीले खोजेन । यस अर्थमा सरकारी स्कूलको आदर्श निजी भयो । उसको आफ्नै आदर्श बनेन । सोही कारणले गर्दा निजीले जे गरयो सरकारी त्यतै दौडियो । टाई, अङ्ग्रेजी र स्कूल ड्रेस । परिणामतः ‘जहाँ पढाए पनि उस्तै’ भन्ने दौडमा सरकारी दौडियो । निजी चाहिँ ‘सिपाहीकरण’ (Regimentation) तर्फ उल्मुख भयो ।गतिमा क्षमता भएको लाई पनि घोकाउने । सर्जकलाई पनि कण्ठ गर्न प्रेरित गर्ने । त्यहीँ निजीले अर्को तर्किव निकाल्न सक्थ्यो—गीतबाट गणित सिकाउने ।गीतमै विज्ञान ।गीतमै कला ।गीतमै भूगोल । यस अर्थमा दुवै थरी स्कूलले विद्यार्थी–स्रोत/सम्पदा/क्षमताको दोहन गरेनन् ।
भाषा पढाउने कि भाषा पढ्ने सीप पढाउने ? टाई लगाउने कि टाई किन लगाएँ भनी खोजाउने ? आदर्श बनाइदिने कि सन्दर्भ सापेक्ष आदर्श बनाउन सक्षम बनाइदिने ? आफ्नैपना बनाउने कि ‘जसोजसो बराजु उसैउसै स्वाहा’ (निजीकै अनुयायी) गर्ने ? पहिलो टुङ्गो त्यसैकोगरौं ।
निजी स्कूलः गन्तव्य कता ?
हराम्रो विशेषता के ? प्रचारकले सोध्ने यही हो । बजारले खोज्ने त्यही हो । निजीका विज्ञापनले भन्छ— अङ्ग्रेजी माध्यममा पढाइ । सिर्जनशील बन्नमा जोड । अरू विज्ञापन फोकटका हुन् । अङ्ग्रेजी माध्यम गर्दा निजीले भाषिक अर्थ र पूर्ण डुबाइ (Language immersion and submersion) को नीति लिए । सङ्काय विकास मनोविज्ञान (Faculty development psycholugy) को सहारा लिए । संज्ञानात्मक सहारा । यो सहारा लिँदा निजीले सर्जकतागुमायो । आदर्श चाहिँ ‘विदेश’ बनायो । स्वदेश नजोडिएको विदेश । निश्चित हावापानीमा मात्रै हुर्किने विकासे वस्तु । नेपालीको भूगोलले सामान्यीकरण (Specialization) सहितको वैशिष्टता (Specialization) खोज्यो । निजीले वैशिष्ट्यको लहड बोक्यो । त्यहींनेर निजीकोगन्तव्य हरायो । यूरोपको विदेशले प्रतिभा खोज्यो । यूरोपिएको नेपालीले नाता खोज्यो । जातजाति र भाषा खोज्यो । आफ्नैपना । निजी स्कूलले उत्पादन गरेको विद्यार्थीले पनि आफ्नोपना छोड्न सकेन । स्कूलकोगन्तव्य विदेश रे ! विद्यार्थीकोगन्तव्य आफ्नोपना रे ! रगतकै पुरातनपन्थी सोच रे ! यस अर्थमा निजीले आफूलाई प्रणालीबद्ध प्रक्रिया (System approach) मा सोचेन । मेरो सन्दर्भ के ? लगानी के ? प्रक्रिया के ? उत्पादन के ? प्रभाव के ? (CIPP) । यसरी विश्लेषण गर्ने तागत र रहर निजी स्कूलमा रहेन । अर्थात् निजी पनि गन्तव्यहीनगन्तव्यमा फँस्यो । सरकारी स्कूलले पनि त्यहीगन्तव्यहीनगन्तव्यलाई पछ्याउन थाल्यो । अङ्ग्रेजी राख्ने । डे«स राख्ने । टाई राख्ने । अरू कुनै ? निजीले जे गर्ला त्यही गर्ने । सिनेमाको डे«स नक्कल गर्ने युवा जस्तो । मदारी कतै भएको । आफू निजीको सर्प । निजी चाहिँ मदारीहीन सर्प । यति मेरो विद्यार्थीका लागि । यति मेरो देशका लागि । यति मेरो आदर्शका लागि । यसरी आफ्नो बाटो तय गर्न नजान्नेहरू । तिनकैगन्तव्यका सरकारी स्कूलहरू ।
सरकारी स्कूलः गर्ने के त ?
यदि अनुयायी नै बन्ने रहर हो भने सबै कक्षामा अङ्ग्रेजीमै पठनपाठन किन न गर्ने ? विना तालिम पनि ‘स्तरीय शिक्षा’ दिने निजीको तागतलाई किन सरकारीमा नभित्रयाउने ? किन तालिम चाहियो भनी चिच्याइरहने ? असमान तलबमा नै अपेक्षित नतिजा दिने निजीको क्षमतालाई किन सरकारीले नस्वीकार्ने ? समान तलब खोज्नेले असमान तलब लिने निजीको भन्दा रराम्रो परिणाम किन नदिने ? दोस्रो टुङ्गो हो— समकक्षी बन्ने । समान नबन्ने । त्यसो हो भने सरकारी स्कूलले जनवादी, वैज्ञानिक, व्यावहारिक र उत्पादनउन्मुख शिक्षा दिन थालौं । निजीले भूमण्डलीकृत (Corporate/Global) । अनि क्रमशः निजीमा सरकारीको क्षमता जोडौं । सरकारीमा निजीको । तेस्रो टुङ्गो हो— अङ्ग्रेजी भाषा नै पहिलो हो भने सरकारीले भाषा सिक्ने तर्किव दिऔं । तामाङबाट विश्वभाषा सिक्ने तर्किव । भोजपुरीबाट विश्वभाषा सिक्ने तर्किव । डोल्पोबाट विश्वभाषा सिक्ने तर्किव । जनार्दन घिमिरेको शब्द सन्दोह को उपाय । नोमचोम्स्कीको सार्वभौम व्याकरणिक (Universal grammer) उपाय । कतै सरकारी स्कूल र त्यसका मित्रहरूले सोच्न थाल्ने कि ? कि मातृभाषा, कि अङ्ग्रेजी भाषा, कि प्रान्तीय भाषा, कि आ–आफ्नै भाषाको कुनो बनाउने सरकारी बुद्धिको बहुभाषी व्यवस्थालाई चुनौती दिने कि ? भविष्य हाम्रै हो । सोच्ने अहिल्यै हो ।



