जिज्ञासा र जवाफ

के हो अनुपयुक्त उपसमूह ?

कक्षा ७ को गणित पाठ्यपुस्तकमा ‘अनुपयुक्त उपसमूह’ दुई वटा हुन्छन् भन्ने लेखिएको छ । तर, कक्षा आठमा अनुपयुक्त उपसमूह एक वटा हुन्छ भनी लेखिएको छ । उपयुक्त र अनुपयुक्त उपसमूहको परिभाषालाई उदाहरणसहित प्रस्ट पारिदिए आभारी हुनेथिएँ ।
मिलन वली
नेरा मावि, डाँडाखाली–२, सुर्खेत

कुनै पनि समूहको एउटा मात्रै अनुपयुक्त उपसमूह ९क्ष्mउचयउभच क्गदकभत० हुन्छ । कुनै सर्वव्यापक समूह ुग्ु वा अन्य समूहहरूबाट केही सदस्यहरू मात्रै लिएर बनाइने उपसमूहलाई उपयुक्त उपसमूह र सबै सदस्यलाई लिएर बनाइने उपसमूहलाई अनुपयुक्त उपसमूह ९क्ष्mउचयउभच क्गदकभत० भनिन्छ । जस्तैः
ग् र्.   ज्ञ, द्द, घ, द्धै  एउटा सर्वव्यापक समूह हो ।
यसका केही उपसमूहहरूः
ब् र्.  ज्ञ, द्दै  
द्य र्.  ज्ञ, द्द,घै
ऋ र्.  ज्ञ, द्द,घ,द्धै
यहाँ सर्वव्यापक समूह ुग्ु का उपसमूहहरू ब् र द्य मा सर्वव्यापक समूह  ुग्ु का सबै सदस्यहरू छैनन् । तर, उपसमूह ऋ मा सबै सदस्यहरू छन् । त्यसैले ब् र द्य लाई सर्वव्यापक समूह ुग्ु को उपयुक्त उमसमूह र उपसमूह ऋ लाई अनुपयुक्त उपसमूह भनिन्छ । उपयुक्त उपसमूहलाई ु⊂ु र अनुपयुक्त उपसमूहलाई ु⊆ु सङ्केतले जनाइन्छ ।
डण्डपाणि शर्मा
पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

प्रसूति स्याहार बिदाः दुई पटक मात्रै

संशोधित शिक्षा नियमावलीमा शिक्षकका लागि प्रसूति स्याहार बिदाको सुविधा थपिएको रहेछ । कति वटा सन्तानको हकमा यो बिदा पाइने हो ?

मैले अस्थायी सेवामा रहँदा ४५ दिन बिरामी बिदा सञ्चित थियो । सञ्चित बिदा बापतको रकमका लागि मैले सम्पूर्ण कागजात जिशिकामा बुझइसकेको छु । तर, यसको डेढ वर्ष बितिसक्दा पनि सञ्चित रकम पाउनसकेको छैन । के मैले उक्त रकम पाउँदिनँ ?
नरबहादुर विश्वकर्मा
भीम मावि, देवीस्थान– ३, म्याग्दी

पुरुष शिक्षकले पत्नी सुत्केरी हुँदा सुत्केरीको अघि वा पछि १५ दिन स्याहार बिदा पाउनेछ । यस्तो बिदा सेवा अवधिमा दुई पटक मात्रै पाइन्छ ।
विदुरराजगिरी
उपसचिव, शिक्षा मन्त्रालय

अस्थायी शिक्षकले पनि सञ्चित बिदाको रकम पाउँछन् । त्यसका लागि आवश्यक बजेट नभएकाले निकास पठाउन नसकिएको हो । अर्थ मन्त्रालयसँग बजेट मागिएको छ । अर्थबाट बजेट स्वीकृत हुुनासाथ जिशिकामार्पmत त्यस्तो रकम उपलब्धगराइनेछ ।
कृपाराम रिज्याल
लेखा अधिकृत, विद्यालय शिक्षक किताबखाना

विज्ञान शिक्षक नपाए के गर्ने ?

कतिपय विकट क्षेत्रका स्कूलमा अझै पनि शिक्षण अनुमतिपत्र प्राप्त विज्ञान शिक्षकको अभाव देखिन्छ । त्यसो हुँदा अनुमतिपत्र नपाएका तर विज्ञान विषय लिई बी.एड. र बी.एस्सी. उत्तीर्ण गरेका शिक्षकलाई पछि अनुमतिपत्र दिने शर्तमा विद्यालयमा नियुक्ति दिने गरिएको छ । दक्ष विज्ञान शिक्षकको अभाव खट्किन नदिनका लागि तिनको सहज पदपूर्तिका लागि शिक्षक सेवा आयोगले केही सोचेको छ कि छैन ?
भीम खड्का, रुकुम

शिक्षक सेवा आयोग नियमावलीमा विज्ञान, गणित र अङ्ग्रेजी विषयमा अनुमतिपत्र व्यक्ति नभएर दुर्गम क्षेत्रका विद्यालयमा पठनपाठन हुन नसक्ने अवस्था आएमा न्यूनतम योग्यता पुगेका व्यक्तिहरू मध्येबाट अस्थायी अध्यापन अनुमतिपत्रका लागि अन्तर्वार्ता लिएर अनुमतिपत्र दिनसक्ने व्यवस्था छ । तर, ‘दुर्गम क्षेत्र’ जनाउने गरी शिक्षा मन्त्रालयबाट कुनै जिल्ला, गाविस र विद्यालय क्षेत्र नतोकिइसकेको हुँदा यो व्यवस्था कार्यान्वयनमा आउनसकेको छैन ।
विष्णुप्रसाद नेपाल
सहसचिव, शिक्षक सेवा आयोग

स्थायीलाई उमेर हद लाग्दैन

प्राथमिक तहमा कार्यरत र ४० वर्ष नाघेका शिक्षकले माथिल्लो तहका लागि आवश्यक शैक्षिक योग्यता हासिल गरेको खण्डमा माथिल्लो तहकै शिक्षण अनुमतिपत्र र खुला विज्ञापनमा आफू कार्यरत रहेको जिल्लाबाट आवेदन दिन पाउँछन् कि पाउँदैनन् ?

शोभाराम वली
गणेश निमावि, धौलाबाङ, दुवीडाँडा रोल्पा

स्थायी दरबन्दीमा कार्यरत शिक्षकसँग माथिल्लो तहको शैक्षिक योग्यता छ भने उसले पहिले शिक्षण अनुमतिपत्र र अनुमतिपत्र पाएपछि खुला विज्ञापनमा समेत आवेदन दिन पाउँछ । त्यस्ता शिक्षकको हकमा उमेरको हद लाग्दैन ।
पदमप्रसाद खरेल
उपसचिव, शिक्षक सेवा आयोग

आफैं आउनुपर्दैन

म अपाङ्गता भएको शिक्षक हुँ । अपाङ्गताको सिफारिस बनाउनका लागि स्वीकृत चिकित्सकको प्रमाणपत्र लिई समाज कल्याण परिषद्मा म स्वयं जानुपर्छ कि सहयोगी व्यक्ति जाँदा पनि हुन्छ ?
रमेश कुमार केसी
कालिका मावि, लालीकाँडा–१, दैलेख

अपाङ्गताको सिफारिसका लागि सम्बन्धित व्यक्ति आपैंm समाज कल्याण परिषद्मा आउनुपर्दैन । सिफारिस आवश्यक परेका व्यक्तिले आफूले हस्ताक्षर गरेको निवेदनसँगै चिकित्सकको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रसहित अन्य व्यक्तिलाई पठाउन सक्छन् ।
उमा बस्नेत
नासु, समाज कल्याण परिषद्

तपाईंले पाउनुहुन्छ

म बी.एस्सी. अन्तर्गत भौतिक विज्ञान, गणित र तथ्याङ्कशास्त्रको विद्यार्थी हुँ र तेस्रो वर्षको मुख्य विषय तथ्याङ्कशास्त्र हो । हाल बी.एस्सी. उत्तीर्ण भइसकेको छु । साथै, शैक्षिक प्रशासन तथा सुपरीवेक्षण विषयमा एकवर्षे बी.एड. पनि गर्दैछु । अब मैले यो विषयमा बी.एड. सकेपछि शिक्षण अनुमतिपत्रका लागि आवेदन दिन पाउँछु कि पाउँदिनँ ? अनुमतिपत्र पाएपछि मैले कुन–कुन विषयको खुला विज्ञापनमा आवेदन दिन पाउँछु ?
प्रयास शर्मा
पञ्चासे मावि, दुईपीपल–९, नुवाकोट

जुन विषयमा एकवर्षे बी.एड. उत्तीर्ण गरे तापनि शिक्षण अनुमतिपत्रका लागि आवेदन दिन पाइन्छ । तपाईंले अनुमतिपत्र लिएपछि विज्ञान र गणित दुवै विषयको खुला विज्ञापनमा आवेदन दिन सक्नुहुन्छ ।
पदमप्रसाद खरेल
उपसचिव, शिक्षक सेवा आयोग

विद्यार्थी घटे के गर्ने ?

कुनै पनि सरकारी वा निजी विद्यालयले कक्षा सञ्चालन गर्दा कुनै कक्षामा विद्यार्थी नभए सोभन्दा माथिल्लो कक्षा सञ्चालन गर्न मिल्छ कि मिल्दैन ? (जस्तै; कक्षा १, २ र ३ लाई छोडी कक्षा ४ र ५ सञ्चालन गर्न) । यदि मिल्दैन भने त्यस्ता विद्यालयलाई कुनै कारबाही हुन्छ कि हुँदैन ?
शशिधर पौडेल
जनता मावि, पाही राङखानी, बाग्लुङ

विद्यार्थी नभएका कारण त्यसरी तल्लो कक्षामा पठनपाठन नभई माथिल्लो कक्षामा मात्रै पठनपाठन भएको पाइएमा त्यस्ता विद्यालयलाई निरन्तरता दिन जिशिकाले सक्दैन । विद्यार्थी घटेको खण्डमा त्यस्ता विद्यालयलाई अर्को विद्यालयमागाभ्न सकिन्छ । निजी विद्यालयको हकमा भने यसबारे कुनै नीतिगत व्यवस्था छैन ।
हरिगौतम
जिशिअ, बाग्लुङ

अस्थायीले के गर्ने ?

हालै संशोधित शिक्षक सेवा नियमावली अनुसार प्राथमिक तहका लागि सबै व्यक्तिले प्रमाणपत्र तह वा सो सरहको परीक्षा पास गर्नु पर्ने हो कि कार्यरत अस्थायी शिक्षकको हकमा एसएलसी मात्रै भए पुग्ने हो ?
सिधुलाल राजवंशी
प्रअ, रामजानकी निमावि, माथिगाछ, मोरङ

प्रचलित नियमावली अनुसार, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी शिक्षक बाहेक अन्य उम्मेदवारले कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्छ ।
मेघबहादुर केसी
उपसचिव, शिक्षक सेवा आयोग

तीन प्रश्न

म २०४५ मा प्राथमिक तृतीय श्रेणीमा स्थायी नियुक्ति पाई २०६२/०२/१३ मा द्वितीय श्रेणीमा बढुवा भएको शिक्षक (जन्ममिति २०१९/०५/०६) हुँ । मैले नेपाली विषयमा बी.एड. उत्तीर्ण गरेको छु । मेरा प्रश्नहरू देहायबमोजिम छन् ।
१.    नियमले का.स.मू.को आधारमा मलाई कति वर्षमा प्रथम श्रेणीमा बढुवा हुन दिन्छ ?
२.    मलाई माध्यमिक तहमा स्थायी वा अस्थायी बढुवा हुन नियमले दिन्छ वा दिँदैन ?
३.    मैले शिक्षक सेवा आयोगबाट खुल्ने माध्यमिक तहको खुला प्रतियोगितामा आवेदन दिन पाउँछु कि पाउँदिनँ ?

खनाल मेघनाथ ‘बन्धु’
जनकल्याण मावि, जुगेडा, धनगढी, कैलाली

१.    पाँच शैक्षिक सत्र पूरा गरेको शिक्षक माथिल्लो श्रेणीको बढुवाको लागि उम्मेदवार बन्न योग्य हुन्छ ।
२.    अस्थायी बढुवाको प्रावधान नै छैन । स्थायीको हकमा पनि तहगत बढुवा हुँदैन, श्रेणीगत बढुवा मात्रै पाइन्छ । माध्यमिकका लागि सोही तहको खुला विज्ञापनमा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
३.    तपाईंसँग शिक्षण अनुमतिपत्र छ भने खुला प्रतियोगितामा आवेदन दिन पाउनुहुन्छ ।
मेघबहादुर केसी
उपसचिव, शिक्षक सेवा आयोग

राहतले पाउँछन् ?

स्थायी र अस्थायी दरबन्दीका शिक्षकले सेवाको अवकाशपछि सञ्चित बिरामी बिदाको रकम पाए जस्तै राहत अनुदानका शिक्षकले त्यस्तो रकम पाउँछन् कि पाउँदैनन् ?
डम्बर थापा मगर, रौता–९, उदयपुर
रामजी राउत, रिस्कु–४, उदयपुर
लालबहादुर डीसी, मावि सिमघाट, सुर्खेत

राहत–अनुदानका शिक्षकले सञ्चित बिदाको रकम पाउने/नपाउने विषयमा अहिलेसम्म नीतिगत व्यवस्था भइसकेको छैन ।
महाश्रम शर्मा
सहसचिव, शिक्षा मन्त्रालय

commercial commercial commercial commercial