सामुदायिक निमाविले देखाएको अनुकरणीय बाटो
जागरुक अभिभावक एवं मिहिनेती प्रअ/शिक्षकको प्रयासमा सरस्वती निमावि कोहलपुर, बाँकेले सामुदायिक विद्यालयको पठनपाठन र विद्यालयको वातावरण सुधार्नका निम्ति एउटा अनुकरणीय बाटो देखाएको छ ।
पुष्पा लम्साल बाँकेको कोहलपुर–८ स्थित सरस्वती निमाविकी प्रावि शिक्षक हुन् । उनी कुनै कारणले स्कूलगइनन् भने नानीहरूले प्रअ जीतबहादुर थापासँग पुष्पाका बारेमा सोधीखोजी गरिहाल्छन् । प्राविका छात्रछात्रा पुष्पालाई ‘हाम्री म्याडम’ भनेर सम्बोधन गर्छन् । उनले २०६४ यता कक्षा १ का बालबालिकालाई ‘गे्रडटिचिङ’ गर्दै आएकी छन् । यो शिक्षण विधि अनुसार एक जना शिक्षकले कक्षाका सबै विषय पढाउनु पर्छ । १० महिनासम्म एउटै शिक्षकसँग दिन बित्ने कारणले गर्दा बालबालिका र शिक्षकबीच विशेष घनिष्टता पैदा हुन्छ । पुष्पा ‘म्याडम’ र उनीसँग एक वर्ष बिताएका बालबालिकाको आपसी आत्मीयता साँच्चै नै लोभलाग्दो छ ।
सरस्वती निमाविमा चार वर्षअघि ‘ग्रेडटिचिङ’ शुरु गर्ने निधो गर्दा स्कूलका अधिकांश शिक्षक त्यसका लागि तयार थिएनन् । यसमा पुष्पा अपवाद बनिन् ।ग्रेडटिचिङका लागि उनी तयार भएकै कारण सरस्वती निमाविले यसको थालनी गर्न सक्यो ।ग्रेडटिचिङको अवधारणा अनुरुप १ कक्षाका ६० जना विद्यार्थीलाई एउटै शिक्षकले दिनभर पढाउनु अवश्य सजिलो थिएन । तर पुष्पाले आँट गरिन् । कलिला बालबालिकाको व्यक्तित्व विकास र सिकाइमा महत्वपूर्ण योगदान सँगै उनीहरूको मनमस्तिष्क जित्न सकेकै कारण पुष्पा विद्यालयमा कहिलेकाहीँ अनुपस्थित हुँदा पनि नानीहरूलाई उनको अभाव खट्किने गर्छ ।
सरस्वती निमाविमा कक्षा १ का सबै नानीहरू कार्पेटमा बस्छन् । उनीहरूका लागि भुईंमै बसेर लेख्न टेबुलको व्यवस्था गरिएको छ । कक्षामा बालबालिकाले पनि चकले लेख्न सक्ने गरी कालोपाटी राखिएको छ । कक्षाकोठाका भित्तामा शैक्षिक सामग्री र चित्रहरू झुण्ड्याइएका छन् । बालबालिका कक्षामा खेल्दै, गाउँदै पढ्ने गर्छन् ।
यो स्कूलमा सानै कक्षा देखि रराम्रो पठनपाठन गरिएकाले निम्न माध्यमिक तह पूरा गरेर अरू स्कूलमा जाने विद्यार्थीले पनि रराम्रो नतिजा हासिल गरेको पाइन्छ । कक्षा ८ सम्म सरस्वती निमाविमा सधैँ प्रथम हुने भागीराम बुढामगर कक्षा ९ अध्ययन गर्न त्रिभुवन उमावि कोहलपुर गए । कक्षा ९ मा उनी त्यहाँका २५० छात्रछात्रालाई पछि पारेर दोस्रो भए । बुढामगर भन्छन्, “जग बलियो थियो, त्यसैले दोस्रो भएँ । अझै रराम्रो अङ्क ल्याउन मिहिनेत गरिरहेको छु ।”
सरस्वती निमाविमा जस्तो नियमित पढाइ नहुने, शैक्षिक सामग्रीको प्रयोग कम हुने, नियमित पिटी–परेड तथा अतिरिक्त क्रियाकलाप नहुने भएकाले भागीराम बुढामगरलाई त्रिभुवन उमाविको शैक्षिक वातावरण खल्लो लाग्ने गर्छ । सरस्वती निमाविमा शिक्षकले आफूले पढाएको विषयवस्तु छात्रछात्राले बुझे/नबुझेको चासो राख्ने गरेको तर त्रिभुवन उमाविमा एकोहोरो पढाउने मात्र गरेको उनको अनुभव छ ।
कक्षा ३ देखि ८ सम्म सरस्वती स्कूलमा पढेकी छात्रागङ्गा घर्तीमगर पनि अहिले त्रिभुवन उमाविमै कक्षा ९ मा पढ्दैछिन् । उनको अनुभव पनि भागीरामको जस्तै छ । आसपासका अरू सरकारी स्कूलको तुलनामा सरस्वती निमाविको पढाइ रराम्रो भएपछि विद्यालयप्रति अभिभावकको विश्वास बढ्दै गएको छ ।
विद्यालयको पठनपाठनको स्तर उकास्न सरस्वती निमाविले आठ वर्षअघि शुरु गरेको प्रयासलाई अहिले पनि निरन्तरता दिइरहेको छ । छात्रछात्रालाई स्कूलमा नियमित तुल्याउनका लागि शिक्षक पुनम खड्काले ‘भुड्की अभियान’ शुरु गरे की छन् । जस अनुसार विना सूचनागयल हुने विद्यार्थीलाई रु.२ र बीचैमा स्कूल/कक्षा छाड्नेलाई रु.५ जरिवाना गर्ने नियम लागू गरिएको छ । यो नियम लागू गरे पछि स्कूल नआउने र कक्षा छाड्ने प्रवृत्तिमा सुधार आएको शिक्षकहरूको अनुभव छ । प्रअ थापाका अनुसारगत वर्ष सरस्वती निमावि २२२ दिन खुल्यो भने १९७ दिन पठनपाठन भएको थियो । शिक्षा नियमावलीमा हरेक विद्यालय वर्षमा २२० दिन खुल्नुपर्ने र १८० दिन कक्षा सञ्चालन हुनुपर्ने व्यवस्था छ ।

स्कूल नआउने र कक्षा छाड्ने छात्रछात्राले तिरेको एक वर्षको जरिवानाको पैसाबाट कक्षा २ का निम्ति पङ्खा किनिएको छ । भुड्की अभियानबाट गत वर्ष कक्षा २ मा रु.१ हजार ५७० जम्मा भएको थियो भने ४ कक्षामा रु.५८७, सात कक्षामा रु.९३५, कक्षा पाँचको सेक्सन ‘बी’ मा रु.८१० र ‘ए’ मा रु.९६७ जम्मा भएको थियो । यो रकमबाट स्कूलमा प्राथमिक उपचारका लागि औषधि र बाकस तथा चार वटा प्लाष्टिकका कुर्सी किनिएको छ ।
सरस्वती निमाविमा कक्षा शुरु हुनुअघि सङ्गीतको तालमा नानीहरूलाई पिटी–परेड खेलाइन्छ । पिटी–परेडमा २१ वटा अभ्यास गराइन्छ । प्रअ जीतबहादुर थापा मादल बजाउँछन् भने अरू शिक्षकहरूले हार्मोनियम तथा तबला । नानीहरू चाहिँ यिनै बाजाको तालमा नाँच्छन, परेड खेल्छन् ।
सरस्वती निमावि बाँके जिल्लाकै रराम्रो स्कूलका दरिन थालेपछि अन्यत्रका धेरै स्कूलले अवलोकनका निम्ति यहाँ आउने गरेका छन् । शिक्षा विभागले २०६५ मा समुदायमा हस्तान्तरण भएका देशभरिका १० उत्कृष्ट सामुदायिक स्कूलमध्ये मध्यपश्चिमबाट सरस्वती निमाविलाई छनोट गरेको थियो । प्रअ थापालाई स्कूलको उन्नतिमा योगदान गरेका कारण शिक्षा मन्त्रालयलेगत वर्ष राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको थियो । कोहलपुर स्रोतकेन्द्रका स्रोतव्यक्ति जयप्रकाश साहको भनाइमा अरू स्कूलमा भन्दा रराम्रो शिक्षण विधि, अङ्ग्रेजी माध्यममा पठनपाठन, नियमित कक्षा सञ्चालन जस्ता कारणले सरस्वती निमाविलाई स्तरीय बनाएको हो । साह भन्छन्, “यो मध्यपश्चिमकै रराम्रो स्कूल हो ।”

मिहिनेती शिक्षकले जगाए अभिभावक
जतासुकै विद्यालय व्यवस्थापन समितिगठनमा किचलो भइरहेको सुनिन्छ । तर, सरस्वती निमाविको व्यवस्थापन समिति सर्वसम्मतिबाटैगठन हुने गरेको छ । समितिले अभिभावकलाई विद्यालयको विकास मा सहभागी गराउने कोशिश गरेको अध्यक्ष हेमराज रावत बताउँछन् । स्कूल विकास मा महिलाको सहभागिता बढाउन विद्यालयले महिला निर्धन बाल बचत कार्यक्रम सञ्चालन गरेको छ । बचत कार्यक्रममा १६० महिला सहभागी छन् । उनीहरूले आफ्ना छोराछोरीको नाममा मासिक रु.५ देखि रु.१० जम्मा गरी २०६७ चैत मसान्तसम्म रु.१३ हजार ७४२ बचत गरेका छन् । यसबाट स्कूलको पठनपाठनबारे महिला अभिभावकले शिक्षकहरूसँग सोधखोज गर्ने स्थिति पैदा भएको मात्र छैन, रराम्रोसँग पढाउन शिक्षक माथि दबाब पनि बढेको छ ।
५२१ छात्रछात्रा अध्ययनरत सरस्वती निमाविमा १२ जना तालिमप्राप्त शिक्षक छन् । अभिभावकमा बढेको अङ्ग्रेजीमोहको प्रभाव सरस्वती निमाविमा पनि परेको छ । फलतः गत वर्ष देखि नर्सरीमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरिएको छ । कक्षा १ र २ मा बालमैत्री तथा भयरहित सिकाइ पद्धति पनि लागू गरिएको छ ।
कक्षाको पठनपाठनमा सुधारसँगै सरस्वती निमाविले भौतिक पूर्वाधार निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । यो स्कूलका आफ्नै ६ वटा पक्की भवन छन् । कम्प्युटरको पठनपाठनका लागि पाँच वटा कम्प्युटर किनिएको छ भने तीन जना शिक्षकलाई कम्प्युटर शिक्षणका लागि तालिम दिइएको छ । जागरुक अभिभावक तथा मिहिनेती शिक्षकका कारण जाइका, प्लान नेपाल, स्थानीय निकाय, शिक्षा विभाग र जिशिकाले उक्त स्कूलको शैक्षिक /भौतिक विकास मा आर्थिक सहयोग प्रदान गर्दै आएका छन् ।
स्कूलको शैक्षिक /भौतिक उन्नतिका लागि छात्रछात्राबाट भर्नाको समय लिइने शुल्क अनि अभिभावक र अरू संस्थाले दिएको सहयोगबाट स्कूलले भर्खरै रु.७ लाख ६० हजारमा दुई कट्ठा जग्गा थपेको छ । यसअघि अभिभावकले देउसीभैलोबाट सङ्कलन गरेको रकमले स्कूल प्रवेशद्वार निर्माण गरेका थिए । “अभिभावकमा विद्यालय हराम्रो हो, यसलाई रराम्रो पार्ने काम पनि हाम्रै हो भन्ने भावना चाहिन्छ” भन्छन् विव्यसका पूर्व अध्यक्ष रेशमबहादुर खत्री ।



