आफू खाऊँ, सन्तानलाई पनि बाँकी राखिदिऊँ !
सृष्टि, पालना र संहारको चक्र निरन्तर चलिरहने र पुनरुत्पादन गर्ने प्रकृतिको क्षमतामा दक्खल नपुग्ने खालको विकास नै दिगो विकास हो । आजको उन्नतिले भोलिको उज्यालो नछेक्ने गरी पृथ्वीको स्याहार, सुसार र सम्भार गर्नु यसको मूल मन्त्र हो ।
“चैत जाँदो वैशाख लाग्दो सुन हजुर सालको पात पलायो”
हाम्रा लोकभाकाले प्रकृतिमा हुने परिवर्तन अनि त्यस्ता परिवर्तनले बोकेको निरन्तरतालाई कति सहज रूपमा प्रस्ट पारिरहेका हुन्छन् ! हरेक वर्षका बाह्र महिनामा विभिन्न ऋतुहरू आउँछन्, जान्छन् र फेरि फर्कन्छन् । पात झ्र्छन्, पात पलाउँछन् । हामी सालका पात टिप्छांै र टपरीगाँस्छौं । लपेस बनाउँछौं वागाई–भैंसीलाई स्याउला दिन्छौं । सोत्तर बिछाउँछौं । त्यति पनि नभए मलका लागि कुहाउँछौं । वर्ष बितेपछि फेरि सालका पात पलाउँछन् वनमा । यो औल–बेसीको कुरा भयो । पर्वतीय क्षेत्रमा हामी उँभौली लाग्छौं । हिउँ पग्लेर सकिन्छ । वन, पाखा र चउरहरू पलाएर आउँछन् । बुकी पाटन फुलेर स्वर्गै बन्छ । भेडा, च्याङ्ग्रा, चौंरी रगाई–भैंसीहरू नअघाउन्जेल चराउने काम हुन्छ । दूध, दही, मही, छुर्पीको छेलोखेलोमा महिना बित्छ । जडिबुटी, चोया, लोक्ता, दाउरा र काठ पनि पुग्दो जम्मा गर्छौं । ऋतुको फेरबदलसँगै फेरि उँधौली लाग्छौं । लेक पाटनलाई आराम दिन ठण्डी बढ्छ, हिउँ पर्छ । प्रकृतिले जति दिन्छ त्यति मात्र खपत गर्छौं र फर्कन्छौं । यदि यस्तै चलिरह्यो भने दिगो उपयोग नवीकरणको अटुट प्रक्रिया चलिरहन्छ । तर, मानिसलाई त्यतिले पुग्दैन ।
मानिसहरू निरन्तर परिवर्तन चाहन्छन् आफ्नो जीवनमा । प्रगति चाहन्छन् । सुविधा चाहन्छन् । नयाँ–नयाँ आमोद–प्रमोद र भोगविलास पनि चाहन्छन् । आजको विश्वमा सबभन्दा बढी देखासिकी पनि गर्न चाहन्छन् मानिसहरू—अरू सुविधाभोगीहरूको । यसैबीच तीव्रगतिमा बढ्दो आफ्नै जनसङ्ख्यालाई पनि प्रकृतिले धान्नै पर्ने हुन्छ । मानिसका सबै चाहना पूरा गर्ने क्रममा प्रकृति र प्राकृतिक सम्पदाको दोहन हुन्छ । त्यसैले पृथ्वीका पदार्थहरू ९ः बततभच० र ऊर्जाका स्रोतहरूको माग दिनानुदिन बढ्दै गइरहेको हुन्छ । नयाँ नयाँ जीवनशैलीले स्रोत र साधनको खपतलाई अझ् तीव्र बनाइरहेको हुन्छ । २००७ सालतिर को के कुरा ; २०२७ सालमा पनि काठमाडौंका स्कूले विद्यार्थीलाई मकै, भटमास वा चिउराले खाजा टर्दथ्यो । आजभोलि चाउचाउ, बिस्कुट, चकलेट, केक र पुलाउका टिफिन सामान्य भइसके । मकै–भटमासको खाजा खाँदा नेपालभरिमा एक करोड जनसङ्ख्या थिएन । आजभोलि हराम्रो जनसङ्ख्या २ करोड ७० लाख नाघिसकेको छ । यस्तै हो भने भोलिका सन्ततिले के खालान्, के लगाउलान्, कहाँ बस्लान् भन्ने चिन्ता गर्नु पनि मानिसकै स्वभाव हो । विकास त गर्नै परयो । अरू देशका मानिसहरू पनि यस्तै चिन्ता गर्छन् ।
नेपाल जस्तै सानो र सुन्दर देश स्विट्जरल्याण्डसँग हामी आफूलाई तुलना गर्छौं । तर हामी यो बिर्सन्छौं कि एक स्वीस नागरिकले खपत गर्ने प्राकृतिक स्रोत ४० नेपालीले खपत गर्ने स्रोत बराबर हुन्छ । सन् १९७४ (२०३०/३१ वि.सं.)मा प्रकाशित एक अध्ययन अनुसार एक स्वीस बराबर ४० सोमालियाली देखि न आएको थियो । नेपाल र सोमालिया आजसम्म पनि अल्पविकसित राष्ट्रको समूहमा पर्छन् । आजभोलि कार्बन उत्सर्जनलाई विकास सूचकको रूपमा चित्रण गर्न थालिएको छ । सन् २००७ को तथ्याङ्क अनुसार एक स्वीसले उत्सर्जन गर्ने कार्बन ५० जना नेपालीको बराबर हुन्छ । त्यस्तै एक अमेरिकी बराबर १९३ नेपाली देखि न आउँछ । तसर्थ अमेरिका, युरोप, क्यानडा, अष्ट्रेलिया आदि राष्ट्रमा खपत हुने प्राकृतिक सम्पदाको लेखाजोखा गर्दा हराम्रो विश्वमा धनी र गरिबका बीचमा अझ् ठूलो खाडल देखिन्छ । असमान ताको यो खाडल पनि असुरक्षित भविष्यको चिन्ता हो ।
देश धनी होस् वा गरिब सबैले विकास को बाटोमा लम्कनुपर्छ । आफ्ना आवश्यकताहरू पूरा गर्नै पर्छ । प्रगति, उन्नति र विकास को होडबाजी एकातिर छ भने अर्कोतिर जनसङ्ख्याको तीव्र वृद्धिले समस्या चर्काउँदैछ । बाँच्नकै लागि नभई नहुनेगाँस, बास र बस्त्रको बन्दोबस्त गर्न जल, जमिन र जङ्गलमा अतिक्रमण बढाउँदै लैजानुपर्ने नेपाल जस्ता विकास शील राष्ट्रहरूको बाध्यता बनिरहेको छ । औद्योगिक राष्ट्रहरू भने विलासिताको चक्रव्यूहमा फँस्दैगइरहेका छन् । यी सबै गतिविधिले गर्दा पृथ्वीको प्राकृतिक स्रोत तथा जीवनका आधारहरू तीव्रगतिमा विनास हुन थालेका छन्, ह्रास हुन थालेका छन् । जल, स्थल, वायु र आकाश समेत अत्यधिक प्रदुषित हुन थालेको छ । यही चाला र यहीगतिमा चल्ने हो भने पृथ्वीले हराम्रो जीवन धान्न सक्दैन भन्ने निक्र्योलले गर्दा सन् १९७२ मा ११३ राष्ट्रको सहभागितामा स्टकहोम सम्मेलन आयोजना भयो । त्यसको चुरो विषय थियो मानव विकास र वातावरणको सम्बन्ध । वातावरण विषयको चर्चा र परिचर्चाको ११ वर्षपछि मात्र सन् १९८३ मा संयुक्त राष्ट्रसंघले विश्वस्तर को एउटा आयोग ९द्यचगलतबिलम ऋयmmष्ककष्यल० बनाउन सक्यो । त्यसले वातावरण र विकास का सम्बन्ध र अन्तरसम्बन्धहरूमा ध्यान केन्द्रित गर्न थाल्यो । चार वर्षपछि एउटा आधारपत्र सार्वजनिक भयो । ‘हराम्रो साझ भविष्य’ भन्ने शीर्षकको त्यस प्रतिवेदनले विश्वका सबै मुलुकलाई एउटा नयाँ मार्गनिर्देश गरयो । त्यसले विकास कार्यक्रमहरूले वातावरणलाई घात पुर्याउनुहुँदैन, अबको आर्थिक विकास वातावरणसम्मत हुनुपर्छ, विकास लाई दिगो विकास को रूपमा परिभाषित गरिनुपर्छ भन्ने मान्यता सशक्त रूपमा अघि सारयो । यसरी दिगो विकास को बहस प्रखर हुँदै जाँदा आजभोलि ‘दिगो विकास ’ ९क्गकतबष्लबदभि म्भखभयिऊभलत० को थेगो सबैले बोकी हिँडेका पनि छन् ।
विकास र वातावरणलाई जोडेर ‘दिगो विकास ’को परिभाषा गर्दा विकास लाई मूलतः तीन वटा पक्षबाट नियाल्ने गरिन्छ । पहिलो पक्ष हो आर्थिक; जहाँ लगानी र प्रतिफलको सन्तुलन हेरिन्छ । दोस्रो कुरा समतामूलक सामाजिक सन्तुलन र तेस्रो पक्षमा वातावरणीय सन्तुलन पर्न आउँछ । वातावरणको कुरा गर्दा, विकास कार्य गर्दा जल, जमिन, जङ्गल र जैविक विविधतामा नकारात्मक प्रभाव पर्नुहुँदैन । विकास कार्यहरू सम्पन्न हुँदा वा सञ्चालन गर्दा त्यसबाट पर्ने वातावरणीय प्रभावले वा प्रदुषणले समाज का अरू वर्गलाई मर्का पर्ने वा छरछिमेकले नकारात्मक प्रभाव खेप्नुपर्ने स्थिति सिर्जना हुनुहुँदैन । आज हामीले सम्पन्न गरेको विकास कार्यक्रमबाट भोलिका सन्ततिको हक र हितलाई असर पर्ने स्थिति पनि आउन दिनुहुँदैन । ब्रन्टलैण्ड आयोगको परिभाषा अनुसार; दिगो विकास ले एकातिर वर्तमान को आवश्यकतालाई परिपूर्ति गर्नु पर्छ भने अर्कातिर भोलिका सन्ततिको आवश्यकता परिपूर्ति गर्ने प्रकृतिको क्षमतामा पनि ह्रास आउन दिनुहुँदैन । यस्तो विकास ले मानव जीवनको गुणस्तर मा सुधार ल्याउनुपर्छ तर विकास का क्रियाकलाप हरू प्राकृतिक परिवेशले खेप्न सक्ने क्षमताभित्र सीमाबद्ध पनि हुनुपर्छ भन्ने कुरा लाई औंल्याएको छ ।
प्रत्येक प्राकृतिक प्रणालीको आफ्नै भार खप्ने क्षमता ९ऋबचचथष्लन ऋबउबअष्तथ० हुन्छ । एउटागधाले जति भार बोक्न सक्छ त्योभन्दा बढी भारी लाद्यौं भने काम बन्दैन । एउटा पोखरीमा कतिसम्म माछा पाल्न सकिन्छ सोही क्षमता अनुरुप माछा पालन हुनुपर्छ । यसै गरेर; एउटा नदीले कति प्रदुषणसम्म धान्न सक्छ त्यति मात्र प्रदूषित गर्नु पर्छ, अथवा नदी प्रदूषणबाट मुक्त राख्नुपर्छ । नदीको क्षमताभन्दा बढी फोहोर फाल्नाले के हुन्छ; त्यो उदाहरण वाग्मती, सिरसिया आदि नदीले देखाएकै छन् । काठमाडौं उपत्यकाले कति जनसङ्ख्या धान्न सक्छ भन्ने वातावरणीय क्षमतातिर आजसम्म विचार पुगेकै छैन । तर उपत्यकाले धान्न नसक्ने दिन धेरै टाढा छैन भन्ने सङ्केतहरू देखा पर्न थालिसकेका छन् । पिउने पानीको अभाव र वायु प्रदुषणको प्रभावले उपत्यकाको भार थाम्ने क्षमतामा विभिन्न प्रश्नहरू उब्जाइसकेको छ ।
सृष्टि, पालना र संहारको चक्रलाई निरन्तर चलिरहने प्रकृतिको क्षमतामा दक्खल नपुग्ने खालको विकास लाई दिगो विकास भनिन्छ । आजभोलि पृथ्वीको वायुमण्डलले प्रशोधन गर्न सक्ने क्षमता भन्दा बढी कार्बनडाइअक्साइड र अन्य वायु उत्सर्जन भएका कारण पृथ्वीको तापमान बढ्दो छ र जलवायु परिवर्तनको खतरा हराम्रोसामु ठोकिन आइपुगेको छ । वन, जङ्गल र हरियाली मासिँदा कार्बन सोस्ने क्षमता घट्दो छ भने अधिक इन्धन खपत गरेर कार्बन उत्सर्जनको मात्रा वेमाख बढ्दो छ । यो दिगो विकास को द्योतक होइन । त्यसैले हरियाली, प्रकृति र प्राकृतिक सम्पदाको संरक्षण गर्नु दिगो विकास को एक महत्वपूर्ण कडी हो । प्रकृतिले जति दिनसक्छ वा जति नवीकरण हुन्छ त्योभन्दा बढी प्रकृतिको दोहन गर्नु दिगो विकास को अवधारणाभित्र पर्दैन । त्यसैले पृथ्वीभरका मानिसहरूले प्रकृतिसम्मत जीवनयापन गर्नु पर्ने बाध्यतालाई स्वीकार्नुपर्दछ । सङ्क्षेपमा भन्नुपर्दा आजको उन्नतिले भोलिको उज्यालो नछेक्ने गरी पृथ्वीको स्याहार, सुसार र सम्भार गर्नु दिगो विकास को मूल मन्त्र हो । यस मन्त्रलाई शिक्षाको माध्यमद्वारा मन्त्रणा गर्नु आजको आवश्यकता हो । क्रमशः



