मनोरञ्जनमा शिक्षाः शिक्षामा मनोरञ्जन

केही सातापछि (२०६८ जेठ) कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘हराम्रो टिम’ एउटा फूटबल टिमको कथा हो । एउटा मनोरञ्जक टेलिभिजन सिरियलका रूपमा तयार भएको हराम्रो टिम युवाहरूमा रहेको केही गरौँ भन्ने भावना र त्यसका लागि जागरुक गराउने प्रेरणादायी कथा हो ।

एउटी शिक्षित युवती डीभी परेर अमेरिका जाने अवसरलाई लत्याएर ‘फूटबलमै भविष्य बनाउँछु’ भन्ने अठोट गर्छे । तर, त्यो निर्णयमा उसलाई आफ्नो घरपरिवारको साथ पाउन सजिलो चाहिँ हुँदैन । नेपालको खेलकुद, त्यसमा पनि महिला फूटबलमा भविष्य बनाउने जस्तो अति आदर्शवादी योजनामा अल्मलिने सन्तानले आफ्नो भविष्यमा मात्र होइन, बाबुआमाको सपनालाई पनि लत्याएका हुन्छन्– सबैको यस्तै मान्यता छ । हराम्रो टिम की नायिका सीमाका बाबुआमालाई पनि त्यस्तै लाग्छ ।

फूटबलको राष्ट्रिय प्रशिक्षककी छोरी सीमा को फूटबलमा केही गर्ने चाहनालाई साथ दिएको हुन्छ एउटा ब्याङ्कका अध्यक्ष को अमेरिकामा पढेर फर्केको छोरो सङ्केत को ब्याङ्कको आफ्नै फूटबल टिम बनाउने सपनाले । उनीहरू मुलुकका विभिन्न ठाउँमा घुमेर प्रतिभाशाली भइकन पनि अवसर नपाएका खेलाडीहरू भेला पारेर टिम बनाउँछन् । यही टिमको कथा हराम्रो टिम हो ।
तर एउटी महिला पनि पुरुष फूटबल टिमको प्रशिक्षक बन्न सक्छे भन्ने कुरा मा टिममा आबद्ध भइसकेका कतिपय खेलाडीलाई पनि विश्वास हुँदैन। । यस्तोमा माथि उठ्न र सफल हुन कम मेहनत र लगनशीलताले पुग्दैन पनि । लाग्छ, यी चुनौतीले सीमालाई अझ् सबल र प्रतिबद्ध बनाएका छन् । हराम्रो टिम यिनै अविश्वास र अपत्यारसित भिडेर खेल्ने र खेलाउने युवती सीमाको नेतृत्वमा खेल्ने फूटबल टिमको कथा हो ।

एउटा टिम भन्ने बित्तिकै त्यसकोगठनका कथा र सन्दर्भ आउँछन्, त्यसका सैद्धान्तिक र व्यावहारिक पक्षहरू पनि आउँछन् र आउँछन् टिमभित्रका उतारचढाव, होची अग्ली, पीर–व्यथा तथा प्रेम र घृणाका केही स्वाभाविक र केही अनौठा कथाहरू । हराम्रो टिम फूटबलको मात्र कथा होइन, विश्वास र प्रेमको कथा पनि हो । त्यसका साथै यो स्वार्थी राजनीति, भ्रष्टाचार, पदको दुरुपयोग, जातीय विद्वेष जस्ता हामीले दैनिक जीवनमा देखि रहेका र भोगिरहेका विषयवस्तुलाई पनि छुँदै अघि बढ्ने कथा हो । यो युवाहरूको कथा हो र फूटबल जस्तो सर्वाधिक लोकप्रिय खेलमा आधारित रहेकाले यो किशोर किशोरीहरूका लागि मनपर्ने सिरियल सावित हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।

सर्च फर कमनग्राउन्ड नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले बनाएको भए तापनि यो सन्देशमूलक, अर्ति र आदर्शले भरिएको विकासे सिरियल होइन । स्वतन्त्र रचनाधर्मितामा विश्वास गर्ने अनुभवी र ऊर्जाशील लेखक, फिल्मकर्मीहरूले विकास गरेको कथामा स्वतन्त्रतापूर्वक निर्माण गरिएको यो सिरियल उद्देश्यविहीन सस्तो मनोरञ्जन सामग्री चाहिँ निश्चय पनि होइन । यो स्वस्थ, उद्देश्यपूर्ण र कलात्मक टेलिभिजन सिरियलका दिशामा मार्गदर्शक नै बन्न सक्छ भन्ने यसको निर्माणसित सम्बद्ध सबैको विश्वास रहेको छ ।

हराम्रो टिम को शैक्षिक उपयोग
१३ शृङ्खलामा निर्माण गरिएको हराम्रो टिम शैक्षिक महत्वको टेलिसिरियल हो । यसले खेल, अनुशासन, नेतृत्व टिमको महत्व र टिम स्पिरिटका कुरा एकदमै सरल र मार्मिक ढङ्गले उठाएको छ । कुशल नेतृत्वले खेल मैदानमा खेलाडीको मनोबल बढाउनमा मात्र होइन, व्यक्तिगत जीवन र उसका सुख–दुः खमा पनि साथ दिन्छ र खेलको परिणाममा भन्दा खेलको गुणस्तर मा ध्यान दिन्छ भन्ने कुरा देखाएको छ ।

यो टेलिसिरियल नियमित रूपमा हेरेमा विद्यार्थीहरूले खेल, खेलभावना, सहभागिताको अर्थ, नेतृत्व जस्ता विविध कुरा का बारेमा केही ज्ञान र धेरै प्रेरणा पाउन सक्ने देखिन्छ । ठूलो कुरा चिताउनु र चिताएको कुरा हासिल गर्न निष्ठापूर्वक लाग्नु नै हराम्रो टिम को विशेषता हो । हराम्रो टिम प्रसारण हुन थालेपछि यसका बारेमा कक्षाकोठामा छलफल र कुरा कानी चलाएर यसले दिन खोजेको असल टिम र कुशल नेतृत्वको सन्देशलाई ग्रहण गर्न सकिने सम्भावना देखि एको छ ।

‘हराम्रो टिम’ को बारेमा थप जानकारी इन्टरनेटमा  hamroteam.org.np मा पनि पाउन सकिन्छ ।

commercial commercial commercial commercial