प्रतिक्रिया र सुझाव
बहुकक्षाको रराम्रो अभ्यास
‘बहुकक्षा र बहुस्तर शिक्षण’ (शिक्षक, फागुन, २०६७) सम्बन्धी ठाकुरप्रसाद पौडेलको अनुभव रोचक छ । विद्यार्थीलाई मान सिक बोझ् नपारी मनोरञ्जनात्मक शैलीमा पढाउने पद्धति मलाई अति नै मन परयो । यस्तो शिक्षण विधि निजी तथा सामुदायिक दुवै स्कूलमा भइदिए रराम्रो हुन्थ्यो ।
इन्दिरा पराजुली
जुगल इङ्गलिस स्कूल, कपन–३, काठमाडौं
धेरै रराम्रो शिक्षक !
शिक्षक, २०६७ फागुन अङ्क समयमा नै हात परयो । पत्रपत्रिका विरलै पुग्ने स्थानमा शिक्षक ले रराम्रो प्रभाव जमाउन सकेकोमा यसको व्यवस्थापन पक्ष र धेरै सीपमूलक तथा ज्ञान गुनका खुराकहरू राखेर शिक्षक लगायत शिक्षाप्रेमीहरूलाई सही मार्गमा डो¥याउन सफल सम्पादकीय टिमलाई धन्यवाद एवं आभार ।
साँच्चै शिक्षक ले धेरैको कुरा बोलेको छ, चाहेको कुरा दिएको छ । दूरदराजका शब्दहरू अटाएका छन् । राम्रा कुरा हरू, प्रेरणादायी खबरहरू सबै स्थानलाई बराबर महत्व दिइएको छ । झनै फागुन अङ्कमा त समग्र शिक्षकहरूले चाहेको/खोजेको कुरा ‘शिक्षा नियमावलीमा छैटौं संशोधनका मुख्य बुँदाहरू’ प्रस्तुत गरेर यसले ठूलो गुन लगाएको छ । यसै गरी बाहिरी आवरणमा नै हराम्रो छिमेकी विद्यालय विष्णु आध्यात्मिक संस्कृत प्रावि, बाह्रबिसेका प्रअ ठाकुरप्रसाद पौडेल र उनको टिमले गरेको उल्लेखनीय कार्यको विश्लेषणले अरू विद्यालयलाई पनि पक्कै यस्ता विद्यालयको सिको गरी अनुसरण गर्न रुचि नै जगाउला । जिल्ला–जिल्लामा यस्ता नमुना विद्यालयहरू छन् । स्रोतकेन्द्र स्तरीय बैठकमा प्रअहरू मात्रै जान्छन् । त्यहाँ भएका गतिविधिहरू प्रायः सबै प्रअले आफ्नै विद्यालयमा समेत प्रस्तुत गर्दैनन् । झन् विषयगत शिक्षकको बैठक/छलफल /तालिम त शायदै हुने गरेको छ । जिल्ला शिक्षा, स्रोतकेन्द्रका नै गतिविधि सबै शिक्षकले नपाउने अवस्थामा शिक्षक मासिकले शैक्षिक गतिविधि पस्कनु धेरै नै सराहनीय कुरा हो ।
‘जिज्ञासा र जवाफ’ स्तम्भले त झन् धेरैको भावना बोकेको छ । चाहेको कुरा चिठ्ठी पठाएको भरमा सम्बन्धित निकायबाट जवाफ पाउनु धेरै महत्वपूर्ण कुरा हो । सबै अङ्क रराम्रोसँग हेर्दा यसले शैक्षिक प्रगतिलाई मात्रै होइन शैक्षिक विकृतिलाई समेत झ्टारो हान्नुपर्दछ । शिक्षा मन्त्रालय देखि विद्यालयसम्म भएका गतिविधि यसले अझ् बढी समेट्नुपर्दछ । शिक्षकको सेवा सुविधाको जानकारीसहित काम गर्न उत्प्रेरित हुने खालका कुनै पनि कुरा पढेपछि अनुसरण गरी व्यवहारमा लागू् हुने खालका सामग्रीहरू अझ् बढाउनुपर्दछ । धेरै रराम्रो शिक्षक समयानुकूल परिस्कृत भई अझ् अति नै रराम्रो भएर अगाडि बढोस् ! शिक्षक लाई यही शुभकामना ।
पृथ्वीजङ्ग पाण्डेय
मङ्गलामाई मावि, पिस्कर–५, सिन्धुपाल्चोक
एउटा उदाहरण
‘आफैं उदाहरण बनौं’ (शिक्षक, २०६७ पुस) भन्ने शीर्षकको लेख पढ्न पाउँदा अत्यन्तैगर्व लागेको छ । यो समाचारले विद्यालय र शिक्षकहरूलाई गतिलो सन्देश र मार्गनिर्देश गरेको छ । साँच्चिकै सराहनीय र उदाहरणीय छ आदर्श शौल उमाविका प्रअ भीम सापकोटा (तस्बिर) लगायत अन्य शिक्षक, वि.व्य.स. र सहयोगी हस्तीहरूको भूमिका !
हामी शिक्षकहरू आफ्नो पेशामा कर्तव्यनिष्ठ र अग्रगामी भएर लाग्न सक्यौं भने विद्यार्थीलाई गुणात्मक शिक्षा दिने सवालमा बोर्डिङ स्कूल भन्दा कुनै पनि सरकारी स्कूल पछि पर्ने छैनन् । एउटै योग्यताको शिक्षक बोर्डिङमा र सरकारी स्कूलमा भएको अवस्थामा किन बोर्डिङको नतिजा रराम्रो आउँछ र सरकारीको न्यून आउँछ ? अब हामीले सोच्नुपर्छ । यो हाम्रै हेलचक्र्याईं र लापरवाहीको उपज हो । यो लेखलाई अनुसरण गरेर आफ्नो विद्यालयलाई पनि परिवर्तन गर्ने तिर लाग्ने हो कि ?
ताराबहादुर बस्नेत
नवदुर्गा प्रावि, सल्यान
गद्गद् भएँ
शब्दखेल–२५ को पुरस्कार विजेताको रूपमा मेरो नाम प्रकाशित भएको पाउँदा म खुसीलेगद्गद् भएँ । थाहा पाउनेहरू सबैले बधाई दिए । अब एक वर्षसम्म निरन्तर निःशुल्क पत्रिका पढ्न पाइने कुरा ले म त्यसै फुरफुर भएकी थिएँ । अर्को महिना हुलाक कार्यालयमा मेरो नाममा शिक्षक मासिक आएको छ कि भनी सोध्दा, ‘आउन त आ’थ्यो, प्रापकको नाम ‘नानुमाया’ भएको र त्यो नामको व्यक्ति शिक्षक नभएकाले फिर्ता पठाइदियौं भन्ने जवाफ पाएँ । मलाई कर्मचारीहरूको जवाफ सुनेर रिस उठ्यो ।
तर माघ महिनाको शिक्षक हात परेको जानकारी गराउँछु ।
सानुमैया श्रेष्ठ (जानुका)
भीमेश्वर–१, खुर्कोट, सिन्धुली
धन्यवाद जेपी सर !
कुरा २०६०/६१ सालतिर को हो । गाउँमा कक्षा ८ उत्तीर्ण भएपछि म काठमाडौं आएर ललितपुरस्थित श्री प्रभात मावि त्यागलमा भर्ना भएँ । समय बित्दै जाँदा मेरो झुकाव सबैभन्दा गाह्रो मानिने अङ्ग्रेजी, गणित र विज्ञानतर्फ केन्द्रित हुन थाल्यो । त्यसको कारण सरहरूको पढाउने शैली रराम्रो हुनु नै थियो । जसमध्ये विज्ञान पढाउने शिक्षक जेपी सर हुनुहुन्थ्यो । उहाँको बारेमा विद्यार्थी जीवनमा मैले जति बुझेको थिएँ, त्योभन्दा बढी शिक्षक पत्रिकाका विभिन्न अङ्कमार्फत बुझने अवसर पाएँ ।
जेपी सर प्रायः कहिल्यै विद्यालयमा अनुपस्थित हुनुहुन्नथ्यो । जीवनशैली पनि सरल देखि न्थ्यो । कक्षामा सही समयमा उपस्थित भई एक मिनेट पनि अरूको समय लिनु हुन्नथ्यो । उहाँ कक्षा शुरु गर्दा हँसाएर हामी सबैको ध्यान खिच्नुहुन्थ्यो । उहाँ विद्यार्थीहरूलाई पनि तपाईं भन्नुहुन्थ्यो, जुन सुन्दा हामी अचम्म मान्दथ्यौं । अघिल्लो पाठको पुनः स्मरण गराउनु , दिन बिराएर नोट गराउनु र सकेसम्म प्रयोग गरेर देखाउनु, अनिवार्य होमवर्क चेक गर्नु उहाँको विशेषता नै थियो । उहाँले गराउनु भएको नोटहरू हाल पनि मैले सुरक्षित राखेको छु ।
कक्षा ९ को अन्त्यतिर उहाँले विज्ञान प्रदर्शनी गराउनु भयो । ७–१० कक्षाका विद्यार्थीहरूले समूहगत रूपमा विभिन्न प्रयोग प्रस्तुत गरेका थिए । हराम्रो टिमले चाहिँ सरको सहयोगबाट नमुना प्रोजेक्टर (फिल्म देखाउने) बनाएको थियो । त्यो प्रोजेक्टर प्रदर्शनीको प्रमुख आकर्षण बनेको थियो । अँध्यारो कोठामा हामीले फिल्म देखाउनु त्यो पनि स्थानीय सामग्रीको प्रयोगबाट , हामीलाई अचम्म लागेको थियो । लाग्दथ्यो— हामी त कुनै इन्जिनियर/वैज्ञानिक भन्दा कम छैनौं, यस्तो सिकाउने सरप्रति हामी धेरै आभारी थियौं ।
सबै शिक्षकले यसै गरी सिकाउन सके देशमा बेरोजगारी हुने थिएन भन्ने लाग्छ । मैले जीवनमै सबैभन्दा बढी प्राविधिक तथ्य सिकेको त्यहीवेला भएकाले त्यो प्रोजेक्टर र जेपी सरलाई म कहिल्यै बिर्सन सक्दिनँ । शिक्षणको क्रममा उहाँको शैली पछ्याउने प्रयास गरिरहेको छु । धन्यवाद सर !
बालकृष्ण पराजुली
जलदेवी मावि, हगाम–७, सिन्धुपाल्चोक
वैकल्पिकको चिन्ता
शिक्षकका समस्याको समाधान पहिल्याउन १६ पुस २०६५ मा शिक्षा मन्त्रालयका सह–सचिव जनार्दन नेपालको संयोजकत्वमा गठित २३ सदस्यीय कार्यदलले निकै मिहिनेत गरी प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदन बनेपछि शिक्षक–सरकारबीच विभिन्न बुँदाहरूमा सहमति पनि भयो । त्यसमा एउटा बुँदा थियो— ‘शिक्षक सेवा आयोगबाट लिइएको २०६१/६२ को आन्तरिक प्रतिस्पर्धात्मक (अस्थायी शिक्षकहरूको निमित्त मात्र) परीक्षामा वैकल्पिक उम्मेदवारको रूपमा उत्तीर्ण भई हालसम्म शुद्ध रिक्त दरबन्दीमा कार्यरत शिक्षकहरूलाई कानुनमा व्यवस्था गरेर स्थायी नियुक्ति दिने ।’ यो कुरा जनार्दन कार्यदलको प्रतिवेदनमा स्पष्टै उल्लिखित छ । यसले गर्दा, वैकल्पिक सूचीमा परेका शिक्षकहरूको मन हरियो भएको थियो । तर अहिलेसम्म समस्या ज्यूँका त्यूँ छ । यता शिक्षक सेवा आयोगले विज्ञापन खोल्ने चर्चा छ । तर, त्यसअघि वैकल्पिक सूचीमा परेकाहरूलाई स्थायी नियुक्ति दिएर व्यवस्थापन गरिनुपर्छ । कार्यदल र सञ्चारमाध्यमले त्यसरी महत्व दिएर प्रसारित कुरा ले सार्थक हुन पाएन भने ‘वैकल्पिक शिक्षक’हरू खिन्न हुनेछन् ।
कमला राजभण्डारी
गुराँस निमावि, जलेश्वरी, खोटाङ
सरकारी विद्यालयमा पढाइको गुणस्तर सुधार्ने उपाय
नेपालका सरकारी विद्यालयको शैक्षिक स्थिति अत्यन्तै नाजुक छ । शिक्षा क्षेत्रमा नातावाद, कृपावाद तथा राजनीतिक संरक्षणकै कारण शहरी क्षेत्रमा दरबन्दी थप गरेरै भए पनि शिक्षकहरूको सरुवा तथा नयाँ नियुक्ति लिने प्रचलन बढिरहेको पाइन्छ तर विद्यार्थीहरूको चाप निजी क्षेत्रतर्फ बढिरहेको पाइन्छ ।ग्रामीण क्षेत्रमा भने सरकारी विद्यालय पढ्ने विद्यार्थीहरू अत्यन्तै कमजोर आय भएका अभिभावकका छोराछोरी हुन्छन् । सरकारी विद्यालयमा शैक्षिक गुणस्तर खस्कनुमा परीक्षामा चोरी हुनु, लामो समयसम्म शिक्षकलाई अस्थायी राख्नाले स्वयम् शिक्षकलाई पढाउने प्रण नहुनु, विद्यालयमा योग्य व्यक्ति प्रधानाध्यापक छनोट गर्न नसक्नु, सरकारी निकायबाट समय–समयमा निरीक्षण तथा सुपरीवेक्षण गर्न नसक्नु, राजनीतिक हस्तक्षेप, समुदायलाई अधिकारसम्पन्न गरिनु जस्ता कारणहरू मुख्य रहेका छन् ।
सुधारका उपाय
- सरकारी विद्यालयमा कम्तीमा प्राथमिक विद्यालयको शिक्षा अङ्ग्रेजी माध्यमबाट सञ्चालन गरिनुपर्दछ ।
- जिल्ला शिक्षा कार्यालयबाट पटकपटक विद्यालय निरीक्षण तथा सुपरीवेक्षण गरिनुपर्दछ ।
- विद्यालयमा वि.व्य.स.को छुट्टै कार्यदल खडा गरी विद्यालय खुलेका दिन पालैपालो समितिका पदाधिकारीमार्फत अध्यापन कार्यको अनुगमन तथा निरीक्षण गरिनुपर्दछ ।
- विद्यालयको प्रअ छनोट गर्दा शैक्षिक योजना तथा व्यवस्थापन विषय अध्ययन गरेको शिक्षकबाट छनोट गरिनुपर्दछ ।
- तालिमप्राप्त शिक्षकले आफूले हासिल गरेका ज्ञान–सीपलाई अध्यापन कार्यमा लागू गरे /न गरेको पूर्णरूपले अनुगमन गरिनुपर्दछ ।
- समय–समयमा शिक्षक सेवा आयोग खुलाई रिक्त दरबन्दीमा स्थायी पदपूर्ति गरिनुपर्दछ ।
- प्रावि तहमा अध्यापन गराउनका लागि कम्तीमा शिक्षकहरूको योग्यता बी.एड. तोकिनुपर्दछ ।
- वि.व्य.स.लाई दिइएको शिक्षक नियुक्ति तथा अवकाश गर्न सक्ने अधिकार कटौती गरिनुपर्दछ ।
- कक्षाकोठा व्यवस्थापन गर्दा वैज्ञानिकता अपनाई विभिन्न आकारमा गरिनुपर्दछ ।
- सबै सरकारी विद्यालयमा कम्प्युटरको व्यवस्था गरिनुपर्दछ ।
- परीक्षा प्रणाली स्वच्छ एवं पारदर्शी हुनुपर्दछ ।
- विद्यालयमा राजनीतिक गतिविधि बन्द गरिनुपर्दछ ।
- वि.व्य.स.गठन गर्दा योग्य व्यक्ति छनोट गरी उचित पारिश्रमिकको व्यवस्था गरिनुपर्दछ ।
भोजराज पराजुली
सप्तकन्या मावि, चिप्रिङ–४, खोटाङ
ब्रेललिपिमा भइदिए !
म दृष्टिविहीन शिक्षक श्रीगल्लाकेदार मावि, खरकडामा अध्यापन गर्द छु । हालसम्म मैले अध्यापन गर्ने पाठ्यपुस्तकहरू प्राप्त गर्न सकेको छैन । यसका लागि अन्धा कल्याण संघलाई पनि घचघच्याएकै हो । साथै; शिक्षक मासिक पत्रिका साथीमार्फत पढ्न पाएको छु । यसमा म अत्यन्त खुसी छु । यो पत्रिका ‘बे्रललिपि’मा पनि प्रकाशित भइदिएको भए मलगायत धेरै दृष्टिविहीन साथीहरू लाभान्वित हुनेथिए कि ?
गणेशगिरी
गल्लाकेदार मावि, खरकडा, दार्चुला
खोई त हामीलाई पढ्ने समय ?
गृह कार्य न गरेर विद्यालय आएमा सजाय दिँदा आफैंलाई पीडा महसुस हुन्छ । ठूलो–ठूलो स्वरमा सुनाउन मन लाग्छ— ‘खोई त तिनलाई पढ्ने समय ?’
भालेको डाँकोसँगै आमा कराउँछिन्, “ल ल केटाकेटी हो उठ–उठ धान कुट्नु छ, बिहानलाई सामल छैन ।” केटाकेटी अझ् विशेष गरी छोरी आमासँगै उठ्छे; अनि ढिकीमा धान कुट्न आमालाई सघाउन थाल्छे । उज्यालो हुँदा धान कुटी सकिन्छ । त्यसपछि गाग्रो बोकेर छोरी कुवातिर लाग्छे । १०/१५ मिनेट देखि आधा घण्टाको बाटो पानी ओसार्नु आम स्कूले विद्यार्थीको दिनचर्या हो ।
पानी ल्याएपछि एकैछिन गृह कार्य गरयो । स्कूल टाढा छ भने त सातै बजे खाना खाएर हस्याङफस्याङ गर्दै १० बजे स्कूल पुग्नुपर्छ । नत्र पढाइ छुट्ने डर ! स्कूलमा ६ घण्टा बिताएपछि घर फर्कियो, आमाले भ्याइछिन् भने भुटेको मकै खान पाइयो होइन भने बासी भात या आँटो खाँदै कि त पानी ओसार्नुपरयो कि त एक भारी घाँस काट्नु परयो । यति गर्दा झ्मक्क साँझ् परिसक्छ अनि फुर्सद पनि हुन्छ । तर त्यसपछि थकित शरीर लिएर दियालो वा भाग्यवश भेटिए टुकीको उज्यालोमा पढ्न बस्यो । अक्षरहरू धमिला हुँदै जान्छन् । शहरिया बालबालिकालाई जस्तो विद्यालयबाट फर्किनासाथ खाजा खाँदै ‘होमवर्क’ गर्ने फुर्सद उनीहरूले कहाँ पाउनु ?
आमाले खाना पाकेपछि बोलाउँछिन् । खाना खाई सक्दा–नसक्दै निन्द्रा लाग्न शुरु हुन्छ । अनि पढ्न लेख्न थाती राख्दै ओछ्यानमा पल्टियो भुसुक्कै निन्द्रामा !
सुदूरपश्चिमका विकट पहाडी गाउँका प्रायः सबै स्कूले विद्यार्थीको जीवनचर्या यस्तै हो । यस्तो व्यस्त दिनचर्या बिताएर भए पनि अक्षर चिन्न स्कूल पुग्न सक्नु नै ठूलो कुरा हो उनीहरूका लागि । अनि स्कूलको लागि पनि । नत्र विद्यालयहरू विद्यार्थीविहीन हुन के बेर ! त्यसैले यी बालबालिकाको पढाइप्रतिको मोहलाई ‘सलाम’ गर्न मन लाग्छ ।
ग्रामीण क्षेत्रमा बालबालिकाहरू नै घरको काम थेग्ने खम्बा हुन् भन्दा अत्युक्ति नहोला ! अरू वेला विद्यालय नआउने बालबालिका पनि परीक्षाको वेला भने जसरी पनि आउने गर्द छन् । अन्य विद्यार्थीको झै उनीहरूको पनि परीक्षामा उत्तीर्ण हुने सपना हुन्छ । तर परीक्षामा मात्र सहभागी हुँदैमा के उनीहरूको भविष्य उज्ज्वल होला त ?
यी सब क्रियाकलाप नजिकबाट नियाल्दा ती स्कूले बालबालिकाको पक्षमा बोल्न अनि लेख्न मन लाग्छ । गृह कार्य न गरेर विद्यालय आएमा सजाय दिँदा आफैंलाई पीडा महसुस हुन्छ । अनि उनीहरूकै पक्षमा सधैं वकालत गर्ने संघ–संस्था र ‘सबैका लागि शिक्षा’ अनि बालअधिकारका नारा लगाउने सरकारसमक्ष ती बालबालिकाको आवाज ठूलो–ठूलो स्वरमा पुर्याउन अनि सुनाउन मन लाग्छ— ‘खोई त तिनलाई पढ्ने समय ?’
यी आवाज सुन्नेले सुनिदिउन् । स्कूले विद्यार्थीको यस्तो दिनचर्या सृजना गराउने गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता देशबाट हटेर जाऊन् । उनीहरूको पक्षमा अभिभावक तथा सम्बन्धित निकाय चनाखो बनुन् । ‘बालबालिका भविष्यका कर्णधार वर्तमान का आधार’ मात्र होइनन् उनीहरूले समयानुकूल उचित गुणस्तरीय शिक्षादीक्षा पाउनु उनीहरूको जन्मसिद्ध अधिकार हो र हुनुपर्छ पनि । त्यो वातावरण सिर्जना गर्ने अनि गराउने जिम्मेवारी तपाईं हामी सबैको हो कि ?
उमा गुरुङ
चौडेल निमावि, घाङ्गल, डोटी
लेखकहरूको जानकारीका लागि
१. शिक्षक मासिक पढेर यसमा प्रकाशित सामग्रीहरूका बारेमा टीका–टिप्पणी, प्रतिक्रिया र सुझाव तथा आफ्नो अनुभवमा आधारित लेख–रचना आदि पठाउने पाठकहरूप्रति हामी अत्यन्त आभारी छांै । पाठकहरूबाट प्राप्त लेखरचना र सुझावले हामीलाई मार्गनिर्देश त गरे कै छन्; शिक्षक लाई पठनीय तुल्याउन पनि सघाएका छन् । तसर्थ, सबै लेखक तथा पत्र प्रेषकहरूलाई हार्दिक धन्यवाद दिन्छौं र भविष्यमा पनि निरन्तर रूपमा लेख र सुझावहरू पठाइरहन अनुरोध गर्द छौं ।
२. हामीलाई हरेक महिना सयौंको सङ्ख्यामा चिठी–पत्र, सुझाव, अनुभव र लेख–रचनाहरू प्राप्त हुने गर्छन् । त्यसरी प्राप्त सबै पत्र वा लेख–रचनाहरू सम्पादन मण्डलले पढेर–हेरेर प्रकाशन हुने/नहुने टुङ्गो गर्छ । भविष्यमा सान्दर्भिक हुनसक्ने सामग्री सुरक्षित राखिन्छ । त्यस्ता लेख–रचना तीन/चार महिनापछि पनि छापिन सक्छन् ।
अस्वीकृत रचनाहरू लामो समयसम्म सुरक्षित राख्न अथवा सम्बद्ध लेखकलाई फिर्ता पठाउन सम्भव हुँदैन । यसर्थ, लेख–रचना पठाउँदा त्यसको प्रतिलिपि (आवश्यक ठानेमा) आफूसँग राख्नुहुन अनुरोध गर्द छौं ।
३. नाम र ठेगाना स्पष्ट नखुलाइएका वा परिचय ढाँटिएका चिठी, सुझाव, कविता, जिज्ञासा, लेख आदि सीधै रद्दीको टोकरीमा जाने गर्छन् । अर्काको परिचय र ठेगाना राखी किर्ते गरेको पाइएमा त्यस्ता लेखक–प्रेषकको वास्तविकता झल्काई भविष्यका निम्ति ‘अवाञ्छित’ को सूचीमा पनि राख्ने गरिएको छ ।
असल उद्देश्यका निम्ति नाम वा परिचयगोप्य राखेर पनि कतिपय सामग्रीहरू प्रकाशित गर्नु पर्ने हुनसक्छ । त्यस्तो अवस्थामा; लेखक, संवाददाता वा पत्र प्रेषकले त्यसो गर्नु पर्नाको कारण र औचित्य सम्पादकसामु स्पष्ट पार्नुपर्छ ।गोप्यता कायम गर्नु पर्ने कुरा मा सम्पादक सन्तुष्ट भएमा परिचयगोप्य राख्न सकिन्छ । तर लेखक/संवाददाताहरूले सम्पादकसामु आफ्नो परिचय चाहिँ कहिल्यै लुकाउनुहुँदैन ।
४. सतहीभन्दा पनि अलिक गहन र सीधै विषयवस्तुमा प्रवेश गरेका प्रतिक्रिया एवं अनुभवहरू आउन् भन्ने हराम्रो अभीष्ट हो । ‘फलानो लेख रराम्रो लाग्यो’ भन्नुको सट्टा त्यो लेखको कुन तर्क, प्रमाण वा दलील तपाईंलाई के कारणले रराम्रो लाग्यो भन्ने कुरा सीधै लेखिदिनुभयो भने त्यसले हामीलाई मार्ग तय गर्न मद्दत गर्द छ ।
पत्र लेख्दै गर्नु होला !
– सम्पादक



