संघीय नेपाललाई सोचान्तरणको शिक्षा

अहिले कर्मचारीतन्त्रले विद्यालय चलाउँछ । त्यसैको मात्रै एकल “सो” छ । अरूगफाडी हौं । राजनीतिक दलगफाडी । स्थानीय सरकारगफाडी । स्थानीय प्राज्ञगफाडी । अब रुपान्तरित हुनुपर्ने हामीगफाडीहरू हौं ।

जनताले सेवा खोजे । सुनिश्चित सेवा । काठमाडौंका पूर्व राजाले घरदैलो सेवा दिए । जनताको ध्वाँसीको धुँवा हेरेर । हिमाली जातीय राजाले किल्लाभित्र अरूको प्रवेश रोकेर । सिमरौनगढी राजाले जनआय अत्यधिक बढाएर । राणाशाहीले मौजा र प्रगन्ना बनाएर । तिनले सेवा दिए कि लिए— इतिहास स्वयं भन्छ । २००७ सालपछि पनि अनेकन् मोडेल आए । नेपाली काङ्ग्रेसको ब्लक विकास (Bloc development) । पञ्चायतको गाउँ र नगरपञ्चायत । माओवादीको गाउँ जनसरकार । अहिलेको गाउँ विकास समिति । हाम्रा प्रजातन्त्रोत्तर प्रयासले जनसेवा सुनिश्चित भएन । तर यस्तै संरचनामा विशाल चीनले न्यूनतम जनसेवा सुरक्षित गरयो । संघीयता खोजेन । जातजातीय र भाषिक राज्य खोजेन । छिमेकी भारतले सुनिश्चित सेवा दिएन । संघीय राज्य दियो । कतै जातको । कतै भाषाको ।

त्यसैले प्रश्न संघीयताको हो कि होइन ? सुनिश्चित जनसेवाको भने पक्कै हो । जनसेवा सुनिश्चित कसरी गर्ने ? विकेन्द्रीकरणले ? चीनले त्यसै ग­र्‍यो । संघीय अमेरिकाले त्यसै गरयो । हाम्रोमा विकेन्द्रीकरणले पनि गरे न । त्यसैले जात–जाति र भाषिक समूहले पो गर्छन् कि ? पुरातन मोहले पो गर्छ कि ? यही रहरमा हामी दौडिरहेका छौं । यो दौडमा शिक्षाबारे सोच्ने को त ? केन्द्रले ? प्रस्तावित प्रान्तले ? स्वघोषित प्रान्तले ? तत् तत् प्रान्तका जात–जातीय र भाषिक वर्गले ? अरूले सोचिदिए आन्तरिक उपनि वेश हुन्छ कि ? भाषिक उपनि वेश हुन्छ कि ? यी प्रश्नको जवाफ राजनीतिज्ञसँग छैन । जात–जातीय र भाषिक राज्यका उपासकहरूसँग छैन । यस स्थितिमा शिक्षाको संरचना के हुने ? पाठ्यक्रम के हुने ? मूल्याङ्कन के हुने ? प्रश्नहरू कालो ध्वान्द्रो (black hole) का नकारात्मक (negative energy) शक्ति झै छन् । बाहिर आउने । टिक्न नसक्ने । देख्न नसकिने ।

कस्तो संघीयतामा शिक्षा भन्ने कुरा ले पनि अर्थ राख्छ । इथोपियाको जस्तो विकेन्द्रित डिजाइन र केन्द्रित निर्णय गरिने खाले ? अष्ट्रेलियाको जस्तो केन्द्रमा शिक्षा मन्त्री नै नहुने खाले ? क्यानडामा जस्तो प्रान्तले आफ्नो निर्णय आफैं गर्ने खाले ? अर्जेन्टिनामा जस्तो एक प्रान्तले अर्कोलाई नसघाउने खाले ? भारतमा जस्तो प्रान्तीय सरकारलाई केन्द्रले भङ्ग गर्न सक्ने खाले ? स्वीट्जरलैण्ड जस्तो काउण्टीले जे गर्छ स्वीकार्ने खाले ? कस्तो संघीयता सोचेर शिक्षाको संरचना बनाउने ? यति हुँदाहुँदै पनि मैले संघीयतालाई समष्टिमा बुझन खोजें । बुद्धिको संघीयता । दृष्टिकोणको संघीयता । जिम्मेवारीको संघीयता । न्यूनतम साझेदारीको संघीयता । त्यसैमा शिक्षाको सोच बनाएँ ।

संघीयताले खोजेको बुद्धि
धार्मिक एवं सांस्कृतिक चिन्तनले हामीलाई संज्ञानवादी (cognitivist) सोच दियो । दिमागी सोच । ब्रह्म मान्ने । यो सोचले हामीलाई ज्ञानको भोको बनायो । ब्रह्म बुझने ज्ञान । व्यवहारवादी चिन्तनले हामीलाई प्रयोजनवादी (pragmatist) बन्ने सोच दियो । आदर्श अनुकूलको व्यवहार गर्ने । व्यवहारोपयोगी शिक्षा दिने । समालोचनावादी चिन्तन (critical thinking) ले हामीलाई गरीबमुखी सोच दियो । गरीबको शिक्षा खोज्ने । गरीबलाई शिक्षा खोज्ने । यी र यस्ता सोचमा हामी एकलव्य भयौं । संज्ञानवादीले व्यवहारवादीको कुरा नकार्ने । व्यवहारवादीले समालोचनावादीका कुरा नकार्ने । यी नकारहरूको रुपान्तरण संघीय नेपालको पहिलो क्षेत्र हो । यो क्षेत्रको वैचारिक बदलावले संघीय राज्यका घरघरमा पुग्ने सोपान बन्छ । संज्ञानबाट शुरु गरेर समालोचनावादीको चिन्तनमा पुग्ने । समालोचनावादीबाट शुरु गरेर संज्ञानवादीमा पुग्ने ।

व्यवहारवादीबाट थालेर जता गए पनि हुने । यो प्रक्रियाको थालनीले हामीलाई रटवादिताबाट (dogmatism) झ्क्छि । यस्तो झ्किाइले संज्ञानवादीमा वैज्ञानिकता खोज्छ । प्रयोजनवादीमा जनवाद खोज्छ । समालोचनावादीमा संज्ञान खोज्छ । त्यसो गर्दा व्यक्तिले ब्रह्मवेत्ताको विज्ञानमा स्टिफिन हकिन्स खोज्छ । उनकै सबै चीजको सिद्धान्त (theory of everything) । आइन्स्टाइनको सापेक्षवादमा कपिलमुनिको साङ्ख्यदर्शन खोज्छ । बुद्धको प्रत्युत्तसमपाद (dependent co-arising) खोज्छ । त्यसो गर्दा चिन्तकहरू सामन्ती हुँदैनन् । पक्षीय ज्ञाता हुन्छन् । कार्लमाक्र्स जस्ता । अर्थशास्त्र जान्ने । मानव शास्त्र नबुझने । माओ जस्ता हुन्छन् । सङ्घर्ष जान्ने । सम्झौता र उपेक्षामा पनि सङ्घर्ष जत्तिकै तागत हुन्छ भन्ने नबुझने । यसरी एकअर्काका चिन्तनमा दरार खोज्न सक्ने । विचार जोड्न सक्ने । तर धारे हात नलाउने । मार्कस जस्ता । हेगेललाई सम्मान गर्ने । उल्टाउन पनि जान्ने ।

बदलावको दोस्रो क्षेत्र राजनीतिक दृष्टिकोण हो । दलीय दृष्टिकोण ।गेडो एउटै । अथ्र्याइ भिन्नै । ‘सबैका लागि शिक्षा’ पञ्चायतकालीन नारा हो । कार्यक्रम हो । यो नारामा के खराबी छ र ? साम्यवादीले भन्दा पनि त्यही होइन र ? प्रजातन्त्रवादीले भन्दा पनि उही कुरा हैन र ? फरक मार्कस र माक्र्सवादीको जस्तो गरे हुन्न र ? मार्कसले अर्थ निर्णायक ठाने । हाँवरमास जस्ता माक्र्सवादीले सम्बन्ध निर्णायक माने ।गिड्डन जस्ताले अन्तरक्रिया प्रमुख देखे । यस्तो बुद्धि राजनीतिक दलमा ल्याउनु संघीयताको अर्को क्षेत्र हो । यस्तो बदलावले राजनीतिक दलको शब्दमोह हराउँछ । पञ्चायतले शब्द दियो­— सबैको निम्ति शिक्षा । साम्यवादीले त्यसमा घरका सबैले शिक्षा पाउने आमसञ्चार जोड्ने बुद्धि दिऔं । प्रजातन्त्रवादीले त्यसमा रुचि अनुसारका सामग्री उपलब्ध गराउने संयन्त्र जोडौं । मधेशवादी दलले विपन्न मधेशीका बुद्धि भित्रयाउने खाका दिऔं । शिक्षाको नाम पछि जोडौँला । प्रसाम शिक्षा । प्रजातन्त्रवादी, साम्यवादी, मधेशवादी । प्रसामलाई उल्टाए हुन्छ । मसाप्र । सामप्र । यस्तो तरिकाले संघीयता सबैको बन्छ ।

बदलिनुपर्ने अर्को क्षेत्र संरचना सम्बन्धी सोच हो । अहिले कर्मचारीतन्त्रले विद्यालय चलाउँछ । त्यसैको मात्रै एकल “सो” छ । अरूगफाडी हौं । राजनीतिक दलगफाडी । स्थानीय सरकारगफाडी । स्थानीय प्राज्ञगफाडी । अब रुपान्तरित हुनुपर्ने हामीगफाडीहरू हौं । पञ्चायतकालीन स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले बालशिक्षा (early childhood development) को जिम्मेवारी स्थानीय सरकारलाई दियो । स्कूलहरू कर्मचारीतन्त्रले लियो । अब रुपान्तरित हुने जिम्मा कसको ? रुपान्तरित हुँदा शिक्षाको जिम्मा कसले लिने (accountable but not responsible) ? फ्रान्समा जस्तो नगरपालिकाले ? चीन र डेनमार्कको जस्तो काउण्टीले (county) ? अमेरिकाको जस्तो निर्वाचित परिषद्ले ? बेलायतको जस्तो शक्तिसम्पन्न कर्मचारीतन्त्र र विज्ञ प्रतिनिधिले ? अथवा अहिलेकै नेपालको जस्ता कर्मचारीतन्त्रले ? अहिलेको बकबके बोली “सरकार जिम्मेवार हुनुपर्छ” मात्रै भनेर पुग्दैन । किटानी सरकार चाहिन्छ । काम गरे नाम लिने सरकार । न गरे लात खान राजी हुने सरकार । यस्तो चिन्तनले विचार हरूको पनि संघीयता हुन्छ । वैचारिक संघीयता ।

बदलावको चौथो क्षेत्र हो निजी क्षेत्रको उपस्थिति । निजी के हो ? उदारवादीले भने जस्तो विकास को चावी ? अमेरिकाले त्यसै गरयो । चीनको जस्तो आवश्यक तर नियन्त्रण एवं नियमन गर्नु पर्ने संस्था ? बुद्धि त्यहीं चाहियो । तर मस्यौदा संविधानले भनिदियो— शिक्षा दिने काम धार्मिक संस्थाले गर्छ । निजीले गर्छ । सरकारीले गर्छ । त्यसमा सबै राजनीतिक दलले सहमति गर्यौ । तैपनि बाहिर आ–आफ्नो डम्फू बजाइरह्यौं । यसो हो भने स्कूल नक्साङ्कनको काम कसको हो ? कहाँ निजी राख्ने ? कहाँ सरकारी राख्ने ? कहाँ धार्मिक स्कूललाई बस्न दिने ? कहाँगुठीलाई स्कूल चलाउन दिने ? कहाँ तालिम केन्द्र राख्ने ? कहाँ कलेज खोल्ने ? कहाँ विश्वविद्यालय खोल्ने ? साम्यवादी देशले त्यसै गरे । पूँजीवादीले पनि सोही काम गरे । त्यो काम न गरेर हामीले जथाभावी स्कूल चलाउन दियौं । बाल विकास चलाउन दियौं । स्कूल नक्साङ्कन गर्दा कुन राजनीतिक दललाई अप्ठेरो पर्ला र ? कर्मचारीतन्त्रले के नाइँ भन्ला र ? यसो गरे मा संघीयता सबैको हुन्छ । अहिलेको जस्तो राजनीतिज्ञको मात्र हुन्न । पुरानो राज्यसीमा खोज्नेहरूको मात्रै हुन्न ।

बालबालिकालाई स्कूल ल्याउने पुरानै बुद्धि हो । यो बुद्धि बदल्नु अर्को क्षेत्र हो । तथ्याङ्कले भनिदियो— स्कूल आउनेहरूमध्ये सत्तरी प्रतिशतले कक्षा दश पार गरेनन् । जात–जातीय र लैङ्गिक हिसाबले भन्ने हो भने हराम्रो शिक्षालय गरीबमुखी बनेनन् ।गफ गरीबको । फाइदा धनीको । एकाध अपवाद होलान् । त्यसैले हामीलाई समान्तर स्कूल चाहियो । समकक्षी पनि हुने । समान्तर पनि बन्ने । त्यस्ता स्कूलले विद्यार्थीको घरमै सेवा दिन्छ । सबैले यो कुरा स्वीकारे । पूर्व सरकारहरूले खुला मोडका शिक्षालयहरू पनि खोले । बीज भयो । तर त्यस्ता स्कूलहरू झयाङ्गिएनन् । आमसञ्चारसँग कार्यगत सहकार्य (operational cooperation) पनि भएन । यस स्थितिमा सबैलाई स्कूलमै टिकाउने एउटा सोच हो । टिकेनन् । यथार्थ हो । विकल्प के त ? विकल्प हो— समान्तर एवं समकक्षी शिक्षालय । त्यस्ता वैकल्पिक स्कूल, कलेज, विश्वविद्यालय खोल्ने कसले त ? स्थानीय सरकारले ? विद्यमान स्कूलले ? कर्मचारीतन्त्रले ? स्थानीय बुद्धिजीवीले ? पढ्न चाहनेले ? संघीय राज्यले यस्ता कुरा को सहमतिजन्य उत्तर खोज्छ ।

बदलावको पाँचौं क्षेत्र हो— पेशेवार शिक्षकको चिन्तन । मेरो पेशामा म पहिला शिक्षक हुँ भन्ने चिन्तन । अहिले यो चिन्तन म¥यो । मारियो । त्यसैले शिक्षकहरू राजनीतिक दलका भ्रातृ सङ्गठन बन्यौं । विद्यार्थीले त्यसै गर्यौ । भ्रातृ सङ्गठन भए भ्रातृ सङ्गठनको नीति खै लागू गरेको त ? माओवादी शिक्षकले खै त स्कूलको रुपान्तरण गरेको ? काङ्ग्रेसवादी शिक्षकले खै त विद्यार्थीको व्यक्तिगत प्रतिभाको खेती गरेको ? मधेशवादी दलले खै त क्षेत्रीय न्याय गर्ने शिक्षक, विद्यार्थी र कर्मचारी बनाएको ? यो यथार्थले भन्छ— हामी बिल्लाधारी हौं । इमान दार हैनौं । छैनौं । थिएनौं । ऐतिहासिक विश्लेषले भन्छ हुँदैनौं । त्यसो भए किन हामीले अन्तर शिक्षक एवं विद्यार्थी सङ्गठनबाट सर्वस्वीकार्य शिक्षक नखोजेको ? पेशा पहिलो भन्ने शिक्षक एवं विद्यार्थी । चीनको शिक्षकजस्तो— साम्यवादी दलको शैक्षिक आदर्श स्थापित गर्ने । बेलायतको जस्तो— आफ्नो पेशाको धर्म अनुसार काम गर्ने । यहींनेर संघीय राज्यले अविभाजित पेशेवार शिक्षक खोज्छ । पेशेवार विद्यार्थी खोज्छ ।

बदलावको छैठौं क्षेत्र हो— पठनपाठनको शैली । शैली बदल्ने सोच बदल्नुपर्छ । “एकलव्य शिक्षक” समालोचनात्मक बन्न सक्दैन । चाहँदैन । त्यसैले शिक्षकलाई बहुलता स्वीकार्ने बनाउनुपर्छ । भाषिक बहुलता स्वीकार्दा एक–अर्काको भाषा सिक्ने सिकाउने । वैचारिक बहुलता स्वीकार्दा सबैको विचार मा विज्ञान खोज्ने । जनवाद खोज्ने । सांस्कृतिक बहुलता स्वीकार्दा एकअर्काको संस्कृतिमा रम्ने । रमाउने । धार्मिक बहुलता स्वीकार्दा सबै धर्मको चूरो खोज्ने । धर्ममा धनात्मक ऊर्जा ९उयकष्तष्खभ भलभचनथ० छ भन्न जान्ने । भौतिक जगतमा ऋणात्मक ऊर्जा देख्न सक्ने । दुवै ऊर्जाहरू एक–अर्काका पूरक हुन् भनी स्वीकार्ने । संघीय राज्यले यस्तै संघीय सोच खोज्छ । झ्ण्डे सोच खोज्दैन ।

बदलावको सातौं क्षेत्र संघीयताको सिमाङ्कन हो । अहिलेको सिमाङ्कन जातमा गयो । जातीयतामा गयो । भाषामा गयो । भोलि धर्ममा जान्छ । पर्सि दक्षिणी सुडान बन्छ । बन्ने बीउ आज हालिँदैछ । यो स्थितिमा संघीयताले खोजेको बुद्धि निष्पाप सिमाङ्कन हो । लुम्बिनी क्षेत्र जस्तो । खप्तड क्षेत्र जस्तो । कर्णाली क्षेत्र जस्तो । सहलेस क्षेत्र जस्तो । जानकी क्षेत्र जस्तो । जात, जाति र भाषाभन्दा माथि उठेको । यस्तो सोच संघीयताले खोज्छ । गैर विखण्डनवादी सोच । भोलिको संघीय राजनीतिज्ञले दिने शैक्षिक सन्देश यही हो ।

प्रस्तावित शैक्षिक व्यवस्था
विद्यालयको शिक्षा १२ वर्षे भयो । प्रस्तावित संविधानमा अनिवार्य शब्द परयो । नागरिक हक बन्यो । उच्च शिक्षालाई देश विकास मा जोड्ने कुरा लेखियो । शिक्षालाई वैज्ञानिक र जनवादी बनाइने भनियो । निजी शिक्षालयलाई स्वीकारियो । यो वैचारिक यथार्थता हो । यो यथार्थतालाई व्यवहारमा उतार्न देहायको शैक्षिक व्यवस्था चाहिन्छः
१. स्थानीय सरकारको नेतृत्वमा सशक्त शिक्षा बोर्डको गठ नगरौं । यो बोर्डले बालविकास, विद्यालय, गरिखाने तालिम केन्द्र, क्याम्पस र विश्वविद्यालयको नक्साङ्कन गर्ने काम गरोस् । स्थानीय तहमा । अन्तर स्थानीय सरकारको तहमा ।

२. बोर्डलाई सघाउन स्थानीय प्राज्ञ र रोष्टरका प्रान्तीय तथा राष्ट्रिय विज्ञको सहयोग लिने तथा दिने प्रबन्ध गरौं । यो विज्ञ टोलीको काम निरन्तर अनुसन्धान र प्राविधिक सहयोगमा मात्रै सीमित गरौं । गुणस्तर कायम गर्नमा । परीक्षा मर्यादित गर्नमा । अन्तर शिक्षालयको समकक्षी क्षमता सुनिश्चित गर्नमा । स्थानीय पाठ्यक्रम एवं पाठ्यसामग्री बनाउनमा । जनज्ञानको खोजी गर्नमा । खोजिएको ज्ञान शिक्षालयमा पुरयाउने काममा ।

३. शिक्षक, विद्यार्थी र कर्मचारीलाई स्वयं जवाफदेही बन्ने/बनाउने व्यवस्था बनाऔं । अनुगमन गर्ने पुलिसिङ (policing) बुद्धि झिकौं । काम न गरी नखाने शिक्षकको बुद्धि फेरौं । नपढी पास हुन चाहने विद्यार्थीको सोच फेरौं । स्वयं नियमित हुने शिक्षक, कर्मचारी एवं विद्यार्थी बनाऔं ।

४.    स्थानीय सरकारकै तहमा शिक्षक, विद्यार्थी र कर्मचारीको सञ्जालीकरण गरौं । क्लबस्वरुपी सञ्जालीकरण । जुन राजनीतिक दलको भए पनि सञ्जालमा आउने । विचार निकाल्ने । बनाउने । नयाँ सोच लिएर जाने । दिएर जाने । यसरी निस्केका विचार हरू परीक्षणगरौं । क्याम्पस, विश्वविद्यालय र गरिखाने तालिम केन्द्रको हकमा छिमेकी सरकारसँग सञ्जालीकरण गरौं । चिनीयाहरूको जेब्रा रगधाको नीति जस्तो । जेब्रा नयाँ परीक्षण हो ।गधा पुरानो सोचको निरन्तरता । दुवै परीक्षणगरौं । रराम्रो स्वीकारौं ।

५. खुला शिक्षालाई सबैको र सधैँको बनाउने नीति लिऔं । यो नीति अन्तर्गत शिक्षालय क्षेत्रमा सूचनात्मक सन्देश दिऔं । निरक्षरता उन्मूलन गरौं । साक्षरोत्तर र निरन्तर शिक्षा सुनिश्चित गरौं । दलीय सूचना दिए— सबै दलको । प्राविधिक सूचना दिए सबै फाँटको । धार्मिक सूचना दिए सबै धर्मावलम्बीको । सबै धर्मकोगूढतम् रहस्यको । यसका लागि आमसञ्चारसँग स्थानीय सरकारले सहकार्य गर्ने नीति अवलम्बन गरौं ।

६. जनबुद्धि बटुल्ने र तिनको आधुनिकीकरण गर्ने काममा शिक्षालयलाई क्रियाशील बनाऔं । चिनियाँ बोलीमा उल्टो क्रम (reverse order) । जनता जान्दैनन् भन्ने आजको बुद्धि उल्टो पारौं । उनी जान्दछन् । हामी पनि जान्दछौं । अर्थात् मौरी बनौं । बनाऔं । फूल बनाउन नजान्नेले रस बनाउने । सबै रस मिलाएर मह बनाउन जान्ने ।

माथिका ६ वटा बुद्धिले स्थानीय सरकारलाई क्रियाशील बनाउँछ । शिक्षाको गुणस्तर मा स्थानीय चासो हुन्छ । त्यहाँको र प्रान्त तथा केन्द्रका विज्ञको बुद्धिले शिक्षामा प्राविधिक सेवा सुनिश्चित गर्छ । राजनीतिक शब्दावलीमै रङमगिएको शिक्षक, विद्यार्थी, दलीय प्रान्त र अभिभावकलाई चिनियाँ बुद्धिको “जेब्रा गाउँ” (zebra village) बनाउने परिवेश दिन्छ । कतै निजीको सहयोगमा शिक्षालय । कतै साझेदारीमा शिक्षालय । कतै सरकारी शिक्षालय । ती सबैको प्रतियोगिता । राम्रोको टिकाउ । नराम्रोको परिवर्तन । यसो गर्दा स्थानीय विचार ट्याङ्की (local think tank) ले शिक्षामा जिम्मेवारी सुनिश्चित गर्दछ ।

शिक्षण शैली बदल्दा अहिलेका शैक्षिक समस्याहरू सल्टिन्छन् । मिसेल फूकोले भने झै पढाउँदा तीन कुरा नछाडौं । पहिलो व्यक्ति (self) । दोस्रो, इतिहास (geneology) । तेस्रो अध्ययन सामग्री (artifacts) । अर्थात् पढाउने व्यक्तिको अनुभव खोज्नै पर्ने । दर्शन पढाए व्यक्तिको दर्शन खोज्ने । गणित पढाए उसकै गणितीय शैली खोज्ने । किन त्यसो भन्यौं भनेर उसैसँग इतिहास खोज्ने । नभए खोजाउने परियोजना (project work) दिने । अनि कुन किताबले के भन्छ त ? कुन लेखले के नयाँपन दियो त ? त्यो कुरा सोध्ने । त्यसमा मैले थप्ने कुरा हो— घोत्ल्याइँ । पुख्र्यौली गणित र युक्लिड गणितको बीचको सम्बन्ध के रहेछ भनी घोत्लिने । मार्कसको बुद्धिमा के झ्किे माओको बुद्धि बन्छ ? माओको बुद्धिमा के जोडे मेरो बुद्धि बन्छ ? यीभन्दा भिन्न बुद्धि बनाउन सकिन्छ कि त ? यस्तो खाले घोत्ल्याइँ । यो घोत्ल्याइँ सबै कक्षाको पढाइमा लागूगरौं । क अक्षरबाट के–के बन्ला ? एक कक्षालाई सोधे हुन्छ ।

राजकवादी (anarchist), उदारवादी र साम्यवादीका तागतहरूको अन्तरसम्बन्धबाट कुन–कुन सोच बनाउन सकिएला ? एम.ए. वालालाई चुनौती गरे हुन्छ । यसो गर्दा शिक्षण शैली बदलिन्छ । त्यही बदलावसँगै विद्यार्थीको पढ्ने शैली पनि बदलिन्छ । शिक्षक एवं प्राध्यापकको प्रश्न बनाउने बुद्धि बदलिन्छ । अनि प्रश्नको स्वरुप हुन्छ— स्टिफेन हकिन्सको सबै चीजको सिद्धान्त र ओमकारवादी पुर्खाको ब्रह्मसत्यवादी चिन्तनमा साम्यता खोज । विभेद खोज । नवीन चिन्तन बनाऊ । त्यो चिन्तनमा आफ्नो सन्दर्भ जोड भनिदिए पुग्छ । त्यसो गर्दा विद्यार्थीले चोर्नुपर्दैन । शिक्षकले चोराउनुपर्दैन । गुणस्तर भएन भनेर चिच्याउनु पर्दैन । विद्यार्थी पढ्दैनन् भन्नुपर्दैन । शिक्षक प्राध्यापक स्वयं तालिम प्राप्त हुन्छन् । तिनले तालिम खानुपर्दैन ।

समकक्षता र सम शिक्षा
संघीय नेपालले सबैलाई शिक्षा दिनुपर्दछ । सबैको शिक्षा लिनु पर्दछ । यो लेनदेनको लागि आधुनिक प्रविधिको प्रयोग हुनुपर्दछ । स्कूलको तहमा इ–पाटीको प्रयोग । क्याम्पस तथा विश्वविद्यालयको तहमा अनिवार्य कम्प्युटर ल्याव र इन्टरनेट सेवा । घरघरको तहमा अनिवार्य रेडियो, सामुदायिक टेलिभिजन र सामुदायिक अनलाइन सेवा । टेलिफोनबाट । कम्प्युटरबाट । यी प्रविधिहरूको प्रयोगले सबैमा शिक्षा पुग्छ । सबैको शिक्षा खोज्न सकिन्छ । दोहोरो अन्तरक्रिया (interactive) कार्यक्रमबाट प्रत्येक प्रान्तले यो व्यवस्था गर्नु पर्छ । यसरी औपचारिक एवं अनौपचारिक तरिकाबाट आर्जित ज्ञानलाई समकक्षता दिने दुईवटा बाटा छन् । पहिलो औपचारिक शिक्षालयमै जाँच लिने । दोस्रो अनौपचारिकको समकक्षी बोर्ड बनाउने । प्रत्येक प्रान्तमा बोर्ड । अन्तरप्रान्तीय समकक्षता एवं श्रेष्ठताका लागि आपसी होड ।

अनिवार्य संरचना
प्रस्तावित प्रत्येक प्रान्तमा बाल विकास कार्यक्रम छन् । स्कूल छन् । कलेज र विश्वविद्यालय भन्न सकिन्नँ । समकक्षी शिक्षालयको पनि त्यही हाल छ । यस स्थितिमा प्रत्येक प्रान्तमा अनिवार्य कलेज, अनिवार्य विश्वविद्यालय र अनिवार्य समकक्षी शिक्षालय (रहरको पढाइका लागि, जानकारीका लागि, समकक्षी विद्यालय देखि विश्वविद्यालयको शिक्षासम्मका लागि) चाहिन्छ । त्यसका लागि सहज उपायहरू छन् । भएकालाई जोड्ने । जस्तो कलेजहरू छन् । तिनलाई जोडौं— विश्वविद्यालय बनाऔं । एकल कलेज छ भने विज्ञताको केन्द्र (center of excellence) बनाऔं । त्यही पीएचडीसम्म गर्न पाउने व्यवस्थाको । यस्ता संरचनाका शिक्षक, विद्यार्थी र कर्मचारीको चासो सुन्नुपर्छ । सङ्गठित चासो । त्यो पनि सजिलो छ । पेशेवार बनाए उनीहरू आफैं बुझछन् । राजनीतिक दलका हुँदा तिनका मातृ सङ्गठनले स्वीकारे त्यसै स्वीकार्छन् । खाली समस्या हो— सेवा सुविधाको सुनिश्चितता । निजी शिक्षक, कर्मचारी र विद्यार्थीलाई सरकारीले स्वीकार्ने । सरकारीलाई निजीले स्वीकार्ने । दोहोरो व्यवस्था गर्न सकिन्छ । यसो गर्दा अनुबन्ध प्रणाली (contract) लागू गरे हुन्छ । निजीका शिक्षक सरकारीमा अनुबन्धित । सरकारीका शिक्षक निजीमा अनुबन्धित । न्यूनतम सुविधा भने तोक्नुपर्छ ।

प्रत्येक प्रान्तमा रोजगार तालिम केन्द्रहरू खोल्नुपर्छ । स्कूल नजिक । क्याम्पस नजिक । विश्वविद्यालय नजिक । त्यही सुनिश्चित कोष खडा गर्नु पर्छ । कोषले खोजेको क्षमता के ? त्यो कुरा प्रत्येक शिक्षालयमा पुर्याउनुपर्छ । प्रत्येक शिक्षालयका शिक्षार्थीको स्वरोजगारी, समूह रोजगारी र सहकारी रोजगारीका योजनाहरू कोषले थाहा पाउनुपर्छ । यस्ता सोचको कार्यान्वयन गर्ने तरिकाहरू गरिखाने तालिम केन्द्रले दिनुपर्छ । शिक्षालयहरूले गराउनु पर्छ । शिक्षार्थीकै सोच खोज्नुपर्छ । कोषको रकम शिक्षार्थीकै शुल्कमा जोडे हुन्छ । अनिवार्य रोजगारी शुल्कको रूपमा ।

शिक्षाको लगानी कसले गर्ने ? पाकिस्तानको बलुचिस्तान र अफ्रिकी देश चाडका सामुदायिक विद्यालयको डिजाइनले हामीलाई बुद्धि दिन्छ । घरपिच्छेको लेभी लिने डिजाइन । करको रूपमा । लेभीको रूपमा । दानको रूपमा (मुस्लिमको जकात जस्तो) । घरका सदस्यलाई आधार बनाउने । दशजना भए महिनामा रु.१० । यो बुद्धिले स्थानीय सरकारकै तहमा रकम जम्मा हुन्छ । प्रान्तीय तहमा हिसाब बस्छ । स्थानीय सरकारले आर्जेको यो रकम अपुग हुँदा प्रान्तीय र केन्द्रीय सरकारले दिने नीति तय गर्नु पर्छ ।

अठोटको खाँचो
हामीले शुभेच्छा दिइसक्यौं । शाब्दिक शुभेच्छा । शिक्षा जनवादी बनोस् । व्यावहारिक बनोस् । वैज्ञानिक बनोस् । रोजगारोन्मुख बनोस् । घरमा पनि काम लागोस्, अन्तर्राष्ट्रिय प्रतिस्पर्धी पनि होस् । जात, जाति, भाषा, धर्म, संस्कृति र भूगोलमागर्व पनि गरोस् । त्यसैमा नलडोस् । यी “शुभेच्छा” हरूले अठोट खोजे । पहिलो अठोट हो राजनीतिक दलीय आग्रह उजित्याउनु (recharge) । दोस्रो अठोट हो— “जेब्रा रगधा” को एकसाथ परीक्षण गर्नु । तेस्रो अठोट हो— शिक्षक, विद्यार्थी, कर्मचारीलाई दलीय आग्रहका भुत्ते हतियारभन्दा माथि उठ्न अभिप्रेरित गर्नु । तिनलाई पेशा पहिलो भन्ने दीक्षा दिनु । शिक्षाले पुगेन । चौथो अठोट हो— सेवालाई पहिलो ठान्नु । जात, जातीय र भाषिक राज्यहरूलाई भूगोलविहीन सांस्कृतिक राज्यको रूपमा स्वीकार्नु । लैङ्गिक राज्यको स्वीकारोक्ति जस्तो । घरमै त्रिलिङ्गी छन् । तिनको छुट्टै भूगोल छैन । तर संस्कृति छ । पाँचौं अठोट हो— सबैलाई शिक्षा दिने र सबैको शिक्षा लिने दोहोरो संयन्त्रको अवलम्बन गर्नु । आधुनिक प्रविधिलाई यसको अभिन्न अङ्ग बनाउनु । छैठौं अठोट हो— चीनले आर्थिक विकास का लागि कन्फुसियस, परम्परागत बुद्धि, माओको न्याय प्रणाली र पूँजीवादीको उदार अर्थतन्त्र जोडे झै गरी प्रत्येक तहको शिक्षालयमा अध्ययन–अध्यापन गर्नु । सातौं अठोट हो— रराम्रो मान्छे खोज्नु । हराम्रो मान्छेले हाम्रै बदनामी गरयो भन्ने कुरा स्वीकार्नु र तदनुकूल काम गर्नु । आठौं अठोट हो— भाषा साझ हो भन्ने बुद्धि स्थापित गर्नु । यसका लागि भाषिक सहअस्तित्वको नीति अवलम्बन गर्नु । एकअर्काको भाषा सिक्नु । तिनको उन्नति गर्नु । नवौं अठोट हो— केन्द्रीय नेतृत्व व्यवस्थापक हो भन्ने कुरा लाई सार्वजनिक बनाउनु । अहिले निर्णायक बन्न पुगेको छ । निर्णय स्थानीय सरकारमा लानु । प्रान्तीय सरकारमा लानु । दशौं अठोट हो— पढ्ने पढाउने संस्कार बदल्नु । पढ्दा प्रश्न गर्ने तरिका । पढाउँदा अन्तरसम्बन्ध खोजाउने तरिका । अक्षर लेख्दा अक्षरको इतिहास बुझैं । विभिन्न भाषाका अक्षर ।  अक्षरान्तर गर्ने तरिका खोजौं । नवीन उपाय बनाऔं । विचारान्तणमा पनि त्यही कुरा लागू गरौं ।

नोट चीनको उदाहरणको स्रोत हो— मार्क लियोनार्ड (सन् २००८) को What does China Think भन्ने पुस्तक ।

commercial commercial commercial commercial