केले ‘महान्’ बनाउँछ शिक्षकलाई ?
शिक्षाको गुणस्तरका बारेमा भएका धेरै अनुसन्धानहरूको निष्कर्ष छ, शिक्षाको गुणस्तर लाई प्रभावित पार्ने एउटै कुरा छ– त्यो हो, शिक्षकहरूको स्तर । शिक्षक सुयोग्य छन् भने तिनको शिक्षण स्वाभाविकरूपमै स्तरीय हुन्छ र विद्यार्थी पनि योग्य हुन्छन् ।
यति भइकन पनि शिक्षकलाई ’सुयोग्य’ बनाउने कुरा के के हुन् भन्ने कुरा को जवाफ सजिलो छैन । पढाउनु सजिलो कुरा होइन र यता आएर यो काम अझ् जटिल भएको छ किनभने अहिले ’शिक्षा’ भनेको सिक्ने र सिकाउने कुरा मा मात्र सीमित रहेको छैन । यसमा राजनीतिक हस्तक्षेप, बजार, भ्रष्टाचार, अराजकता र दण्डहीनता पनि घुसेको छ ।
एउटा सुयोग्य शिक्षकमा शिक्षा क्षेत्रका विकृतिहरूलाई जित्ने नैतिक क्षमता हुनुपर्छ । ’मैले मात्र के गर्ने, सबैतिर यस्तै छ’ भन्ने शिक्षकले आफूजस्तै विद्यार्थी उत्पादन गर्छ । तर ’अरूले जे गरे पनि म रराम्रो गर्छु’ भन्ने शिक्षकले उच्च मनोबलयुक्त सफल व्यक्तिहरूको ’आदर्श’ बन्ने सौभाग्य पाउँछ । तर त्यतिले मात्र पुग्दैन, रराम्रो शिक्षक बन्नका लागि रराम्रोसित पढाउन पनि जान्नै पर्छ ।
राम्रोसित पढाउनका लागि विषयवस्तुका बारेमा व्यापक ज्ञान चाहिन्छ । शिक्षकले पाठ्यक्रम र त्यसका उद्देश्यहरूलाई राम्रोसित बुझेको छ भने मात्र उसको ज्ञानको सदुपयोग हुनसक्छ । एउटा सुयोग्य शिक्षकमा नयाँ–नयाँ कुरा जान्ने गहिरो रुचि र अध्ययनप्रतिको लगाव हुन्छ । ऊ त्यस्तो उत्सुकता विद्यार्थीमा पनि जगाउन सक्षम हुन्छ । शिक्षकले बालबालिकालाई माया गर्न र आफ्नो प्रयत्नबाट उनीहरूको जीवनमा परिवर्तन आउँछ भन्ने कुरा मा विश्वस्त हुनुपर्छ ।
एउटा शिक्षकको सही योग्यता उसको शैक्षिक योग्यताको प्रमाणपत्र वा अनुभवको फेहरिस्तबाट भन्दा पनि निम्नगुणहरूबाट राम्रोसँग बुझन सकिन्छ–
- योग्य शिक्षक अध्ययनशील हुन्छन् । उनीहरू आफूले पढाउने विषयमा राम्रो जानकारी राख्छन् । उनीहरूसित स्पष्ट र लिखित उद्देश्यहरू हुन्छन् । पाठ योजना बनाएर मात्र कक्षामा जान्छन् । उनीहरू विद्यार्थी पढाउने मात्र काम गर्दैनन्, सिकाएरै छोड्छन् ।
- योग्य शिक्षकले विद्यार्थीलाई नियमित रूपमा नयाँ कुरा सिक्ने र त्यसको अभ्यास गराउने खालका गृह कार्य दिन्छन्, गृह कार्य गरे –नगरेको कुरामा ध्यान दिन्छन् र समयमा नै गृह कार्य रराम्रोसँग जाँचेर विद्यार्थीले जान्न र बुझन बाँकी देखि एको कुरा दोहोर्याएर सिकाउँछन् ।
- योग्य शिक्षकले विद्यार्थीहरूमा महत्वाकाङ्क्षा जगाइदिन्छन् । उनीहरू विद्यार्थीले साँच्चै नै केही गर्छन् भन्ने कुरामा विश्वास पनि गर्छन् ।
- योग्य शिक्षकले विद्यार्थीलाई व्यस्त राख्छन् र एउटै कुरा लाई पनि विभिन्न कोणबाट हेर्न प्रेरित गर्छन् । उनीहरू तथ्यबाट कुरा शुरु गर्छन् र ’किन त्यस्तो भयो’ भन्ने तर्क गर्दै विद्यार्थीको विश्लेषण क्षमता अभिवृद्धिगराउँछन् । उनीहरू प्रश्न गरेर विद्यार्थीले बुझे/नबुझेको थाहा पाउने प्रयास गर्छन् ।
- योग्य शिक्षकले जान्ने विद्यार्थीलाई मात्र नभएर कक्षाका सबैलाई सिकाइ–प्रक्रियामा सहभागीगराउँछन् । विद्यार्थीको चाख र ऊर्जा बढाउँदै जानु यस्ता शिक्षकको सबभन्दा मुख्य विशेषता हो ।
- योग्य शिक्षकले विद्यार्थीसित मित्रवत् व्यवहार गर्छन् । उनीहरूले विद्यार्थीलाई बालबालिकाका रूपमा माया मात्र गरेर पुग्दैन, उनीहरूलाई एउटा व्यक्तिका रूपमा यथोचित आदर पनि गर्नु पर्छ भन्ने कुरा बुझेका हुन्छन् ।
- योग्य शिक्षकले कुनै विद्यार्थीलाई तोकेर पटक–पटकगाली, घोचपेच वा नकारात्मक टिप्पणी गर्दैनन् ।
- योग्य शिक्षक ठीक समयमा स्कूल वा कक्षाकोठामा आउँछन् र स्कूलबाट फर्किन हतार गर्दैनन् । उनीहरू आफूले पढाउने कक्षालाई व्यवस्थित राख्न र विद्यार्थीको ध्यान अन्त जान नदिने कुरा मा हरदम सचेत रहन्छन् ।
- योग्य शिक्षकले विद्यार्थीको प्रगति विवरण अभिभावकलाई पठाउँछन् । त्यस्तो चलन छँदैछैन भने विद्यार्थीका बाबुआमासित सम्पर्क गरेर विद्यार्थीको प्रगतिका बारेमा कुरा गर्छन् र बाबुआमाका सुझाव र गुनासाहरू सुनेर सम्भव भएसम्म त्यसको पालना गर्छन् ।
यो सूचीले धेरै कुरा को माग गरेको छैन । यसमा जे जति योग्यताहरूको चर्चा गरिएको छ ती शिक्षकहरूमा नभएका कुरा होइनन् । अध्ययनशीलता, पेशाप्रतिकोगौरव र विद्यार्थीको भविष्यप्रतिको चासो र चिन्ता भएका हजारौँ शिक्षकहरूलाई यो सूचीले आफू एउटागजबको, सुयोग्य वा ’महान्’ शिक्षक भएको मा विश्वस्त तुल्याउन सक्छ । बाँकी केहीलाई यसले आफ्नो क्षमता र आदतमा सुधार गरेर सुयोग्य शिक्षक बन्न प्रेरित गर्न सक्छ ।
http://www.greatschools.org/improvement/quality-teaching मा प्रकाशित सामग्रीमा आधारित



