नजाने पनि पास भइने !

सबै पास हुने र पास भएका सबैले मथिल्लो तहमा भर्ना पाउने र फेरि पास हुने शैक्षिक कुचक्रमा हामी फसिसकेका छौं । यो अहिलेको यथार्थ हो । तर, यसलाई अन्त्य न गरी हराम्रो शैक्षिक जगतले स्तर र सम्मान पाउन सक्दैन ।

अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरिरहेका एकजना युवाले सुनाए, “हराम्रो ‘नन वेस्टर्न’ (बेलायत, अमेरिका बाहेकका अङग्रेजी साहित्यकारहरूका कृतिको अध्ययन) भन्ने विषयमा १२० वटा बुँदा पढ्नुपर्छ । तर, सरहरूले ६० वटा ‘इम्पोर्टेन्ट’ छुट्याइदिनु भएको छ ।” सरहरूले “जाँचमा आउन सक्ने” भनेर पढाएको सुनिराखेकै कुरा भएकाले होला, झ्ट्ट सुन्दा अचम्म लाग्दैन । तर, एकैछिन विचार गर्दा हराम्रो शैक्षिक दुरावस्थाको जग नै फेला परे जस्तो लाग्छ ।

पढ्नुपर्ने अर्थात् जान्नुपर्नेको आधा पढेर त्यसको ४० प्रतिशत ल्याउँदा एउटा व्यक्ति स्नातकोत्तर उत्तीर्ण हुन्छ भनेको सुन्ने हो भने संसार हाँस्छ । किनभने त्यो भनेको जान्नुपर्नेको २० प्रतिशत मात्रै हो । त्यो पनि जाँचमा चोरी वा प्रश्नपत्र चुहावट वा अन्य नहुनुपर्ने कुरा भएको छैन भन्ने पक्का भए मात्र । दुर्भाग्य, यो प्रवृत्ति नेपालको शैक्षिक क्षेत्रमा तल देखि माथिसम्मै व्याप्त छ । जान्नुपर्ने कुरा जान्दै नजानी पास भएका कतिपय शिक्षक, नजाने पनि आफ्ना छोराछोरी पास होउन् भन्ने अभिभावक र जान्नुको महत्व बुझनै नपाएका विद्यार्थीहरूबाट मुलुकको शैक्षिक मान चित्र तयार भइरहेको छ ।

एसएलसी परीक्षाको ‘रिजल्ट’ हुँदा मुलुकको अवस्था एउटा ठूलो पर्व आए जस्तो हुन्छ । पत्रपत्रिका त्यसैका चर्चाले भरिन्छन् । मान ौँ देशको शैक्षिक आधारको प्रारम्भविन्दु नै त्यही हो । तर, यसपटक शिक्षक ले गरेको खोजी र विश्लेषणले एसएलसी मात्र होइन, फेल नै न गर्ने उदार कक्षा नीति वा न्यून उत्तीर्णाङ्क राखेर पास हुन सघाउने परीक्षा प्रणाली दुवैमा ठूलो प्रश्न चिन्ह ठड्याएको छ । यसले अर्को कुरा पनि बोलेको छ, एसएलसीमा खराब ‘रिजल्ट’ आउनु भनेको उत्तीर्णाङ्कको झयासम्यासले छोपेर लुकाइएका पहिल्यै देखि का खराब रिजल्टहरू प्रकट भएको मात्र हो ।

अहिले हामी एउटा अनौठो द्विविधाको अवस्थामा छौं । एकातिर हामी विश्वका कोहीभन्दा कमी छैनौँ भन्ने भावना बोकिरहन चाहन्छौँ । अर्कातिर आफूलाई असर पर्ने ठाउँमा ‘नेपालमा यति भए चल्छ’ पनि भनिहाल्छौं । आफ्नो राष्ट्रप्रति अत्यन्तगौरव गर्न हामीले ‘नेपाली स्तर ’ भनेर तल्लो स्तर वा ‘नेपाली टाइम’ भनेर ढिलो गरे पनि हुने अर्थात् स्तर हीनताको परिचायक बनाएका छौं । यस्तै प्रवृत्तिहरूको फलस्वरुप हराम्रो देशमा औसत शिक्षा पाएका औसत विद्यार्थीलाई विदेशका ठूला र राम्रा विश्वविद्यालयहरूमा एक त भर्ना पाउनै गाह्रो पर्छ र पाइहाले पनि पार लगाउन गाह्रो पर्छ ।

नजाने पनि पास हुने यो प्रवृत्ति घट्नुको साटो बढ्दै गएको देखिन्छ । उदार कक्षोन्नतिकोगलत प्रयोगले मलजल गरेको यो प्रवृत्तिलाई शिक्षकहरूको “भैगो तारिदिउँ” भन्ने भावनाले र परीक्षामा चोराउने अभियान नै सञ्चालन गर्ने अभिभावकको विवेकहीनताले अझ् चर्काएको छ ।

संसारका धेरै मुलुकले आफ्नो स्तर उठाउने सवालमा शिक्षालाई ठूलो महत्व दिएका छन् । हामीले तारिफ गर्न र अनुशरण गर्न चाहने पाश्चात्य मुलुकका परीक्षा प्रणाली हराम्रो जस्तो जति घोक्न सक्यो त्यति विद्यार्थी पास हुने किसिमको छैन । त्यहाँ विद्यार्थीलाई सानै उमेर देखि सिर्जनशील र विचार शील हुन प्रेरित गरिन्छ, जुन कुरा न त घोकेर घोकिन्छ न त चोरेर चोरिन्छ । त्यहाँको मूल्याङ्कनको परिपाटी पनि अलग–अलग छ । कतिपय देशमा विद्यार्थीलाई नम्बर नै दिइँदैन, उत्कृष्ट (सर्वोत्तम) देखि अस्वीकार्य(फेल) सम्मका विभिन्न शब्दहरूबाट मूल्याङ्कन गरिन्छ । धेरै देशमा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ माग्रेड मूल्याङ्कन गरिन्छ । ‘डी’ भनेको सामान्यतया ७० प्रतिशत आसपासको नम्बर हुन्छ । सबै विषयमा ‘ए’ ल्याउनेहरूको मान्यता बढी हुनु त स्वाभाविक नै हो, तल्लाग्रेडहरूमा पास हुनेले आफूले राम्रा शिक्षण संस्थामा भर्ना नपाउने कुरा बुझ िनै सकेको हुन्छ ।
तर, हामीकहाँ शैक्षिक स्तर हीनताको समस्या एउटा ठूलो चट्टान जस्तो भएको छ । सबै पास हुने र पास भएका सबैले मथिल्लो तहमा भर्ना पाउने र फेरि पास हुने शैक्षिक कुचक्रमा हामी फसिसकेका छौं । यो अहिलेको यथार्थ हो । तर, यसलाई अन्त्य न गरी हराम्रो शैक्षिक जगतले स्तर र सम्मान पाउन सक्दैन भन्ने कुरा अझ् ठूलो सत्य हो । सरकारले कक्षा भित्रको पढाइ र मूल्याङ्कन पद्धतिप्रति ध्यानै नदिई दाता फकाउनका लागि सबैलाई कक्षा चढाउन लगाएर सुहाउँदो काम गरेको छैन । विद्यार्थी तथा शिक्षक भर्नाको सवालमा पनि शैक्षिक र प्राज्ञिकभन्दा राजनीतिक निर्णयहरू बढी हुने गरेका छन् । कसले कहाँबाट समाधान सुरु गर्ने भन्न नै कसैले नसक्ने स्थिति छ ।

शिक्षक मासिक भने शैक्षिक क्षेत्रमा धेरै सुधार शिक्षकहरूबाटै हुनसक्छ भन्ने कुरा मा विश्वास गर्छ । “नजाने पनि हुने” यो प्रवृत्तिलाई शिक्षकहरूको सचेत प्रयत्नबाट धेरै हदसम्म जित्न सकिन्छ । विद्यार्थीमा जान्ने लालसा जगाइदिने, उनीहरूलाई शैक्षिक र प्राज्ञिक उत्कृष्टताको महत्व बुझाउने र त्यतातिर अघि बढ्न प्रेरित गर्ने , उनीहरूको जग बलियो बनाइदिएर एकै पटक एसएलसीमा पछारिनबाट जोगाउने सबै काम शिक्षकबाट मात्रै हुनसक्छ ।

commercial commercial commercial commercial