प्रतिक्रिया र सुझाव
शिक्षक र शिक्षकलाई सुझाव
नेपालमा छोटो समयमा विकास भएका क्षेत्रहरूमा पत्रकारिता पनि एक हो । तर शिक्षाको क्षेत्रमा छापिने पत्रपत्रिका भने ज्यादै कम देखिन्छन् । पछिल्लो समयमा शिक्षासँग सम्बन्धित मासिक पत्रिका शिक्षक देखा परयो । यस पत्रिकाले शुरु का अङ्कहरूमा शिक्षाका सरोकारवालाहरूलाई निकै आशा पनि देखायो । तर पछिल्ला अङ्कहरूमा एक–दुई लेखहरूलाई छाड्ने हो भने शिक्षक साथीहरूको नाम छाप्ने र जिज्ञासा मेटाउने बाहेक ठूलो उपलब्धि हासिल गरे जस्तो देखिँदैन । पत्रिकाको गुणस्तरीयता भन्दा प्रचार–प्रसार र मूल्यसमेत बढी राखेको देखिन्छ ।
शिक्षक मासिक २०६७ मङ्सिर अङ्कको कभर पेजमा प्रकाशित बाल कुमार जमरकट्टेलको ‘अप्रेसन गणित’ शीर्षकको लेखमा गणितको अप्रेसन त के सामान्य चिरफार समेत देखि एन । के थियो त त्यस लेखमा—
- ऐकिक नियमको एउटा समस्या विद्यार्थीहरूलाई अध्यापन गर्दा शिक्षक स्वयंले के समस्या भोगे भन्ने उल्लेख गरिएको थियो ।
- गणित विषय कक्षा १० मा मात्र आएर सिक्न नसकिने, जग नै बलियो हुनुपर्छ भन्ने थियो ।
- एसएलसी पूरक परीक्षा, २०६६ को परीक्षार्थी, शिक्षा नियमावलीमा भएको दरबन्दी व्यवस्था, पाठ्यक्रमको ढाँचा आदिको बारेमा उल्लेख गरिएको थियो ।
- लेख थियो । तर गणित विषयको अप्रेसन थिएन ।
तथापि, सभासद् डा. शशाङ्क कोइरालाले विषयवस्तुकोगाम्भीर्यतालाई महत्व दिई प्रधानमन्त्रीलाई लेखेको पत्र र ‘समाचारः अमेरिकाको, सन्दर्भः नेपालको’ जस्ता सामग्री उपयोगी नै देखिन्छन् । प्राध्यापक भीमप्रसाद सुवेदीको ‘भूगोलको खोजखबर’ भन्ने लेखले चाहिँ भूगोलको चिरफार नै गर्न खोजेको देखिन्छ ।
खेम भुषाल
khembhusal@yahoo.com
आशा जागेको छ
शिक्षक मङ्सिर २०६७ मा मान नीय सभासद् डा. शशाङ्क कोइरालाको ‘निर्भय रहिरहोस् शिक्षक’ प्रतिक्रियाले कलमहरूलाई अरू जुर्मुराउन प्रेरित गरेको छ भने उहाँको ‘प्रधानमन्त्रीलाई पत्र’ ले सर्वसाधारण तथा अन्यायमा परी निराश भएकाहरूको आशा जगाएको छ । देशमा डा. कोइराला जस्ता सक्षम तथा सुधारवादी, समाज वादी नेताको नेतृत्व अरू सशक्त हुनु जरुरी छ– सर्वत्र व्याप्त भ्रष्टाचार एवं विकृति तह लगाउन । पार्टी भित्रको ‘उमेरको सिद्घान्त’ लाई च्यालेन्ज गरेर नेतृत्व दिनुहोस् भन्ने हामी चाहन्छौँ मान नीयज्यू ।
गङ्गासागर पन्त
ताङ्लिन्चोक–१, गोरखा
दोषी हामी नै हौं !
गङ्गासागर पन्तको ‘साथीहरू सही कुरा सिकाऔं चिटिङ नगरौं’ (शिक्षक २०६७ कात्तिक) लेखले मेरो मनका कुरा पनि भनिदिएको छ । पन्तजीले हाम्रा अधिकांश विद्यालयहरूको पढाइ र परीक्षा सञ्चालनको दुर्दशाको सप्रमाण चित्रण गर्नु भएको छ । परीक्षाका उत्तरपुस्तिका हेर्दा उहाँलाई रुन मन लागे जस्तै मलाई पनि मेरो विद्यालयका कक्षा ११ मा पढ्ने करिब एकतिहाई विद्यार्थीले रजिष्ट्रेशन फारम भर्दा अङ्ग्रेजीमा आफ्नो नाम र बुबा–आमाको नाम शुद्धसँग लेख्न नसकेको पाउँदा रुन मन लागेको थियो । उनीहरूले एसएलसी परीक्षा कसरी पास गरेका होलान् भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन्छ तर यो प्रश्नको उत्तर पनि उहाँको आलेखमा भेटिन्छ ।
पन्तजी उत्तरपुस्तिका जा“च गर्दा तीन प्रकारका परीक्षा केन्द्र र परीक्षार्थी भेटनुहुन्छः
पहिलो प्रकारको परीक्षा केन्द्रमा परीक्षाहरू मर्यादित हुन्छन्, तर धेरैजसो परीक्षार्थीले सही उत्तर लेख्न सकेका छैनन् । सही उत्तर लेख्ने परीक्षार्थीहरूको सङ्ख्या ज्यादै न्यून हुन्छ । कारण, त्यस परीक्षा केन्द्रमा सम्मिलित परीक्षार्थीहरूको सिकाइ रराम्रो नभए पनि परीक्षाको व्यवस्थापन रराम्रो छ ।
दोस्रो प्रकारका परीक्षा केन्द्रमा परीक्षार्थीहरूलाई चोर्न त छुट दिइएको छ, तर परीक्षार्थीहरू सही उत्तर चोर्न पनि अक्षम छन् । उत्तर सही वागलत जस्तो भए पनि उनीहरूले एकअर्काको कापीबाट नक्कल गरेका छन् । ७०–८० जनासम्म परीक्षार्थीले हुबहु एउटै उत्तर लेखेका छन् । ‘स्पेलिङ’गलत भए पनि सबैको त्यही छ । यहाँ पनि उत्तीर्ण हुने परीक्षार्थीको सङ्ख्या धेरै छैन ।
तेस्रो प्रकारका परीक्षा केन्द्रमा परीक्षार्थीलाई चोर्न पूर्ण रूपमा छुट मात्र दिइएको छैन; सही उत्तर लेख्नमा समेत सहयोग गरिएको छ । यहाँ प्रायः सबै परीक्षार्थी पास हुन्छन् ।
यी तीनै अवस्था विकृतिका चरम नमुना हुन् । यसनिम्ति मुख्य दोषी को त भन्दा मूलतः हामी शिक्षकहरू नै हुन्छौं । हो; राज्यको उदासीनता र दण्डहीनताको नीति पनि यसका लागि कम जिम्मेवार छैन । तर विद्यार्थीको दोष कसरी भन्ने ? त्यस्तो परिस्थिति सिर्जना गर्ने हामी हौं । हामीले निर्माण गरेको परिस्थितिमै विद्यार्थीहरू सुध्रिने वा बिग्रने हुन् । परीक्षामा चोरी गर्न छुट दिने वा चोराउने परिस्थिति बनाइसकेपछि विद्यार्थीमा सिक्ने वा सिकेर पास हुने प्रेरणा जाग्दैन । यस्तो अवस्थामा शिक्षकहरूले पनि पढाउने नाटक मात्र गर्द छन् । जहा“ विद्यार्थी पास हुने फर्मूला अर्कै हुन्छ त्यहा“ न पढाइ हुन्छ न सिकाइ । त्यसवेला हामी भोलिको रोजगारीको बजारमा काम नलाग्ने अक्षम र अपाङ्ग जनशक्ति उत्पादन गरिरहेका हुन्छौं । यस प्रकार हामी विद्यार्थीलाई मात्र होइन, प्रकारान्तरले समाज र राष्ट्रलाई नै धोका दिइरहेका हुन्छौं । तर हराम्रो कर्तव्य त यो होइन ! हराम्रो कर्तव्य त राष्ट्रलाई एउटा सक्षम र सबल जनशक्ति दिनु हो ।
विद्वान् लेखकले उच्च माध्यमिक शिक्षा परिषद् भित्रको विकृति पनि औंल्याइदिनुभएको छ । निश्चय नै लापरबाहीपूर्वक उत्तरपुस्तिका जँचाउ“दाको परिणाम वस्तुगत आउन सक्दैन । सारांशमा भन्नुपर्दा सरोकारवाला हामी सबैले विद्यार्थीप्रति र परोक्षरूपले समाज र राष्ट्रप्रति न्याय गरिरहेका छैनौं । यसतर्फ सचेत हुन अबेर भइसक्यो कि ?
इन्द्रराज बडू
(सेवा निवृत्त प्रधानाध्यापक)
हालः जनज्योति एजुकेशन फाउण्डेशन, महेन्द्रनगर, कञ्चनपुर
नक्कलीबाट होसियार !
‘आँट पनि कत्रो ! हुँदै नभएका स्कूलका नाममा लाखौं रकम निकासा’ (शिक्षक २०६७ कात्तिक) भन्ने समाचार पढ्दा म लगायत शिक्षक का सम्पूर्ण पाठकहरूलाई अचम्म लागिरहेको छ । पर्सा जिशिकाले त्यस्ता विद्यालयहरूलाई संरक्षण गरी किन राष्ट्रको अमूल्य सम्पत्ति फजुल खर्च गरिरहेको छ ? जिशिकाले प्रअ बैठक सञ्चालन, विद्यालय निरीक्षण, स्रोतकेन्द्र स्तरीय बैठक, विद्यालय व्यवस्थापन बैठक र शिक्षक–अभिभावक बैठक आदि सञ्चालन गरेर त्यस्ता नक्कली विद्यालयका नामहरू किन सङ्कलन गरे न ? यति गरेको भए नक्कली विद्यालयहरू पहिल्यै पाखा लागिसक्थे होलान् । तर जिशिकाले यस्ता कुनै कार्य न गर्नु ले यसमा उसको समेत मिलेमतो रहेको देखिन्छ ।
यसरी नक्कली विद्यालयहरू सञ्चालन गरी राष्ट्रको अमूल्य सम्पत्ति खाने र खुवाउने जिशिअलाई अन्यत्र सरुवा गरेर बचाउने काम गर्नु हुँदैन । त्यस्ता राष्ट्रद्रोही व्यक्तिलाई त कानुनको दायरामा ल्याई पेशाबाट बर्खास्त गरी दण्ड जरिवाना गरिनुपर्छ । शिक्षा मन्त्रालयले सो शिक्षा कार्यालय र समुदायका भ्रष्टाचारी व्यक्तिहरूको छानबिन गरी छिटोभन्दा छिटो कारबाही प्रक्रिया अघि बढाउनुपर्छ । पर्सा जिल्लामा अवैधानिक रूपमा वितरण भएका राहत र पीसीएफ कोटाहरू अन्य जिल्लामा वा सोही जिल्लाका सक्कली विद्यालयमा वितरण गरियोस् भन्ने आग्रह पनि गर्द छु ।
झकरबहादुर बुढा
सिद्धेश्वर–९, अछाम
···
२०६७ कात्तिक अङ्कमा ‘शिक्षक खोज’ अन्तर्गत ‘हुँदै नभएका स्कूलका नाममा लाखौं निकासा’ शीर्षकको सामग्री पढ्दा आश्चर्य लाग्यो । यो ‘खोज’ले हराम्रो देशको शैक्षिक अवस्था कतिसम्म लथालिङ्ग रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । नियम–कानुनले काम न गरे पछि त्यहाँ भ्रष्टाचारका बिरुवाहरू उम्रनु स्वभाविकै हो । यो राष्ट्रकै बेइज्जती पनि हो । गुणस्तरीय शिक्षा, शैक्षिक समस्याहरूको समाधान जस्ता कुरा हरू त कता–कता, अनेक विसङ्गगतिपूर्ण शैक्षिक अवस्थाले गर्दा देशै पछाडि परिरहेको छ । जसरी भए पनि कमाउने प्रवृत्तिले गर्दा पनि यो अवस्था आएको हो ।
इन्द्र कुमार श्रेष्ठ, सरस्वती उमावि, खानीभन्ञ्याङ, ओखलढुङ्गा
शैक्षिक सुधारमा योगदान
शिक्षक पत्रिका प्रकाशनमा आएपछि शैक्षिक क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूलाई अत्यन्तै फाइदा भएको छ । नविन शैक्षिक समाचार थाहा पाउनका लागि कुनै सरकारी कार्यालय धाउनुपरेको छैन । यसले कर्मठ र प्रतिबद्ध शिक्षकहरूलाई जागरुक र प्रेरित मात्र गरेको छैन, भ्रस्ट र कामचोरहरूलाई झ्सङ्ग पनि बनाएको छ । मलाई त लाग्छ; शैक्षिक सुधारमा पत्रिकाले ठूलो भूमिका निर्वाह
..........................
मेरो स्कूल, मेरो भविष्य !
मेरो स्कूल हाईस्कूल नर्सरी देखि दशसम्म
खुल्दछ कहिले बिहान, कहिले दिउँसो साँझसम्म ।
कहिले पानी–भल टम्म, कहिलेगर्मी शिरसम्म
धेरै त बन्दै बन्दले पार्दछ सारै अचम्म !
बुबाको पैसा सकियो आमाको भान्सा रोकियो
उधारो कापी माग्दैमा पसले साहू झोकियो ।
स्कूल जाँदा बाटैमा चोरेर लाने डर लाग्छ
बन्दूकधारी देखि ए, अगाडि लाग्न कर लाग्छ ।
त्यो वेला मैले के गर्ने ? आबारा बन्न मन पर्ने
जो मिल्छ साथी लिएर कसैको कुरा नटेर्ने ।
डाक्टर बन्न मन लाग्छ, नेताले मलाई बोलाए
हातमा राँको बोकाइ शहर जम्मै डुलाए ।
कसरी हामी उत्रिने शिक्षाको दियो जलाउन
सपुत साँच्चै बनेर विकास को बाटो खुलाउन ।
हे ! धर्ती माता तिमीले चरित्र सिक्ने शिक्षा देऊ
माग्दछु हात पसारी भविष्य बन्ने शिक्षा देऊ ।
आर्या भट्टराई
कक्षा ७, सिद्धार्थ शिशु सदन, जनकपुर, धनुषा
...............................
गरेको छ । शिक्षक पत्रिकाको अवधारणा ल्याउने व्यक्तिहरूलाई समेत मेरो मुरी–मुरी धन्यवाद ।
मदन पन्त
ताङ्लीचोक निमावि, ताङ्लीचोक–४, पातीस्वाँरा, गोरखा
चुट्किलाको रहर
शिक्षक मासिकको प्रकाशन शुरु भएपछि शिक्षकलगायत शैक्षिक क्षेत्रमा चासो राख्ने शिक्षाप्रेमी व्यक्तिŒवहरूले विविध ज्ञानआर्जन गर्ने मौका पाएका छन् । अतः यो पत्रिका अत्यन्तै रराम्रो छ । तर यसमा कथा, कविता, मुक्तक, चुट्किला जस्ता विधाहरू पनि अनिवार्य रूपमा समावेश गराउन पाए सुनमा सुगन्ध हुनेथियो कि ?
निमा राई, दिमालुङ प्रावि,
सिन्द्राङ–९, भोजपुर
एकचोटि यतातिर
कुनै दिन लाग्थ्यो; विद्यार्थीहरूलाई एसएलसी फलामे ढोका हो, यसलाई पार गर्न कडा मेहनत एवं परिश्रम चाहिन्छ । तर त्यही फलामे ढोका आज सबैको लागि अगाडि बढ्ने स्वागतद्वार बनेको छ । यसोभन्दा धेरैजसोको नाक खुम्चिन सक्छ । तर अधिकांश विद्यालयहरूको नीति अहिले सङ्ख्यात्मक वृद्धि एवं श्रेणीतिर गएको छ । तर कसरी भन्दा विद्यार्थीहरूलाई चिटिङ गराए र । यसको असर कहाँसम्म पर्दछ भन्ने कुरा थाहा हुँदाहुँदै पनि यस्तो कार्य किन गर्छन् होला ? ‘अरू केही होइन, विद्यार्थी जसरी भए पनि पास हुनुपर्छ’ भन्ने धारणाले आज चिटिङ प्रथाको बिगबिगी भएको देखिन्छ । हाम्रा अधिकांश विद्यालयहरू नक्कल प्रथाबाट अछुतो रहन सकेका छैनन् । यसले विद्यार्थीलाई लगनशीलबाट अराजकतातिर डो¥याएको छ ।
कुनै समयमा उत्तीर्ण प्रतिशत पाँच प्रतिशत मात्र भएका विद्यालयको रिजल्ट आज शतप्रतिशत पुगेको पाइन्छ । उनै शिक्षक; उही शिक्षण प्रणाली; उस्तै–उस्तै विद्यार्थी तर कसरी यति धेरै प्रगति ? हो अलिअलि प्रगति एवं फरक आउनु स्वभाविक कुरा हो । तर कहाँ पाँच प्रतिशत र कहाँ शतप्रतिशत ! एसएलसी परीक्षामा विद्यार्थीभन्दा बाहिरका व्यक्तिहरू बढी चिट चोराउनमा लाग्ने गरेको अधिकांश परीक्षा केन्द्रहरूबाट थाहा पाउन सकिन्छ । अलि कडा स्वभावको केन्द्राध्यक्षलाई चिट गर्न नदिएको भनेर धम्की दिने गरिन्छ । यस्तो परीक्षा प्रणालीले कुनै किसिमको मूल्याङ्कन गर्न सक्दैन । यसर्थ यसमा सुधार जरुरी छ ।
मोहन सिंह डडाल ‘विवश’
सुन्सेरा–९, दार्चुला
अप्रशिक्षितबाट प्रशिक्षित हामी
हराम्रो देश नेपालमा विद्यालयस्तर सम्मको शिक्षा–शिक्षणका निम्ति शिक्षक तालिम तथा अध्यापन अनुमतिपत्रलाई अनिवार्य गरिएको छ । तर उच्च शिक्षा शिक्षणका निम्ति शिक्षक तालिम र अध्यापन अनुमतिपत्रको व्यवस्था गरिएको छैन । तालिम नलिएका शिक्षकबाट तालिम प्राप्त शिक्षक बनेका प्रशस्त उदाहरणहरू देखिन्छन् । यस्ता प्रवृत्तिका तालिम प्राप्त शिक्षकले शिक्षण गर्ने परम्परागत शिक्षण शैलीले शिक्षकका अपेक्षित उपलब्धि हासिल गर्न नसकेर गुणात्मकभन्दा सङ्ख्यात्मक मात्र विकास भएको देखिन्छ ।
तसर्थ शिक्षाको गुणस्तर बढाउने हो भने सबै तहमा शिक्षक तालिम र अध्यापन अनुमतिपत्र अनिवार्य गर्नु का साथै पाठ्यक्रम शिक्षण विधिमा पनि समय अनुसार परिमार्जन तथा सुधार गर्नु पर्ने देखिन्छ । शिक्षक नियुक्तिमा पनि प्रतिस्पर्धा, पारदर्शिता र योग्यतालाई मुख्य मापदण्ड बनाउनु जरुरी छ ।
हेमन्तप्रसाद खतिवडा
पद्मासना निमावि, सेरा, अछाम
गजल
असीम ज्ञानको खानी हौं शिक्षक
सिर्जनशील, स्वाभिमानी हौं शिक्षक
आफू जली अरुलाई उज्यालो छर्ने
निस्वार्थी, त्यागी र दानी हौं शिक्षक
अन्तरमनको क्लेश पखालिदिने
गंगाको पवित्र पानी हौं शिक्षक
सुन्दर फूलहरूलाई फुलाउने
अनुपम बागवानी हौं शिक्षक
सबैलाई सत्मार्गमा डो¥याउने
अन्तरयामी र ज्ञानी हौं शिक्षक ।।
कुमार स्याङ्बो
वाघभैरव निमावि, छतिवन–५
ठूलो थली, मकवानपुर
यस्तो भेदभाव किन ?
आर्थिक वर्ष २०६६/६७ मा नेपाल सरकारले निजामती कर्मचारी र शिक्षकहरूलाई महँगी भत्ताको रूपमा मासिक रु.१२०० थप गरेको थियो । तर महँगी भत्ता हालसम्म स्रोतव्यक्तिहरूको लियनमा बस्ने शिक्षकहरूले पाएका छैनन् । जबकि राहत जस्ता अन्य लियनमा बसेका शिक्षकले समेत महँगी भत्ता पाएका छन् । तर नेपाल सरकारको स्वीकृत दरबन्दी भएर पनि स्रोतव्यक्तिका लियन शिक्षकहरूलाई उक्त सुविधाबाट वञ्चित गरिएको छ । स्रोतव्यक्तिहरू परियोजनाहरूबाट सृजित भएका हुन् भन्ने हो भने राहत दरबन्दी पनि विश्व बैंकबाट प्राप्त सहयोगहरूबाट उत्पन्न भएको होइन र ? आन्दोलनपछि मात्र आफ्ना हकअधिकार प्राप्त हुने प्रणाली नै नेपालमा बसेको त होइन ? थोरै भए पनि नागरिकहरूको जायज अधिकारबाट उनीहरूलाई वञ्चित गर्न मिल्छ र ? थोरै सङ्ख्यामा रहेका स्रोतव्यक्तिका लियनहरूलाई महँगी भत्ता दिँदा नेपालको विकास बजेटमा कति घाटा पथ्र्यो र ? स्रोतव्यक्तिका लियन थोरै सङ्ख्यामा छन्, यिनीहरूले केही गर्न सक्दैनन् भन्ने सोच सरकारले लिएको त होइन ? नेपाल सरकारको स्वीकृत दरबन्दीमा कार्यरत शिक्षकहरू सरह सुविधा पाइरहेका स्रोतव्यक्तिका लियन शिक्षकहरूलाई महँगी भत्ताबाट वञ्चितगराइदिँदा शिक्षण सिकाइ क्रियाकलाप का साथै शिक्षकहरूमा पर्ने मान सिक असरका बारेमा शिक्षा मन्त्रालयले किन आवाज उठाउन सकेन ? शिक्षा क्षेत्र माथि शिक्षकहरूको योगदानलाई बिर्सेर उनीहरू माथि राजनीतिकरण र विभेदीकरणको नीति लाद्नुले शिक्षा क्षेत्रको भविष्यमा प्रश्नचिन्ह लाग्दैन र ?
दिनेश राना
सरस्वती मावि, सुर्खेत
दौरासुरुवाल र सारीचोली रोजियो
हामी शिक्षक आफैंमा एउटा पुस्तक हौं । पुस्तक पढेर ज्ञान पाइन्छ भने शिक्षकलाई बाहिरबाट हेरेर पनि ज्ञान पाउन सकिने हुनुपर्दछ । असल शिक्षक बन्नका लागि पहिरन पनि असल हुनुपर्दछ । शिक्षक कक्षाकोठामा प्रवेश गर्दा विद्यार्थीको पहिलो हेराइ शिक्षकले लगाएको पोशाकमा पर्दछ । शिक्षकले कस्तो पोशाक ल गाउँछ विद्यार्थीले सधैं जानकारी राखेका हुन्छन् । यसै कुरा लाई मध्यनजर गर्दैगत स्टाफ बैठकमा हामीले शिक्षकको पोशाक सम्बन्धी निर्णय गर्यौ । पुरुष शिक्षकको लागि दौरासुरुवाल (नेपाली पोशाक) र महिला शिक्षकका लागि सारीचोली निर्धारण गरेका छौं । केही पुराना शिक्षकहरूले त यसलाई कार्यान्वयन पनि गरिसक्नुभएको छ । युवा शिक्षकहरूले यसलाई अपनाउन केही अप्ठ्यारो माने पनि विस्तारै कार्यान्वयन गर्ने विश्वास दिलाउनुभएको छ ।
मलाई लाग्छ; यसले हामी शिक्षकको सामूहिक पहिचान कायम गराउने छ । घरमा काम गर्दा गर्दैै विद्यालय पुग्ने शिक्षकलाई पनि यसले घर र विद्यालयबीच भिन्नता दर्साउन बाध्य पारेको छ । यसबाट शिक्षकले विद्यार्थी तथा अन्य व्यक्तिबाट उपेक्षाको सिकार बन्नु पर्ने समस्या पनि केही हदसम्म समाधान भएको छ ।
विद्यार्थीले शिक्षकको व्यवहारबाटै धेरै कुरा जान्न खोजेको हुन्छ र धेरै कुरा सिक्न पनि । नेपाली सादा पोशाकले विद्यार्थीलाई देश कतातर्फ लैजान्छ भन्ने सामान्य उत्प्रेरणा जगाउन सक्छ । यसबाट शिक्षकको समाज मा आफ्नै मौलिकता र देशभक्ति झल्किन सक्छ । म नेपाली हुँ । नेपाल आमाको काम मेरो लागि सदैव प्यारो छ र म आफ्नो संस्कृतिलाई जोगाइराख्छु भन्न हामी शिक्षकका लागि पनि उत्प्रेरणाको स्रोत बन्न सक्छ यो कार्य । यसले देशभक्त जन्माउने शिक्षक पनि देशभक्त नै हुन्छ भन्ने सन्देश दिन सक्छ ।
त्यसैले हरेक शिक्षकले यस्तै यस्तै देशभक्तिपूर्ण व्यवहार देखाएर समाज का अन्य व्यक्तिलाई पनि पाठ सिकाउनु पर्दछ । देशले मलाई के दिनसक्छ भन्नुभन्दा पनि मैले देश र नेपाल आमाको अनुहार खुसी कसरी बनाउन सक्छु भन्ने उदाहरण पेश गर्नु पर्छ र समाज र देशको स्पष्ट व्यावहारिक पाठ्यपुस्तक शिक्षकले बन्न सक्नुपर्दछ ।
दीपकप्रसाद भण्डारी
षोडशादेवी उमावि, मङ्गलसेन, अछाम
हामी शिक्षकको अभिभावक
शिक्षक मासिक पत्रिकाले देशभरिका शिक्षकहरूलाई अभिभावकत्व प्रदान गरिरहेकोमा असाध्यै खुसी लागेको छ । शिक्षकहरूका भावना बुझी उनीहरूका विचार देशका समस्त शिक्षकमाझ् पुर्याउनु आफैंमा महान् कार्य हो । शिक्षकका जिज्ञासा, वेदना र गुनासाहरू सुनिदिएर सम्बन्धित निकायसँग अन्तरक्रिया गराई शिक्षकहरूको हौसला बढाउने कार्यले हामी सम्पूर्ण शिक्षकमा रहेको हीनताबोध अन्त्य हुने महसुस गरेको छु । यस शिक्षक मासिकले निरन्तर शिक्षकको अभिभावकीय जिम्मेवारी वहन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्द छु ।
उद्धव आचार्य
झ्म्केश्वरी मावि, पालुङ–१, मकवानपुर
गर्व लाग्छ
आजभोलि यो शिक्षक पत्रिका नबिराई पढ्ने गर्द छु । हराम्रो देश जस्तो भौगोलिक विकटताका कारण विभिन्न कुनाकन्दरामा रहेका शिक्षकका समस्यालाई प्रत्यक्ष रूपमा उठान गरेकोमा यसप्रति हामीगर्वित छौं । भविष्यमा अझै उत्तरोत्तर प्रगति गर्न सकोस् भनी हार्दिक शुभकामना प्रकट गर्द छु ।
ताराबहादुर बस्नेत
नवदुर्गा प्रावि, छायाँक्षेत्र–३, सल्यान
नानीहरू त...
नानीहरू त जीवनकागीतहरू हुन्
आफ्नै स्वतन्त्रतामा सङ्गीतबद्ध हुन देऊ
नबाँध डर र दबाबका सिक्रीहरू
नथिच घृणा र आक्रोसका चट्टानले
नानीहरू त धर्तीका दियाहरू हुन्
नटुक्र्याऊ
स्वार्थ र महत्वाकांक्षाका तरबारहरूले
नघेर निराशा र नियतिका एम्बुसहरूले
नानीहरू त बाट िकाका पुष्पहरू हुन्
तिनकै प्रकृतिमा ढकमक्क हुन देऊ
नलुछ आग्रह र पूर्वाग्रहका नङ्ग्राहरूले
नघोच तृष्णा र तृप्तिका सुईराहरूले
नानीहरू त सिर्जनाका भण्डारहरू हुन्
आफ्नैगोरेटोमा डोरिन देऊ
नथिच, नछेक, नरोक, नबाँध, नघेर
नानीहरू त स्वतन्त्रताका हकदारहरू हुन्
नानीहरू त सृष्टिका सिर्जनाहरू हुन्
खुल्न देऊ, फुल्न देऊ, झुल्न देऊ
उनीहरूकै इच्छा अनुसार
उनीहरूकै आकाङ्क्षा अनुसार
नानीहरू त....
सुवास विष्ट
त्रियुगा उमावि,गाईघाट, उदयपुर



