जिज्ञासा र जवाफ

योग्यता बढाउन पाइँदैन ?

एसएलसी उत्तीर्ण भई दशमहिने तालिम लिएका प्राथमिक तहका शिक्षकका लागि प्रमाणपत्र तहको मान्यता दिने गरी उच्च माध्यमिक शिक्षा परिषद्मार्पmत विशेष परीक्षा लिने व्यवस्था भए जस्तै निम्नमाध्यमिक तहका शिक्षकका निम्ति त्यस्तै गरी योग्यता बढाउने कुनै वैकल्पिक व्यवस्था हुनसक्दैन ?
शेषराज पौडेल
सत्यवती मावि, पाल्पा

आई.एड. वा सोसरह शैक्षिक योग्यता भई निम्नमाध्यमिक तह र बी.एड.सरह शैक्षिक योग्यता भई माध्यमिक तहमा कार्यरत स्थायी शिक्षकहरूलाई माथिल्लो तहको योग्यता दिलाउने गरी विशेष पाठ्यक्रम तयार गर्न त्रिवि, शिक्षाशास्त्र सङ्कायसँग छलफल भइरहेको छ ।
शिव कुमार सापकोटा
उपनि र्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र

तीन प्रश्न

म २०३०/८/३० देखि ६ महिना परीक्षण काल र त्यसपछि २०३१/३/२७ मा प्राथमिक तहमा स्थायी नियुक्ति लिई सिद्धार्थ प्रावि किहुँ, बडहर भञ्ज्याङ्ग, तनहुँ (हालको सिद्धार्थ उमावि) मा अध्यापन गराउँदै आएको छु । २०३२/१०/१५ को निर्णय अनुसार एसएलसी वा सोसरहको शिक्षक पदलाई आई.ए. वा सोसरहको मानी पदस्थापन गरिने भनिएकाले उक्त मिति देखि सोही स्कूलमा निम्नमाध्यमिक तृतीय श्रेणीमा रही अध्यापन गराउँदै आएँ र पुनः आयोगले लिएको परीक्षा उत्तीर्ण गरी २०३३/९/२३ देखि नि.मा.वि. तृतीय श्रेणीमा स्थायी नियुक्ति लिई हालसम्म उक्त पदमा पढाउँदै आएको छु ।
१.    अब अनिवार्य अवकाशको अवस्थामा मेरो एक तह स्वतः बढुवा हुन्छ कि हुँदैन ?
२.    पेन्सनका लागि कुन मिति देखि मेरो सेवा अवधिगणना हुन्छ ?
३.    शिक्षक किताबखानाको अभिलेखमा मेरो शुरु नियुक्ति २०३१/३/२७ किचनास प्रावि, स्याङ्जा भन्ने रहेछ । जबकि मेरो नियुक्तिपत्रमा उक्त स्कूलको नाम कहीँ उल्लेख छैन र मैले उक्त स्कूलमा पढाएको पनि छैन । मेरो नियुक्तिपत्रमा सिद्धार्थ प्रावि नै उल्लेख छ । यसले मलाई अवकाशपछि पाउने सुविधामा अप्ठेरो पार्छ कि पर्दैन ?
महेन्द्रप्रसाद शर्मा
सिद्धार्थ उमावि, किहुँ, तनहुँ

१.    सेवा अवधिमै तपाईंले एक तह बढुवा पाइसकेकाले अब अवकाशको बेलामा तपाईंको स्वतः बढुवा हुँदैन । (हे. शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३९)
२.    पेन्सनका लागि तपाईंको परीक्षण काल शुरु भएको मिति देखि नै सेवा अवधिगणना हुन्छ ।
३.    स्कूलको नाम फरक पर्दैमा कुनै अप्ठेरो पर्दैन । चिन्ता नलिनुस् ।
मधुसूदन अधिकारी
उपसचिव, विद्यालय शिक्षक किताबखाना

भत्तामा विभेद किन ?  
स्रोत कक्षा कति किसिमका हुन्छन् र कस्तालाई चाहिँ परिषद्बाट सञ्चालित

.............

अक्षरांक पद्धति र चुम्बके पाटी

१.    मूल्याङ्कनमा अक्षराङ्क पद्धति (Letter Grading System) भनेको के हो ?
२.    चकपाटी अन्तर्गत ‘चुम्बके पाटी’ भन्न थालिएको छ । कस्तो पाटीलाई ‘चुम्बके पाटी’ भनिन्छ ?
तिलक पाण्डे
नेपाल शान्ति मावि
वेलहानी देउराली, नवलपरासी

१. विद्यार्थीको मूल्याङ्कनबाट प्राप्त उपलब्धिको स्तर लाई अक्षरमा (ए, बी, सी, क, ख आदि) व्यक्त गर्ने प्रणाली नै अक्षराङ्क मूल्याङ्कन पद्धति हो । यसमा विद्यार्थीको स्तर लाई अङ्कमा व्यक्त गरिँदैन ।
इमनारायण श्रेष्ठ
प्राविधिक अधिकृत, शैक्षिक जनशक्ति विकास केन्द्र

२. यो चुम्बकीय शक्ति अथवा आकर्षणयुक्त पाटी या बोर्ड हो । यसमा अक्षर वा अन्य आकृति टाँसेर बालबालिकालाई देखाइन्छ । यसमा चुम्बकसँग आकर्षित हुने धातुबाट बनाइएका अक्षर वा आकृतिहरू मात्रै टाँसिन्छन् । यस्तो पाटीको उत्पादन हुन थालेको छ ।
टुकराज अधिकारी
उपसचिव, शिक्षा विभाग

.............

भएको मान्ने ? मेरो स्कूलमा सञ्चालित स्रोत कक्षामा पढाउने दुई जना प्राथमिक शिक्षकले पनि भत्ता पाइरहेका छन् । तर, विशेष शिक्षातर्फकै निम्नमाध्यमिक र माध्यमिक तहका शिक्षकले यस्तो भत्ता पाएका छैनन् । यसबारे जिशिकामा बुझदा प्राथमिक तहका शिक्षकलाई मात्र भत्ता दिने व्यवस्था भएको जवाफ पाइयो । तर चारपाने, झपास्थित मोहनमाया निमाविमा स्रोत कक्षामा कार्यरत तीन जना शिक्षकमध्ये स्रोत शिक्षक र प्राथमिक तहका अर्का एकजनाले भत्ता पाएका छन् । तर, तेस्रो शिक्षक चाहि“ भत्ताबाट बञ्चित रहेको अवस्था छ । यस्तो विभेद किन भएको हो ?
नवराज भट्टराई
कनकाई मावि, सुरुङ्गा– ५, झपा

विशेष शिक्षा परिषद्को अनुदानबाट ३७ वटा स्कूलहरू सञ्चालित छन् । ती स्कूलका शिक्षकलाई भत्ता दिने व्यवस्था छैन । शिक्षा विभागबाट पनि विशेष शिक्षाको ‘स्रोत कक्षा’ सञ्चालित छन् । जसमा ३६० जना शिक्षकले पढाउँछन् । उनीहरूले मासिक रु.५०० भत्ता पाउँदै आएका छन् । प्राथमिक तहको स्रोत शिक्षकलाई मात्रै यस्तो भत्ता दिने व्यवस्था छ ।
अरुण कुमार तिवारी
उपनि र्देशक, शिक्षा विभाग

अब राहत छैन, पीसीएफ

अब माध्यमिक तहमा पनि राहतको सट्टा पीसीएफ अनुदान दिने रे भन्ने सुनिन्छ । कसैले चाहिँ माध्यमिक तहमा राहत अनुदान नै पाइन्छ भन्छन् । यसबारे प्रस्ट भइएन ?
लीलाराम खत्री
सरस्वती मावि, सहारे–८, सुर्खेत

आर्थिक वर्ष २०६६/६७ देखि सरकारले राहत अनुदान रोकेको हो । आउँदा दिनमा पीसीएफ अनुदानलाई माध्यमिक तहसम्म विस्तार गर्ने योजना छ ।
दीपक शर्मा
उपनि र्देशक, शिक्षा विभाग

नतिजै निस्केन !

दशमहिने तालिमप्राप्त शिक्षकका लागि २०६६ माघमा लिइएको १०+२ सरहको विशेष परीक्षाको नतिजा कहिले निस्कन्छ ? उक्त परीक्षाबारे सर्वोच्च अदालतमा रिट परेको पनि सुनिन्छ, के यो साँचो हो ? उक्त परीक्षा पास गर्ने ले स्नातक तहमा कुन–कुन विषय अध्ययन गर्न पाउँछन् ?
पुस्तर ाज कँडेल
चण्डीदेवी निमावि, हर्दिनेटा– ९,गुल्मी

विशेष परीक्षाको सैद्धान्तिकतर्फको उत्तरपुस्तिका परीक्षण भइसकेको छ । तर, सम्बन्धित स्कूलहरूबाट प्रयोगात्मक परीक्षाको अङ्क प्राप्त हुन बाँकी छ । प्रयोगात्मक अङ्क आउनासाथ नतिजा प्रकाशन गर्ने हराम्रो योजना छ । विशेष परीक्षामा रोजिएको विषयलाई स्नातक तहमा रोज्न सकिन्छ । विशेष परीक्षाबारे सर्वोच्च अदालतमा रिट परेको हामीलाई जानकारी छैन ।
देवीप्रसाद बारकोटी
परीक्षा नियन्त्रक, उच्चमाध्यमिक शिक्षा परिषद्

आयोगलाई प्रश्न

शिक्षक सेवा आयोगको लाइसेन्स परीक्षाको उत्तरपुस्तिका हेर्न वा पुनर्योग गर्न पाइन्छ कि पाइँदैन ? यदि पाइने हो भने नतिजा निस्केको कति दिनभित्र पाइन्छ ? लाइसेन्सको उत्तरपुस्तिका हराएको अवस्थामा नतिजा के हुन्छ ? मैले यसअघि निम्नमाध्यमिक तहको लाइसेन्सका लागि जिशिका, बारामार्पmत आवेदन दिएको थिएँ । तर, पछि प्रवेशपत्र लिन जाँदा फर्म नै हराएको पाइयो । जिशिकाका कर्मचारीले पुनः फर्म भर्न आग्रह गरे र मैले त्यसै गरें । तर, किन मेरो नतिजा रोकियो ?
अजय कुमार यादव
हर्दिया सरस्वतीटोल– ५, बारा

नतिजा निस्केको २१ दिनभित्र तोकिएको दस्तुर जिशिकामा बुझएर पुनर्योगका लागि निवेदन दिन पाइन्छ । तर, उत्तरपुस्तिका हेर्न चाहिँ पाइँदैन । लाइसेन्सको उत्तरपुस्तिका हराउने सम्भावना रहँदैन । तथापि उत्तरपुस्तिका हराएको प्रमाणसहितको दावी तपाईंले आयोगमा पेश गर्नु भयो भने हामी छानबिन गर्ने छौं । बरु रोलनम्बर छुटेको, रोल नम्बरको ठाउँमा दर्ता नम्बर लेखिएको, विज्ञापन नम्बरगलत लेखिएको र शैक्षिक योग्यता नमिलेको अवस्थामा नतिजा रोकिन सक्छ ।
जवाहरलाल हमाल
शाखा अधिकृत, शिक्षक सेवा आयोग

राहतको सरुवा हुँदैन !

म प्राथमिक तहको राहत शिक्षक हुँ । मेरो स्कूल अपायक र दुर्गम ठाउँमा छ । समान तहका मेरा एक जना आफन्त सुगम ठाउँमा हुनुहुन्छ । हामी आपसमा पारस्परिक सरुवा मिलाउन चाहन्छौं । यस्तो सरुवाको व्यवस्था छ कि छैन ?
सरिता पोखरेल
निमावि वरुण, सिस्नेरी, सिन्धुली

समान तह नै भए पनि राहत शिक्षक सरुवा हुने व्यवस्था छैन ।
हरिगौतम
उपनि र्देशक, शिक्षा विभाग

दोहोरो सुविधा लिन पाइन्छ र ?

कुनै व्यक्तिले सरकारी स्कूलको रिक्त स्थायी दरबन्दीमा रहेर सरकारी तलब/भत्ता खान र अर्को सरकारी कार्यालयको पनि कुनै पद र तहमा रहेर दोहोरो तलब/भत्ता खान मिल्छ कि मिल्दैन ? यदि कसैले त्यसरी दोहोरो सुविधा लिइरहेको छ भने कस्तो कारबाही हुन्छ ?
ध्रुवप्रसाद पङ्गेनी
बुद्धविकास निमावि, कोलडाँडा, पाल्पा

शिक्षक मात्र होइन जुनसुकै सरकारी सेवामा रहेको व्यक्तिले पनि दुईवटा सरकारी पदमा रहेर तलब/भत्ता लिन मिल्दैन । दोहोरो सुविधा लिएको प्रमाणित भएमा त्यस्तो व्यक्ति विभागीय कारबाहीको भागिदार हुन्छ र कुनै एउटा पदको लिएको सेवा सुविधाबापतको रकम असुल उपर समेत हुन्छ ।
केशव कुमार पाण्डे
उपसचिव (कानुन), शिक्षा मन्त्रालय

माध्यमिक नै चाहिन्छ

बी.एड. उत्तीर्ण गरी निमावि द्वितीय श्रेणीमा बढुवा भएको शिक्षक र माध्यमिक तृतीय श्रेणीका शिक्षकले सेवा/सुविधा बराबर पाइरहेका छन् । निम्नमाध्यमिक द्वितीय श्रेणीको शिक्षकले माध्यमिक तृतीय श्रेणीको शिक्षक सरह स्रोत केन्द्रमा स्रोतव्यक्ति र एसएलसी परीक्षामा केन्द्राध्यक्ष हुन सक्छ कि सक्दैन ?
रमेश ऐर
महेन्द्र उमावि, खलङ्गा, डडेल्धुरा

सेवा सुविधा समान नै भए पनि निम्नमाध्यमिक द्वितीय र माध्यामिक तृतीय श्रेणी भिन्न तहका पदहरु हुन् । बी.एड. उत्तीर्ण गर्दैमा यी दुई पदलाई तहगत रुपमा समान मानिँदैन । त्यसैले माध्यमिक तहका शिक्षक मात्रै स्रोतव्यक्ति बन्न सक्छन् । साथै, एसएलसी परीक्षा सम्बन्धी निर्देशिकामै माध्यमिक तहका शिक्षकलाई केन्द्राध्यक्ष तोक्नुपर्ने व्यवस्था रहेकाले निम्नमाध्यमिक द्वितीय श्रेणीको शिक्षकलाई केन्द्राध्यक्ष तोक्न मिल्दैन ।
खिमबहादुर भूजेल
शाखा अधिकृत, शिक्षा विभाग

अम्बिकाप्रसाद रेग्मी
उपनि यन्त्रक, परीक्षा नियन्त्रण कार्यालय

commercial commercial commercial commercial