अप्रेसन गणित !

“राधाले कुनै काम दुई घण्टामा गर्न सक्छिन् । कृष्णले सो काम तीन घण्टामा गर्न सक्छन् । अब राधा र कृष्ण मिली सो काम कति समयमा गर्न सक्छन् ?”

एसएलसी परीक्षाको परिवर्तित विशिष्टीकरण तालिका—२०६५ अनुसार अङ्क गणितको लागि छुट्याइएको कुल अङ्कभार १६ मध्ये पहिलो एकाइ ‘समय र काम’ बाट समूह‘ख’ मा लामो उत्तर आउने प्रश्नअन्तर्गत चार अङ्कभारको एउटा प्रश्न सोधिने प्रावधान राखिएको छ । अङ्क गणित अभ्यास गराउने क्रममा त्यसको पहिलो एकाइबाट नै शुरु गर्नु स्वाभाविकै हो । ‘समय र काम’(ऐकिक नियम)का हिसाबहरू सामान्यतया अरू एकाइका हिसाबहरूभन्दा कठिन मानिन्छन् । कुनै सूत्र पनि प्रयोग नहुने, चित्रको माध्यमबाट वा प्रयोगात्मक तरिकाबाट पनि सिकाउन नसकिने । व्यावहारिक ज्ञान र बोधको आधारमा प्रश्नलाई सामान्यीकृत गरी गणितका आधारभूत सीपहरू प्रयोग गरी निष्कर्ष निकाल्नुपर्ने भएकाले प्रायः विद्यार्थीहरूको लागि यो एकाइबाट आउने प्रश्नहरू पछिल्लो रोजाइमा पर्ने गर्छन् । तापनि शुरु मै आफैंले यसलाई गाह्रो प्रश्न आउने एकाइको रूपमा चित्रित गरी विद्यार्थीलाई हतोत्साहित गर्ने कुरा भएन । अभ्यास गराउनै पर्‍यो ।

पाठप्रति विद्यार्थीहरूको ध्यान केन्द्रित गराउन ऐकिक नियमका आधारभूत नियमहरू ‘प्रत्यक्ष विचरण’ र ‘अप्रत्यक्ष विचरण’का उदाहरणसमेत पुनरावलोकन गराई विषय प्रवेश गर्छु । शिक्षण सिकाइको आधारभूत सिद्धान्त ‘सरलबाट जटिलतिर ’ अनुसार ‘समय र काम’का समस्या समाधान गर्दा सर्वप्रथम एकाइ समयमा गरिएको काम पत्ता लगाई हिसाब गर्न शुरु गर्नु पर्छ भन्ने कुरा सिकाउन तुलनात्मक रूपमा सजिलो समस्या पाठ्यपुस्तकको अभ्यास को प्रश्न नं. १ मा दिइएको माथिको प्रश्नको समाधानतिर विद्यार्थीहरूलाई डोर्याउँछु—

राधाले २ दिनमा १ काम गर्छिन् ।
राधाले १ दिनमा  काम गर्छिन् ।
कृष्णले ३ दिनमा १ काम गर्छन् ।
कृष्णले १ दिनमा  काम गर्छन् ।
राधा र कृष्णले १ दिनमा (+) काम गर्छन् ।

सबै हिसाब आफैँले गरिदिँदा विद्यार्थीहरू पूर्ण रूपमा शिक्षकमा निर्भर हुनपुग्छन् । उनीहरूमा भएको आधारभूत ज्ञान र सीपको मौलिक रूपमा प्रयोगगराउँदा मात्र विद्यार्थीको क्षमता प्रस्फुटित हुने मौका पाउँछ । त्यसैले उक्त भिन्नको जोड गर्न विद्यार्थीहरूलाई नै छोडिदिन्छु र उनीहरूले गरेको समाधान अवलोकन गर्नतिर लाग्छु ।

तर मेरो पहिलो गाँसमा नै ढुङ्गा लाग्छ । असमान हर भएका भिन्नको सरलीकरण गर्दा सर्वप्रथम हरहरूको लघुत्तम समापवत्र्य निकाल्नुपर्छ भन्ने आधारभूत ज्ञान भएका र उक्त भिन्नका हरहरूको ठीकसँग लघुत्तम समापवत्र्य (ल.स.) निकाल्न सक्ने विद्यार्थीहरू मुस्किलले १० प्रतिशतभन्दा बढी पाउन सक्दिनँ । अधिकांश विद्यार्थीहरूको समाधान यस्तो रहन्छ—

विचरा विद्यार्थीहरू सजिलैसँग अंशमा अंश र हरमा हर जोड्न थाल्छन् । मलाई साह्रै दिक्दारी लागेर आउँछ । विद्यार्थीहरूको यत्तिका वर्षको मेहनत, समय र आर्थिक लगानी व्यर्थमा खेर गएको महसुस हुन्छ । असमान हर भएका भिन्नको सरलीकरण गर्दा सर्वप्रथम हरहरूको लस निकाली साझ हरको रूपमा राख्ने र प्रत्येक हरले ल.स.लाई भाग गरी आएको भागफलले सम्बन्धित अंशलाई गुणन गर्ने रगुणनफलहरूको बीचमा प्रश्नमा दिइए अनुसार जोड वा घटाउ गर्नु पर्ने कुरा स्मरण गराउँछु । त्यसपछि थप ३० प्रतिशत जति विद्यार्थीहरूले समाधान पहिल्याउँछन् । बाँकी ६० प्रतिशत जति विद्यार्थीहरूलाई ल.स. भनेको के हो र यो कसरी पत्ता लगाउने भन्ने कुरा मा नै अलमल हुन्छ । यी विद्यार्थीहरू गणितको आधारभूत ज्ञान विना यत्तिका कक्षा पार गरेर कसरी एसएलसीको तयारी गर्न आइपुगे ? एकछिन सोचमग्न हुन पुग्छु । भन्न त मन लाग्छ— “कक्षा चारको पाठ्यपुस्तक खोजी गरेर ल्याऊ, उक्त पुस्तकको पेज नं. ५५ र ५६ मा दिइएका सम्पूर्ण हिसाबहरू पहिला सिकिसकेपछि मात्र हराम्रो पाठ अगाडि बढाउनु जाती हुन्छ ।” तर रोकिन्छु किनकि उनीहरूको मुखैमा आइसकेको एसएलसी परीक्षाको सवाल छ । एसएलसी परीक्षामा केवल ३२ अङ्क प्राप्त गरी उत्तीर्ण गर्न मेरो भर परेका विद्यार्थीलाई म निराश र हतोत्साहित बनाउन पनि त सक्दिनँ । आफैँले हिसाब पूरा गरिदिन्छु —

यो हिसाब शुरुमा म आफैँले गरिदिएको भए लगभग ४५ सेकेण्ड भन्दा कम समयले पुग्ने थियो । तर अहिले यसको लागि ४५ मिनेटभन्दा बढी समय खर्च भइसकेको छ । म भारी मन लिएर कक्षाबाट बाहिरिन्छु ।गन्ती गरेको त छैन, तर जहाँसम्म लाग्छ, म कक्षाबाट आत्मसन्तुष्टि लिएर निस्केको भन्दा भारी मन लिएर निस्केका दिनहरूकै सङ्ख्या बढी हुने गरेका छन् ।
प्राथमिक तहको पाठ्यक्रम अनुसार लेखिएका पाठ्यपुस्तक अध्यापन हुने विद्यालयबाटै प्राथमिक तहको अध्ययन पूरा गरी विद्यार्थीले अङ्क गणितको आधारभूत ज्ञान अन्तर्गत कक्षा १ देखि नै भिन्नको ज्ञान हासिल गर्न थालेका हुन्छन् । उनीहरू कक्षा ५ सम्म आइपुग्दा मिश्रित सङ्ख्या र अनुपयुक्त भिन्न प्रयोग भएका जोड र घटाउका सरल व्यावहारिक समस्याहरू हल गर्न सक्षम भइसक्ने उद्देश्य हराम्रो प्राथमिक तहको पाठ्यक्रमले राखेको छ । (हे. बक्स)

यसका साथै प्राथमिक तहको पाठ्यक्रमले निम्नानुसार दुईवटा रणनीति पनि लिएको छ—
१) कक्षा ५ पछि पढाइ छोड्ने विद्यार्थीहरूका लागि उनीहरूको दैनिक जीवनमा आउने क्रियाकलाप हरू सञ्चालन गर्न र आइपर्ने समस्याहरू समाधानका लागि आवश्यक आधारभूत न्यूनतम गणितीय ज्ञान, सीप र अभिवृद्धिको विकास गराउने ।

२) कक्षा ५ को पढाइपछि कक्षा ६ मा पढ्ने विद्यार्थीहरूका लागि पूर्वाधारको रूपमा आवश्यक गणितीय ज्ञान र सीपको विकास गराउने ।
तर एसएलसीको तयारी गर्ने मेरा विद्यार्थीहरूमा न त पाठ्यक्रमले राखेका उद्देश्यहरूको नै कुनै छेउटुप्पो भेटिन्छ न पाठ्यक्रमले अवलम्वन गरेका रणनीतिहरूको नै कुनै साइनो जोडिएको छ ।

माथिको प्रसङ्ग विषय प्रवेश गर्नको लागि मात्र उठान गरिएको हो । यस्ता कैयौं सन्दर्भहरू हाम्रा कक्षाहरूमा भेटिन्छन् जसको कारणले एसएलसीको तयारी कक्षामा विद्यार्थी र शिक्षकको ५० प्रतिशतभन्दा बढी समय खेर जाने गर्द छ । यस्ता कैयौंगौंडाहरूमा विद्यार्थीलाई ठेस लाग्ने गर्द छ जसलाई प्राथमिक तहमा नै सम्याइनुपर्ने थियो । जग बलियो नहुँदा घरको जुन नियति हुन्छ, प्राथमिक तहमा गणितका आधारभूत ज्ञान र सीप हासिल हुन नसक्दा निम्नमाध्यमिक र माध्यमिक तहमा विद्यार्थीले सोही नियति भोग्नुपर्छ ।

विद्यालय तहमा विद्यार्थीहरूले प्राप्त गरेको शैक्षिक उपलब्धिहरूको मान कको रूपमा एसएलसी परीक्षाका नतिजालाई लिने गरिएको छ । तर, गणित विषय अरू जस्तो सोही कक्षामा पठनपाठन हुने पाठ्यवस्तु मात्र अभ्यास गरेर त्यसकै आधारमा परीक्षामा लेखेर उत्तीर्ण हुने विषय होइन । एसएलसी परीक्षामा कक्षा १० बाट मात्र प्रश्नहरू सोधिन्छ भन्ने भ्रम विद्यार्थी, अभिभावक, शिक्षकलगायत सम्पूर्ण सरोकारवालाहरूमा रहेको पाइन्छ । तर, वास्तविकता के हो भने, एसएलसी परीक्षामा सोधिने गणितको प्रश्नपत्र कक्षा १ देखि कक्षा १० सम्मको पाठ्यवस्तुहरूको समष्टी योग हो ।

किन यस्तो भइरहेको छ ?
हराम्रो सामुन्नेमा भएको यथार्थ तस्बिर हो यो । यसका पछाडि धेरैवटा दृश्य वा अदृश्य कारणहरू हुन सक्लान् ।

तर कतिपय सन्दर्भहरूलाई देखे पनि जिम्मेवार व्यक्ति वा निकायहरूबाट आँखा चिम्लिइन्छ भने कतिपय अवस्थामा देखेर पनि आँखा चिम्लनुपर्ने बाध्यता पनि छ । केही दृष्टान्तहरू यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ—
विगत देखि वर्तमान सम्मकै एसएलसी परीक्षाको नतिजा विश्लेषण गर्ने हो भने सर्वाधिक विद्यार्थी अङ्ग्रेजी, गणित र विज्ञान विषयमा अनुत्तीर्ण हुने गरेका छन् । प्रायः सबैजसो सरकारी विद्यालयहरूमा नेपाली माध्यममा अध्ययन–अध्यापन गरिने हुँदा भाषागत कठिनाईका कारण उक्त विद्यालयहरूमा प्रायः अङ्ग्रेजी विषयमा अनुत्तीर्ण हुने गर्छन् भन्ने कुरा अधिकांश निजी विद्यालयको नतिजाले प्रस्ट पार्दछ । अङ्ग्रेजी माध्यमका निजी विद्यालयमा विद्यार्थीहरू अङ्गे्रजीमा कमै मात्र अनुत्तीर्ण हुने गरेका छन् भने तिनका अनुत्तीर्णमध्ये अधिकांश गणित र विज्ञानमा अनुत्तीर्ण हुने गरेका छन् ।

विषयगत गहनताको कारणबाट सामुदायिक विद्यालयहरूमा गणित र विज्ञानमा अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या पनि अङ्ग्रेजीकै हाराहारीमा हुने गर्छ । यी विषयहरूमा उत्तीर्ण भएर पनि अन्य विषय अनुत्तीर्ण भएको कारणले अर्को वर्ष कुर्नुपर्ने अवस्था अपवादमा मात्र आउला ।

यो तथ्यलाई शिक्षा मन्त्रालय र यसअन्तर्गतका पाठ्यक्रम विकास केन्द्र, शैक्षिक जनशक्ति विकास केन्द्र, परीक्षा नियन्त्रण कार्यालय लगायतका निकायहरूले समेत स्वीकार गरेका छन् । यी विषयमा किन सधैँ विद्यार्थी अनुत्तीर्ण हुन्छन् भन्ने विषय समेतलाई आफ्नो अध्ययनको विषय बनाएर केही वर्ष अगाडि शिक्षाविद् केदारभक्त माथेमाको संयोजकत्वमा गठित कार्यदलले महत्वपूर्ण सुझावसहितको प्रतिवेदन सरकारलाई बुझएको थियो । जस अनुसार पाठ्यक्रममा समसामयिक सुधार गरी परीक्षा प्रणालीमा लचिलोपन अपनाउन केही पहल पनि गरियो । तर ती पहल र प्रयासहरू समस्याको चुरो पहिल्याएर आमूल सुधार गर्नको लागि नभएर टालटुले समाधानमा मात्र सीमित भएका छन् । शिक्षामा आमूल सुधारसहितको परिवर्तन गर्न दृढ इच्छाशक्तिसहितको शैक्षिक नेतृत्व सधैं खट्किने गरेको छ । विभिन्न निकायहरूमार्फत रेडियो, टेलिभिजन र पत्रपत्रिकाको माध्यमबाट सहयोगी कक्षाहरू सञ्चालन गर्ने र एसएलसी परीक्षाको लागि सहयोगी सामग्री (गाइड) छापेर वितरण गरी परीक्षामा रराम्रो नतिजा ल्याउने कुरा मा प्रयासलाई केन्द्रित गर्ने गरिएको छ । सकेसम्म धेरै विद्यार्थी उत्तीर्ण गराई शिक्षाको गुणस्तर अभिवृद्धि भएको देखाउन नितान्त रूपमा नतिजामुखी परीक्षाप्रणाली अवलम्वन गर्ने गरिएको छ । पिलो निचोरेर सधैँको लागि घाउ निको बनाउन होइन, घाउबाट नमीठो दुर्गन्ध नफैलियोस् भनेर विभिन्न दातृनिकायहरूको समेत सहयोगमा बहुमूल्य अत्तर छर्कने काममा हाम्रा सम्बन्धित निकायहरूको ऊर्जा खर्च हुने गरेको छ ।

दृष्टान्त २

विद्यालयमा रहने शिक्षक दरबन्दी

“(घ) माध्यमिक विद्यालयमा
१. ९ कक्षा देखि १० कक्षासम्म सञ्चालन भएको विद्यालयमा माध्यमिक तहका पाँचजना शिक्षक
२. ६ कक्षा देखि १० कक्षासम्म सञ्चालन भएको विद्यालयमा देहायबमोजिमका कम्तीमा नौजना शिक्षकः –
(१) अङ्ग्रेजी मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना
(२)  विज्ञान वा गणित मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना
(३) नेपाली मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना
(४) सामाजिक विषय अध्यापन गर्नको लागि स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना
(५) अन्य ऐच्छिक विषयको लागि सम्बन्धित विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना
(६) विज्ञान वा गणित मूल विषय लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको एकजना
(७) अङ्ग्रेजी मूल विषय लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको एकजना
(८) अन्य विषय लिई प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको दुईजना
३.    ...................................”
स्रोतः शिक्षा नियमावली, २०५९, अनुसूची–१२ (नियम ९२ सँग सम्बन्धित)

झट्ट हेर्दा त्यति ठूलो न देखि ने साथै विद्यमान नियमको कारणबाट काम गर्नमा कुनै अड्चन आएको नपाइए तापनि गणित र विज्ञान विषयको विषयगत गहनतालाई हाम्रा नीति निर्माताहरूले कति हलुको रूपमा लिनुभएको छ भन्ने कुरा दृष्टान्त १, २ र ३ को तुलनात्मक अध्ययनबाट बुझन सकिन्छ । शिक्षा नियमावलीको अनुसूची १२ को बुँदा
(घ) मा गरिएको व्यवस्था अनुसार माध्यमिक तहको पाठ्यक्रममा समावेश गरिएका विषयहरू अध्यापन गर्न अङ्ग्रेजीको लागि एक जना, नेपालीको लागि एकजना, सामाजिकको लागि एकजना तथा विज्ञान र गणितको लागि एकजना विषयगत शिक्षकहरू रहनु पर्ने व्यवस्था गरिएको छ । नियमावलीको यस व्यवस्थाबाट हाम्रा नीति निर्माताहरूले के कुरा बुझनुभएको प्रस्ट हुन्छ भने–
१.  गणित र विज्ञान दुईवटा विषयहरू फरक विषय नभई दुवै विषयहरू एउटै विषयका शाखा मात्र हुन् ।
२. गणित र विज्ञान विषय अध्यापन गर्न एकजना मात्र शिक्षक पर्याप्त छ ।
३. गणित र विज्ञान विषय एउटै पिरियडमा अध्ययन–अध्यापन गर्न/ गराउन पनि सकिन्छ ।
४. विज्ञान मूल विषय लिई स्नातक उत्तीर्ण गरेको शिक्षकले गणित विषय स्वतः अध्ययन गरेको हुन्छ ।
५.     गणित मूल विषय लिई स्नातक उत्तीर्ण गरेको शिक्षकले विज्ञान विषय पनि स्वतः अध्ययन गरेको हुन्छ ।


धेरै विद्यार्थी उत्तीर्ण गराई शिक्षाको गुणस्तर अभिवृद्धि भएको देखाउन नतिजामुखी परीक्षाप्रणाली अवलम्वन गर्ने गरिएको छ । तर, यो भनेको पिलो निचोरेर सधैँको लागि घाउ निको पार्ने होइन कि घाउबाट दुर्गन्ध नफैलियोस् भनेर बहुमूल्य अत्तर छर्कनु जस्तै हो ।


यसरी गणित र विज्ञान दुईवटा विषय अध्ययनका फरक फरक क्षेत्र हुन् र माध्यमिक तहमा शिक्षकको दरबन्दी व्यवस्था गर्दा गणित र विज्ञान दुवै विषय अध्यापन गर्नको लागि दुईजना नै शिक्षक दरबन्दीको व्यवस्था गरिनुपर्छ भन्ने कुरा को सामान्यज्ञान समेत राख्न नसक्ने नीतिनिर्माताहरूबाट उक्त विषयहरूको गहनतालाई आत्मसात् गरी सोही अनुसारको नीति निर्माण होला भन्ने आशा गर्नु त्यति युक्तिसङ्गत नहोला । तर्क गर्न सकिएला, गणित र विज्ञान एकअर्कासँग अन्तरसम्बन्धित भएकाले यस्तो व्यवस्था गरिएको हो भनेर । त्यसो हो भने अनिवार्य विषयहरू अङ्ग्रेजी र नेपाली दुवै भाषाका विषय भएकाले ‘अङ्ग्रेजी वा नेपाली मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण गरेको एकजना’ भन्ने व्यवस्था गरियो भने कस्तो कुरुप देखि हुँदो होला ?

दृष्टान्त ४

विद्यालय शिक्षकलाई समाज ले हेर्ने दृष्टिकोण

शिक्षक मासिक मङ्सिर २०६५ को आवरण आलेख “गतिला शिक्षकगतिलै पढाइ” मा देशकै उत्कृृष्ट गणित शिक्षकहरूको रूपमा महालक्ष्मी मा.वि. ललितपुरका राजेन्द्र तिमिल्सिना, पब्लिक उ.मा.वि. धरानका सन्तोष कुमार रेग्मी, महेन्द्रबोधी उ.मा.वि. तानसेनका केशव के.सी.को बायोग्राफी समेटिएको छ । उहाँहरूले पढाएका विद्यार्थीले एसएलसी परीक्षामा पूर्णाङ्क वा सोको हाराहारीमा अङ्क प्राप्त गरेका र गणित विषयमा विद्यालयको नतिजा समेत शतप्रतिशतको हाराहारीमा रहेकाले उहाँहरू ‘उम्दा रगतिला’ शिक्षकको श्रेणीमा शिक्षक ले राखेको छ । रराम्रो कुरा लाई रराम्रो नै भनिनुपर्छ, यो अत्यन्तै सकारात्मक कुरा हो । तर ती विद्यालयहरूको प्रशासनिक र व्यवस्थापकीय प्रभावकारिता कस्तो रहेको छ, निम्न माध्यमिक र प्राथमिक तहमा अध्यापन गर्ने शिक्षकहरू कति ‘उम्दा रगतिला’ छन्, विद्यालयमा अपनाइने परीक्षा र मूल्याङ्कन प्रणाली कति प्रभावकारी छ, विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहसम्बन्ध कस्तो छ, अन्य विषयमा पठनपाठनको स्तर कस्तो छ लगायत विद्यार्थीहरूले प्राप्त गर्ने नतिजामा प्रत्यक्ष रूपमा प्रभाव पार्ने विविध पक्षहरूप्रति भने शिक्षक ले पूरापूर आँखा चिम्लिएको छ ।

सोही आलेखमा उल्लिखित जन उ.मा.वि. सुर्खेतका विज्ञान शिक्षक पूर्ण नेपालीको विचार — “स्तरीय शिक्षाका लागि प्रभावकारी विद्यालय प्रशासन चाहिन्छ, शिक्षकलाई तलब खुवाएर मात्र पुग्दैन ।” केशव के.सी.को विचार — “सानै देखि गणितको अवधारणा बुझाउन सकियो भने विद्यार्थी पछि सम्म पनि सिक्न उत्सुक हुन्छन्” लाई शिक्षक ले समेत गम्भीरताका साथ मनन् गरेको पाइएन । गणित शिक्षणका समस्याको बारेमा शिक्षक कै पुस २०६५ अङ्कमा छापिएको डा. टङ्कनाथ धमलाको विश्लेषणात्मक लेख आजका दिनमा पनि उत्तिकै ताजा छ ।

परीक्षामा विद्यार्थीले प्राप्त गर्ने अङ्कको विश्लेषण गरी रराम्रो नतिजाको प गरी माध्यमिक शिक्षकलाई मात्रगुथाइँदा माथि उल्लेख गरिएका अन्य पक्षहरू माथि घोर अन्याय हुन जान्छ भन्ने कुरा शिक्षक ले बुझनु आवश्यक छ । विद्यार्थीले अपेक्षाकृत रराम्रो नतिजा ल्याउन नसक्दा महालक्ष्मी मा.वि.का तत्कालीन गणित शिक्षक पुरुषोत्तम नेपालले जस्तो शिक्षक मासिकमार्फत सार्वजनिक रूपमा अपमानित हुनुपर्ने अवस्था शिक्षकको अध्यापकीय क्षमताको सही मूल्याङ्कन हुन सक्दैन । शिक्षक मासिकको विश्लेषण त वास्तविकगहिराइसम्म पुग्नसकेको छैन भने सर्वसाधारणले कसरी समस्याको जड खोतल्ने प्रयास गर्न सक्लान् ? मावि तहमा पढाउने बिचरो एउटा गणित शिक्षक जतिसुकै ‘उम्दो रगतिलो’ भए पनि समग्र शैक्षिक वातावरण शिक्षणमैत्री भएन भने ऊसँग मात्र परीक्षाको नतिजा सुधार गर्ने के त्यस्तो जादुको छडी हुन्छ र ? शिक्षकमा प्रभावकारी अध्यापकीय क्षमता हुनुपर्ने कुरा त पहिलो अपरिहार्य शर्त नै हो त्यसमा कसैको दुईमत हुनुहुँदैन तर पठनपाठनमा प्रभाव पार्ने समग्र पक्षहरू शिक्षणमैत्री भइदिएनन् भने जतिसुकै ‘उम्दा रगतिला’ शिक्षकको पनि अध्यापकीय क्षमताले समेत प्रस्फुटित हुने अवसर नै नपाउन सक्छ भन्ने कुरा मा सम्बन्धित सबैको ध्यान जानु नितान्त आवश्यक छ ।

(लेखक नवयुग माध्यमिक विद्यालय, जैसीदेवल, काठमाडौंका गणित शिक्षक हुन् ।)

commercial commercial commercial commercial