थरीथरीका पहिरन

पेशा एउटै भए पनि हाम्रा शिक्षकहरूको पहिरन ठाउँपिच्छे फरक छ । पहिरनमा एकरुपता नहुँदा पोशाकका कारण प्राप्त हुने पेशागत हैसियत र प्रतिष्ठाबाट शिक्षकहरू नै वञ्चित छन् ।

विद्यालय जाँदा शिक्षकले लगाउनुपर्ने निश्चित पोशाक वा ‘ड्रेस’ तोकिएको छैन । परिणामतः नेपालका ठाउँपिच्छे शिक्षकको पहिरन फरक हुने गरेको छ । घरमा काम गर्दा गर्दैको होस् वा आफ्नो समुदाय अनुसारको पहिरनमा विद्यालय पुग्नु सरकारी शिक्षकका लागि सामान्य मानिन्छ । तर यसले गर्दा हाम्रा शिक्षकहरूको सामूहिक पहिचान त बन्न पाएको छैन नै, कतिपय अवस्थामा उनीहरूले विद्यार्थी र अभिभावकबाट समेत उपेक्षाको सिकार बन्नु परेको छ ।

विद्यार्थीले पहिलो पटक कक्षाकोठामा प्रवेशसँगै शिक्षकप्रतिको धारणा बनाइसकेका हुन्छन् । पहिरनले व्यक्तित्व झल्काउँछ । शिक्षकको सुकिलो, मिलेको र सुहाउँदो पहिरन विद्यार्थीका लागि नमुना, प्रेरणा र उनीहरूलाई थप अनुशासित बनाउन मद्दत गर्छ । काठमाडौंस्थित श्री बलम्बु माविका प्राचार्य सुमन राउत भन्छन्, “पढाउन अब्बल भए पनि उसको लवाइ अपेक्षा गरे जस्तो नहुँदा विद्यार्थीले कतिपय शिक्षक बहिष्कार गरेका घटना पनि हामीसामु छन् ।” र, कतिपय शिक्षकगतिलो हुँदाहुँदै पनि विद्यार्थीले सम्मान न गरेका दृष्टान्त भेटिन्छन् । यसबाट शिक्षकको आत्मसम्मान मा चोट त पुग्छ नै, विद्यार्थीसमेत रराम्रो शिक्षाबाट बञ्चित हुने राउतको अनुभव छ ।

शिक्षकको व्यक्तित्व र पहिरनप्रति उनीहरूबाट प्रायः जसो पोशाकका बारेमा खप्की खाने विद्यार्थीको चासो कति हुन्छ भन्ने ललितपुरको एक विद्यालयका विद्यार्थीको धारणाबाट खुल्छ । आदर्श कन्या निकेतन कक्षा १० (ए) का छात्राहरू एउटै स्वरमा भन्छन्, “शिक्षकको पनि ड्रेस हुनुपर्छ, जथाभावी कपडामा आउनुभएन, हामीलाई मात्र दबाब दिनुभएन, पहिले आफैँले लगाएर देखाउनु परयो ।” तीमध्येकी एक अर्पणा कार्की भन्छिन्, “शिक्षकले त्यसो गरिदिँदा हामी थप अनुशासित हुन्थ्यौं ।”

शिक्षकको पहिरन र त्यसप्रति विद्यार्थीले देखाउने यस्तो चासो र समाज मा पार्ने प्रभावसँग खुब परिचित छन्, काठमाडौंको श्री बलम्बु माविका गणित शिक्षक विकास महर्जन । सो विद्यालयले ७ वर्षअघि शिक्षकका लागि पोशाक (ड्रेस)को व्यवस्था गरे पछि महर्जनले त्यसैलाई अनुसरण गर्दै आएका छन् । यसले आफूलगायत विद्यालयका सम्पूर्ण शिक्षकको आत्मविश्वास बढ्नुका साथै विद्यार्थी र अभिभावकले पनि यसलाई सकारात्मक कदमका रूपमा लिएको महर्जनको ठहर छ ।

एसएलसीमा उत्कृष्ट नतिजा ल्याएको वर्ष कक्षा १० का शिक्षकलाई बलम्बु माविले नै एकजोर पोशाक दिँदै आएको छ । प्राचार्य सुमन राउत शिक्षकले पोशाक ल गाउँदा अभिभावकहरूबाट पनि सकारात्मक प्रतिक्रिया पाएको बताउँछन् । शिक्षकको पनि ड्रेस भइदिँदा सरकारी विद्यालय पनि बोर्डिङसरह नै रहेछ भन्ने सन्देश प्रवाह भएको राउतको अनुभव छ ।

शिक्षकको पोशाकको सम्बन्धमा सरकारीस्तर बाट भने कुनै चासो राखेको पाइँदैन । शिक्षा नियमावली २०२७ को नियम १०७ को उपनि यम (ठ) मा “विद्यालयमा आउँदा शिक्षकले सुकिलो लुगा लगाएर सफासुग्घर भई आउनुपर्दछ । विद्यालयमा आउँदा पुरुष शिक्षकले नेपाली टोपी लगाएर आउनु वाञ्छनीय छ । शिक्षक आफू सफा र सादा लुगाहरू लगाएर विद्यार्थीलाई पनि सादा पहिरनपट्टि प्रोत्साहित गर्नु पर्दछ” भन्ने व्यवस्था भए पनि शिक्षा नियमावली २०४९ को नियम ९१ को उपनि यम (ङ) मा भने ‘सादा रहनसहन र उच्च विचार लाई अपनाउनुपर्छ’ मात्र उल्लेख गरिएको छ ।

शिक्षा नियमावलीले शिक्षक पोशाक सम्बन्धी व्यवस्था न गरे पनि कतिपय विद्यालयहरूले आ–आफ्नै किसिमले ड्रेसको व्यवस्था गरेर लागू गर्ने गरेका छन् । धेरैजसो विद्यालयले पुरुष शिक्षकका लागि सफा सर्ट–पेन्ट, छालाको जुत्ता र महिला शिक्षकहरूका लागि एउटै रङ र डिजाइनको साडी वा कुर्ता–सुरुवालको अनौपचारिक व्यवस्था गर्ने गरेका छन् । महिला शिक्षकहरूले सामान्यतयाः साडी वा कुर्ता–सुरुवाल एउटै रङको लगाउने गरेको पाइन्छ भने पुरुष शिक्षकहरूले भने ड्रेसप्रति त्यति वास्ता गरेको पाइँदैन । परिणामतः पुरुष शिक्षकको पोशाकमा एकरुपता भेटिँदैन । कतिपय पुरुष शिक्षकले हिपहप पेन्ट, डिङ्गो जुत्ता समेत लगाउने गरेको भेटिन्छ । ललितपुरको आदर्श कन्या निकेतनका अङ्ग्रेजी शिक्षक आनन्द ढुङ्गाना भन्छन्, “पुरुष शिक्षकले विद्यालयको नियम उल्लङ्घन गरेको भन्दा पनि अन्य विद्यालयहरूमा पढाउनु पर्ने बाध्यताका कारण पनि हो जस्तो लाग्छ ।” तर, शिक्षकको पोशाक हुनुपर्नेमा उनको पनि जोड छ । भन्छन्, “आफूले ल गाएपछि मात्र विद्यार्थीलाई भन्न सजिलो हुन्छ । पहिलो नमुना शिक्षक नै बन्दा रराम्रो हुन्छ ।”

निश्चित पोशाक नहुँदा शिक्षकमा कसले कस्तो र कुन ब्राण्डको लगाउने भन्ने होड पनि चल्ने गरेको छ । यो अवस्था आउन नदिन पनि आदर्श कन्याकी प्राचार्य इन्दिरा जोशी शिक्षकहरूको निश्चित पोशाक हुनुपर्ने ठान्छिन् । प्राचार्य जोशी भन्छिन्, “शिक्षा जस्तो संवेदनशील विषयलाई प्रभावित गर्ने कुरा मा सरकारले निश्चित मापदण्ड बनाउन ढिलाइ गर्नु हुँदैन ।”

ललितपुर, ठैबस्थित फुल्चोकी उमाविकी शिक्षक पल्पसा ताम्राकार पनि शिक्षकहरूले ड्रेस लगाउनुपर्ने र त्यसले विद्यार्थीहरूमा सकारात्मक प्रभाव पार्ने बताउँछिन् । उनी भन्छिन्, “विद्यार्थीको नजरमा पनि रराम्रो देखिन्छ र हामीले पनि ड्रेस लगाउनुपर्छ भन्ने हुन्छ ।” ताम्राकारका अनुसार पहिले शिक्षकले देखाएपछि विद्यार्थीलाई भन्न पाइन्छ । उनको पनि जोड महिला शिक्षकले साडी नै लगाउनुपर्छ भन्ने थियो । सोही विद्यालयका अर्थशास्त्र र नेपाली विषयका शिक्षक शिवराम आचार्य पनि ड्रेस हुनुपर्छ भन्नेमा सहमत छन् । आचार्यका अनुसार ड्रेस भयो भने विद्यालय पनि चिनिने र समाज ले पनि सम्मानित ढङ्गले हेर्छ । शिक्षक सधैँ राज्यबाट उपेक्षित रहँदै आएकाले राज्यले यसतर्फ चासो देखाउला भन्नेमा उनलाई त्यति विश्वास छैन । उनी भन्छन्, “एसएलसीको नतिजाबाहेक राज्यलाई विद्यालय शिक्षाको अवस्था र स्तर को वास्ता नभएको बेला यसतर्फ के ध्यान पु¥याउला र ?”

शिक्षकको निश्चित पोशाक नहुँदा जथाभावी कपडा लगाएका शिक्षकलाई विद्यार्थीले सम्मान देखाउन गाह्रो हुने आदर्श कन्या निकेतनका कक्षा १० का अधिकांश छात्रा बताउँछन् । छात्रा कविता पौडेल भन्छिन्, “शिक्षकको ड्रेस हुँदा विद्यालय बाहिर पनि उहाँहरूप्रति बेग्लै सम्मान हुन्छ ।” विद्यार्थीको यो चासोलाई समयमै सम्बोधन गर्न नसकिए शिक्षकलाई विद्यालयमा अनुशासन कायम गर्न त हम्मे पर्छ नै उनीहरूको सामाजिक र शैक्षिक प्रतिष्ठामा पनि चोट पुग्न सक्छ ।

शिक्षकको पोशाक कस्तो हुनुपर्छ भन्ने सवालमा स्वयं शिक्षक र विद्यार्थीको बेग्लाबेग्लै धारणा रहेको पाइन्छ । आदर्श कन्या निकेतनका शिक्षक आनन्द ढुङ्गाना पुरुष शिक्षकका लागि सर्वसुलभ, चाँडै मैलो नहुने पहिरन उपयुक्त हुने बताउँछन् । त्यसै गरी प्राचार्य इन्दिरा जोशी पुरुषका लागि सर्ट र पेन्ट तथा महिलाका लागि साडी वा कुर्ता–सुरुवाल हुनुपर्ने बताउँछिन् । व्यक्तिगत रूपमा भने प्राचार्य जोशी साडीलाई जोड दिन्छिन् । उनी भन्छिन्, “साडीले महिलाहरूको पहिचान दिन्छ भने कुर्ता–सुरुवाल सजिलोका लागि ।”

commercial commercial commercial commercial