नेपालको शैक्षिक विकासमा भारतको साथ
स्कूल, कलेज र विश्वविद्यालय समेतका भौतिक संरचना तथा छात्रवृत्ति,पुस्तकालय, तालिम र शैक्षिक भ्रमणहरू नेपालको शैक्षिक विकास मा भारतीय सहयोगका प्रमुख रुपहरू हुन् । मुलुकभर फैलिएका यस्ता परियोजनाहरूले नेपाललाई शैक्षिक रूपमा सुदृढ र आत्मनिर्भर हुन मद्दत पुर्याएका छन् ।
२००७ सालको राजनीतिक परिवर्तनपछि शुरु भएको नेपालको विकास र समृद्धितर्फको यात्रामा साथ दिने पहिलो देश भारत थियो । भर्खरै स्वतन्त्र भएको र उपनि वेशवादी शासनबाट मुक्त भएपश्चात् असीमित विकास ोन्मुख चुनौतीहरूको आफैं पनि सामना गरिरहेको भारत नयाँ राष्ट्र निर्माण गर्ने नेपाली जनताको प्रयासमा मद्दत गर्न खुसीसाथ अगाडि आयो । यस्तो पहिलो सहयोग ‘भारतीय अनुदान नियोग’ (इण्डियन एड मिशन) मार्फत सन् १९५४ मा शुरु भयो । जसलाई प्रगति र समृद्धिका लागि भारत र नेपालको समान आकाङ्क्षा र सोका लागि अनुदानको सट्टा सहयोगको भावनामा नेपालसँग सहकार्य गर्ने भारतको चाहनास्वरुप सन् १९६६ मा ‘भारतीय सहयोग नियोग’ नामकरण गरियो ।
भारतीय जनता र नेपाली जनताको हित अन्तरसम्बन्धित छ । नेपाल र भारतको शान्ति र समृद्धि समग्र दक्षिण–एसियाको विकास र प्रगतिका निम्ति समेत महत्वपूर्ण छ ।
नेपाल भारत सहयोगको मूल मन्त्र हो जुन कुरा नेपालको हितमा छ, त्यही भारतको पनि हितमा छ ।
शिक्षामा भारतको साथ
कुनै पनि राष्ट्रको विकास र समृद्धि तथा त्यहाँका जनताको कल्याणका लागि शिक्षा अपरिहार्य तत्व हो । सन् १९६० को दशक देखि नै शिक्षा भारत–नेपाल सहयोगको केन्द्रबिन्दु रहँदै आएको छ ।
------------------
भारतीय सहयोग पाएका केही ठूला शैक्षिक परियोजना यी शैक्षिक निकायहरूमा सञ्चालित छन्
- त्रिभुवन विश्वविद्यालय (काठमाडौं)
- त्रिचन्द्र कलेज (काठमाडौं)
- मनमोहन मेमोरियल पोलिटेक्निक (मोरङ)
- नेपाल–भारत मैत्री विद्यालय (कास्की)
- इञ्जिनियरिङ अध्ययन संस्थान (काठमाडौं)
भारतीय सहयोग पाएका केही साना परियोजना
- गौरीगञ्ज क्याम्पस (झपा)
- तानसेन बहुमुखी क्याम्पस (पाल्पा)
- नुवाकोट आदर्श बहुमुखी क्याम्पस (नुवाकोट)
- श्री महेन्द्र उमावि (डडेल्धुरा)
- नीलकण्ठ क्याम्पस (धादिङ)
- राजेश्वर निधि हाईस्कूल (धनुषा)
- मदन भण्डारी मेमोरियल कलेज (काठमाडौं)
- आदर्श माध्यमिक विद्यालय (महोत्तरी)
- दुर्गा जनता माध्यमिक विद्यालय (सर्लाही)
- पाँचथर बहुमुखी क्याम्पस (पाँचथर)
- सरस्वती उमावि (रौतहट)
- मकवानपुर बहुमुखी क्याम्पस (मकवानपुर)
- वीरेन्द्र बहुमुखी क्याम्पस (चितवन)
- काठमाडौं विश्वविद्यालय सीभी रमन
- अडिटोरियम (काठमाडौं)
- महालक्ष्मी मावि (गोर्खा)
- त्रिभुवन क्याम्पस, बेलाटारी (नवलपरासी)
- त्रियुगा जनता क्याम्पस (उदयपुर)
- भैरहवा बहुमुखी क्याम्पस (रुपन्देही)
- चन्दननाथ उमावि (जुम्ला)
- बाल जनता उमावि (दाङ)
- महाकरुणा शाक्यपः विद्यालय ( माथिल्लो मुस्ताङ)
- कालिञ्चोक माध्यमिक विद्यालय (दोलखा)
- शारदा माध्यमिक विद्यालय (पर्सा)
- पशुपति शिक्षा सदन (बाँके)
- सुर्खेत क्याम्पस (सुर्खेत)
- सरस्वती उमावि (कैलाली)
- घटाल मावि (कञ्चनपुर)
--------------
वास्तवमा नेपाल र भारतको अनौपचारिक शैक्षिक सम्बन्ध १९६० को दशकमा शुरु भएको भने होइन । प्रजातन्त्रको स्थापना हुनुअघि नेपालमा साझ शैक्षिक विकास भएकै थिएन भन्दा हुन्छ । त्यसवेला नेपालीहरू पढ्नका निम्ति भारत जान्थे । “विद्या हराए काशी जानू” भन्ने आहान त्यसै चलेको होइन । चाहे परम्परागत संस्कृतको शिक्षा–दीक्षा होस्, चाहे आधुनिक शिक्षा– नेपालीहरूले भारतमै पढ्नुपथ्र्यो ।
यो त जनस्तर को पारस्पारिकता थियो । पछि भारतले सरकारी तवरमा नेपालको शैक्षिक विकास मा विशिष्ट योगदान दिन प्रारम्भ गरयो । भारतीय सहयोगका प्रयासहरूले जनताका आवश्यकताहरूलाई दुई तरिकाले सम्बोधन गरेका छन्– पहिलो , शैक्षिक संस्थाहरूलाई पूर्वाधार र प्राविधिक सहयोग उपलब्ध गराए र र दोस्रो, छात्रवृत्ति, तालिम र आदानप्रदान कार्यक्रमहरूको माध्यमबाट व्यक्तिलाई शिक्षा र तालिम प्रदान गरेर ।
-----------------
त्रिभुवन विश्वविद्यालयलाई भारतीय सहयोग
- रसायनशास्त्र, वनस्पति विज्ञान तथा प्राणीशास्त्र विभागहरूमा अत्याधुनिक पूर्वाधारसहितको विज्ञान भवन
- त्रिभुवन विश्वविद्यालय पुस्तकालय
- विद्यार्थीका लागि दुई छात्रावास तथा कर्मचारीहरूका लागि आवास गृह
- हकी, फूटबल जस्ता खेलहरूको सुविधाको लागि आधुनिक खेलमैदान
- प्रसिद्ध आर्किटेक्ट हबिबुला रेहमान द्वारा नक्साङ्कन गरिएकोगान्धी भवन रगुलाब वाटिका
- त्रिचन्द्र कलेजमा विज्ञान भवन
- त्रिभुवन आदर्श विद्यालय विकास मा सहयोग
- त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागमा इन्डियन चेयरको स्थापना
--------------
वन अध्ययन संस्थान (सन् १९५०) र देशमा उच्च शिक्षाको पहिलो केन्द्रको रूपमा रहेको त्रिभुवन विश्वविद्यालय (सन् १९५९) का प्रमुख विभागहरू भारतीय शैक्षिक सहयोग कार्यक्रमको अग्रपङ्क्तिमा थिए । नेपाली विद्यार्थी तथा विज्ञहरूका लागि भारतमा छात्रवृत्ति प्रदान गरिनुका साथै तालिम कार्यक्रमहरूको पनि आयोजना गरियो जसले गर्दा उनीहरूले प्राप्त गरेका ज्ञानको प्रतिफल नेपालमा ल्याई नेपालको विकास मा आफ्नै तरिकाबाट योगदान पुर्याउन सहयोग पुग्यो ।
मानव संसाधनको विकास
रुपा सबेरै उठिन् र घरधन्दा सकेर क्याम्पस जानका लागि बुबाको साइकल चढिन् । रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा पहिलो वर्षमा अध्ययनरत रुपालाई क्याम्पस पुग्न साइकलमा दुई घण्टा लाग्थ्यो । लामो यात्राले थकित रुपा कक्षाकोठामा पुग्दा पानी परिरहेको थियो । शिक्षक छाता ओढेर पढाउँदै थिए । छाताबाट उनको टाउको र उनले हातमा लिएको किताबको पानामा पानी तपतप चुहिरहेको थियो । साँघुरो कक्षाकोठामा अटाई–नअटाई बसेका विद्यार्थीहरू छाता वा प्लाष्टिक ओढ्दै नोट सारिरहेका थिए । रुपाले पनि पानीले भिजिसकेको आफ्नो कापी निकालिन् र लेख्न थालिन् ।
यो सन् २००६ को कुरा हो । भारतको सहयोगमा निर्मित नयाँ भवनले गर्दा रुपा र उनका सहपाठीहरूले प्राकृतिक आपत्हरूको सामना न गरिकनै कक्षामा पढ्न सक्ने अवस्था सिर्जना भएको छ । रुपा चाँडै क्याम्पसमा बनेको महिला छात्रावासमा बस्न पाउनेछिन् । उनी जस्तै नेपालभरि हजारौं विद्यार्थीहरू छन् जसले कक्षासम्म आइपुग्न लामो यात्रा तय गर्नु पथ्र्यो र गम्भीर व्यवधानहरूको पनि सामना गर्नु पथ्र्यो तर अब ती विद्यार्थीहरू भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत निर्माण गरिएका पूर्वाधारबाट लाभान्वित छन् ।
कुनै पनि राष्ट्रको विकास र समृद्धि तथा जनताको कल्याणका लागि शिक्षा अपरिहार्य हो र सन् १९६० को दशक देखि नै शिक्षा भारत–नेपाल सहयोगको केन्द्रबिन्दु रहँदै आएको छ । सहयोगका प्रयासहरूले जनताका आवश्यकताहरूलाई दुई तरिकाले सम्बोधन गरेका छन्– पहिलो ; शैक्षिक संस्थाहरूलाई पूर्वाधार र प्राविधिक सहयोग उपलब्ध गराए र र दोस्रो; छात्रवृत्ति, तालिम र आदानप्रदान कार्यक्रमहरूको माध्यमबाट व्यक्तिलाई शिक्षा र तालिम प्रदान गरेर ।
----------------
सत्य तथ्य
- हाल छात्रवृत्तिको
- सङ्ख्या दोब्बर गरी लगभग २१५० पुर्याइएको छ ।
- साना विकास परियोजनाहरूका लागि जारी आर्थिक सहयोगमध्ये हाल ५० प्रतिशतभन्दा बढी खर्च नेपालमा शिक्षाको उत्थानका लागि भइरहेको छ ।
----------------
देशमा उच्च शिक्षाको पहिलो केन्द्रहरूमध्ये एक रहेको त्रिभुवन विश्वविद्यालयको स्थापना सन् १९५९ मा भएको थियो । त्यसको अर्को वर्ष भारतीय सहयोगबाट विज्ञान शाखा, प्रयोगशाला, पुस्तकालय, छात्रावास, कर्मचारी आवास गृह , रङ्गशाला रगान्धी भवन परिसरको निर्माण सम्पन्न भयो । त्यस समयमा विश्वविद्यालयका धेरै प्राध्यापकहरू भारतीय नै थिए । साथै उपकरण र पुस्तकहरू पनि भारतबाटै ल्याइएका थिए । त्यसको लगत्तै देशभरि अन्य कलेज, विद्यालय र तालिम केन्द्रहरूको निर्माण र मर्मतसम्भारमा भारतीय संलग्नता रह्यो ।
भारतले प्रदान गरेका छात्रवृत्ति, निजी खर्चमा पढ्ने व्यवस्था र तालिम कार्यक्रमहरूले पनि नेपालको मानव संसाधन विकास मा र शिक्षालाई जनतासमक्ष ल्याउने कार्यक्रममा प्रमुख भूमिका खेल्दै आएका छन् । यस कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीहरूले कक्षा १० र १०+२ (नेपालमा) देखि स्नातक, स्नातकोत्तर वा विद्यावारिधि (भारत वा नेपालमा) अध्ययन गर्ने अवसर प्राप्त गर्द छन् । उनीहरूले नाट्यकला देखि इञ्जिनियरिङसम्मका विविध विषयहरूलगायत विज्ञान, चिकित्सा, प्रविधि, कृषि, व्यापार, व्यवस्थापन र मानविकी विषयहरू पढ्न सक्दछन् । यी कार्यक्रमअन्तर्गत हासिल गरिएका डिग्री र प्रमाणपत्रहरूले भारतमा पनि शैक्षिक र व्यावसायिक क्षेत्रमा मान्यता प्राप्त गर्ने भएको हुँदा यस्ता छात्रवृत्ति तथा तालिम कार्यक्रमहरूको महत्व अझ् बढ्न गएको छ ।
साना विकास परियोजना कार्यक्रमग्रामीण जनतासम्म शिक्षा पुरयाउने कुरा मा केन्द्रित हुँदै आएको छ । यसले दुर्गम जिल्ला र तराई क्षेत्रमा सयौं विद्यालय, पुस्तकालय र छात्रावासहरूको मर्मतसम्भार तथा निर्माणमा सहयोग पुर्याउँछ । प्रत्येक वर्ष करोडौं रुपैयाँ बराबरको पुस्तक र स्कूल बसहरू जनतासम्म पुग्छन् । यी परियोजनाहरूले गर्दा शिक्षक, विद्यार्थी, छात्रा र सुविधाविहीन पृष्ठभूमि र समुदायका बालबालिकाको सवालमा विद्यालयमा उच्च उपस्थितिलाई सम्भव तुल्याउनुका साथै सामाजिक चेतना बढाउनमा पनि मद्दत गरेका छन् ।
“वास्तवमा यो विद्यालय हराम्रो लागि स्वर्ग हो”, सर्लाहीको कर्मैयास्थित महेन्द्र जनता माविका एकजना विद्यार्थी भन्छन् । साना विकास परियोजना कार्यक्रमबाट लाभान्वित हुने धेरै विद्यालयहरूमध्ये यो पनि एक हो । दुर्गम हजरियास्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरूलाई कक्षा सञ्चालन गर्न ठूलो समस्या थियो । “ठाउँको अभावले गर्दा एउटा कक्षामा १५० देखि १७५ जनासम्म विद्यार्थी हुने गर्दथे जसले शिक्षणको वातावरण पूर्ण रूपमा बिग्रने गर्द थ्यो । तर, अहिले त्यो समस्या समाधान भएको छ । भारत सरकारले उपलब्ध गराए को आधुनिक विद्यालय भवन र अन्य पूर्वाधार सुविधाहरूले हराम्रो क्षेत्रमा सकारात्मक परिवर्तन आएका छन् ।” देशभरिका हजारौं विद्यार्थी, शिक्षक र अभिभावकहरूको भावना अभिव्यक्त गर्दै विद्यालयका एक शिक्षक भन्छन् ।
सबैमा शिक्षाको ज्योति पुर्याउनका लागि आवश्यक पर्ने सुविधाहरू उपलब्ध गराउन भारत–नेपाल सहयोग निरन्तर जारी छ, किनभने त्यसले नै समृद्ध नेपालको लागि जग बसाल्नेछ ।
शैक्षिक तथा प्राविधिक सहयोग
- कृषिमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिहरू
- कृषि वैज्ञानिकहरू/विज्ञहरूका लागि भारत–नेपाल आदानप्रदान कार्यक्रम
- हेटौंडामा वन अध्ययन संस्थान र हालसालै सञ्चालनमा ल्याइएको सङ्ग्रहालय एवं पुस्तकालय तथा अभिलेखन केन्द्र
कला उत्थानका लागि सहयोग
- नाट्य कला अध्ययनका लागि छात्रवृत्तिहरू
महिलाका लागि शिक्षा तथा तालिम पूर्वाधार
- काठमाडौंकोगोठाटारस्थित नेपाल चर्खा प्रचारकगान्धी–तुलसी स्मारक महागुठीका महिलाहरूका लागि छात्रावास
- जनकपुर नर्सिङ क्याम्पस
- श्री कृष्णप्रसाद कोइराला सेवागुठी नर्सिङ क्याम्पस, मोरङ
- सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस, साँखु, काठमाडौँ
- आदर्श बालिका माध्यमिक विद्यालय, विराटनगर
- जानकी बालिका मावि, कञ्चनपुर
- मेचीको पाँचथर बहुमुखी क्याम्पसमा छात्रावास
- रुपन्देहीको भैरहवा बहुमुखी क्याम्पसमा स्नातकोत्तर भवन र छात्रावास
- त्रिभुवन विश्वविद्यालय छात्रावास
- शिक्षा तथा तालिम कार्यक्रमहरू
- नेपाली विद्यार्थीहरूलाई नेपालमा १०+२ तथा नेपाल र भारतमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि अध्ययनका लागि शिक्षाका प्रायः जसो सबै सङ्कायहरूमा भारत सरकारद्वारा प्रदान गरिने २००० छात्रवृत्तिहरूबाट बहुसङ्ख्यक छात्राहरू लाभान्वित छन् ।
- सिरहाका महिलाहरूको विकास का लागि चन्द्रनारायण यादव मेमोरियल ट्रष्टलाई १०० वटा सिलाई मेशिनहरू उपहार दिइएको छ ।
- काठमाडौंको नेपाल सृजनात्मक कलागुठीलाई हस्तकला प्रशिक्षणमा प्रवीणता डिप्लोमा तह सञ्चालनका लागि भारत सरकारद्वारा रेशमी धागो बाट ्ने (सिल्क ट्विस्टिङ) मेशिन र अन्य प्राविधिक सहयोग उपलब्धगराइएको छ ।
मनमोहन मेमोरियल पोलिटेक्निक,
भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारको सहयोगमा स्थापित मोरङको हात्तीमुडा गाविसमा अवस्थित मनमोहन मेमोरियल पोलिटेक्निक देशकै पहिलो पोलिटेक्निक हो, जहाँ इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिङमा तीनवर्षे डिप्लोमा कोर्षहरूका अतिरिक्त नेपाली उद्योगलाई सुहाउँदो खालका आवश्यक छोटो अवधिका आधारभूत कोर्षहरू सञ्चालन गरिन्छ । यस पोलिटेक्निकको उद्देश्य नेपालको औद्योगिक वृद्धि र विकास मा योगदान पुर्याउन सक्ने नेपालको बजारको माग अनुसार सक्षम जनशक्तिको आवश्यकतालाई पूरा गर्नु रहेको छ ।
रु.४२ करोडको लागतमा स्थापित यस पोलिटेक्निकको उद्घाटन नेपालका सम्मान नीय प्रधानमन्त्री माधव कुमार नेपालले २ नोभेम्बर २००९ मा उद्घाटन गर्नु भयो ।
हेटौंडामा पोलिटेक्निक
इञ्जिनियरिङका चारवटा क्षेत्रमा मध्यमस्तरीय जनशक्ति तयार गर्ने उद्देश्यले हेटौंडामा पोलिटेक्निक निर्माण गर्ने प्रस्ताव भारत सरकारले स्वीकृत गरेको छ । चाँडै काम शुरु हुने यस परियोजनाको लागत ४० करोड रुपैयाँ रहेको छ ।
स्कूल, कलेज र पुस्तकालय भवन
राष्ट्र निर्माण र मुलुकको विकास को जग शिक्षामै हुन्छ भन्ने कुरा मनन् गरेर भारत सरकारले नेपालका शैक्षिक निकायहरूमा फर्निचर, प्रयोगशाला, कम्प्युटर आदिबाट सुसज्जित भौतिक पूर्वाधार निर्माण गर्नमा ध्यान गरेको छ ।
भारत सरकारको ‘स्मल डेभलपमेन्ट प्रोजेक्ट प्रोग्राम’ ले विगत केही वर्षमा ६१ जिल्लाका १८२ स्कूलहरुलाई रु.४०० करोडभन्दा बढीको सहयोग उपलब्ध गराए को छ ।



