शिक्षक तालिम विद्यार्थीका लागि हो
सार्वजनिक स्कूलका शिक्षकले शिक्षक तालिमको उपयोग न गरेको भनाइ बारम्बार सार्वजनिक हुने गरेको छ । ठूलो धनराशी खर्च गरेर शिक्षकको पेसागत सीप विकास का लागि सञ्चालन गरिएको शिक्षक तालिमले कक्षा शिक्षण सुधार्न नसकेको ठहर विभिन्न अध्ययनहरूले पनि गरेका छन् । तथापि यो वा त्यो रूपमा शिक्षक तालिम चली नै रहेका छन् । शिक्षक तालिमको समग्र अवस्था के छ ? तालिमबाट शिक्षकले सिकेका सीप तथा विधि कक्षामा पुगेका छैनन् भने नपुग्नुका कारण र व्यवधान के हुन् ? ती व्यवधान हटाएर तालिमलाई कक्षा–शिक्षणको सुधारका लागि कसरी उपयोग गर्न सकिन्छ त भन्ने सवाल अगाडि राखेर १७ मङ्सिर २०६६ मा शिक्षक मासिकले एलाइन्स फर सोसियल डायलग (एएसडी) को सहयोगमा विज्ञ र अनुभवीहरूबीच संवादको आयोजना गरयो ।
शिक्षक तालिमको वर्तमान अवस्था र उपयोगिता सम्बन्धमा शिक्षक मासिकका पत्रकार बाबुराम विश्वकर्माले तयार पारेको सङ्क्षिप्त स्थिति–पत्रमा आधारित उक्त संवादको सञ्चालन एएसडीका निर्देशक हरि शर्माले गरेका थिए । त्यस अवसरमा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले तालिम कक्षाकोठामा पुगेन भनेर बीचमै छोड्न नहुने; बरु कसरी तालिमलाई व्यवहारमा लागू गर्न सकिन्छ भन्ने उपाय निकाल्नुपर्ने बताउँदै त्यसनिम्ति विज्ञहरूलाई व्यावहारिक उपाय सुझउन आग्रह गरेका थिए । संवादका अधिकांश वक्ताहरूले शिक्षक तालिमको अपरिहार्यता र सान्दर्भिकता सधैं रहिरहने तर त्यसलाई उपयोगी तुल्याउन सही उम्मेदवारलाई मात्र शिक्षक बनाइनुपर्ने र तालिमलाई शिक्षकको वृत्ति–विकास भन्दा स्कूलको शैक्षिक उपलब्धिसँग आबद्ध गरिनुपर्ने विचार व्यक्त गरेका थिए । यहाँ, उक्त संवादमा व्यक्त विचार हरूको मुख्य अंश प्रस्तुत गरिएको छः
तालिमः निरन्तर चल्नुपर्छ
बाबुराम अधिकारी
अध्यक्ष , नेपाल राष्ट्रिय शिक्षक सङ्गठन
धरातलीय यथार्थ नबुझी शिक्षक तालिम कार्यक्रम तय गर्दा अपेक्षित लक्ष्य प्राप्त गर्न सकिँदो रहेन छ । सरकारले सामुदायिक स्कूलका शतप्रतिशत शिक्षक तालिम प्राप्त भइसकेको दाबी गरेको छ । तर, तालिम क–कसले पाउने भन्ने नीतिगत अस्पष्टताका कारण एउटै विद्यालयमा रहेका १४ किसिमका शिक्षकले तालिम पाउन सकेका छैनन् । स्थायी शिक्षकलाई मात्र १० महिने तालिम दिइएको छ । अरू प्रकृतिका शिक्षकलाई तालिममा समावेश गरिएको छैन । जबकि कक्षाकोठामा पढाउने सबै शिक्षक हुन् । त्यसैले सबै शिक्षकले तालिम पाए भन्ने निचोडमा पुग्नु उचित छैन ।
हराम्रो शिक्षक तालिम कर्मकाण्डीय पाराको छ । तालिमको प्रविधि समयसापेक्ष छैन । मोडल एउटै छ, तालिमको सन्दर्भ र विषयवस्तु पनि एउटै छ । तालिमका व्यावहारिक समस्या पनि छन् । शिक्षकको जतिसुकै इच्छाशक्ति भए पनि रूखमुनि वा चौतारामा विद्यार्थीलाई राखेर पढाउनु पर्ने अवस्था अझै पनि विद्यमान छ । त्यस्तो वातावरणमा तालिममा सिकेको सीप कसरी प्रयोग गर्ने ? मैले पनि एमफिलसम्म शिक्षाशास्त्र पढ्दा थुप्रै कुरा सिकेको छु । तर, मलाई त्यही अनुसार कक्षाकोठामा गएर पढा भन्नुभयो भने म प्रभावकारी शिक्षण गर्न सक्दिनँ । त्यहाँको अवस्थाले नै साथ दिँदैन ।
शिक्षक तालिममा सिकेका/सिकाइएका सीप कक्षाकोठासम्म नपुग्नुमा हामी सबै जिम्मेवार छौं । हामीले आफूलाई नसच्याएसम्म स्थिति सुध्रिँदैन । विज्ञहरूले अनुसन्धान गरेर छोडिदिने, शिक्षा मन्त्रालयका कर्मचारी ‘नीति नभई हामीले केही गर्न मिल्दैन’ भनेर पन्छिने अनि दोष जति शिक्षकलाई थोपर्ने प्रवृत्ति छ । स्कूल अनुगमन र सुपरीवेक्षणको संयन्त्र अत्यन्त कमजोर छ । अनुगमन पनि कक्षाकोठासम्म पुगेको छैन ।
तालिममा अब नयाँपन दिनुपर्छ । स्थायी शिक्षकले तालिम पाइसके भनेर १० महिने तालिम रोक्नु पनि हुँदैन । तालिम निरन्तर रूपमा सिक्ने र सिकाउने प्रक्रिया हो । त्यसैले विगतका कमजोरी सुधारेर अहिलेको परिवेशसँग मिल्ने किसिमका तालिम सञ्चालन गर्नु पर्छ । पुराना शिक्षकलाई पुनर्ताजगी तालिम दिने वा उनीहरूलाई सम्मान पूर्वक बिदा गरेर नयाँ पुस्तालाई नयाँ ढङ्गको तालिम दिएर कक्षा–शिक्षणमा ल्याउने भन्ने सवालमा बहस आवश्यक छ ।
गणेशबहादुर सिंह
उप–प्राध्यापक, शिक्षाशास्त्र सङ्काय, त्रिविवि
फूलब्राइट कन्सल्टेन्सीले गरेको अनुसन्धानले शिक्षक तालिम कक्षाकोठामा ५० प्रतिशत लागू भएको देखाएको छ । अब ५० प्रतिशत लागू भएको कुरा लाई महत्व दिने कि ५० प्रतिशत लागू नभएको कुरा लाई जोड दिने ? मेरो विचार मा सकारात्मक कुरा लाई नै बढी प्राथमिकता दिनुपर्छ ।
कक्षा–शिक्षण सुधार गर्नका लागि निकै समय लाग्दोरहेछ । अनुसन्धानकै क्रममा हामीले एकजना अनुभवी नर्वेजियन प्राध्यापकलाई बोलाएर सेमिनार गरेका थियौं । उहाँको अनुभव के थियो भने कक्षा–शिक्षण सुधारका लागि एउटा पुस्ता नै परिवर्तन हुनुपर्छ । एउटा ढाँचामा सिकेको शिक्षकलाई १–२ वर्षमै नयाँ ढाँचामा ढाल्न गाह्रो हुने रहेछ । निरन्तर अभ्यास गरियो भने कम्तीमा १० वर्षमा हामीले सोचेको जस्तो परिवर्तन आउन सक्छ । विदेशका अनुसन्धानले पनि यही देखाएका छन् ।
शिक्षक संस्था अग्रसर होऊन्
लक्ष्मण शर्मा
प्रअ, सत्यवती उमावि, धादिङ
म छात्र छँदा कक्षाकोठाको बेन्च संरचना समान्तर थियो । म शिक्षक हुँदै प्रधानाध्यापक भइसक्दा पनि त्यही समान्तर बेन्च संरचना कायम । परिवर्तन नभएका यस्ता धेरै पक्ष छन् । हामी तालिमबाट मात्रै सबै कुरा मा परिवर्तन हुन्छ भन्ने ठान्छौं, जुन सम्भव हुन्छ जस्तो लाग्दैन । तैपनि शिक्षामा सकारात्मक सुधारहरू देखि एका छन् । यस्ता सुधार शिक्षककै कारणले भएको हो ।
शिक्षकका पेशागत संस्थाले दार्चुला देखि झपासम्म एकै दिन घेराउ गर्न र सडकमा जुलुस निकाल्न सक्छन् भने शिक्षक तालिमलाई प्रभावकारी बनाउनका लागि तिनले मेची देखि महाकालीसम्म भाषण गर्न किन सक्दैनन् ? गर्न सक्छन् र गर्नु पर्छ । हाम्रा शिक्षक नेताहरू नै हाम्रा प्रशिक्षक हुने हो भने उनीहरूले जे भने पनि हामी मान्छौं । ‘शैक्षिक सामग्री नलिइकन कक्षाकोठामा नजानुस्’ भनेर हाम्रा नेताले आग्रह गरे हामीले घोत्लिनुपर्छ ।
विश्वविद्यालयबाट आई.एड., बी.एड. र एम.एड गरेकालाई प्रशिक्षित मानिन्छ । तर, त्यस्ता शिक्षक पनि नमुना बन्न सकेका छैनन् । तिनले शिक्षकलेगजबसँग पढाइदिए हामीले पनि स्कूलमा त्यसैलाई अनुसरण गर्ने मौका मिल्थ्यो । तर हामीमा आफूलाई पढाउने शिक्षककै प्रभाव बढी छ । हामीलाई हराम्रो शिक्षकले जे सिकाए, हामी त्यही नक्कल गर्न खोज्छौं । बी.एड र एम.एड.को कोर्सले त्यसलाई विस्थापित गर्न सक्नुपर्छ ।
सामुदायिक स्कूलको गुणस्तर नहुनुमा शिक्षकलाई जिम्मेवार ठानिने गरेको छ । तर, निजी स्कूलको स्तरीयताका निम्ति चाहिँ व्यवस्थापनलाई जस दिइन्छ । यो विरोधाभासको अन्त्य कसरी गर्ने ? तालिमकेन्द्रमा सिक्नुभन्दा आफ्नै स्कूलमा रहेका जनशक्ति, अर्को कक्षाकोठा, छिमेकी स्कूल र पुराना शिक्षकबाट सिक्ने कुरा शिक्षकका निम्ति बढ्ता प्रभावकारी हुन्छ । तर, यसलाई हामीले लागू गर्न सकेका छैनौं ।
भगवती सिम्खडा
प्रअ, बालविकास निमावि, काठमाडौं
अस्थायी, राहत र अन्य शिक्षकहरूका लागि तालिमको व्यवस्था गर्न सकिएको छैन । तालिमको प्रभावकारी अनुगमन पनि भएको छैन । नजिकका स्कूल र माथिल्लो तहका शिक्षकबाट तल्लो तहका शिक्षकले सिक्ने कुरा चाहिँ उपयोगी होला जस्तो लाग्छ । स्रोत केन्द्र र नजिकका स्कूलमा शिक्षकलाई लगेर सिकाउन सकियो भने त्यो बढी प्रभावकारी हुन्छ । उमेर बढी भएका शिक्षकलाई तालिम दिएर रकम खर्च गर्नु भन्दा त्यस्तो अवसर नयाँ पिँढीलाई दिँदा रराम्रो हुन्छ ।
राजेश पाण्डे
शिक्षक, युवक नेपाल मावि, काठमाडौं
मेरो स्कूलको कक्षा ९ मा ७२ जना विद्यार्थीहरू छन् । हामीले दुई–तीन वर्ष देखि सेक्सन छुट्याउने प्रयास गरिरहेका छौं । तर, पर्याप्त कक्षाकोठा र डेस्क–बेन्चको अभावका कारण सकिएको छैन । यसबाट तालिममा सिकेका सीप प्रयोग गर्नु त अलग कुरा भयो, पाठ्यपुस्तक पढाउन समेत कठिन भइरहेको छ । तालिम दिइन्छ, हामी लिन्छौं, बाँकी कुरा जस्ताको तस्तै रहन्छ । तालिमको ‘फलोअप’ हुँदैन । १५–१६ वर्ष शिक्षण गर्दा विनिले मेरो कक्षा अवलोकन गरेको अनुभव गर्न पाएको छैन । अहिले हाम्रै स्कूलमा पनि विनि को हुनुहुन्छ भन्ने कुरा धेरै शिक्षकहरूलाई थाहा छैन । कमसेकम विनिले शिक्षकका क्रियाकलाप लाई अवलोकन गरेर पृष्ठपोषण दिने हो भने तालिमको औचित्य स्थापित हुन्छ । नत्र तालिम दिनु/नदिनुको कुनै अर्थ रहँदैन । बरु स्कूलका शिक्षकले आ–आफूमै सिक्दा बढी रराम्रो हुन्छ ।
ज्ञान बाँड्दा बढ्छ
केशवराज घिमिरे
पूर्व प्रअ, खैरेनी उमावि, तनहुँ
तालिम प्रयोग गराउन प्रअको मुख्य भूमिका हुन्छ । शिक्षकले तालिम लिएर फर्केपछि उसले कक्षाकोठामा त्यसलाई प्रयोग गर्छ कि गर्दैन भन्ने कुरा को निगरानी प्रअले राख्नुपर्छ । प्रअले प्रत्येक शैक्षिक सत्रको पहिलो हप्ता सबै शिक्षकलाई राखेर अनुशिक्षण गराउनु पर्छ । ‘वर्षभरिमा तपाईंले यो–यो जिम्मेवारी पूरा गर्नु पर्छ र तपाईंले सिकेका कुरा लाई प्रयोग गर्नु पर्छ’ भनेर प्रअले अन्तरक्रिया चलाउनुपर्छ । धेरै प्रअले यस्तो अन्तरक्रिया चलाएको पाइँदैन । मैले शैक्षिक सत्र सकिनुभन्दा एक महिनाअघि र शैक्षिक –सत्रको पहिलो हप्तामा तालिम चलाउँथे । त्यसमा शिक्षकले सिकेको सीपका बारेमा नै छलफल हुन्थ्यो ।
शिक्षकलाई तालिमले खुम्च्याएकोे चाहिँ छैन । शिक्षकहरूले पनि आफैं बीचमा अन्तरक्रिया गरेर जानेको कुरा आदानप्रदान गर्नु परयो । तालिम लिएका शिक्षकले आफूले जानेको सीपलाई प्रस्फुटन गराउँदैन । आफूले सिकेको/जानेको कुरा अर्कोलाई बाँडे पो हुन्छ ! शिक्षकहरू अनुसन्धानमुखी पनि छैनन् ।
तिलक कुँवर
प्रअ, राष्ट्रिय उमावि, बाब्ला, अछाम
१० महिने बाहेक जिल्लामा छोटा अवधिका शिक्षक तालिमहरू पनि सञ्चालन हुन्छन् । त्यस्ता तालिममा स्रोतव्यक्तिले तालिम दिन्छन् । प्रावि तहका शिक्षक स्रोतव्यक्ति बनेर तिनले एम.एड. र बी.एड. पास भएका शिक्षकलाई तालिम दिने गरेको पनि भेटिन्छ । तर, त्यस्ता व्यक्तिमा तालिम दिनसक्छु भन्ने आत्मविश्वास हुँदैन । १० महिने तालिमका प्रशिक्षकहरू चाहिँ ‘रराम्रो र बढी पैसा भएको तालिम केन्द्रमा मेरो सरुवा हुनुपर्छ’ भन्ने मान सिकतामा रहेको पाइन्छ । नेपालमा भएको एउटा तालिममा एकजना विनिले सिन्कालाई स्थानमान तालिकामा राख्न सकेनन् । ती विनिले ५–६ वर्ष देखि त्यहाँ तालिम दिइरहेका थिए । १० महिने तालिम दिने सबै प्रशिक्षकहरू त्यस्तै पो छन् कि !
काठमाडौंमा तालिमको मोडल तयार गरिन्छ । त्यही मोडल हुबहु रूपमा दिपायलमा पढाइन्छ । कम्तीमा दिपायललाई कुन खालको मोडल उपयोगी हुन्छ ? त्यसको तयारी गर्ने कि ! अनि त्यहाँको शैक्षिक सामग्री के हुन सक्छ ? शिक्षकलाई त्यही खोज्न लगाउने कि ! शिक्षकले तालिमबाट भाषण गर्न सिकेका छन् । बोल्न जानेका छन् । तर, जानेको सीप बिर्संदै छन् । मेरो स्कूलमा तालिमअघि एकजना शिक्षक साथी नियमित र अनुशासित थिए । तर, तालिमबाट फर्केपछि उनी ‘दादा’ भए । तालिम शिक्षकलाई प्रत्युत्पादक पनि भएको छ ।
जस्ता शिक्षक उस्तै सिकाइ
प्रा. डा. हृदयरत्न बज्राचार्य
शिक्षाविद्
‘सेरिड’को एउटा अध्ययनले तालिमप्राप्त शिक्षकले भन्दा तालिम नलिएका शिक्षकले रराम्रो पढाउँदोरहेछ भन्ने देखाएको थियोे । त्यतिबेला त्यो अध्ययनले निकै तहल्का मच्चायो । मेरो पीएचडी अनुसन्धान पनि शिक्षक तालिममै केन्द्रित छ । अनुसन्धानका क्रममा मैले के महसुस गरें भने शिक्षक उत्पादन गर्नु भन्दा गाह्रो काम केही छैन ।
मेरो विचार मा विद्यार्थीहरूको दिमागमा धेरै कुरा हरू हुन्छन् । त्यसैले शिक्षकले विद्यार्थीको घर, परिवार, वातावरण जस्ता पक्षलाई समाहित गरेर सिकाउनु पर्ने हुन्छ । रराम्रो सिकाइ विद्यार्थीको चाहना नबुझी सम्भव हुँदैन ।
शिक्षण सिकाइका मूलतः तीन वटा आयाम हुन्छन् । एउटा; थाहा पाउन सकिने सिकाइ, दोस्रो; सिकेको कुरा लाई प्रयोग गर्न सकिने र तेस्रो; लर्निङ फर लिभिङ । हामीले सरसर्तीगीता पाठ गर्यौ भने त्यसबाट हामीले धेरै ज्ञानहरू पाउन सक्छौं । तर, किताब बन्द गर्यौ भने ती सबै ज्ञान बिर्सन्छौं । यो थाहा पाउन सिकिने सिकाइ हो ।गीताको कुनै एउटा श्लोक बुझेर त्यसको माध्यमबाट जीवनलाई रुपान्तरण गर्छु भनेर लगियो भने त्यो दोस्रोखाले सिकाइ भयो । जब हामी आपैंm त्यो श्लोकमा डुब्छौँ र आफूलाई अर्जुन जस्तै पात्र बनाउँछौँ भने त्योचाहिँ लर्निङ फर लिभिङ हुन्छ । तर, नेपाल र अरू केही मुलुकमा प्रमाणपत्रका लागि सिक्ने विकृति पनि छ । त्यो हो– लर्निङ फर सर्टिफिकेसन अर्थात् डिग्रीका लागि सिकाइ ।
मैले सुरुमा गुरुकुल जस्तै ठाउँमा मामासँग पढेँ । उहाँले विद्यार्थीलाई घरैमा राखेर पढाउनु हुन्थ्यो । उहाँले पैसाको लागि पढाउनु भएन । उहाँ मिशनरी शिक्षक हो । भगवान् बुद्ध, क्राइष्ट वा चाहे ऋषिमुनिहरू हुन् वा समाज रुपान्तरण गर्छु भन्ने शिक्षकहरू, सबै मिशनरी शिक्षक हुन् । एउटा शिक्षकको रुप त्यो हो र अर्को शिक्षकको रुप व्यावसायिक हुन्छ । सरकारले पनि शिक्षकलाई व्यावसायिक रूपमा हेर्छ । शिक्षणप्रति समर्पित र निष्ठापूर्वक लागेको व्यक्ति व्यावसायिक शिक्षक हो । यसैमा निपुण भएर उसले आफ्नो जीवनयापन पनि गर्छ र आफ्नो पेसाप्रतिको धर्म पूरा गर्छ । शिक्षक तालिमले व्यावसायिक शिक्षक जन्माउने हो ।
अर्को हुन्छ व्यापारिक शिक्षण । यसमा शिक्षकले कति घण्टा पढाउने, कति जनालाई पढाउने अनि कति पैसा कमाउने भन्ने हुन्छ । व्यापारिक मान्यताका शिक्षकको मूल्यमान्यता र दृष्टिकोण फरक हुन्छ । यसको ठीक विपरीत हामीसँग स्वयंसेवी शिक्षकहरू पनि छन् । तर, अहिले सबैभन्दा बढी समस्या जागिरे शिक्षकबाट उत्पन्न भएको छ । जागिरेमा खेताला शिक्षक राख्ने प्रवृत्ति बढी छ । त्यसैले हामीले शिक्षक उत्पादन, शिक्षक तालिम र शिक्षकको भूमिकालाई हल्का ढङ्गले लिनुहुँदैन । तालिमलाई कसरी आधारभूत धारमा ल्याउने भन्ने बारेमा सोच्न ढिलो भइरहेको छ । रराम्रो शिक्षक हुनका लागि तालिम अपरिहार्य छ । मिशनरी शिक्षक हो भने उसलाई तालिम चाहिँदैन तर अरूखाले शिक्षकलाई तालिम नभई हुँदैन ।
शान्ता दीक्षित
निर्देशक, रातो बङ्गला स्कूल, ललितपुर
विभिन्न दातृ निकायहरूको रुचिमा शिक्षक तालिम चलाउने नीति नै समस्या र विकृतिको जड भएको छ किनभने शिक्षकले तालिमबाट सिके वा नसिके पनि हाजिर भएको छ भने उसले पैसा र प्रमाणपत्र पाइहाल्छ ।
तालिमको बजेट खर्च गर्न र तालिम चलाएको देखाउन पनि तालिममा शिक्षकलाई जबरजस्ती पठाउने गरिएको छ । पैसा खर्च गर्नका लागि तालिममा पठाइएका शिक्षकले के सिक्छन् ? जतिसुकै तालिम लिए पनि शिक्षकले कक्षामा कसरी पढाउँछ भन्ने मुख्य कुरा हो । समूह कार्यको प्रक्रिया र पठनपाठनको विषयबारे जानकारी भएको शिक्षकलाई गतिलो कक्षा शिक्षणको तयारीका लागि करिब आधा घण्टा लाग्छ । तालिम लिएका शिक्षकले यो कामका लागि पनि समय दिनुपरयो । शुक्रबार अतिरिक्त क्रियाकलाप गरेर शिक्षकहरू विद्यार्थीसँग नाच्ने पनि गर्नु हुन्छ । तर, योसँगै शुक्रबारको दिन शिक्षकहरूले आपसमा पाठयोजना र समस्याबारे छलफल गर्न किन उपयोग न गर्ने ? यदि शुक्रबारको समयलाई यसरी व्यवस्थापन गर्न सकियो भनेगतिला शिक्षण योजनाहरू बनाउन सकिन्छ ।
शिक्षकले अर्काको कक्षा हेर्न जाने मौका नपाए पनि तीनवटा शुक्रबार आफ्नै स्कूलमा बसेर योजना बनाउने र चौथो शुक्रबार चाहिँ वरिपरिको स्कूलका विषय–शिक्षकहरू भेला भएर समस्याबारे छलफल गर्ने हो भने कक्षाशिक्षण सुध्रिन समय लाग्दैन । गणित मात्रै पढाउने चारजना शिक्षकहरू भेटेरगफ गर्दा धेरै समस्या हल गर्ने बाटो खुल्छ । यसबाट नयाँ शिक्षकहरूले सिक्ने समय पाएनौं भन्न पाउनुहुन्न र तालिम लिएका पुराना शिक्षकहरूमा पनि कार्यान्वयनगरौं भन्ने भावना पैदा हुन्छ ।
हर्कप्रसाद श्रेष्ठ
कार्यकारी निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र
राष्ट्रिय शिक्षा पद्धति योजना–२०२८ सुरु भएयता हामीले शिक्षक तालिममा अर्बौं रुपैयाँ खर्च गरिसकेका छौं । तालिममा सिकेका कुरा शिक्षकले प्रयोग न गरेका पनि होइनन् । केही शिक्षकहरू जागिरे प्रवृत्तिका होलान् । कति चाहिँ खेताला लगाउने पनि होलान् । तर, अधिकांश शिक्षकहरूले तालिम लिएपछि आफ्नो व्यवहार र कक्षा–शिक्षणमा केही न केही परिवर्तन गरे कै छन् । शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना भएपछि स–साना टुक्रे तालिमहरूलाई एकीकृत गरिएको छ । पहिले तालिमको प्रक्रिया त्यति व्यवस्थित थिएन । केही वर्ष देखि शिक्षणमा तालिम प्राप्तलाई मात्रै प्रवेश गराउने अवधारणा आएपछि तालिम अप्राप्त शिक्षकको अवस्थालाई घटाउँदै लगियो । त्यसैले पछिल्लो ५–७ वर्षमा करिब ९८ प्रतिशत स्थायी दरबन्दीका शिक्षकले तालिम लिइसकेका छन् ।
शिक्षा मन्त्रालयले हालसालै लागू गरेको विद्यालय क्षेत्र सुधार कार्यक्रममा पाँच वर्षभित्र सबै शिक्षकहरूलाई ३० दिने पुनर्ताजगी तालिम दिने नीतिगत व्यवस्था गरिएको छ । ३० दिने तालिमलाई १०–१० दिनको तीन वटा ढाँचामा ढालिएको छ । यसबाट हरेक शिक्षकले एक वर्षको अन्तरमा पुनर्ताजगी तालिम लिने अवसर पाउँछन् ।
अहिले हामीलाई मागमा आधारित तालिम दिनुपर्दोरहेछ भन्ने लागेको छ । शिक्षकहरूले नै हामीलाई जुन कुरा मा समस्या परेको छ त्यस्तै खालको तालिम दिए हुन्छ र लामो तालिम दिनुपर्दैन भने । शिक्षकहरूलाई तालिम केन्द्रमा तालिम दिएर मात्रै त्यो प्रभावकारी नहुँदो रहेछ । कक्षाकोठामा त्यसको कार्यान्वयन कम हुने रहेछ । शिक्षकका समस्या बुझेर उनीहरूलाई सिकाउने र प्रशिक्षकले नै शिक्षकको कक्षा शिक्षण अवलोकन गर्दा रराम्रो होला भन्ने महसुस भयो । प्रशिक्षकले प्रअ, शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसेर तालिमका सीपहरू कक्षामा प्रयोग भए नभएको छलफल गर्नु पर्छ । यसरी पनि तालिमको एउटा चक्र पूरा गर्न सकिन्छ भन्ने अवधारणाको विकास गरिएको छ । मावि र निमावि तहका लागि तालिम केन्द्र र प्रावि शिक्षकलाई स्रोत केन्द्रमै तालिम दिने व्यवस्था गरिएको छ । यसनिम्ति रोस्टर टिचरको रूपमा ६ वटा विषयका मावि शिक्षकहरूलाई तालिम दिन र त्यसको अनुगमन गर्ने जिम्मा दिने नयाँ व्यवस्था गरिएको छ । अब कक्षाकोठामा आधारित तालिम हुन्छ ।
पहिले योग्य शिक्षक अनि तालिम
डा. विष्णु कार्की, शिक्षाविज्ञ
पहिले सही शिक्षक खोजौं, शिक्षक बनाऔं अनि उसलाई कक्षा शिक्षण, नयाँ प्रविधि जस्ता अल्पकालीन र दीर्घकालीन तालिम दिँदैगरौंला । १० महिने तालिमको सट्टा अब छोटो अवधिको पुनर्ताजगी तालिम शुरु गर्न लागिएको छ, तर, त्यसले काम गर्दैन । किनभने जो मान्छे शिक्षक भएर आउँछ ऊसँग कार्यसूची नै हुँदैन । कार्यसूची तालिमले दिने होइन । तालिमले त सीप, प्रक्रिया, प्रविधि दिन्छ र शिक्षण–सिकाइलाई समयसापेक्ष बनाउँछ । जबसम्म हामीले योग्य, प्रतिबद्ध र तीब्र इच्छाशक्ति भएका जमातलाई शिक्षणमा प्रवेश गराउँदैनौं, तबसम्म शिक्षक तालिमले केही हुँदैन । त्यसकारण तालिमलाई दोस्रो प्राथमिकतामा राख्नुपर्छ । पहिलो प्राथमिकता, योग्य र उत्सुक व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्ने नै हुनुपर्छ । अहिले हामी तालिमलाई पहिलो प्राथमिकतामा राखेर तालिमका समस्या केलाउँदैछौं, यसबाट समस्या समाधान हुँदैन ।
एउटा अध्ययनमा हामीले के पायौं भने २५ प्रतिशत शिक्षकमा २५ वर्षभन्दा लामो शिक्षण अनुभव छ । हामी तिनलाई पनि नयाँलाई जस्तै तालिम दिइरहेका छौं । शिक्षकको पृष्ठभूमि, उसको ज्ञानको तह र शिक्षण विधि नबुझी जबरजस्ती तालिम दिनुको कुनै औचित्य रहन्न । शिक्षकको पृष्ठभूमि, ज्ञानको तह, उसलाई चाहिने प्रविधि, शैली र प्रक्रिया विचार गरेर मात्रै केन्द्रीय तहमा तालिमका प्याकेजहरू बनाइनुपर्छ । तालिम शिक्षकलाई चाहिएको हो । शिक्षकले विद्यार्थीलाई सिकाउन तालिम चाहिएको हो । हामीले यहाँ बसेर तीन महिने, चार महिने, ६ महिने र १० महिने प्याकेज किन बनाउने ? स्थानीय स्तर मै तालिमका प्याकेजहरू तयार गर्नु उचित हुन्छ ।
खगराज बराल
निर्देशक, शिक्षा विभाग
तालिम केन्द्र र कक्षाकोठाको वातावरणमा धेरै फरक छ । कक्षाकोठामा अझै पनि यताउता सार्न नमिल्ने ‘वेल्डिङ’ गरिएका डेस्क–बेन्चहरू छन् । वास्तवमा सिकेको कुरा कक्षामा प्रयोग गर्नका लागि उपयुक्त अवस्था छैन । तर शिक्षक तालिम केन्द्र भने स्रोत साधन सम्पन्न छन् । जस्तो; ल्यापटप, ह्वाइटबोर्ड, एलसीडी प्रोेजेक्टर, समूह व्यवस्थापन जस्ता सुविधा त्यहाँ छ । मुख्यतः यही कारणले पनि कक्षाकोठामा तालिमको प्रभावकारी प्रयोग देखि एको छैन । हराम्रो तालिम आपूर्तिमुखी भयो । हामीले शिक्षण सेवाको अवसर तालिम अप्राप्त शिक्षकलाई दिएनौं ।
‘म तपाईंको कक्षा हेर्न आउँछु’ भन्यो भने शिक्षकहरू कक्षामा निकै रराम्रो प्रस्तुति गर्नु हुन्छ । तर, अरू बेला गर्नु हुन्न । त्यसकारण तालिमको प्रयोग नभएको मात्रै हो, शिक्षकले सिक्दै नसिकेको चाहिँ होइन । तालिमबाट शिक्षकको क्षमता वृद्धि भएको छ । व्यवस्थापन समितिले शिक्षकलाई तालिममा पठाउँछ तर तालिमपछि के भयो भन्ने खोजी हुँदैन । यस्तो सोधखोज गर्ने क्षमता र वातावरण दुवै भएन । तालिममा सिकेका धेरै कुरा स्कूलमा सजिलैसँग प्रयोग गर्न सकिन्छन् । तर, भइरहेको छैन ।
तालिमको ‘फलोअप’ पनि गर्नु पर्छ । यो मेडिकल ‘टर्म’ हो । जस्तो, मैले तालिम दिएको छु, अर्कोलाई ‘फलोअप’मा पठाएर हुँदो रहेनछ । जुन डाक्टरले बिरामी जाँचेको हो, उही डाक्टरलाई फलोअपगरायो भने रराम्रो हुन्छ । ठीक त्यसरी नै जसले शिक्षकलाई तालिम दिएको हो, त्यही व्यक्ति फलोअपमा गयो भने तपाईंले सिकाएको सीपलाई मैले प्रयोग गर्न सकिनँ भनेर शिक्षकले आफ्नो समस्या बताउन सक्छ । यस्तो फलोअप सम्भव हुन्छ ।
तालिममा सिकेका कुरा कक्षामा प्रयोग गर्न मेहनत गर्ने शिक्षकहरूले अल्छी शिक्षकबाट सहयोग र हौसला पाउँदैनन् । यसबाट ‘अर्कोले गरेको छैन मैले किन गर्ने ’ भन्ने मान सिकता पैदा हुन्छ ।
स्कूल तहका शिक्षक तयार गर्ने काम विश्वविद्यालयले हो । हामीले त सेवा प्रवेश गरेका र तालिम नलिएका शिक्षकलाई मात्रै तालिम दिन्छौं । तर, विश्वविद्यालयकै स्तर खस्केपछि हराम्रो के लाग्छ ? यसले शिक्षक उत्पादनमै समस्या रहेको देखिन्छ ।
प्रा. डा. तीर्थराज पराजुली, शिक्षाविद्
शिक्षक उत्पादनको अहिलेको तरिकाले ठीक छैन । शिक्षक उत्पादन गर्ने संस्थाहरू विभिन्न समस्याबाट ग्रसित छन् । यसमा सुधार ल्याउन सकियो भने मात्रै शिक्षण सिकाइ र सीप विकास प्रभावकारी हुन्छ ।
योग्य व्यक्ति नै शिक्षक भइरहेका छन् अथवा खाली समय सदुपयोग गर्न चाहने व्यक्ति शिक्षक भइरहेको छ ? अन्य अवसर नपाएर हो कि प्रतिबद्ध व्यक्ति शिक्षक हुन आएको हो ? मूल प्रश्न यही हो । सेवा प्रवेशको प्रभावकारी मापदण्ड नहुँदा जो पनि शिक्षक भइरहेको छ ।
अहिले दस जोड दुईमा शिक्षाशास्त्र राखिएको छ । तर, यो तहमा शिक्षाशास्त्र राख्नु ठीक छैन । आधारभूत ज्ञान बढाएर मात्रै शिक्षाशास्त्र विषय पढ्न दिदाँ रराम्रो हुन्छ । शिक्षक छनोटको प्रक्रिया कडा र स्तरीय हुनुपर्छ । शिक्षक लाइसेन्स प्रणाली त छ, तर लाइसेन्सको परीक्षामा सोधिने प्रश्नहरू हेर्दा प्रतिबद्ध व्यक्तिहरू छनोट होलान् भन्ने लाग्दैन ।
आज शिक्षकलाई विद्यार्थीप्रति जवाफदेही बनाउने पद्धतिको खाँचो छ; ‘विद्यार्थीको सिकाइप्रतिको जवाफदेहिता’ । अहिले हामी उदार कक्षोन्नीतिको कुरा गर्दैछौं । यो आपैंmमा नरराम्रो पद्धति होइन । तर, यसले शिक्षकमा ‘मैले नपढाए पनि विद्यार्थी पास भइहाल्छन्’ भन्ने भावनाको विकास गरेको छ ।
स्कूल नै तालिम केन्द्र
प्राथमिक तह देखि नै हामीले स्कूलको मूल्याङ्कन गर्नु परयो । विद्यार्थीको सिकाइ उपलब्धि कस्तो छ ? शिक्षकले कसरी पढाएको छ ? कुन विषयमा विद्यार्थी कमजोर भएको छ ? भनेर मूल्याङ्कन गर्न थाल्यौं भने शिक्षकले सुध्रिने अवसर पाउँछ । यसो गर्दा शिक्षक आपैंm विद्यार्थीलाई प्रभावकारी शिक्षण गराउन थाल्छ । अर्कोतर्फ प्रअलाई पूर्ण अधिकार दिइनुपर्छ । प्रअलाई बलियो नबनाई बाहिरको सुपरीवेक्षकले सुधार गर्न सक्छ भन्ने कुरा मा म विश्वास गर्द िनँ । यसनिम्ति स्कूललाई नै तालिम केन्द्रको रूपमा विकास गर्नु पर्छ ।
कृष्णप्रसाद धन्सा
प्राचार्य, वागेश्वरी मावि, भक्तपुर
विश्वविद्यालयमा शिक्षण शैली, पाठयोजना र शिक्षण सामग्रीको प्रयोग गरी प्रशिक्षित गरिएका विद्यार्थीहरूले स्कूलमा रराम्रो पढाउँछन् । शिक्षक तालिमका प्रशिक्षकहरूले तयारीविना नै तालिम दिने गरेका छन् ।
कृष्णप्रसाद ढकाल
अध्यक्ष , नेपाल शिक्षक युनियन
तालिममा सिकेका कुरा हरू ५० प्रतिशत कक्षाकोठामा पुगेको कुरा उठ्यो । तर, तालिमप्राप्त शिक्षकमध्ये ५० प्रतिशतले केही सिकेकै छैनन् । आफूले केही जाने पो कक्षाकोठामा प्रयोग हुनु ? अढाइ सय शिक्षकहरूलाई एउटै कोठामा राखेर तालिम दिइएको हुन्छ । अभ्यास शिक्षणलाई बढी महत्व दिएकै छैन । त्यसैले तालिमका सीप कक्षामा पुगेन भन्ने कुरा स्वाभाविकै हो ।
सिकेका कुरा लाई कक्षामा पुरयाउने र नपुरयाउने शिक्षकको बीचमा राज्य पक्षबाट भेद गरिएको छैन । पुरस्कार को व्यवस्था अत्यन्त पक्षपातपूर्ण छ । तालिमका सीपलाई कक्षाकोठामा पुरयाउने शिक्षकहरू पु्रस्कृत हुने गरेका छैनन् । त्यसैले उनीहरूमा नैराश्य छ । ‘जसले जे गरे पनि हुने’ स्थितिमा शिक्षकले पनि त्यस्तै गरे होलान् । तालिम केन्द्रको एउटै कोठामा अढाइ सय शिक्षकलाई राखेर तालिम दिइए झैँ अधिकांश विद्यालयमा सयभन्दा बढी विद्यार्थीहरू एउटै कक्षाकोठामा राखेर शिक्षकले पढाइरहेका छन् ।
तालिम दिने निकायलाई पनि तालिमको खाँचो देखिन्छ । एकपटक विद्यानाथ कोइराला र गुणस्तरीय शिक्षाको मध्यावधि मूल्याङ्कनका क्रममा सिन्धुपाल्चोकमा पुगेका थियौं । त्यहाँ हामीले सेभ द चिल्डे«नले एकहप्ते तालिम दिएका शिक्षकहरूलाई भेट्ने मौका पायौं । त्यहाँ १० महिने तालिम लिएका शिक्षकको प्रभाव कक्षामा देखि एन बरु सेभ द चिल्डे«नको एकहप्ते तालिमले पठनपाठनमा ठूलो प्रभाव परेको पाइयो । तालिमपछि शिक्षकहरूले शैक्षिक सामग्री निर्माण, बालमैत्री व्यवहार गर्नु का साथै पठनपाठन अत्यन्त प्रभावकारी तुल्याएका रहेछन् । त्यसकारण तालिम दिनेले पनि विशेषज्ञहरूसँग सिक्नुपर्ने खाँचो छ ।
गुरुप्रसाद मैनाली
विनि, जिल्ला शिक्षा कार्यालय, ललितपुर
शिक्षक–विद्यार्थी अनुपातले तालिमको प्रयोगमा असर पार्छ भनिन्छ । तर के शिक्षक र विद्यार्थीको अनुपात मिलेको कक्षामा चाहिँ रराम्रो पढाइ भएको छ त ? तालिमका सीपको रुपान्तरण भएको छ त ? शिक्षक र विद्यार्थीको अनुपात बढी भएको ठाउँमा र बराबर भएको ठाउँमा पनि उत्ति नै विद्यार्थी पास भएको अवस्था छ ।
नकारात्मक कुरा खोज्दा सबै कुरा नकारात्मक नै भेटिन्छन् । त्यसैले सकारात्मक दिशामा अघि बढौं । सरहरूले जे जान्नुभएको छ, त्यहीँबाट सुरुगरौं । त्यसलाई परिस्कृत गर्ने प्रयासगरौं । तालिम किन कक्षाकोठामा पुगेन त ? हामीले अभ्यास धेरै गरे नौं । जुन सीप कक्षामा लैजानुपर्ने हो, त्यसमा अभ्यास पुगेन । कक्षामा गएर पनि हामीले अभ्यास गर्नु पथ्र्यो, त्यो गरे नौं । हामीले जब जागिर सुरु गर्यौ त्यसपछि पढाइ अन्त्य गर्यौ । मनोविज्ञानले के भन्छ भने पढेको कुरा को प्रयोग एक वर्षसम्म पनि भएन भने ५० प्रतिशत बिर्सिएर जान्छ । दुई वर्षसम्म पढिएन भने ८० प्रतिशत खेर जान्छ । त्यसैले हामीले आफूलाई ‘अपडेट’ गरिराख्नु, पढिराख्नु, सिकिराख्नु जरुरी हुन्छ ।
माधव ओली
प्राचार्य, ज्योति उच्चमावि धादिङ
मसँग अठोट छ भने मैले तालिममा सिकेका सबै कुरा प्रयोग गर्न सक्छु । मलाई कुनै कुरा ले छेक्दैन । शिक्षक तालिमले कामै न गरेको होइन । शिक्षण सिकाइ क्रियाकलाप का क्रममा शिक्षकलाई समस्या परयो र उसमा कसरी सिकौं ? भन्ने भावना जागृत भयो भने तालिमले काम गर्छ र सिकाएको कुरा पनि सिक्छ । सिक्ने भित्री भावना नै छैन भने केही पनि हुँदैन । मैले मूल रूपमा यिनै समस्याहरू देखेको छु । दामभन्दा कामलाई प्राथमिकता दिनुपर्छ ।
बौधराज निरौला
प्राविधिक अधिकृत, शैक्षिक जनशक्ति विकास केन्द्र
शिक्षक मान्छे बनाउने मान्छे हो । त्यसैले त्यस्तो मान्छे रराम्रो हुनुपर्छ । ‘राम्रा’ मान्छे सबै ठाउँमा छन्, ‘हाम्रा’ मान्छे पनि छन् । त्यसैले ‘हाम्रा’ मान्छेलाई छोडौं, ‘राम्रा’ मान्छेलाई खोजौं । शिक्षक उत्पादनमा समस्या छ । उत्पादनको ठाउँ शिक्षाशास्त्र सङ्काय हो । त्यो सङ्काय दुई वटा बाटोमा हिँड्नुहुँदैन । कि तालिम चलाऔं, कि सङ्काय चलाऔं । दुईवटै गर्ने भए पाँच वर्षगरौं । यसलाई सच्च्याउनु जरुरी छ । मनोवृत्तिकै कारण शिक्षकले सिकेको कुरा प्रयोग गरिरहेको छैन । जानेको छ तर कक्षामा पुर्याएको छैन । यो एउटा ‘बौद्धिक भ्रष्टाचार’ हो । यसको खोजीगरौं र निचोडमा पुगौं ।
शिक्षक नियुक्तिको प्रचलित पद्धतिमा पहिलो आधार योग्यता हो । त्यसपछि तालिम र लाइसेन्स आदि पर्छन् । यसबारे केही द्विविधाहरू छन् । यसलाई सल्ट्याऔं । अनुगमनमा पनि समस्याहरू छन् । शिक्षक आपैंmले तालिम मागेको अनुभव छैन । किन माग्नुहुन्न थाहा छैन । यसको पनि खोजीगरौं । शिक्षक तालिमका कार्यविधिमा पनि कमी–कमजोरी होलान्, त्यसमा पनि सुधार गर्नु जरुरी छ । म दाबीका साथ भन्छु– ‘शिक्षाशास्त्र सङ्कायमा जति काम लगाइन्छ, हराम्रो १० महिने तालिममा त्यसको १०गुणा बढी हुन्छ ।’
सूर्यराज घिमिरे
प्रशिक्षक, शैक्षिक तालिम केन्द्र, काठमाडौं
‘विद्यार्थीलाई रराम्रोसँग सिकाउँछु’ भनेर तालिम लिन जाने शिक्षकको अभाव छ । यसैले गर्दा तालिमको प्रयोग कक्षामा हुँदैन । किनभने उसलाई त प्रमाणपत्र चाहिएको छ, बढुवा हुनु परेको छ । यसका लागि जसरी पनि ऊ तालिम लिन जान्छ । कक्षाकोठा सुधार गर्ने उसको लक्ष्य नै हुँदैन । तथापि दोषी शिक्षक मात्र छैन । सरकारलाई पनि तालिम प्राप्त शिक्षकको सङ्ख्या बढाउनु छ, उसले पनि जबरजस्ती तालिम दिइरहेको छ ।
शिक्षकमा मैले पढाएका विद्यार्थीहरू सचिव र डाक्टर भए भनेर आफूलाई ठालू ठान्ने प्रवृत्ति छ । सँगै शिक्षकमा हीनताबोधको समस्या पनि छ । ‘म केही जान्दिनँ, मलाई विनि र स्रोतव्यक्तिले घचघच्याए हुन्थ्यो’ भन्ने मनोवृत्ति छ । व्यवस्थापकीय तहमा समस्या देखि एको छ । विभिन्न देशको तुलनामा शिक्षामा जति लगानी हुनुपथ्र्यो, त्यति हुनसकेको छैन । अहिले लगानी कम हुँदा शैक्षिक सामग्रीको अभाव भएको स्थिति पनि छ । ‘पकेट बोर्ड चाहियो हेडसर !’ भन्दा ‘तुरुन्तै मैले कसरी दिनू’ भन्ने जवाफ शिक्षकले पाउँछ । एक मिटर कपडा नहुँदा ज्ञान गुनका धेरै कुरा हरू रुपान्तरण भएका हुँदैनन् । प्रअका पनि आफ्नै समस्या होलान् । त्यसैले राज्यले शिक्षामा लगानी बढाउनै पर्छ । तालिमको प्रयोगलाई प्रभावकारी बनाउनका लागि स्कूलको भौतिक पूर्वाधारमा पनि सुधार हुनुपर्छ ।
मलाई एकजना प्राध्यापकको भनाइ याद आउँछः ‘शिक्षक यस्तो होस्, जसको समाज मा नाम होस्, बदनामी नभएको होस्, खल्तीमा दाम पनि होस् ।’ उसले चाह्यो भने बजारमा काम पनि राम्रै पाओस् । प्रतिबद्ध मान्छे शिक्षक होस् । शिक्षकलाई तालिम त अनुभवी विद्वान्हरूले दिनुहुन्छ । तर, ठाउँ अनुसारका तालिम फरक–फरक छन् । जस्तो, मैले १० वर्ष खोटाङमा जागिर खाएँ । त्यहाँ मैले के देखेँ भने काठमाडौं र खोटाङको प्रशिक्षणमा भिन्नता छ । सुविधामा पनि भिन्नता छ । त्यसैले पनि तालिमको प्रयोगको पाटो फरक देखि एको हुन सक्छ ।
म शिक्षक हुँ । बाबुआमाले मकहाँ आफ्ना छोराछोरी पठाउँदा विद्वान् कहाँ पठाएका छौं भनेर ढुक्क भएका हुन्छन् । जस्तो हामी बोर्डिङ स्कूलकोगेटमा केटाकेटीलाई छोडेपछि ढुक्क हुन्छौं । सरकारी शिक्षकलाई विष्णुकै अवतार ठानिएको छ । तर, शिक्षकले यसलाई त्यही रूपमा लिएनन् । म त जागिरे पो हुँ त ! मैले किन गर्ने ? मैले नपढाए के हुन्छ र ? भन्ने जस्ता जागिरे मान सिकताका कारण पनि तालिम कक्षासम्म पुगेन । यस्तो मान सिकलाई शिक्षकले त्याग्नुपर्छ ।
प्रस्तुतिः प्रमोद आयाम



