शिक्षकमा हीनभावना नै मुख्य समस्या

तपाई स्कूलमा कस्तो विद्यार्थी हुनुहुन्थ्यो ?
हराम्रो स्कूलमा त उत्कृष्ट नै थिएँ ।

पहिलो पल्ट शिक्षक चाहिँ कसरी बन्नु भयो ?
कक्षा आठ पढिसकेपछि २०२२ सालमा फी तिर्नु नसकेर पढाइ रोक्नुपरयो । तिनताका कक्षा ९ को मासिक शुल्क रु. ३ थियो । त्यही पैसा पनि तिर्नु नसक्ने भएपछि कामको खोजी गर्दै थिएँ । यस्तैमा म आफैं पढेको– तत्कालीन महेन्द्र आदर्श प्राविमा अङ्ग्रेजी पढाउने शिक्षक चाहिएछ । निमावि तहको उत्कृष्ट विद्यार्थी भएकाले मलाई तत्कालीन प्रअ हीरालाल श्रेष्ठले बोलाएर शिक्षकको नियुक्ति दिनुभयो ।

अरू पढाइ चाहिँ कहिले र कसरी पूरा गर्नु भयो त ?
बिहान बेलुका हेडसर र हाईस्कूलका अरू शिक्षकसँग पढ्ने र दिउँसो प्रावि तहमा पढाउने काम गर्दै २०२८ सालमा एसएलसी पास गरें । २०३१ सालमा आईए प्राइभेट र २०३७ सालमा बीए उत्तीर्ण गरें । एमए चाहिँ धेरै पछि २०५४ सालमा गरें ।

तालिमले तपाईलाई केही दियो ?
धेरै कुरा दियो । स्कूलमा एक वर्ष जति पढाएपछि २०२४ सालमा काठमाडौंको लाजिम्पाटमा कलेज अफ एजुकेशनको १० महिने तालिम लिन गएँ । यो तालिमबाट केटाकेटीलाई प्रभावकारी तरिकाले कसरी शिक्षण गर्न सकिन्छ भन्ने कुरा सिकेँ । प्रयोगात्मक तरिकाले विद्यार्थीलाई पढाउने तरिकाहरू बारे रराम्रो ज्ञान पाएँ ।

तपाई त लामो समय प्रअ हुनुभयो । एउटा प्रअ कसरी सफल हुन सक्छ ?
म २०२८ साल देखि यही स्कूलको प्रअ रहिआएको छु । प्रअको सफलता नाप्ने एउटै आधार हो, स्कूलको सफलता । सबै शिक्षकहरूलाई रराम्रोसित पढाउन अभिप्रेरित गर्ने , व्यवस्थापकीय क्षमता र निष्पक्षता, निर्भीकता भएको व्यक्ति नै सक्षम प्रअ हुनसक्छ । तर त्यसको लागि प्रअभित्र स्कूल रराम्रो बनाउँछु भन्ने दृढ अठोट, इमान्दारी र लगनशीलता चाहिन्छ ।

एउटा शिक्षकमा हुनै पर्नेगुण ?
जन्म दिने बाउआमापछि दोस्रो जिम्मेवार र महत्वपूर्ण व्यक्ति हो शिक्षक । शिक्षक विद्यार्थीको मार्गदर्शक हो । विद्यार्थीको भविष्य निर्माता हो । त्यस्तो शिक्षक अनुशासित,गतिशील, सत्यवादी, ज्ञानी, लगनशील, इमान दार, प्रतिबद्ध र चरित्रवान हुनुपर्छ ।

स्कूलको स्तर उकास्न अब ध्यान दिनै पर्ने कुरा ?
यो विज्ञान र प्रविधिको युग हो । तर हाम्रा स्कूलहरूमा अझै पनि विज्ञान र कम्प्युटरको रराम्रो प्रयोगशाला छैन । केटाकेटीलाई घोकाएर होइन, अवधारणा बुझएर र व्यवहारमै अनुभूत गराए र शिक्षण गराउने कुरा मा विशेष ध्यान दिनु जरुरी छ । दोलखाकै रराम्रो विद्यालयमागनिएर पनि मैले मेरो स्कूलमा यी कुरा हरू अझै अपुग देखि रहेको छु । हराम्रो जत्तिको पनि पूर्वाधार नभएका स्कूलले यो विषयमा झन् ज्यादा ध्यान दिनु जरुरी देख्छु ।

शिक्षाको सुधारका लागि गर्नु पर्ने महत्वपूर्ण काम ?
विद्यालय र शिक्षालयमा दलीय राजनीतिक हस्तक्षेप नै शिक्षामा व्याप्त अव्यवस्था र बेथितिको मुख्य स्रोत र कारकतत्व हो । यसलाई निमिट्यान्न पारिनुपर्छ । हामी अहिले परीक्षामुखी हुँदै गएका छौँ । त्यसको बदलामा हामी गुणस्तर मुखी हुनुपर्छ । शिक्षक छनोटलाई प्रतिस्पर्धी बनाएर योग्य शिक्षक छान्ने कामलाई सुनिश्चित गरिनुपर्छ । शिक्षकहरूमा व्याप्त हीनभावनालाई हटाएर ‘हामी गर्न सक्छौं’ भन्ने आत्मविश्वास स्थापना गर्नु अति आवश्यक छ । हामी सबै मिलेर अठोटग¥यांै, इमान्दारी पूर्वक लाग्यौं भने यो काम गर्न सक्षम छौं ।

जीवनमा ‘मिस’ गरेको कुरा ?
‘फूल–टाइम’ विद्यार्थी भएर मज्जाले पढ्ने धोको चाहिँ अझै बाँकी छ । अहिलेसम्म ‘मिस’ गरेको मुख्य कुरा त्यही हो ।

अरू शिक्षकलाई के सुझाव दिन चाहनुहुन्छ ?
शिक्षकको काम विद्यार्थीलाई उत्तीर्ण गराउने मात्र होइन, चरित्रवान बनाउने पनि हो । ज्ञान दिन चाहिँ जस्तो शिक्षकले पनि सक्छ होला, तर चरित्रवान बनाउने काम चाहिँ त्यस्तो शिक्षकले मात्र गर्न सक्छ, जो आफैं चरित्रवान छ । त्यसैले हामी शिक्षकहरू चरित्रवान हुनै पर्छ । हामी समाज मा नमुना र अनुकरणीय व्यक्तिको रूपमा प्रस्तुत हुन सक्नै पर्छ । नत्र सही शिक्षक हुन सकिँदैन । हामी शिक्षकहरू विद्यार्थी र तिनको पढाइप्रति इमान दार हुनु आवश्यक छ । किनकि भावी समाज कस्तो बनाउने भन्ने कुरा हामीले आज कस्तो शिक्षा दिइरहेका छौँ भन्नेमा भर पर्छ ।

commercial commercial commercial commercial