‘हाम्रा’ होइन ‘राम्रा’ शिक्षक

जागिर दिने बेलामा रराम्रो मान्छे हेर्ने चलन हराइसक्यो भन्दा हुन्छ, सबैलाई हाम्रा (आफ्ना) भए पुग्ने भएको छ ।

करिब दुई वर्षअघिको कुरा हो, चर्चित र लोकप्रिय भारतीय टेलिभिजन कार्यक्रम इन्डियन आइडलमा दर्शकहरूको मतबाट कलाकार छानिने क्रम चलिरहेको थियो । एकपटक एकदमै रराम्रोगायकी भएकी एउटी कलाकार दर्शक मतका आधारमा बाहिरिइन् । त्यस दिन निर्णायकको कुर्सीमा बसेका कवि–लेखक जावेद अख्तरले दर्शकहरूसित साह्रै चित्त दुखाएर भने, “भारतीय लोकतन्त्रको बेहाल किन र कसरी भइरहेको छ भन्ने कुरा तपाईंहरूको मतदानको ढाँचाबाट देखि एको छ । तपाईंहरूगुण र क्षमता हेर्नु हुन्न । तपाईंहरू कुनै पनि व्यक्तिलाई नाता–सम्बन्ध, आफूसितको निकटता, उसले बोल्ने भाषा, उसको धर्म जस्ता कुरा बाट मूल्याङ्कन गर्नु हुन्छ र उसलाई पद वा पुरस्कार दिलाउनुहुन्छ । यसो गर्दा तपाईंलाई ठूलो बहादुरी गरें भन्ने लाग्दो हो । तर, यसको मूल्य तपाईंका सन्ततिले चुकाउनुपर्नेछ ।”

मान्छे छान्ने यो प्रवृत्तिले हराम्रो देशमा पनि नरराम्रोसँग जरागाड्न थालेको देखिन्छ । निर्वाचन गरेर जनप्रतिनिधि पठाउँदा होस् वा कुनै पुरस्कार का लागि मान्छे छान्दा– हामी राम्रा मान्छे भन्दा हाम्रा मान्छेलाई च्याप्न थालेका छौँ । अहिले यसको सबैभन्दा ठूलो समस्या जागिरको सन्दर्भमा देखि एको छ । जागिर दिने बेलामा रराम्रो मान्छे हेर्ने चलन हराइसक्यो भन्दा हुन्छ, सबैलाई हाम्रा (आफ्ना) भए पुग्ने भएको छ ।

यहाँ हराम्रो सन्दर्भ सधैँ झैँ शिक्षा र शिक्षक नै हो । समाज मा शिक्षकको ठूलो मर्यादा छ किनभने उनीहरू अरूको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने पेसाकर्मी हुन्, शिक्षक सबै पेसाको जननी हो । एउटा असल शिक्षकले समाज लाई बाटो देखाउन सक्छ र मुलुकलाई योग्य नागरिकहरू दिन सक्छ । तर, एउटा स्कूलमा एउटा मात्र शिक्षक पनि अयोग्य र प्रतिबद्धतारहित नियुक्त भयो भने त्यसले एउटा रराम्रो शिक्षकको ठाउँ मात्र ओगट्ने होइन, उसले खराब प्रवृत्ति र कुसंस्कारको थालनी पनि गर्छ ।

यो कुरा सबैलाई थाहा छ, तर अधिकांश मानिसहरू मौका पर्नासाथ ‘हराम्रो मान्छे’को मोहमा परेको देखिन्छ । बिडम्बना के छ भने, सरकारले वा प्रतिपक्षीले कतै आफ्नो मान्छे नियुक्त गरयो भनेर एकदमै आक्रोशित हुनेहरू नै मौका पर्नासाथ ‘हराम्रोवादी’ हुन पुग्छन् । अहिले शिक्षक नियुक्तिमा देखि एको हराम्रोपनको ताण्डवमा सरकारलाई दोष दिने ठाउँ थोरै छ (भए पनि त्यो असल नियम कानून बनाउन नसकेकोमा मात्र सीमित हुन्छ) र त्यो दोषमा म आफू कति भागिदार छु भन्ने कुरा मा हामी सबैले ध्यान दिन आवश्यक छ ।

यसमा दुईवटा पक्ष जिम्मेवार देखि एका छन्ः पहिलो वर्गमा पर्छन्, स्कूलहरूमा आफ्ना मान्छे घुसाउन खोज्नेहरू । सामान्यतया यसमा राजनीतिक दलहरू अगाडि देखिन्छन् । तर, भुक्तभोगी प्रधानाध्यापकहरूको भनाइ अनुसार जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरू पनि मान्छे घुसाउनमा कम छैनन् । उनीहरू आफ्नो आर्थिक, राजनीतिक वा व्यक्तिगत स्वार्थसिद्ध गर्नकै लागि निमुखा जनताका चिचिला छोराछोरीको भविष्य निर्माण गर्ने ठाउँमा कच्चा मिस्त्रीहरू पठाउँछन् भन्ने कुरा कसैबाट छिपेको छैन ।

तर, सबै दोष राजनीति गर्ने वा शैक्षिक प्रशासनको डाडुपन्यूँ लिएकाहरूको हो भनेर (त्यो पनि नसुन्ने गरी मात्र भनेर) उम्किन खोज्ने अर्को वर्ग पनि यसका लागि कम जिम्मेवार छैन । त्यो हो– शिक्षकवर्ग । आफूले पढाउने स्कूलमा अयोग्य व्यक्तिहरू नियुक्त भएर आउँदा सम्पूर्ण स्कूलको इज्जत, प्रतिष्ठा, शैक्षिक वातावरण र संस्कार बिग्रिन्छ भन्ने जान्दाजान्दै पनि बलमिच्याइँ सहने शिक्षकहरूले पनि अर्कातिर मात्र औँला देखाएर उम्किन पाउँदैनन् । प्रधानाध्यापक र अन्य शिक्षकहरूमा आफ्नो स्कूलमा गलत मान्छेलाई स्वीकार न गर्ने प्रतिबद्धता भएमा हस्तक्षेपकारीहरू स्वतः हतोत्साहित हुन्छन् । बिर्सनु नहुने कुरा के छ भने, अहिले शिक्षकको जागिर कानूनतः दह्रो छ र उनीहरूले असत्य र अनाचारका विरुद्धमा अडान राखेर नै त्यो दह्रोपनको सबभन्दा रराम्रो सदुपयोग गर्न सक्छन् ।

स्कूलहरूमा अयोग्य (वा कमयोग्य) शिक्षकहरू भित्रिनु भनेको उसले योग्य व्यक्तिको भाग खायो भन्ने कुरा मात्र होइन । मुलुकले अर्बौँ रुपैयाँ खर्चेका सरकारी/सामुदायिक स्कूलहरू राष्ट्रिय सम्पत्ति हुन् र त्यहाँ अयोग्य व्यक्तिहरू घुसाउनु भनेको राष्ट्रघात पनि हो । धेरैजसो शिक्षकका छोराछोरी पनि त्यहीँ पढ्छन् । कतिपय स्थानीय नेता कार्यकर्ता पनि आफ्ना छोराछोरीलाई ‘बोर्डिङ’मा पठाउने हैसियतमा पुगिसकेका छैनन् । निर्णय हराम्रो हो, पढाउने नाममा आफ्ना छोराछोरीलाई अयोग्य शिक्षकका हातमा दिने किगलत तरिकाले शिक्षक नियुक्त गर्ने परिपाटीको प्रतिवाद/प्रतिकार गर्ने ?

मान ौँ हाम्रा छोराछोरी सरकारी/सामुदायिक स्कूलमा पढ्दैनन् त्यसैले स्कूलमा जो आए पनि हामीलाई व्यक्तिगत रूपमा फरक पर्दैन । त्यसैले हामी स्कूलमा गलत मान्छे पसेको जान्दाजान्दै पनि प्रतिवाद गर्दैनौँ । यदि हामी यो विचार बाट चल्दैछौँ भने ठूलो गल्ती गर्दैछौँ । यसबाट हराम्रो नैतिक बलमा ठूलो क्षय हुन्छ । हामी राज्यले वा अरूले गरेकोगलत काम वागलत नियुक्तिको विरोध गर्न नैतिक अधिकारबाट समेत वञ्चित हुन्छौँ ।

commercial commercial commercial commercial