प्रतिक्रिया र सुझाव
धन्यवादसहित सुझाव
शिक्षक मासिकको १९औँ अङ्क (कात्तिक २०६६) मा प्रकाशित ‘स्कूल सुधार्ने नयाँ उपक्रम’ शीर्षकअन्तर्गत विश्लेषणमूलक सामग्रीहरू शिक्षाका नीति–निर्माता र बौद्धिक व्यक्तिहरूले अध्ययन गर्नै पर्ने लाग्यो । त्यस्तै लक्ष्मीप्रसाद देवकोटाको जन्म महिना कात्तिक भएको ले देवकोटासँग सम्बन्धित उनकै ‘शिक्षा’ निबन्ध र ‘महाकविको नेपाल’ विषयमा डा. तीर्थबहादुर श्रेष्ठको लेख पनि सान्दर्भिक छन् ।
‘महाकविको नेपाल’ विषयक लेखमा ‘नैरक्षिक मुलुक’, ‘नैरक्षिक प्रदेश ९त्चयउयअब िशयलभ०’ जस्ता शब्दहरूको बारम्बार प्रयोग भएको पाइयो । देवकोटाको ‘के नेपाल सानो छ ?’ भन्ने निबन्धमा पनि नैरक्षिक मुलुकहरू भन्ने शब्द प्रयोग भएको छ । तर, नैरक्षिक शब्दको अर्थ शब्दकोशमा भेटिन्न । त्यसैले यो शब्द नयाँ आगन्तुक वा प्राविधिक कुन शब्द हो ? या भुलवश यस्तो भएको हो कि ? यसबारेमा स्पष्ट पारिदिनुहोला ।
रामप्रसाद पाण्डेय (नेपाली)
श्री भगवती नमुना उमावि, मिर्मीदाव, स्याङ्जा
(टिप्पणीः ‘नैरक्षिक प्रदेश’ हामीले पनि हाल उपलब्ध शब्दकोशहरूमा फेला पार्न सकेनौँ । तर, संस्कृतमा ‘निरक्षः ’ को अर्थ भूमध्यरेखा हुन्छ र भूमध्यरेखा उत्तर वा दक्षिणका रातदिन बराबर रहने मुलुकहरूलाई निरक्षदेशः भनिन्छ । देवकोटाले निरक्षबाट नै नैरक्षिक बनाएका हुन् भन्ने हराम्रो बुझइ हो । मूल शब्द संस्कृत भएको र ‘इक’ प्रत्यय लाग्दा पहिलो अक्षरको इकार ऐकार हुने संस्कृतको सामान्य नियम अनुसार (उदाः विकल्प.वैकल्पिक) बनाइएको हुनाले वैयाकरणीय दृष्टिबाट पनि यो शब्द स्वाभाविक लाग्छ ।)
शब्दखेलमा अझै ध्यान पुगेन
कात्तिक महिनाको शिक्षक अङ्क समयमै हात परयो, खुसी लाग्यो । सबै सामग्री पठनीय र सङ्ग्रहणीय रहेछन् । तर पनि फुर्सदअन्तर्गतको शब्दखेलमा भएका गल्ती– ठाडो ९ मा सङ्कट वा दुः खद् अवस्थामा उद्धार गर्ने काम । बचाउको रक्षा हुन्छ, तेर्सो १३ मा नुनिलो पदार्थ नुन वा लवण हुन्छ । यदि ठाडो ९ को रक्षा भए तेर्सो १३ मा क्षार राख्नुपर्ने हुन्छ । तर, क्षारको स्वाद नुनिलो नभई टर्रो हुन्छ । नुनिलो पदार्थ कि नुन कि लवण हुनुपर्ने ।
साथै शिक्षक मासिक बढी राजधानी र सदरमुकामकेन्द्रित भए जस्तो लाग्यो । आक्कलझुक्कल बाहेक बाहिरी जिल्ला र गाउँका रिपोर्टहरू प्रकाशित हुँदैनन् । करिब एक वर्षसम्म मैले शिक्षक मासिक नियमितरूपले पढ्ने मौका पाएँ । तर, तनहुँ जिल्लामा शिक्षक ले राम्रा/खराब शिक्षक/विद्यालय भेटेको पाइनँ ।
चन्द्रमणि अर्याल
श्री मङ्गलोदय मावि, भानुमती–३, तनहुँ
रराम्रो लाग्यो
शिक्षक मासिकको २०६६ असोज (१८औं) अङ्कमा समाविष्ट सम्पूर्ण लेख, रचना सर्वोकृष्ट एवम् रोचक र उपयोगी लागे । रेडियो नाटक ‘देशलाई चाहिएका उत्तम सर’ शीर्षकको सामग्री मार्मिक लाग्यो ।
यो नाटक शृङ्खलामार्फत सम्पूर्ण शिक्षकहरूमा जिम्मेवारी र कर्तव्यबोधको सन्देश पुगोस् ।
करनसिंह सुतार ‘विवश’, बी.एड. दोस्रो वर्ष
सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढी, कैलाली
हुलाकमार्फत पुरस्कार पठाइयोस्
२०६६ असोज अङ्कका सबै सामग्रीहरू स्तरीय छन् । विशेष गरी जयप्रकाश श्रीवास्तवको ‘दश कक्षाको विज्ञानः सञ्चालन र मूल्याङ्कन कसरी गर्ने ?’ पठनीय लाग्यो । आउँदा अङ्कमा क्रमशः ‘नौ कक्षाको विज्ञान’, ‘आठ कक्षाको विज्ञान’ गर्दै प्रकाशित गर्न सकिएला ? यसो भएमा विज्ञान शिक्षण गर्न आउने नयाँ पुस्ताका शिक्षकलाई सहयोग मिल्नेथियो । फुर्सद, सुडोकु तथा अन्य स्तम्भमा सहभागी हुँदा पठनीय सामग्री नकाटिने व्यवस्था गर्नु भएको मा धन्यवाद । साथै; शिक्षकप्रति केही गुनासाहरू व्यक्त गर्न चाहन्छु । आशा छ, यसप्रति सुनुवाई हुनेछ ।
- ‘फुर्सद’का विजेतालाई पुरस्कार हुलाक मार्फत पठाउने व्यवस्था हुन सक्छ कि सक्दैन ? रु.१००० लिन काठमाडौँ आउँदा मेची वा महाकालीतिर का पाठकका करिब चार/पाँच हजार रुपैयाँ खर्च हुन्छ भने पाइन्छ जम्मा रु.७५० कर कटाउँदा ।
- ‘फुर्सद’को कुपन काटेर पठाउँदा पठनीय र सङ्ग्रहणीय सामग्री काटिने हुनाले इच्छा हुँदाहुँदै पनि सहभागी हुन पाइँदैन ।
चन्द्रमणि अर्याल,
दुलेगौंडा–९, तनहुँ
(टिप्पणीः परिचय, माध्यम र ठेगाना भरपर्दो लागेमा पुरस्कार पठाउन सकिन्छ । –सम्पादक)
समान ताको अभ्यास
समान ताको अभ्यास (सबैको तलब बराबर) २०६६ असोज अङ्कको समचारले साह्रै खुसीगरायो । धन्यवाद प्रभात मावि परिवारलाई । उक्त विद्यालयले सुरु गरेको समान ताको अभ्यास को अनुकरण अन्य विद्यालय एवं अझ् निजी विद्यालयले गर्न सके कस्तो हुन्थ्यो होला ?
सुरेश पौडेल
खिदिम–६, हरिबोट, अर्घाखाँची
तलबमान मिलेन
सरकारले हालै कर्मचारी तथा शिक्षकहरूको तलब वृद्धि गरेको छ । खरिदार (प्रावि तृतीय) को तलब ९,९०० र नायव सुब्बा (निमावि तृतीय वा प्रावि द्वितीय) को तलब १०,५६० कायम गरिएको छ । तलब वृद्धि कर्मचारीका हितका दृष्टिले हेर्दा अत्यन्त सकारात्मक कुरा हो । तर, रकम वृद्धि भए पनि मर्यादाका हिसाबले यो तलब वृद्धिले प्रावि तृतीय श्रेणीबाट बढुवा भएर द्वितीय श्रेणीमा पुगेका शिक्षकहरूलाई अन्याय गरेको देखि एको छ । २०४८ सालमा स्थायी हुने शिक्षकहरूमध्ये एकजना २०६२ सालमा बढुवा भई प्रावि द्वितीय श्रेणी हुने र अर्काे जना साविक प्रावि तृतीय श्रेणीमा कार्यरत भएको अवस्थामा अहिलेको तलब वृद्धिले चार वर्षअघि बढुवा हुनेको भन्दा बढुवा नभई तल्लो तहमा रहेको शिक्षकको तलब बढी हुने देखि यो । यो तथ्यलाई निम्न उदाहरणबाट स्पष्ट पार्न सकिन्छ ।
यो खाडल पुर्ने कसले हो ?
सरकारी विद्यालयका शिक्षक निजी विद्यालयका शिक्षक
सरकारी तलब र भत्ता सबैभन्दा कम तलब
स्थायी भए सञ्चय कोष, पेन्सन र अस्थायी भए स्थायी हुने आशा आज छ भोलिको टुङ्गो छैन, बिदामा पारिश्रमिक कट्टी
पेस्की, भत्ता,ग्रेड, काज, बिदा आदि प्रिन्सिपल, सञ्चालकको डर, धम्की,गाँसै बन्द हुने हो कि भन्ने त्रास
सक्षम, रराम्रो नातागोता र साथीमाझ् सफल उत्पत्ति नभएको , गरिबको छ ोरो, अन्त जागिर नभेट्टाएर आएको आदि ।
सरकारी विद्यालयका विद्यार्थी निजी विद्यालयका विद्यार्थी
नेपाली पढ्ने, टाइ बाँध्न नजान्ने अङ्ग्रेजी बोल्ने, सर्ट–पाइन्ट–टाई–जुत्तामा स्कूल जाने, बोल्न सक्ने
गरिबको सन्तान, मैलोधैलो स्कूल जाने, दुइटा किताब बोके हुने धनीको सन्तान, सफाचट पर्ने, झेलाभरी कापी, किताब र टिफिन बोक्ने
घरमा पढ्नु नपर्ने, गृह कार्य गर्नु नपर्ने गृह कार्य गर्ने
सुरेश पौडेल, खिदिम–६,
अर्घाखाँची, हालः बुटवल
शिक्षक ‘क’
स्थायी नियुक्ति मितिः २०४८ पुस
बढुवा मितिः २०६२/३/३०, हाल प्रावि द्वितीय श्रेणी, तलब स्केलः १०,५६०
ग्रेडः ६००, जम्मा तलबः ११,१६०
शिक्षक ‘ख’
स्थायी नियुक्ति मितिः २०४८ पुस
हाल प्रावि तृतीय श्रेणी, तलब स्केलः ९,९००ग्रेडः १३५८, (नयाँ ११००, पुरानो २५८) जम्मा तलब ११,२५८ सामान्यतया एउटा तहबाट अर्काे तहमा १०ग्रेड नपुगुञ्जेल भेट्न हुँदैन भन्ने मान्यता पाइन्छ । तर, खरिदार (प्रावि तृतीय) र नासु (प्रावि द्वितीय वा निमावि तृतीय) मा भने ५गे्रडले नै भेट्ने देखिन्छ । ५ पटक बढुवा हुने पियनले पनि खरिदारलाई भेट्न नहुने भन्नेगत वर्ष कुरा उठेको थियो । एउटै मितिमा नियुक्ति हुनेमा बढुवा भएर माथिल्लो तहमा पुगेको व्यक्तिको भन्दा बढुवा नभएर तल्लो तहमा रहेको व्यक्तिको तलब बढी हुन्छ भने योभन्दा हास्यास्पद कुरा अरू कुनै हुन सक्ला ? यस विषयमा अर्थमन्त्री तथा सम्बद्ध निकायको ध्यानाकर्षण गराउन चाहन्छु । यो गल्ती नजानेर भएको हो ? वा यस्तै बनाउन खोजिएको हो ? यसलाई सच्याउन आवश्यक छ वा छैन यो विषयमा शिक्षक मासिकमार्फत सम्बन्धित निकायबाट जवाफ पाउने आशा गर्द छु ।
जीतबहादुर कटुवाल
दुर्गा मावि, इटहरा, मोरङ
हामी शिक्षकः थरीथरीका
शिक्षक परिवर्तनकामी बन्नु पर्छ । आफू निरन्तर हरियाली, उर्वर, मलिलो भइरहँदा मात्र विद्यार्थीलाई विषयगत सन्तुष्टि दिन सकिन्छ । आफैं जब्बर बाँझे, रुखो, सुक्खा, ओभानो, प्रदूषित भएमा व्यक्तित्व अधोगतितिर जानु त छँदैछ; विद्यार्थी, विद्यालय तथा समुदायबाट तिर स्कृत हुन के बेर ! एउटा शिक्षक, शिक्षककै व्यक्तित्वबाट चिनिनुपर्छ; अन्य कामबाट होइन । मैले मेरा विद्यार्थीलाई सन्तुष्टि दिन सकेँ/सकिनँ, कुन विधिबाट क्रियाकलाप गर्दा विशिष्ट उद्देश्य प्राप्त हुन्छन् ? कसरी विद्यार्थीलाई सक्षम बनाउन सक्छु ? कठिनभन्दा कठिन विषयलाई कार्यमूलक अनुसन्धानद्वारा समाधान गर्छु भन्ने सोच जारी राख्नुपर्छ । एउटा शिक्षकको प्रमाणपत्र पाइसकेपछि दर्बिलो बनेर कार्य गर्नु पर्छ ।
शिक्षक साथीभाइहरूलाई मैले चाहिँ यसरी वर्गीकरण गरेको छुः
।िनष्ठावान् शिक्षकः आफ्नो पेसाप्रति पूर्ण बफादार रहने, शैक्षणिक कमजोरी पत्ता लगाई सुधार गर्ने , कार्यकुशलतामा विश्वस्त, चोर प्रवृत्ति धारण न गर्ने , अभिभावकसँग भेटघाट तथा परामर्श लिने/दिने, विषयवस्तुप्रति उच्च योग्यता तथा कौशल भएको शिक्षक हुनुको नाताले विविध शैक्षिक गुणले सम्पन्नशाली सामाजिक व्यक्तित्व जो आधुनिककाल अर्थात् वर्तमान राष्ट्रिय /अन्तर्राष्ट्रिय रूपमा उत्पन्न ज्ञान/सीपसँग परिचित हुने, उपल्लोस्तर को पाठक बन्ने विषय विशेषज्ञद्वारा प्रकाशित पुस्तक अध्ययन गर्ने , आफ्नो व्यक्तित्वलाई सुनौलो बनाइराख्ने, पुरातन सोचको अन्त्य गर्ने , विद्यालयमा नवीन संस्कृति निर्माण गर्ने ।
दलीय शिक्षकः परिवर्तनका लागि राजनीति अँगाल्नु, पाठ्यक्रम निर्माणमा सङ्घर्ष गर्नु उचित होला । कुनै दलका पछाडिगाँसिएर पेसा बिर्सने नहोला भन्न सकिन्नँ । राजनीतिसँग न गाँसिएको त वस्तु हुदैन तर दलसँग साइनो लगाउनु शिक्षणमा नसुहाउने हुनसक्छ । केसम्म भेटिए भने, शिक्षण कार्यलाई त्यागेर फलानो दलको फलानो व्यक्तिले चुनावमा नजितेसम्म दाह्री–जुँगा नकाट्ने, माइक तथा झेला बोकेर हिँड्ने, समुदायमा धमिलो असर पुरयाउने , मेरो अन्नदाता यही दल हो भन्ने सोच्ने ।
व्यापारी शिक्षकः शिक्षण प्रमुख कि व्यापार प्रमुख हो भनी नठम्याउने, यस्ता कार्यमा लाग्नु दलीय राजनीतिको उपहार पनि हो । वस्तु किनबेच गर्ने र नाफाघाटाको हिसाब गर्ने । व्यापारकेन्द्रित शिक्षक शिक्षणकेन्द्रित कम हुन्छ ।
चाप्लुसी शिक्षकः व्यक्तित्व आफैँले निर्माण गर्नु पर्छ । यसलाई फिका तथागाढा बनाउने जिम्मा आफ्नै हो । कसको सरकार, को मन्त्री, कुन शक्तिमा छ त्यसको कक्ष वरिपरि घुम्ने, जिशिअ, विनि, स्रोतव्यक्ति, विव्यससँग कुटिल तालमेल गर्ने प्रवृत्ति ।
घरप्रेमी शिक्षकः नेपाल सरकार, शिक्षा मन्त्रालयको नीति शिक्षकलाई घरपायकको व्यवस्था गर्ने रहेको छ । यसप्रति कुनै आपत्ति छैन । कतिपय घरपायक शिक्षकको सम्पूर्ण लगानी विद्यालयमा छ । तर, कतिपयको ध्यान भने शिक्षणतर्फ भन्दा आज मकै छर्नु छ, घाँस काट्नु छ, बाली सोहोर्नु छ, दाउरा काट्नु छ जस्ता विषयतर्फ बढी केन्द्रित देखिन्छ ।
जाँड शिक्षकः मादक पदार्थ नभई नहुने, कर्तव्य पतन गराउने, सेवा क्षेत्र वरपरका त्यस्ता व्यक्तिका प्रेरणा बन्ने, प्रतिष्ठागुमेको याद न गर्ने ।
पुरातन शिक्षकः सोचाइ, चिन्तन, आत्मामा नै नवीन प्रवेश निषेध गराउने, समाज /देश/विश्वमा कायापलट भएको होस नपाउने, यस्तै हो चल्दै जान्छ, मैले गरेर केही हुनेवाला छैन भन्ने मनसाय बोकेको ।
मेजबहादुर बुढा
सरस्वती मावि, जैर, हुम्ला
शिसेआका गतिविधि समेटियोस्
म शिक्षक मासिकको नियमित पाठक हुँ । यसभित्र हामी जस्ता कर्मठ शिक्षकहरूको लागि अत्यन्त उपयोगी सामग्रीहरू प्रस्तुत हुने गरेका छन् । यस्तै जीवनोपयोगी र बालसामग्रीहरूका साथै शिक्षकहरूका केही लेख–रचनाहरूले पनि स्थान पाऊन्; जसले गर्दा अन्य शिक्षकहरूलाई अझ् लगनशील र कर्मठ बन्न प्रेरणा मिलोस् । यस पत्रिकामा शिक्षक सेवा आयोगका गतिविधिहरू समेत प्रकाशित गर्न पाए अझ् उपयोगी हुनेथियो कि !
सन्तोष लामिछाने, शिक्षक
श्री लेकाली बसिफाँट मावि, नामटार, मकवानपुर
निजी स्कूलमा शिक्षकको शोषण
निजी स्कूलहरू सहर देखि गाउँसम्म धमाधम खुलिरहेका छन् । यस्ता स्कूलहरूको व्यवस्थापन, शिक्षण र सिकाइ स्तरीय देखिन्छ । विद्यार्थीहरूको स्तर पनि रराम्रो छ । तर, यस्ता स्कूलहरूमा शिक्षण गर्दै आएका शिक्षकहरूको परिश्रम र जिम्मेवारी ज्यादै ठूलो छ । तर, परिश्रमबापत विद्यालयले धेरै न्यून पारिश्रमिक दिने गरेका छन् ।
निजी स्कूलमा कार्यरत शिक्षकहरूको तलबमान , सुविधा कम्तीमा पनि सरकारी सरह हुनैपर्ने हो । जबकि परिश्रमको आधारमा हेर्दा सरकारीभन्दा बढी हुनुपर्दछ । यसको लागि निजी स्कूलहरूमा कार्यरत शिक्षकहरूको सङ्गठन र अन्य शिक्षक संघले हेर्नुपर्छ कि पर्दैन ? देशभरिका निजी स्कूलमा कार्यरत शिक्षकहरूको भविष्य पनि छैन, वर्तमान पनि छैन । तर, परिश्रम ज्यादै गर्नु पर्छ । उनीहरूलाई उपेक्षा गरिएको छ । यो कहाँसम्मको मिल्दो कुरो हो ? या त नेपाल सरकारले निजी स्कूल बन्दगरोस्, होइन भने त्यहाँतिर पनि नजर लगाओस् । सरकारी शिक्षकहरूको तलबमान , सेवा–सुविधा उल्लेख्य रूपमा विगतको भन्दा सान्दर्भिक र निकै सुधारात्मक छ । तर, सरकारी विद्यालयको पढाइको स्तर मा भने सुधार हुनसकेको छैन । सार्वजनिक विद्यालयका प्रत्येक शिक्षकहरूले गहिरोसित चिन्तन गर्नु पर्ने कुरा हो यो ।
हो, हाम्रा सार्वजनिक स्कूलहरूमा प्रशस्तै समस्या छन् । तर, एउटा शिक्षकलाई रराम्रोसित पढाउन कसैले रोकेको छैन । आफ्नो तर्फबाट सक्ने जति काम न गरेर अन्ततिर समस्या देखाउने प्रवृत्ति हावी हुन गएकोले यस्तो भएको हो । यो शिक्षकको नैतिक समस्या हो ।
निजी स्कूलहरूमा विद्यार्थी चाप बढिरहेको छ र सरकारी स्कूलहरू रित्तिँदैछन् । निजी स्कूलहरूको पढाइस्तर रराम्रो भएकै कारण यस्तो भएको हो । सरकारी स्कूलका शिक्षकहरूलाई सरकारले व्यर्थमा पालिरहेको छ । वास्तवमा खराब शिक्षकहरूलाई सेवाबाट मुक्त गराउने विशेष कार्यनीति तय गरिनु जरुरी छ ।
शिक्षक मासिकमा पनि निजी विद्यालय, निजी शिक्षकहरू सम्बन्धी कुनै पनि लेख, रचना, बहस, चिन्तन तथा रिपोर्टहरू नआउनु विडम्बना हो ।
रमेशप्रसाद जोशी
चौलानी निमावि,गोकुलेश्वर, दार्चुला
सही उत्तर मिलाउनेको नाम आओस्
शिक्षक मासिक पत्रिकामा विविध विषय माथि स्पष्ट चर्चा र शैक्षिक क्षेत्रका विविध मुद्दा, चुनौती, समाधान एवम् शिक्षण क्रियाकलाप सिकाइ क्रियाकलाप सम्बन्धमा पढ्न पाउनु हराम्रो भाग्य सम्झ्छु । त्यसमा राखिएका अन्ताक्षरी, शब्दखेलमार्फत धेरै शब्दको जानकारी पाउने अवसर मिल्दा नियमित पत्रिकाकोग्राहक बनी समस्या समधान गर्ने प्रयत्न गर्दै आएको छु । विजेता घोषणा गर्दागोलाप्रथा पनि असल पद्धति नै लाग्यो । तर, कम्तीमा सही उत्तर मिलाउनेहरूको नाम, ठेगाना पत्रिकामा उल्लेख गरिए सहभागी प्रतियोगीहरूमा ठूलो जोश जाँगर आउने थियो । यसमा विशेष ध्यान दिँदा कसो होला ?
घनश्याम आचार्य
श्री कालिका मा.वि., बाकार्चल–५, खोटाङ
‘जालीलाई राजनीतिक अपुताली’
दसौं अङ्क देखि नियमित रूपमा मेरो मस्तििष्क र हेराइको साथी बन्न सफल यस शिक्षक मासिकले हामी जस्ता शिक्षा क्षेत्रमा काम गर्नेहरूलाई मात्र नभएर देशमा रहेका सम्पूर्ण जनताहरूलाई शैक्षिक विश्लेषणको खबर प्रदान गरेकोमा मुरी–मुरी धन्यवाद टक्र्याउँदै आगामी अङ्कहरूको निरन्तर विकास र सम्मृद्धिको उत्तरोत्तर प्रगतिको कामना गर्द छु । शिक्षक मासिकका हरेक अङ्कहरू पठनीय र रोचक छन् । जाली प्रमाणपत्र धारी शिक्षकहरूको संरक्षण गर्न राजनीतिक दलको प्रभाव प्रत्यक्ष रूपमा देशभर व्याप्त छ । सोचेभन्दा बढी सङ्ख्यामा रहेका जाली शिक्षकबाट उत्पादित उत्पादनले भविष्यमा जाल भित्रको महाजाल बुन्न कति बेर लाग्ला र ? दलीय राजनीतिले संरक्षित ती शिक्षक देशको शैक्षिक विकास का पक्कै बाधक पात्र हुन् । शिक्षा क्षेत्रलाई समेत राजनीतिक छविले घेरेपछि सच्चा प्रमाणपत्रधारी शिक्षकको मेहनतलाई कुल्चने र दोषी बनाई पाखा लगाउने गरेकोमा सम्पूर्ण राजनीतिक दललाई यो प्रश्न गर्न सकिन्न र ? जालीलाई अझै कति दिइरहने राजनीतिक अपुताली ?
केदारप्रसाद पौडेल, राहत शिक्षक,
अमर्खुनिमावि, भूमेस्थान–३, धादिङ
निजी स्कूलका शिक्षकलाई पनि समेटियोस्
शिक्षक मासिक प्रकाशित भए देखि हरेक महिना नबिराई पढ्दै आएको छु । शिक्षकहरूका लागि मुलुकभित्रबाट प्रकाशित एक मात्र भएका कारण यसले विशिष्ट पहिचान कायम गर्न सफल भएको छ । यसखाले स्तुत्य कार्यका निम्ति शिक्षक मासिक परिवारलाई साधुवाद ।
शिक्षकहरूको पनि शिक्षक बनेर उदाएको यो पत्रिकाका पाठक सरकारी विद्यालयमा मात्रै नभई संस्थागत विद्यालयमा पढाउनेहरू पनि रहेका छन् । तसर्थ, निजी विद्यालयका शिक्षकका समस्या, विचार , अनुभव, लेख, रचना आदिलाई पनि पत्रिकाले समेटोस् भन्ने हराम्रो हार्दिक आग्रह छ ।
साथै, शिक्षकहरूका लागि अतिरिक्त क्रियाकलाप सञ्चालनमा टेवा पुग्ने सामग्री प्रकाशित गरिएमा आभारी हुनेथियांै ।
माधव अधिकारी
इन्टरनेसनल पब्लिक स्कूल,
महेन्द्रनगर, कञ्चनपुर



