जिम्मा निजी कम्पनीलाई
छनोट गर्ने कम्पनीहरूले उत्कृष्ट उम्मेदवारको मूल्याङ्कन विवरण दिने गर्द छन् । उम्मेदवारले चाहेमा आफैँ पनि आफ्नो मूल्याङ्कन विवरण हेर्न सक्ने व्यवस्था गरिएको हुन्छ । शिक्षकको बायोडाटा मात्रै हेर्नुको सट्टा शिक्षकको पूरा सीपको अध्ययन गर्ने कार्य ती कम्पनीहरूका परामर्शदाताहरूले गर्द छन् । छनोट सम्बन्धी सबै काम परामर्शदाताले गर्छन् ।
हामीकहाँ शिक्षक छनोट शिक्षक सेवा आयोगले गर्ने कि विद्यालयले गर्ने भन्ने विवाद अद्यापि जारी छ । तर विकसित देशहरूमा चाहिँ त्यस्तो विवाद समाप्त भइसकेको छ । त्यहाँ सरकार वा विद्यालयले होइन, सरकारी मान्यताप्राप्त निजी कम्पनीहरूलाई शिक्षक छनोटको काम दिइएको हुन्छ । पश्चिमका प्रायः देशहरूमा त्यहाँको प्रान्त तथा अन्य प्रशासनिक एकाईमा कार्यरत विभिन्न शिक्षक खोजिदिने सरकारी मान्यताप्राप्त एजेन्सीहरू हुन्छन् । विद्यालयले आफूलाई कस्तो योग्यता, क्षमता रगुण भएको शिक्षक चाहिएको हो, सो खुलाएर कम्पनीलाई पत्र पठाउँछ । सम्बन्धित विज्ञापनदाता कम्पनीमा शिक्षक हुन इच्छुक र योग्य व्यक्तिहरूबाट निवेदन पर्दछ । अनि प्राप्त बायोडाटालाई कम्पनीले सम्बन्धित विद्यालयलाई प्रारम्भिक छनोटका लागि पठाउँछ ।
जुन व्यक्ति जे विषयकालाई उपयुक्त हुन्छ, उसको बायोडाटा त्यही विद्यालयमा पठाइन्छ । प्रारम्भिक छनोटमा परेका मानिसहरूको विस्तृत योग्यता तथा क्षमता परीक्षण गर्ने काम कम्पनीले गर्छ । शिक्षक उपलब्ध गराउनु का अतिरिक्त त्यस्ता कम्पनीहरूले शिक्षकका दैनिक सहुलियतका विषयहरू, आंशिक शिक्षक पदपूर्तिका विषयहरू, भर्ना लगायतका शिक्षकको व्यवस्थापन अन्तर्गत पर्ने सेवाहरू प्रदान गर्द छन् । त्यस्तै भैपरी आउने कुरा हरूलगायत विद्यालय र शिक्षकहरूलाई चाहिने सहयोग उपलब्ध गराउन नियमित फलोअप गर्ने काम गर्द छ । तर विभिन्न देशहरूमा शिक्षक छनोट गर्ने नीतिमा चाहिँ एकरुपता नहुन सक्छ । एउटै देशको पनि प्रान्त अनुसारको नीति फरक हुन सक्छ ।
ती देशहरूमा शिक्षकको मूल्याङ्कन र त्यसको विवरणको पारदर्शिता उल्लेखनीय छ । छनोट गर्ने कम्पनीहरूले उत्कृष्ट उम्मेदवारको मूल्याङ्कन विवरण दिने गर्द छन् । उम्मेदवारले चाहेमा आफैँ पनि आफ्नो मूल्याङ्कन विवरण हेर्न सक्ने व्यवस्था गरिएको हुन्छ । शिक्षकको बायोडाटा मात्रै हेर्नुको सट्टा शिक्षकको पूरा सीपको अध्ययन गर्ने कार्य ती कम्पनीहरूका परामर्शदाताहरूले गर्द छन् । छनोट सम्बन्धी सबै काम परामर्शदाताले गर्छन् । विद्यालय व्यवस्थापन पक्षले शिक्षक छनोट भइसकेपछि को प्राविधिक कुरा हरू मात्र हेर्दछ । ती कम्पनीहरूले यसरी विद्यालयहरूलाई शिक्षक उपलब्ध गराए बापत पूर्णकालीन शिक्षकको एक महिनाको तलब र अन्य अल्पकालीन शिक्षकको लागि त्यही अनुसारको सेवा शुल्क लिन्छन् । देश र कम्पनीपिच्छे सेवा शुल्कहरू फरकफरक हुन्छन् ।
न्युजिल्याण्ड, जापान जस्ता देशहरूमा पनि पनि एक्सपर्ट एजेन्सीहरूमार्फत शिक्षकहरू छनोट हुन्छन् । कोरियामा पनि सियोल मेट्रोपोलिटन अफिस अफ एजुकेशनले विभिन्न एजेन्सीहरूलाई शिक्षक भर्ना गराउने जिम्मा दिएको छ । कोरिया कनेक्सन त्यहाँको शिक्षक व्यवस्थापन गर्ने महत्वपूर्ण एजेन्सी हो । शिक्षक आवश्यकताका विज्ञापनहरू प्रकाशित गर्ने र त्यस सम्बन्धी थप सूचनाहरू दिने विभिन्न देशका असङ्ख्य वेबसाइटहरू छन् । त्यस्तो वेबसाइटहरूले जापान, चीन, हङकङ, अस्ट्रेलिया सिङ्गापुर, भारतमा समेत ‘भ्याकेन्सी’ विज्ञापनमा सूचीकृत गरेको हुन्छ ।
अमेरिकाको चलन

अमेरिकामा शिक्षक छनोट गर्दा विद्यालय जिल्ला प्रतिनिधि (school district) विदेशमा गएर छनोट गरेर आफूले चाहेजस्तो शिक्षक ल्याउन सक्छ । प्रअ आफैँले भिडियो कन्फ्रेन्स, टेलिफोन, वेब क्याम्प प्रविधिमार्फत पनि विश्वव्यापी रूपमा उत्कृष्ट शिक्षकको छनोट गर्न सक्छन् । त्यहाँ सांस्कृतिक आदानप्रदान कार्यक्रममार्फत पनि शिक्षक छनोट गरिन्छ । यस्तो जाँचमा अङ्ग्रेजी जानेको हुनुपर्ने, बिएड र यसका अतिरिक्त सम्बन्धित विषयमा एउटा अन्डरग्य्राजुयट डिग्री हासिल गरेको हुनुपर्ने प्रावधान छ । तर प्रायः शिक्षकहरू स्नातकोत्तर र विद्यावारिधि गरेका हुन्छन् । तीन वर्षभन्दा बढी पढाएको अनुभव, विषयवस्तुको गहिरो ज्ञान र शिक्षण पेसाप्रतिको लगाव हुनुपर्ने प्रावधान पनि छन् । त्यसै गरी प्रत्येक विदेशी शिक्षकले आफू काम गर्ने राज्यबाट प्रमाणित हुनुपर्छ । त्यस्तो जाँचमा अधिकांश शिक्षकहरूले ९० प्रतिशतभन्दा बढी अङ्क ल्याएका हुन्छन् ।
शिक्षक भर्ती दिवस तथा सप्ताह
अमेरिकामा शिक्षक भर्ती गर्ने दिवसहरू नै तोकिएका हुन्छन् । विभिन्न राज्यका विद्यालय जिल्लाहरूले त्यस्तो दिवस मनाउने गरेका हुन्छन् । त्यस्तो भर्ती दिवसमा अनलाइन रजिष्ट्रेशन पनि हुने गर्द छ । पहिला आउनेलाई पहिलो प्राथमिकता अनुसार निवेदनहरू हेरिन्छ । व्यक्तिगत विवरण भए पुग्छ । योग्यताको प्रमाणपत्र र रेफ्री त्यति चाहिँदैनन् । शिक्षक भर्ना दिवस दुईदिने हुन्छ । विद्यालय जिल्ला (school district) ले नै अन्तर्वार्ताको मिति तोक्छ । त्यस्तो शिक्षक भर्ना दिवसमा प्रतिस्पर्धी हुनको लागि भर्खरै स्नातकमा भर्ना भएका देखि स्नातकोत्तर र विद्यावारिधिसम्मका प्रतियोगीहरू हुन्छन् । तर स्नातक विद्यार्थीको लागि निश्चितग्य्राजुयशन क्रेडिट आवर तोकिएको हुन्छ । त्यस्तो कार्यक्रममा आवद्ध विद्यालयहरूका उत्पादनले मात्र भाग लिन सक्छन् । सदस्य कलेजहरूबीच वार्षिक रूपमा आयोजना हुने यो कार्यक्रम सहभागी सदस्य कलेजहरूकाग्य्राजुयटहरूका लागि रोजगार अवसर दिने कार्यक्रम पनि हो ।
अनुसन्धानकर्ता लेडरम्यान र निस २००९ का अनुसार सन् १९२० तिर अमेरिकामा प्रभावकारी शिक्षककोगुण व्यक्तित्वगुणमा केन्द्रित हुन्थ्यो भने आजकल शिक्षण विधि, विद्यार्थीको सिकाइप्रतिको व्यवहार, प्रतिस्पर्धी, पेसागत निर्णय गर्ने क्षमता, शिक्षणविधि र विषयवस्तुको ज्ञानबीचको अन्तरक्रियामा केन्द्रित भएको छ ।
त्यसबाहेक त्यहाँ शिक्षक र विद्यालय सम्बन्धी समाचार र स्रोत सामग्रीहरू पनि राखिएका हुन्छन् । इमेलमार्फत विभिन्न देशका योग्यता पुगेका व्यक्तिहरूले दरखास्त हालेका हुन्छन् । अधिकांश देशका सरकारले विदेशी शिक्षकहरूको योग्यता प्रमाणीकरण गर्ने निकाय स्थापना गरेका छन् । त्यस्तै धेरैजसोले मान्यताप्राप्त शैक्षिक संस्थानहरूको सूचीकृत पनि गरेका छन् । त्यस्ता सूचीकृत संस्थानका उत्पादनहरूले उम्मेदवारी दिन सक्छन् ।
नर्वेको अनुभव उल्लेखनीय छ । त्यहाँको अनुभवमा शिक्षक छनोटको बेला जति कडा प्रक्रिया अपनाउन सक्यो त्यति गुणस्तरीय शिक्षक छनोट गर्न सकिन्छ । सुपरभाइजर अथवा अन्तरवार्ताकारकै गुणस्तर , तलब सुविधा, स्थानीय संस्कृति, पाठ्यक्रम, सामुदायिक पक्षहरूमा पेसागत विकास का अवसरहरू, शैक्षिक उपलब्धिको प्रमाण र अन्य कुनै पनि प्रभाव पार्ने पक्षहरू गुणस्तरीय शिक्षकलाई विद्यालयमा ल्याउने पक्षहरू हुन् भन्ने त्यहाँको अनुभवको सार हो ।
स्कटल्याण्डमा शिक्षक भर्ना गर्ने जिम्मेवारी स्थानीय निकायको हो । त्यहाँ पढाउन कुनै पनि उम्मेदवारले त्यहाँको शिक्षण परिषद्मा दर्ता भएको हुनुपर्छ । शिक्षणका लागि योग्यता नपुगेका र कम्तीमा सात वर्ष शिक्षण सेवा न गरेकालाई प्रोभिजिनल शिक्षकको रूपमा दर्ता गरिन्छ । त्यस्तै युरोपियन युनियनका सदस्य राष्ट्रहरूमध्ये कुनैबाट दक्ष शिक्षकको रूपमा मान्यता प्राप्तलाई स्वीकार गरिन्छ । विदेशमा तालिम लिएको छ भने पनि त्यहाँको सम्बन्धित निकायबाट पुनः मान्यता पाउनुपर्ने व्यवस्था छ । इङ्गल्याण्डकै बासिन्दा भए पनि त्यही नियम लागू हुन्छ । उनीहरूको पनि परीक्षणकाल हेरिन्छ ।
विकति देशमा शिक्षक र छनोट प्रक्रियाको गुणस्तर मा केन्द्रित भएको देखिन्छ भने विकास ोन्मुख देश संरचना अथवा प्रद्धतिकै बहसमा अल्मलिएको देखिन्छ ।
विभिन्न देशहरूमा छरिएर रहेका अन्तर्राष्ट्रिय स्कूलहरूको अन्तर्राष्ट्रिय सञ्जाल पनि बनेका छन् । ती स्कूलहरूमा शिक्षकको आदानप्रदान पनि हुन्छ । तिनीहरूबीच कार्यसञ्जाल छ । यसबाट विश्वका कुनै पनि देशका योग्य शिक्षक कुनै पनि देशको यस्ता अन्तर्राष्ट्रिय विद्यालयमा आफ्नो क्षमता बेच्न सक्छ । अन्तर्राष्ट्रिय रूपमा शिक्षण जागिरको अवसर युरोप र अमेरिकाको तुलनामा दक्षिण अमेरिका, मध्यपूर्व र एसियामा बढी देखि एको अध्ययनहरूले देखाएको छ ।
आन डुफेट र साथीहरूले सन् २००८ मा तयार गरेको शिक्षा सुधार प्रतिवेदन अनुसार विश्वव्यापी रूपमा शिक्षक युनियन सार्वजनिक विद्यालय र शिक्षकको प्रतिर क्षा गर्ने गरेको छ । विकसित देशका युनियनहरूले शिक्षकको गुणस्तर मा सम्झौता गर्दैनन् तर विकाशोन्मुख देशमा शिक्षक नियुक्तिका प्रत्येक प्रक्रियामा युनियन र राजनीतिक दलको नकारात्मक हस्तक्षेप देखिन्छ ।ग्लोबल पुभर्टी रिसर्चगु्रपको वेबसाइटमा उल्लिखित लखनऊ विश्वविद्यालयका प्रोफेसर मोहमद मुजामिलले भारतमा गरेको अध्ययन अनुसार शिक्षक पृष्ठभूमिबाटै राजनीतिको उपल्लो तहमा पुगेका नेताहरूले शिक्षक र युनियनलाई राजनीतिकरण गर्ने गरेको र त्यही राजनीतिकरण शिक्षक छनोटसम्म पुग्ने गरेको देखाएको छ ।
जेम्स एच स्ट्रोन्ज र जेनिफर एल हिन्डम्यानको टिचरक्वालिटी इन्डेक्स नामक प्रसिद्ध पुस्तकमा भनेका छन्, सर्वप्रथम शिक्षकको गुणस्तर सूचक बनाउनुपर्छ र छनोट गर्नु पर्छ । शिक्षक छनोट सम्बन्धी लेखमै पनि थोमस केरस्टेन लेख्छन्ः विद्यालयको सफलताको लागि उत्कृष्ट शिक्षक छनोटभन्दा महत्वपूर्ण केही छैन ।
शिक्षक छनोट गर्ने सन्दर्भमा विकसित देशहरूले सूचनाप्रविधिलाई बढी उपयोग गरेको देखिन्छ भने नेपाल जस्ता विकास ोन्मुख देशहरू सरकारी विद्यालयहरूको सन्दर्भमा परम्परागत कर्मचारी प्रणाली र प्रक्रियामै अल्झ्रिहेको देखिन्छ । साथसाथै विकसित देश शिक्षक छनोट प्रक्रियामा शिक्षक र छनोट प्रक्रियाको गुणस्तर मा केन्द्रित भएको देखिन्छ भने विकासोन्मुख देश संरचना अथवा प्रद्धतिकै बहसमा अल्मलिएको देखिन्छ । यस्तो देखि नुको एउटा मुख्य कारण भनेको विकास ोन्मुख देशले आवश्यकता अनुसार कक्षाकोठामा शिक्षक पुर्याउन नसक्नु हो ।
युरोपको औद्योगिक क्रान्ति तथा अमेरिकामा आएको खुल्ला बजार र पूँजीवादी अर्थतन्त्रको लहरसँगै श्रम व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन शुरु गरिएको हो । शिक्षक आपूर्ति गर्ने सवालमा भने त्यस्ता कम्पनीहरू असीको दशक देखि आएका देखिन्छन् । त्यस्ता कम्पनीहरू त्यहाँको कम्पनी ऐनअन्तर्गत नै दर्ता हुन्छन् । कतिपय नगरपालिका, स्कूल, जिल्ला, शिक्षा कार्यालयहरूसँग पनि अनुमति लिएका र सहकार्य गरेका हुन्छन् । गुणस्तर देखाएर बजार लिने स्थापित मूल्यमान्यता भएकाले त्यस्ता कम्पनीहरू आफ्नो गुणस्तर कायम राख्न लागिपरेका हुन्छन् । तैपनि स्कूल जिल्ला र स्थानीय नगर, राज्यका शिक्षा सम्बन्धी निकायहरू, कर कार्यालयहरूले त्यस्ता कम्पनीको अनुगमन र सहकार्य गर्ने गर्छन् ।



