स्कूल समुदायलाई नै दिनुपर्छ
तपाईंको विचार मा शिक्षण पेसा के हो ?
मैले पढाउन थालेको ३० वर्ष भयो । यो अवधिमा मैले शिक्षण पेसालाई समाज प्रति समर्पित एउटा सेवामूलक पेसाको रूपमा बुझेको छु ।
अरू पेसामा नलागेर किन शिक्षक नै बन्नु भयो ?
बुबा भारतीय सेनामा भएकाले मैले भारतमा शिक्षा हासिल गर्ने अवसर पाएँ र त्यहाँ धेरै शैक्षिक संघ–संस्थामा संलग्न पनि रहेँ । त्यसैले मलाई शिक्षण पेसामा प्रवेशगरायो ।
शिक्षकको रूपमा तपाईंको सबल पक्ष के हो ?
कुनै काम आँटेपछि त्यसलाई जसरी पनि पूरा गरेरै छाड्छु । यो नै मेरो सबल पक्ष हो जस्तो लाग्छ । म कलेज पढ्दा गुरुहरूले भन्नुहुन्थ्यो, “लक्ष्य निर्धारण गरेको काम पूरा गर्न अटुट इच्छाशक्ति आवश्यक पर्छ ।” यही भावनाबाट म शिक्षण पेसामा निरन्तर क्रियाशील छु ।
तपाईंका कमजोरी पनि त होलान् नि ?
कमजोरी नभएका त मान्छे नै हुँदैनन् । ममा पनि कमजोरी छन् । आँटेका काम पूरा नहुँदा अलि निराश हुनु सायद मेरो कमजोरी हो । तर, म निराश भएर त्यसै बस्दिनँ । फेरि नयाँ जोश र जाँगरका साथ काम थाल्छु र त्यसलाई पूरा गर्ने कोसिस पनि गर्छु ।
हेडमास्टर भएपछि स्कूल सुधार्न के–के गर्नु भयो ?
२०५६ सालमा प्रअ भएपछि समन्वयात्मक ढङ्गले काम गर्ने परम्पराको थालनी गरें । त्यसपछि स्कूलको ‘रिजल्ट’ पनि उकालो लाग्यो । एसएलसी नतिजा नै ९९ प्रतिशतसम्म पुगेको छ ।
शिक्षक बनेर जीवनमा के पाउनुभयो ?
शिक्षक बनेर धेरै कुरा पाएको छु । तीमध्ये सबैभन्दा महत्वपूर्ण चाहिँ सामाजिक पहिचान हो । यो पेसाले मलाई समाज मा चिनारी दिएको छ । आज म जुन स्थानमा छु, यो सबै शिक्षण पेसाकै देन हो ।
शिक्षक भएर केहीगुमाए जस्तो लाग्छ ?
निष्ठापूर्वक काम गरे मागुमाउने कुरा केही पनि हुँदोरहेनछ भन्ने अनुभूति भएको छ, बरु दिन सकिन्छ ।
पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । शिक्षणभन्दा सम्मानित पेसा अर्को केही छैन ।
सार्वजनिक स्कूलको पठनपाठन कसरी सुधार्न सकिन्छ ?
सरकारी स्कूलको पढाइ सुधार्ने काममा सबैभन्दा महत्वपूर्ण भूमिका हेडमास्टरकै हुन्छ । प्रअले आफ्नो जिम्मेवारी पूरा गर्न छाडेपछि स्कूलका दुर्दिन सुरु हुन्छन् । त्यसैले प्रअले इमान दारीपूवर्क काम गर्नु पर्छ । हेडमास्टरले स्कूलका शिक्षकसँग समन्वय गरेर अघि बढ्नुपर्छ ।
तपाईंको विचार मा असल शिक्षकमा हुनुपर्ने पेसागतगुण के हुन् ?
असल शिक्षकमा नभई नहुने पहिलो गुण हो– अनुशासन । विद्यार्थीलाई अनुशासनमा राख्नुअघि शिक्षक आफू अनुशासित हुनुपर्छ । पेसाप्रति सधैँ वफादार रहनु पर्छ । आफूले रराम्रो काम गरेर देखाउनुपर्छ । यसबाट शिक्षण पेसालाई नै मर्यादित बनाउन सहयोग पुग्छ । शिक्षकले विद्यार्थीसँग लचिलो र बेलाबेलामा कठोर हुन पनि जान्नुपर्छ ।
स्कूलमा अनुशासन कायम राख्न छडीको प्रयोग कत्तिको गर्नु भयो ?
हुन त मनोवैज्ञानिक तवरले विद्यार्थीलाई नियन्त्रण गर्नु पर्छ भनिन्छ । तर, हराम्रो देशमा मनोवैज्ञानिक ढङ्गले मात्रै अनुशासन कायम गर्न सकिँदैन । सुरुमा सम्झउने हो, सम्झउँदा मानेनन् भने दुई/चार थप्पड लगाउनै पर्छ । फेरि केही अभिभावकले पनि छोराछोरी नपिटी तह लाग्दैनन् भन्छन् । यसको अर्थ शिक्षकले विद्यार्थीलाई माया न गर्ने भन्ने चाहिँ होइन ।
शिक्षण पेसामा आउन चाहनेका लागि तपाईंको के सुझाव छ ?
रराम्रो शिक्षक बन्ने अठोट गर्नु स् । शिक्षण नै सामाजिक सेवाको भरपर्दो माध्यम हो । यो जत्तिको सम्मानित र मर्यादित पेसा अरू छैन । मुलुकको विकास मा शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।
शिक्षकले राजनीति गर्नु हुन्छ कि हुँदैन ?
शिक्षक राजनीतिबाट पूरै अलग रहन सक्दैन । तर, राजनीतिको नाममा स्कूलको पठनपाठन बर्बाद पार्ने र शिक्षकबीचगुटबन्दी गर्ने परिपाटीचाहिँ एकदमैगलत हो ।
स्कूल समुदायमा हस्तान्तरण गर्ने सरकारी नीतिका बारेमा के भन्नुहुन्छ ?
स्कूल व्यवस्थापनमा जबसम्म अभिभावक/समुदाय सक्रिय हुँदैन, तबसम्म स्कूल सुदृढ हुन सक्दैन । विद्यालय समुदायमा हस्तान्तरण हुँदा नै व्यवस्थापन चुस्त हुन्छ । यसको सफल उदाहरण मेरै स्कूल बनेको छ । शिक्षकका पेसागत संस्थाले समुदायमा विद्यालय हस्तान्तरण गर्ने सरकारी नीतिको विरोध गरेर यसलाई राजनीतिक मुद्दा मात्रै बनाइरहेका छन् ।
प्रमोद आयाम



