झ्टारो हानेको त पुरस्कार पो पाइएछ !

कति भयो पढाउन थाल्नुभएको ?
२०३५ सालमा फिदिम माविमा स्टोर किपरको काम पाएँ । २०३६ सालमा एसएलसी उत्तीर्ण गरे पछि स्थायी शिक्षकमा नियुक्ति पाएँ । अहिले पनि त्यही स्कूलमा कक्षा ५ सम्मलाई पढाउँदैछु । पढाउन थालेको नै ३० वर्ष भयो ।

शिक्षक भएको मा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छु । कक्षामागीतगाएर, नाच–गान गराउँदै अक्षर चिनाउने गर्छु । पढाउँदा पढाउँदै धेरै बालगीतहरू पनि लेखेकी छु । ‘हाम्रागीतहरू’ नामक बालगीतको पुस्तक त प्रकाशित पनि भएको छ ।
तपाइँले लेख्नुभएको ‘आज हामी साना फूलका कोपिला...’ बोलको दुई कक्षाको कक्षागतगीत बनेछ नि ?
२०५० सालमा शिक्षा विभागले कक्षागतगीतहरू पठाउन आह्वान गरेको थियो । आँखा चिम्लेर झ्टारो हानेको त छनोटमै परेछ । रु.५ हजार पुरस्कार पनि पाइयो ।

विद्यार्थीलाई कत्तिको थप्पड लगाउनुपर्छ ?
मैले लट्ठी कहिल्यै बोकिनँ । र, थप्पड पनि हानेकी छैन । कहिलेकाहीँ उद्दण्डता ठीक पार्न कान समातेर उठबस भने गराए की छु । कन्सिरी तान्ने र सामान्य पिटपाट त विद्यार्थीकै भलाइका लागि पनि आवश्यक हुन्छ ।

बढाउने बाहेक अरू के–के गर्नु हुन्छ ?
विद्यालयको समयपछि महिला समूहहरूगठन गर्ने लगायतका चेतनामूलक कार्यमा सरिक हुँदै आएकी छु । नारी विकास संघ, मानव अधिकार चेतना र विकास केन्द्र (हुडेक) नेपाल जस्ता संस्थाहरूमा पनि आवद्ध छु । शिक्षक नभएको भए शायद यस्तै सामाजिक काममा लागिन्थ्यो होला ।

राजनीतिमा चाहिँ कत्तिको रुचि छ ?
मलाई मन पर्दैन । राजनीतिको ‘र’ पनि उच्चारण गर्द िनँ । शिक्षकले राजनीति गर्नु हुँदैन, रुचि र चासो भए पनि त्यो सीमाभित्र हुनुपर्छ । शिक्षकको जागिर खाएर भविष्यका सन्ततिलाई दिने समय राजनीतितिर लगाउनु उचित हुदैन ।

तपाईको आदर्श शिक्षक ?
मेरो न्वारान गर्ने अनि विद्यालयमा मलाई पढाउने र सँगै शिक्षणसमेत गर्नु भएका फिदिमकै रामचन्द्र तिम्सिना मेरा आदर्श हुन् । हाल उहाँ ८० वर्ष पुग्नुभएको छ । उहाँको पढाउने शैली एकदम रराम्रो लाग्थ्यो ।

पत्रपत्रिका र पुस्तक कत्तिको पढ्नुहुन्छ ?
कक्षामा पढाउनका लागि किताबी ज्ञानले मात्रै पुग्दैन । त्यसैले धेरै पत्रपत्रिका तथा समाज र साहित्य बुझाउने पुस्तकहरूको अध्ययन गर्छु । विद्यार्थीहरूलाई सच्चा नागरिक बनाउन पनि बाहिरी खुराकहरू दिन जरुरी हुन्छ ।

शिक्षक भएर ध्यान दिनुपर्ने कुरा के के हुन् ?
बालबालिकाको मनोविज्ञान बुझनु परयो । कक्षामा कस्ता क्रियाकलाप गर्दा उनीहरू खुशी हुन्छन् र अध्ययनमा चाख लिन्छन् भन्नेकुरा मा बढी ध्यान दिनुपर्छ ।

अरू शिक्षकलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ ?
शिक्षकले किताबी ज्ञान मात्र लिएर हुदैन, बाहिर समाज र संसारको अध्ययन पनि जरुरी हुन्छ । अन्य पुस्तक, पत्रिका पढेर चाखलाख्दा र नयाँ समाचार कक्षामा सुनाए सबै विद्यार्थीको प्रिय बन्न सकिन्छ ।

शिक्षक भएको मा कहिलेकाहीँ पछुतो पनि लाग्छ कि ?
त्यस्तो त लाग्दैन । अझ् धेरै पढ्न पाएको भए झन् केही गर्न सकिन्थ्यो भन्ने भइरहन्छ । एसएलसीपछि क्याम्पसमा खुट्टा त हालें तर बच्चा हुर्काउने एवं घरव्यवहारले गर्दा पढाइ अघिबढ्न सकेन ।

परिवारबाट कत्तिको सहयोग पाउनुभएको छ ?
ससुरा तीर्थराजगौतम पाँचथर मेलबोटेमा शिक्षक हुनुहुन्थ्यो । श्रीमान् माधवप्रसादगौतम पनि फिदिम उमाविमै शिक्षक हुनुहुन्छ । हराम्रो पारिवारिक माहोल नै शिक्षणमय भएको ले शिक्षक भएर काम गर्न कुनै अप्ठ्यारो परेन ।

डम्बरकृष्ण श्रेष्ठ

commercial commercial commercial commercial