जागिर होइन शिक्षण

तपाईं स्कूलमा कस्तो खालको विद्यार्थी हुनुहुन्थ्योे ?
१८ वर्षको उमेरमा, २०२० सालमा छोरी जन्मिएपछि अक्षर चिनेको हुँ । त्यसको दुई वर्षमा कक्षा सात पास गरें । अनि कक्षा ८, ९ र १० चाहिँ लगातार पढेर अक्षर चिनेको पाँच वर्षमा एसएलसी पास गरें । म आफ्नो कक्षाको जान्ने विद्यार्थी नै थिएँ ।

कलेज कसरी पढ्नुभयो नि ?
काठमाडौंमा कलेज अफ एजुकेशनमा चार वर्ष पढेर बीएड उत्तीर्ण गरें । त्यसपछि आफैं पढेको स्कूलमा आएर शिक्षक बनेँ । एमए चाहिँ धेरैपछि २०५३ सालमा गरें ।

हेडमास्टर भएर स्कूलमा के कस्तो सुधार ल्याउन सफल हुनुभयो ?
स्कूललाई रराम्रो बनाउन समर्पित भएर लागिपरियो । गाउँले, अभिभावक, विद्यार्थी र अरू शिक्षकहरू सबैले काठ–ढुङ्गा बोकेर रराम्रो भवन बनाइयो । अनि शैक्षिक गुणस्तर उकास्नका लागि पनि सकेजति प्रयत्न गरियो र सफल पनि भइयो । खेलकुदमा पनि धेरै पछि सम्म जिरी स्कूलको नाम चलिरहेको थियो । आफैंले आफ्नो बारेमा प्रशंसा गर्नु त्यति उचित होइन । मेरो कामको बारेमा दोलखाका तिनताकाका अरू मानिसलाई सोध्दा रराम्रो हुन्छ ।

शिक्षक बनेकोमा वा शिक्षक भएर गरेको कुनै कामबाट पछुतो भइरहेको छ ?
छैन । एकदम खुशी छु । समाज का लागि रराम्रो काम गर्न सकेकोमागौरवबोध गरिरहेको छु । विगतमा गरेका कामहरू सम्झ्ँदा अहिले झन् धेरै आनन्द र सन्तुष्टि मिलिरहेको छ । मैले जे गर्न सक्थेँ, गर्नु पथ्र्यो, त्यो गरें; गरिरहेको छु भन्ने लाग्छ ।

शिक्षक छाडेर किन सांसद् हुनुभयो ?
दुई–चार पल्ट जेल गएको, पार्टीको जिल्ला कमिटिको सदस्य भएको र चुनाव जित्न सजिलो हुने भएकाले होला, २०४८ सालको संसदीय चुनावमा एमालेले दोलखाबाट मलाई उम्मेदवार बनायो । मैले चुनाव जितेँ । सामाजिक आर्थिक रुपान्तरणका लागि जुन ‘स्पिरिट’मा काम हुनुपथ्र्यो, त्यो हुन सकेन । चुनावमा जनतासँग गरिएको बाचा पूरा हुन नसक्ने देखेपछि नैतिक रूपमा सांसद पदमा बस्न ठीक लागेन । अनि मैले पार्टीबाटै राजीनामा दिएँ ।

सांसद् पद छाडेपछि के गर्नु भयो ?
मैले शुरु देखि काम गरेको जिरी माविलाई उच्च मावि बनाउन फेरि लागिपरेँ । बनाइयो पनि । अहिले स्कूल राम्रै चलिरहेको छ । उच्च माविमा म आफैं पनि शिक्षक छु । बिहान त्यहाँ पढाउने र दिउँसो आफ्नै पहलमा घरछेउमा खोलिएको निजी स्कूललाई समय दिन थालेँ ।  २०५८ सालमा माओवादीले बन्द गर्नु अघि त्यो स्कूल पनि रराम्रोसित चलेको थियो ।

तपाईंको अनुभवमा शिक्षक के रहेछ ?
आदर्श र व्यावहारिक दुवै व्यक्तित्व हो, जसले केटाकेटीलाई भविष्यमा ऊ कस्तो व्यक्ति बन्नेछ भन्ने कुरा निर्धारण गर्छ । शिक्षक समाज को निर्माता हो । भावी समाज कस्तो बनाउने भन्ने कुरा मुख्यतया शिक्षकमै भर पर्छ । त्यसैले जो व्यक्ति शिक्षक बन्छ, उसले अन्तरात्मा देखि नै आफूलाई रराम्रो शिक्षक बनाउन र स्तरीय शिक्षाको निम्ति समर्पित गर्नु पर्छ । पैसा या अरू कुरा को पछि लाग्नु हुँदैन । तर दुर्भाग्यवश धेरै शिक्षकहरूमा यस्तो समर्पणभावको कमी देखिन्छ ।

के गरियो भने तपाईंले भने जस्ता शिक्षक बन्लान् ?
धेरै मानिसहरू जागिर खानका लागि यो पेशामा आएका छन् । तर शिक्षक पेशा जागिर होइन । यो त जीवनको मिसन हो भन्ने भावना भएका र दक्ष मानिसलाई मात्र यो पेशामा आउने वातावरण बनाउनु पर्छ । नीतिगत निर्णयका अलावा व्यवहारबाट पनि राज्यले त्यस्तो भावनाको विकास गराउनु पर्छ । आजको युगमा रराम्रोसितगुजारा गर्न सक्ने तलब र अतिरिक्त रराम्रो गर्नका लागि प्रोत्साहनका विभिन्न योजनाहरू लागू गर्नु पर्छ ।  

राम्रा शिक्षक किन निराश भएका होलान् ?
आफूले रराम्रो गर्दा गर्दै पनि सरकार र समाज ले सो अनुरुप व्यवहार न गरिदिएकाले उनीहरूमा निराशा आएको हो । तर मेरो विचार मा उनीहरू निराश हुनुपर्ने कारण छैन । किनभने प्रतिकूल परिस्थितिमा पनि शिक्षकको भूमिका राम्ररी निर्वाह गर्दा त्यहींबाट सन्तुष्टि मिल्छ । त्यसैलेगर्व बोधगराउँछ । अरूले प्रशंसागरुन् वा नगरुन् त्यसको पछि लाग्ने होइन, आफूले ठीक गरें कि गरिनँ भनेर सोच्नुपर्छ । ठीक गरेको छु भन्ने कुरा ले आत्मसन्तुष्टि दिन्छ । मुख्य कुरा त्यही हो । राम्रा शिक्षकहरूले यो कुरा लाई गहिरोसित मनन गर्नु पर्छ र आत्मसन्तोष लिनुपर्छ । पद र पैसा कमाउने काम शिक्षकको होइन । यदि कसैलाई यस्तो चाह छ भने उसले शिक्षक छाडेर राजनीति वा व्यापारतिर लागे हुन्छ ।

commercial commercial commercial commercial