प्रतिक्रिया र सुझाव

कृष्ण सरको सही पाइला !
नेपाल शिक्षक युनियनका अध्यक्ष कृष्णप्रसाद ढकालले आफ्नो लेख (शिक्षक साथीहरू अब सच्चिऊँ, अङ्क १६, साउन २०६६) मार्फत आजका राजनीतिक प्राणी शिक्षकहरूलाई जुन दिशामा डो¥याउन खोज्नुभएको छ, त्यो जस्तो पुण्य काम उहाँको बाँकी जीवनमा अरू हुन नसक्ला । उहाँको तेस्रो आँखा वा दिव्य–दृष्टि खुल्न थालेको बुझन्छि । उहाँ शिक्षकबाट गुरुमा रुपान्तरण हुन खोज्दै हुनुहुन्छ भन्ने लेखले देखाउँछ । लेखले तराईतिर चल्तीमा रहेको ‘देर आए दुरुस्त आए’ भन्ने उखान पनि सम्झनागरायो । साथै यो पनि विचार आयो कि तपाईंलाई चिन्नेले यो लेख पढेर तराईतिर नै भन्ने गरिएको एउटा अर्को कहावत पनि भन्न बाँकी नराख्लान्– ‘सौ चुहा खाके बिल्ली चली हजको !’
जेहोस् लेख मर्मस्पर्शी तथा यथार्थपरक छ र कृष्ण सरका शिक्षक साथीहरूको बुद्धिको बिर्को खोल्न उपयुक्त छ । म अनुरोध गर्न चाहन्छु यस्तो पुण्य कामलाई अभियानकै रूपमा निरन्तरता दिइयोस् ! किनकि एउटा लेख मात्र शिक्षकहरूमा लागेको राजनीतिको दाग रगन्ध सफा गर्न पर्याप्त हुदैन । सहयोग चाहिन्छ भने हामी तयार छौं ।
लेखमा एउटा कुरा अनुत्तरित छ– के कृष्ण सरले अब स्वयम्सेवकको रूपमा राजनीति गरी खेर फालेको समय बराबर फेरि आफ्नो सिन्धुलीको विद्यालयमागई पढाउने काम गरी प्रायश्चित गर्नु होला ?

प्रकाशसिंह अधिकारी
अध्यक्ष , सामुदायिक विकास प्रवर्तन केन्द्र

prakashsa004@hotmail.com

उपयोगी विचार

शिक्षक युनियनका अध्यक्ष कृष्णप्रसाद ढकालको ‘स्व–आग्रह’ एकदम रराम्रो लाग्यो । शिक्षण पेशालाई एकातर्फ निष्पक्ष पेशाका रूपमा लिइन्छ भने अर्कोतर्फ शिक्षासँग नै राजनीति पनि जोडिएको हुन्छ । एउटा डाक्टरले बिरामीको उपचार पार्टीगत रूपमा गर्न थाल्यो भने बिरामीको भविष्य अन्धकार हुन्छ । त्यस्तै, एउटा शिक्षकले विद्यार्थी वा समाज र विद्यालयका नियमित कामलाई पार्टीगत स्वार्थमा हे¥यो भने धेरै विद्यार्थी वा पुस्ताकै भविष्य अँध्यारो हुन्छ । त्यसैले शिक्षकहरू पार्टीमा भन्दा पेशाप्रति तन र मनले समर्पित भए कसो होला ?

नरेन्द्रबहादुर बोहरा
स्याँडी–५, नाडा, बझङ

दोहोरो चरित्र नदेखाउने कि !

शिक्षक युनियनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद ढकालले शिक्षकहरूलाई सच्चिन गर्नु भएको आग्रह मननीय छ । तर, उहाँ नेकपा एमालेको बुटवल महाधिवेशनमा प्रतिनिधि भएर जानुभएको घटना धेरै पुरानो भएको छैन । सार्वजनिक दायित्वमा रहेका व्यक्तिहरूले दोहोरो चरित्रका कुरा गर्दा विश्वसनीयता घट्छ । शिक्षकको भेषमा आफू एमालेको राजनीति गर्न पछि नपर्ने अनि अरूलाई राजनीति गर्नु हुँदैन भन्नु उचित होइन । रराम्रो काम आफैंबाट थाल्दा अरूले अनुसरण गर्छन् ।

रतिराज शर्मा, काठमाडौं
shreeraƟ @gmail.com

ढकालको स्पष्टीकरण

एमालेको बुटवल महाधिवेशनमा म गएको हुँ । त्यतिबेला म नेपाल शिक्षक युनियनको अध्यक्ष थिइनँ । मैले युनियनको अध्यक्ष भएपछि शिक्षक र शिक्षालाई राजनीतिबाट मुक्त गर्नु पर्छ भन्ने अभियान थालेको हुँ । शिक्षकको राजनीतिक आस्था हुन्छ तर उसले पढाउन छोडेर राजनीतिमा बहकिनुहुन्न भन्ने मेरो मान्यता हो ।

कृष्णप्रसाद ढकाल, अध्यक्ष
नेपाल शिक्षक युनियन

अस्थायीलाई निकाल कि स्थायीगर !

शिक्षक को अङ्क १५, असार २०६६ मा छापिएको अस्थायी शिक्षक सम्बन्धी रिपोर्ट ज्यादै मार्मिक लाग्यो । यथार्थ हो; स्थायी शिक्षकहरू ‘मैले स्कूलमा आएर नपढाए पनि अथवा लामो बिदामा बसे पनि कसैले केही गर्न सक्दैन’ भन्ने ‘आत्मगौरव’का कारण अध्यापनमा अल्छी र बेवास्ता गर्छन् । अस्थायी शिक्षकहरू चाहिँ स्थायी भइहालिन्छ कि भन्ने आशा र आफूलाई कुनै बहानामा सेवाबाट हटाइन्छ कि भन्ने त्रास बोकेर गोरुझै जोतिन बाध्य छन् । अस्थायी शिक्षकहरूलाई प्रक्रिया पुर्याएर स्थायी गर्ने विषयमा थुप्रै पटक सहमति र कार्यदलका प्रतिवेदनहरू सार्वजनिक भएका छन् । अयोग्यताका कारण अस्थायी रहेका हुन् भने त्यस्ता शिक्षकहरूलाई तुरुन्त अवकाश दिन र योग्यलाई प्रक्रिया पूरा गरेर स्थायी गर्न ढिलो भइसकेको छ । नीति निर्माताको यसमा ध्यान पुगोस् ।

कमला राजभण्डारी
गुराँस निमावि, खोटाङ

प्राविमा सबै महिला शिक्षक

महिला प्रअको भूमिका र सफलता (शिक्षक अङ्क १५, असार २०६६) ले नेपाली महिलाहरू असक्षम छैनन् भन्ने देखाउँछ । महिला प्रअले चलाएका विद्यालय प्रायः सबै सफल र सुधारको अवस्थामा रहेको देखिन्छ । त्यसैले अब नेपालको प्राथमिक शिक्षालाई सुधार्ने हो भने प्रावि तहमा पूरै महिला शिक्षक राख्ने प्रावधान ल्याउनुपर्छ । कानूनमै प्राविमा योग्य, दक्ष र क्षमतावान् महिला शिक्षक अनिवार्य राख्ने व्यवस्था गरिहाल्नुपर्छ ।

कृष्णा ओली (बटाला)
लोक कल्याण प्रावि, आठबीसकोट–७, रुकुम

बेथिति रोक्न सकिएला ?

शिक्षक असार अङ्कमा ‘खराब शिक्षक स्कूलका क्यान्सर’ शीर्षक पढ्न पाउँदा खुशी लाग्यो । अयोग्य शिक्षकले विद्यार्थीको भविष्य अन्धकार बनाउँछ । उस माथि राज्यले गरेको लगानी खेर जान्छ । त्यसैले खराब शिक्षक स्कूलको क्यान्सर नै हो । राजनीतिले यस्तो क्यान्सर बढाएको छ । विद्यालयको व्यवस्थापन समिति जुन पार्टीको पकडमा छ सोही पार्टीका कार्यकर्तालाई शिक्षक बनाउने गरेका धेरै उदाहरण हराम्रो अछाम जिल्लामा पाउन सकिन्छ । आफ्नो पार्टीको कार्यकर्तालाई शिक्षक हुन अध्यापन अनुमति नभए पनि हुने अनि प्रतिस्पर्धाविना नियुक्ति गर्ने गरिएको छ । यस्तो बेथितिको समाधान छ त ?

हर्क खड्का ‘असफल’
बीएड, त्रिपुरा सुन्दरी क्याम्पस, अछाम

राधिका मावि परिवारलाई बधाई !

‘धम्मवती धम्माचारिया’को आवरण अङ्कित जेठ २०६६ को अङ्कमा ‘बुद्धः एक सफल शिक्षक’ सम्बन्धी लेखमा इतिहासलाई राम्ररी उत्खनन् गरिएको छ । अमेरिकी राष्ट्रपति ओबामाको ‘शिक्षकमा निर्भर छ अमेरिकाको भविष्य’बाट हामीले पनि धेरै पाठ सिक्न सक्छौं । ‘नवीन माविको नवीन शैली’, ‘नेत्रहीन शिक्षकः अँध्यारोबाट उज्यालो छर्दै’ जस्ता खोजमूलक रिपोर्ट पठनीय लागे । ‘एउटा बेग्लै स्कूल’ अति उत्कृष्ट लाग्यो । २०२५ सालमा खुलेको मोरङको उर्लाबारीस्थित राधिका माविको अनुसरण सम्पूर्ण सरकारी विद्यालयले गर्नु आवश्यक छ । आखिर गरे के हुदैन भन्ने कुरा को ज्वलन्त उदाहरण दिनसक्नु भएको मा उक्त माविका प्रअ दिलीप राईको प्रयासलाई कदर गर्नैपर्छ । राधिका माविका सबै शिक्षकवर्ग एवं विद्यालय व्यवस्थापक समितिलाई बधाई !

श्रीकृष्ण थापा
शीतलपाटी–६, गाउँखर्क, सिन्धुली

‘शिक्षक’का लागि शिक्षक !

शिक्षक शिक्षकका लागिगतिलो पत्रिका बन्न सफल भएको छ । २०६६ जेठ अङ्कको आवरणमा थरीथरीका शिक्षक सम्बन्धी तीतो यथार्थ उठाएकोमा शिक्षकलाई धन्यवाद ! लवप्रसाद त्रिपाठीको विचार पनि मननयोग्य जस्तो त लाग्यो तर शिक्षक युनियनलाई सधैं सबैले गुरु नथापेकोमा उहाँलाई चिन्ता लागेजस्तो छ । उहाँलाई नै सोध्नुपर्ला– युनियनले आम शिक्षकहरूको हक, हित र अधिकारको सवाललाई जोडतोडले उठाउन सकेको छ ? शिक्षकहरूको पक्षमा उसले लडेका लडाइँहरूको फेहरिस्त कति लामो छ ? युनियनले सरकारको इशाराभन्दा बाहिर आम शिक्षकको पक्षमा काम गरे जस्तो मलाई लाग्दैन ।

साथीसुधा
जालपा निमावि, बादेल, खोटाङ

महिलालाई घरपायक !

शिक्षक मासिक (अङ्क ११, फागुन २०६५)मा छापिएको ‘शिक्षक घरपायक होइन, स्कूल पायक बन्नु पर्छ’ भन्ने समाचार अत्यन्त सान्दर्भिक लाग्यो । बालबालिकाहरू आमासँग बढी रत्तिने हुँदा महिला शिक्षकहरूलाई घरपायक बनाउनुपर्ने मेरो सुझाव छ । शिक्षक भएको ले मलाई पनि परिवार र छोराछोरीबाट टाढिएर बस्नुपरेको पीडा छ । त्यसैले, महिला शिक्षकलाई घरपायकको व्यवस्था गरियोस् ।

सुषमा देवकोटा
शिक्षक, सरस्वती उमावि, सल्यान

न्याय खोज्न म कहाँ जाऊँ ?

म विगत ३५ वर्ष देखि निरन्तर शिक्षण पेशामा छु । हाल म ५६ वर्षको भएँ । शारीरिक र मान सिक दुवै रूपमा तन्दुरुस्त छुु ।
म २०५५ साल माघ १ गते प्रावि द्वितीय श्रेणीमा बढुवा भएँ । प्रावि प्रथम श्रेणीमा बढुवाको लागि प्रकाशित विज्ञापन नं. ००१/०६४/०६५ अनुसार जिल्ला शिक्षा कार्यालय कालीकोटमा फाइल पेश गरेको थिएँ । तर, मभन्दा कनिष्ठ, २०३९ साल साउन १७ गते अस्थायी नियुक्ति भई २०४६ साल असार ३० गते स्थायी नियुक्ति पाएका अर्का उम्मेदवारलाई बढुवाको लागि सिफारिस गरियो । सो पदमा बढुवाको लागि सिफारिस हुन शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र शिक्षक सेवा नियमावली २०५७ ले निर्धारण गरेका सबै आधारहरू पूरा भएकै कारणले मैले बढुवाको लागि फाइल पेश गरेको थिएँ । जिशिका कालीकोटको सिफारिस चित्त नबुझी मैले भक्तपुरस्थित शिक्षक सेवा आयोगको कार्यालयमा उजुरी दिएँ । तर, मैले न्याय पाउन सकिनँ । मैले सो कार्यालयमा बुझदा मेरो २०५९ साल देखि २०६३ सालसम्मको आन्तरिक मूल्याङ्कन फारम जिशिकामै दर्ता न गरी तत्कालीन प्रअले अन्याय गरेको बुझनि आयो ।

लोकप्रिय शिक्षक मासिकमार्फत म सम्पूर्ण चेतनशील वर्गलाई प्रश्न गर्द छु कि तत्कालीन प्रअको पक्षपाती, अन्यायपूर्ण र गैर जिम्मेवार कामको सजाय मैले किन र कसरी भोग्नु ? शिक्षक सेवा आयोगले छानविन गर्दा किन दूधको दूध पानीको पानी छुट्याउन सकेन ? मैले न्याय कहाँबाट पाउने ?

बिन्दमान बिष्ट, शिक्षक, जनप्रभात मावि, श्रीकोट, लालु, कालीकोट

यसो गरे अझ रराम्रो हुन्थ्यो !

१.    कुनै विषयमा पाठकको विचार समेटी उत्कृष्ट विचार लाई पुरस्कृत गर्ने जस्ता कार्यलाई निरन्तरता दिने ।
२.    शब्दखेल र अन्ताक्षरी एउटै पानामा भएको ले एउटा काट्दा अर्को पनि काटिने हुँदा त्यसलाई अलग–अलग ठाउँमा राख्ने ।
३.    शब्दखेल, अन्ताक्षरी, सुडोकु र सामान्यज्ञानमा सहभागी भई उत्तर मिलाउने सबैको नाम उल्लेख गर्ने ।
४.    शिक्षकको प्रत्येक पानाको अन्त्यमा विशिष्ट व्यक्तिहरूको शिक्षा सम्बन्धी कथन राख्ने ।

कमलप्रसाद फुँयाल
नेत्रकाली उमावि, आँपडाँडा, सिन्धुली

सफल शिक्षकका असफल जीवन कथा खै ?

बग्रेल्ती पत्रिकाहरूको भीडमा शिक्षक मासिक एउटा पृथक् पत्रिकाको रूपमा स्थापित भएको छ । शिक्षकका निम्ति त यो झन् अन्धकारमा उज्यालो र भीरमा बलियो जरा समान भएको छ । शिक्षकहरू वास्तवमै पीडित छन् । विशेष गरी प्राइभेट स्कूलमा अध्यापन गर्ने शिक्षकका पीडाको पहाड त उक्लिनसक्नुको छ । यस्तो परिप्रेक्ष्यमा यस पत्रिकाले अनिश्चित भविष्यका तीता यथार्थहरू प्रशस्त नउठाएको जस्तो लाग्यो । सयौं विद्यार्थीको भविष्य श्रम पसिनालेगोडी राष्ट्रका संवाहक नागरिक निर्माण गर्ने शिक्षकको खै समाज मा इज्जत, खै राष्ट्रले देखाएको सदासयता र खै सुनिश्चित भविष्य ! आगामी अङ्कमा सफल शिक्षकका असफल जीवन कथा पनि पढ्न पाइयोस् र शिक्षकका समस्याहरूलाई टड्कारो रूपमा उठाइयोस् ।

ध्रुव कँुवर, टीकापुर–९, कैलाली

शिक्षक भर्तीः अझै कति खेलबाड गर्ने ?

कडा प्रतिस्पर्धाको आधारमा स्वच्छ र निष्पक्ष रूपमा योग्य र कर्तव्यनिष्ठ शिक्षक छनोट गर्नका लागि करिब एकदशक अगाडि शिक्षक सेवा आयोगगठन गरियो तर त्यो आयोगलाई शिक्षक छनोट गर्ने मूल जिम्मेवारीबाट वञ्चित गरी शिक्षक बढुवा र शिक्षण लाइसेन्स विवरणमा सीमित राखिएको छ ।

शिक्षक नियुक्तिको जिम्मेवारी विद्यालय व्यवस्थापन समितिलाई दिएर विद्यालयलाई राजनीतिक भर्तीकेन्द्र जस्तो बनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिले प्रतिस्पर्धा नै न गराईगोप्य रूपमा सबै प्रक्रिया पुर्याएर जस्तोसुकै भए पनि आफ्नो मान्छे नियुक्त गर्ने गरेका छन् । यस्ता कार्यमा विरोध गर्ने कतिपय प्रधानाध्यापक र शिक्षकहरू असुरक्षित महसूस गरिरहेका छन् । यस्ता कार्यले विद्यार्थीहरूको भविष्यमा ठूलो धक्का पुगिरहेको छ । प्रावि र निमाविको राहत कोटाको विज्ञापनमा बीएड र एमएड गरेका उम्मेदवारहरू असफल तथा एसएलसी गरेर १० महिना तालिम प्राप्त उम्मेदवार सफल भई जागिर पाएका कैयौं विडम्बनापूर्ण उदाहरणहरू हराम्रो जिल्लामा छन् । यस्ता कार्यहरूबाट योग्य उम्मेदवारको मनोविज्ञानमा कस्तो असर परेको होला ? विद्यालयको अवस्था के होला ?

अहिले विद्यालय बेरोजगार उत्पादन गर्ने फ्याक्ट्री बन्दैगइरहेका छन् । यसमा सुधार हुने सङ्केत पनि देखि एको छैन । शिक्षक सेवा आयोगलाई संवैधानिक निकाय बनाएर शिक्षक नियुक्तिको सिफारिस र बढुवा गर्ने जिम्मा पूर्ण रूपमा दिँदा धेरै सुधार हुने आशा गर्न सकिन्थ्यो । तर, यसबारे कुनै चासो छैन । थप दुर्भाग्य के छ भने अब बन्ने नयाँ संविधानमा प्रस्ताव गरिएका ११ वटा संवैधानिक निकायभित्र पनि त्यसमा शिक्षक सेवा आयोगको नाम छैन । राष्ट्रका लागि चाहिने आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्य वर्तमान शिक्षा प्रणालीबाट सम्भव छैन । त्यसैले यतातिर सबैको ध्यान जाओस् भन्ने मेरो हार्दिक कामना छ ।

धीरेन्द यादव
शिक्षक, श्री ने.रा.प्रा.वि. पिप्राढी– ६, बारा

आँट छ प्रतिस्पर्धा गर्ने ?

सामुदायिक विद्यालयहरूको शैक्षिक स्तर बारे सबैतिर चिन्ता व्यक्त गरिएको पाइन्छ । धेरैले स्रोत र साधनको अभावलाई

दुरवस्थाको प्रमुख कारण मान्ने गरेका छन् । तर, मेरो विचार मा खास कारण अरू नै छन् ।
सैद्धान्तिक रूपमा विद्यालयहरू समुदायको जिम्मामा लगाउनु सराहनीय हो । तर, देशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई हेर्दा यो अवधारणा आफैंमा प्रत्युत्पादक भएको छ । व्यवस्थापन समितिले गर्ने अधिकार दुरुपयोग रोक्ने प्रभावकारी निकायको अभावले सामुदायिक विद्यालयहरूको भविष्य माथि ठूलै अनिश्चितता थपिदिएको छ ।

जनताका छोराछोरीलाई शिक्षा दिने भनिए तापनि गाउँ– गाउँमा खोलिएका माध्यमिक विद्यालयहरूको भित्री रहस्य अर्कै छ । ‘मेरो पालामा स्कूल खोलेँ’ भन्नकै निम्ति पनि कतिपय विद्यालय खोलिएका छन् भने, धेरै स्थानमा गाउँका नेता र दादागिरी गर्न सक्नेका छोराछोरी, बुहारी एवं नातेदारहरूलाई जागिर खुवाउन स्कूल खोलिएको छ । यस्ता विद्यालयमा पढ्ने गरिब विद्यार्थीहरूले पनि पैसा तिर्नुपर्छ । गाउँमा भएका सामुदायिक वन तथा गाविस लगायतका संस्थाहरूबाट यस्ता शिक्षकहरूलाई तलब खुवाउन रकम जम्मा गरिन्छ ।

यसरी नियुक्त गरिएका शिक्षकहरूबाट रराम्रो शैक्षिक स्तर को कल्पना गर्नु को कुनै अर्थ छैन । किनकि यस्ता विद्यालयमा पढेका विद्यार्थीहरूले न त आजको श्रमबजारमा आफूलाई दक्ष कामदारको रूपमा स्थापित गराउन सक्छन् न ‘जिन्दगीमा पढिएन त के गर्ने ?’ भनेर चित्त बुझाउन पाउँछन् ।

गाउँका जेहेन्दार विद्यार्थीलाई बाहिरका राम्रा विद्यालयहरूमा पढ्न जानबाट रोक्ने र गाउँमा राम्ररी नपढाइदिने कुसंस्कारको सिकार बनेका छन् धेरै स्कूलहरू । एकातर्फ योग्यता र दक्षता नभएका व्यक्तिहरू विभिन्न कोटामार्फत जागिरे भएर सयौँ विद्यार्थीहरूको भविष्य बर्बाद पारिरहेका छन् भने अर्कोतर्फ योग्यता भएका व्यक्तिहरू कि त खाडी मुलुकहरूमा पलायन हुन बाध्य छन् कि त शहरका प्राइभेट स्कूलहरूमा कम तलबमा पढाइरहेका छन् । त्यसैले एसएलसीको परिणाम नसुध्रनुमा शिक्षकहरूकै हात रहेको छ । तर, यो तथ्यलाई शिक्षक संघ, सङ्गठन एवं सरकार स्वीकार गर्ने पक्षमा छैनन् ।

कसैलाई कसैले ‘तँ अयोग्य’ भन्ने अधिकार नभए पनि प्रवेशिका परीक्षाको नतिजाले सामुदायिक विद्यालयका शिक्षकहरूलाई अयोग्यताको प्रमाणपत्र थमाइदिएको छ । जागिरे बन्ने रहरमा आफ्नो अयोग्यतालाई बेवास्ता गरेर ‘स्वतः स्थायी हुनुपर्छ’, ‘हामी राष्ट्रसेवक हौँ’ भन्ने शिक्षकहरूमा यदि नैतिकता छ भने उनीहरूले राष्ट्रिय प्रतिस्पर्धामा उत्रेर शिक्षक बन्ने आँट गर्नु उत्तम हुन्छ । त्यसनिम्ति सरकारले प्रत्येक वर्ष लोकसेवा आयोग जस्तै निष्पक्ष आयोगमार्फत शिक्षक नियुक्तिका निम्ति खुला परीक्षा लिने व्यवस्था गर्नु पर्छ ।

तारादेवी अधिकारी
शक्तिखोर चितवन

पैसा होइन शैक्षिक सामग्री

हामी राजधानी देखि टाढा बस्ने पाठकहरूलाई समयमा शिक्षक पत्रिका उपलब्ध नहुने समस्या छ । त्यस्तै पुरस्कार पनि हामीहरूका लागि ‘आकाशको फल आँखातरी मर’झै भएको छ । पहिलो कुरा त उत्तर जानेर पनि समय बितिसकेको हुनाले पठाउन सकिँदैन भने अर्कोतिर उत्तर पठाइहाल्दा पनि दुई–चार दिनको मात्र म्याद हुन्छ जुन समयमा हुलाकमार्फत चिठी पुग्न असम्भव हुन्छ । त्यसैले नेपालभरिका निजी तथा सरकारी सम्पूर्ण विद्यालयहरूलाई ग्राहक बनाएर पत्रिका वितरण गर्नु भए रराम्रो हुनेथियो कि ? त्यस्तै विजेतालाई पैसाभन्दा पनि शैक्षिक सामग्री पुस्कार दिँदा उचित हुन्छ जस्तो मलाई लाग्छ ।

लीलावल्लभ खतिवडा
शिक्षक, खुदुनाबारी–८, झपा

(टिप्पणीः सुझावका निम्ति खतिवडाजीलाई धन्यवाद ! उत्तर पठाउने म्याद दुई–चार दिन मात्र हुन्छ भन्ने तपाईंको गुनासो एक वर्षअघि गरेको भए सही हुन्थ्यो, अहिले होइन । किनभने त्यसनिम्ति झण्डै डेढ महिनाको समय दिने गरिएको छ । उदाहरणको लागि भदौ अङ्कमा सोधिएका प्रश्नको जवाफ तपाईंले असोजको २० गतेसम्म पठाउन सक्नुहुन्छ ।–सं.)

आत्मविश्वासको जग

शिक्षक मासिक मेरो लागि पथप्रदर्शक बनेर आएको छ । मैले शिक्षण पेशामा यसबाट धेरै फाइदा लिएकी छु । यसले ममा आत्मविश्वास बढाएको छ । जुन आत्मविश्वासले मलाई रराम्रो शिक्षक बनेर समाज मा स्थापित हुने लक्ष्यसम्म पुग्न धेरै सहयोग गर्ने छ भन्ने ठानेकी छु । यसमा सबै पाठ्यक्रमका विषयहरूले ठाउँ पाउन् जसले गर्दा शिक्षकहरूलाई पनि शिक्षक मासिकप्रति धेरै लगाव रहोस् ।

कल्पना लिगल
छालिङ्ग–२ कालीटार, भक्तपुर

चुट्किला, मुक्तक पनि राख्नुपरयो

शिक्षक मासिक पत्रिका सम्पूर्ण शिक्षकहरूको रराम्रो साथी बन्दै गएको छ । अझ् यस पत्रिकाभित्र कक्षा–शिक्षण कार्यमा सहयोग पुग्ने तथा विद्यार्थीहरूलाई उत्पे्ररणा जगाई शिक्षण सिकाइ कार्यप्रति जगारुक बनाइराख्नको निम्ति प्रयोगमा आउने खालका कथा, कविता, चुट्किला,गीत, मुक्तक, चित्रबाट फरक छुट्याऊ जस्ता कुरा हरूको साथै शैक्षिक सामग्रीमा प्रयोग हुने खालका विभिन्न चित्रहरू यसमा समावेश गर्न पाए मलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई ‘सुनमा सुगन्ध’ थपेजस्तो हुनेथियो ।

वीरेन्द्र महतो, रवीन्द्र महतो
शिक्षक, कालीदेवी प्रावि, खैराङ–८, मकवानपुर

गैर रैथानेको कुरा बढी आओस्

हराम्रो जस्तो अशिक्षित समाज मा एकजना शिक्षकले थुपै्र समस्या भोग्नुपर्छ । शिक्षकले जसका बालबालिकाहरू शिक्षित बनाउनुछ तिनै अभिभावकहरूबाट बेइज्जती समेत सहनुपर्छ । यो सबै हराम्रो देशको सामाजिक, आर्थिक एवम् राजनीतिक प्रतिकूलताको असर हो भन्ने लागेको छ । शिक्षक पत्रिकाले स्थानीय शिक्षकको तुलनामा बाहिरबाट आई काम गर्ने शिक्षकहरूका समस्या, जटिलता एवम् सहजताहरूका बारेमा बढी जानकारी प्रदानगरोस् ।

हीरालाल श्रेष्ठ
कमलामाई–९, सिन्धुली
हालः कालिका मावि चाउथे–१, नुवाकोट

पत्रिकाले सुधार्नुपर्ने कुरा हरू

१.    फुर्सद प्रतियोगितामा सहभागी हुँदा अति महत्वपूर्ण कुरा पनि काटिने हुँदा यसप्रति ध्यानाकर्षण हुनसकोस् ।
२.    प्रश्नोत्तर स्तम्भ थप गरी पाठकको कौतुहलता समाधान गर्न मद्दतगरोस् ।
३.    प्रतियोगितामा सहभागी हुन पत्रिका काटेर पठाउनुपर्ने व्यवस्था हटाई कापीमा सारेर पठाउन मिल्ने व्यवस्था होस् । यस प्रयोजनका सहभागिताको लागि छुट्टै कुपनको व्यवस्था होस् ।
४.    ‘आगामी अङ्कको लागि’ विचार स्तम्भले सधैं निरन्तरता पाउन सकोस् ।
५.    ‘विचार ’ स्तम्भ कुनै पनि अङ्कमा नछुटोस् ।
६.    ‘निजी स्रोत’ शिक्षकका समस्याहरू माथि पनि बेलामौकामा कलम चलाइयोस् । र, एउटा जिज्ञासा– के कुनै स्तम्भको विजेता बनेपछि पुस्कार लिन आफैं आउनुपर्छ वा हुलाकमार्फत् पठाउने व्यवस्था छ । आफैं आउनुपर्ने भए कति समयभित्र आइपुग्नुपर्छ ?

चन्द्रमणि अर्याल
दुलेगौडा–९, बेलचौतारा, तनहुँ

(टिप्पणीः परिचय–पत्रसहित आफैं आएर वा भरपर्दो वारेसलाई मञ्जुरीनामासहित पठाएर तीन महिनाभित्र पुरस्कार सङ्कलन गरिसक्नुपर्छ । –सं.)

शिक्षक ले हैरान पारयो !

प्रत्येक महिनाको शुरु तिर एफ.एम. रेडियोबाट शिक्षक प्रकाशित भएको सूचना पाए देखि छटपटी लाग्न थाल्छ । यता फोन गरयो, उता फोन गरयोगाडी बन्द भन्छन्, ‘फ्लाइट’ क्यान्सिल भन्छन् । रु.३० पर्ने पत्रिकाको लागि तीसको दोब्बर त खोजखबरमै खर्च हुन्छ । अनि बल्लतल्ल महिनाको अन्तिमतिर हात पर्छ । फेरि अर्को महिनाको पिरालो उस्तै । यस्तै दुः ख व्यहोरेर असार २०६६ अङ्क प्राप्त भयो । सामग्रीहरू चाहिँ पठनीय नै रहेछन् ।

अनुप श्रेष्ठ
बालचेतना बोर्डिङ स्कूल, ऐंसेलुखर्क खोटाङ

म मास्टर !

प्रत्येक दिन म
कालोपाटीमा
खरीले लेख्ने गर्छु
पुछौटोले मेट्ने गर्छु
फेरि लेख्छु, फेरि मेट्छु
अनि,
कलिला मस्तिष्कहरूमा
मन सबै पोख्ने गर्छु
बुट्टाहरू कुँद्ने गर्छु
नानीहरूसँगै खेल्ने गर्छु
उनीहरूसँगै रम्ने गर्छु
खेल्दाखेल्दै/रम्दारम्दै
आखिर,
म मास्टर पनि
केटाकेटी नै बन्दैछु
नानीहरूमा फेरिंदैछु !

हुन त मैले
‘वसुधैवकुटुम्बकम्’
असङ्ख्यलाई घोकाइसकेको छु
बुद्धको शान्ति पनि
जानेसम्म बुझाइदिएको छु
तर,
सगरमाथाको आँगनभरी
लासहरूको बिस्कुन लाग्दा
मर्ने/मार्ने दुवै
चेलाहरू भएको पाउँछु,
ढल्ने/ढाल्ने दुवै
आफू स्वयम् रहेको भेट्छु,
त्यसैले त,
निरीह मास्टरको हत्या हुँदै गर्दा
मच्ची–मच्ची पढाउँदै हुन्छु–
“नेपाली वीरका सन्तान हौ !”
धरापमा यात्रु बस पड्कँदै गर्दा
फोस्रो आदर्श छाट्दै हुन्छु–
“नेपाल शान्तिको देश हो !”
आखिर,
म मास्टर भए पनि
अलिकति त मान्छे छु
देश दुः खेको क्षणमा
म पनि सँगै दुख्ने गर्छु
देश मृत्युशैय्यामा ढल्दा
आफू मर्दै बौरने गर्छु !

अभागी थेगुवा, तोपगाछी–७, झपा

यी काम गर्ने कि !

म शिक्षक मासिकगत वैशाख अङ्कबाट लगातार अध्ययन गरिरहेको छु । अध्ययन गर्दै जाँदा भएका अनुभव र प्रतिक्रियालाई तल प्रस्तुत गरेको छु ।
–    पत्रिका समयमै प्रकाशित भएको छ, यसको लागि सबै पाठकको गुनासो हुनुहुदैन ।
–    विद्यालयको परिचयसहित शैक्षिक , वातावरणीय, भौतिक पक्षको जानकारी सान्दर्भिक छन् ।
–    पत्रिकाको शीर्षकको माग अनुसारको चित्रहरूको साजसज्जा आकर्षक छन् ।
–    फुर्सद र जम्काभेट स्तम्भ ज्यादै राम्रा छन् ।
–    आवरणमा बढी मात्रमा विद्यार्थीहरूको मुहार, विद्यालयको भौतिक अवस्था राखेमा उत्तम हुनेथियो ।
–    शैक्षिक गतिविधिलाई प्रस्तुत गर्दा विकास क्षेत्र वा अञ्चल छुट्याई राखेमा अध्ययन गर्न अति रराम्रो हुनेछ ।
–    अन्तरवार्तामुखीभन्दा विद्यार्थीहरूको शैक्षिक क्रियाकलाप मुखी भएमा उत्तम हुनेथियो ।
–    साउन अङ्कमा प्र.अ. भद्रकाली लामिछानेको ‘नपढाउने शिक्षकलाई बिदा गर्न पाउनुपर्छ’ भनाइ लोकतान्त्रिक उन्मुख छ वा छैन सोचनीय छ ।

यज्ञबहादुर कार्की
मन्थली, रामेछाप

commercial commercial commercial commercial