जापान, अरू र हामी

आज जापानको कुल सम्पत्तिको ८० प्रतिशत स्वयं त्यहाँका मानिस हुन् । शैक्षिक शक्तिको बलमा जापान संसारको दोस्रो ठूलो आर्थिक शक्तिको रूपमा स्थापना हुनसकेको हो ।

सन् १८­­­­५२ मा अमेरिकी जलसेनाका उच्चाधिकारी मेथ्यू पेरी वाष्पइञ्जिनले चल्ने पानीजहाज चढेर जापानको इदोको खाडीमा प्रवेश गरे । यसअघि कहिल्यै न देखि एको डुङ्गा जस्तो पुतपुत धुवाँ फाल्ने महाकाय वस्तुमा चढेर आएका अज्ञात मानिसहरूको उपस्थितिले जापानीहरूलाई स्तब्ध र विस्मित बनायो ।

त्यो अज्ञात चुनौतीको कसरी सामना गर्ने भन्ने बहस र छलफल पछि जापानले अमेरिकासँग सम्झौता गर्ने निर्णय गरयो । दुनियाँबाट धेरै अलग थलग र कमजोर भइएछ भन्ने अनुभूत भएपछि संसारसँग सशक्त र सक्षम भूमिकासहित जोडिने सङ्कल्प जापानले गरयो । त्यसको प्रारम्भ शिक्षाबाट गर्नु पर्दछ भन्ने कुरा पनि उसले बुझयो । त्यसताकाका एक नेता किदो ताकायोशीले ‘जापानीहरू अमेरिकी र युरोपेलीहरूको तुलनामा शिक्षा र अशिक्षाका कारण मात्र फरक भएका हुन्’ भन्ने कुरा उल्लेख गरेका थिए ।

यही क्रममा जापानले सन् १८६८ को ‘राष्ट्रिय शपथपत्र’ मार्फत संसारभरि ज्ञान विस्तार गर्नमा संलग्न रहने घोषणा गरयो । १८७२ मा कानून जारी गरी त्यस उप्रान्त जापानमा ‘अशिक्षित परिवार रहेको कुनै पनि समुदाय र अशिक्षित व्यक्ति रहेको कुनै पनि परिवार’ रहने छैन भन्ने राष्ट्रिय प्रतिबद्धता व्यक्त गरयो । १९०६ तिर आइपुग्दा जापान सरकार र नगरपालिका/ग्रामपालिकाहरूले समेत आफ्नो बजेटको ४३ प्रतिशतसम्म अंश शिक्षामा खर्च गर्न थालिसकेका थिए ।

बढी पुस्तक प्रकाशन गर्ने देश
सन १९१३ मा आइपुग्दा आर्थिक हिसाबले गरिब नै रहिरहेको भए पनि जापान संसारमा सबैभन्दा बढी पुस्तक प्रकाशन गर्ने देश बनिसकेको थियो । यो सङ्ख्या संसारभरि उपनि वेश रहेको बेलायतको भन्दा बढी र अमेरिकाको  भन्दा दोब्बर थियो । आज जापान अमेरिकापछि को दोस्रो ठूलो आर्थिक शक्ति बनेको छ र उसको सबै समृद्धि आफ्ना नागरिकहरूको ज्ञान र शिक्षामा आधारित छ । उसको कुल सम्पत्तिको ८० प्रतिशत स्वयं त्यहाँका मानिस हुन् ।

आज अमेरिका र बेलायतपछि जापानसँग संसारका श्रेष्ठ विश्वविद्यालय, कलेज र स्कूलहरू छन् । यही शैक्षिक शक्तिको बलमा जापान संसारको दोस्रो ठूलो आर्थिक शक्तिको रूपमा स्थापना हुनसकेको छ । यस्तै सिकाइको बलमा अर्थात् आफ्ना नागरिकहरूलाई उत्कृष्ट शिक्षा दिनसकेकै कारण सन् ६० ताका नेपाल भारत आदि देशहरूकै हाराहारी प्रतिव्यक्ति आय भएका पूर्वी एशियाका देशहरू आज संसारका सफल र समृद्ध देश बनेका छन ।

सामथ्र्य र समृद्धिको पहिलो आधार शिक्षा
व्यक्ति समाज र राष्ट्रको सुख, शान्ति, सामथ्र्य र समृद्धिको पहिलो आधार शिक्षा हो भन्ने तथ्यलाई उपर्युक्त विवरणले पुष्टि गर्द छ । युरोप, अमेरिका, जापान, कोरिया लगायतका देशहरूले आज आर्जन गरेका सफलता, समृद्धि, शक्ति रगौरव उनीहरूले निर्माण गरेका उत्कृष्ट शैक्षिक संस्थाहरूकै परिणाम हुन् भन्ने कुरा बुझन नसकेरै हामी आजको नियति व्यहोरिरहेका छौं । राष्ट्र र समाज को सफलता भनेको वर्तमान को लागि मात्र नभएर भविष्यको पुस्ताको लागि पनि मुलुकलाई सुन्दर र सुरक्षित बनाइराख्नु हो । यो कुरा मानिसहरूलाई राष्ट्रले प्रदान गरेको शिक्षा र संस्कृतिद्वारा मात्र सम्भव हुन्छ ।

वर्तमान नेपालको सबैभन्दा ठूलो चुनौती, सबैका लागि गुणस्तरीय शिक्षा, प्रजातन्त्र र अलग पहिचानहरूको सम्मान र सुरक्षासहितको सुदृढ राष्ट्रिय एकता हो । प्रस्ट छ; यी चुनौतीहरूले प्रभावकारी राष्ट्रिय सम्बोधन पाउन नसकेमा हाम्रा विकास र समृद्धिका सबै आशा र अपेक्षाहरू मात्र हैन राष्ट्रको रूपमा हामी हराम्रो अस्तित्वलाई पनि धान्न नसक्ने भइसकेका छौं । हाम्रा बालबालिका र युवाहरूले पाउने स्तरीय ज्ञान, विज्ञान, सूचना र प्रविधिमा आधारित शिक्षाले नै हराम्रो प्रजातन्त्र, राष्ट्रिय एकता र समृद्धि प्राप्त गर्न र तिनलाई सुरक्षित राख्न सक्छौं भन्ने कुरा मा रहेको हराम्रो सामूहिक अज्ञानता र प्रतिबद्घताको अभाव अर्को ठूलो चुनौती हो ।

विश्व इतिहासले प्रमाणित गरेको सत्य हो– संसारका जुनसुकै ठाउँका गरिबी, अभाव, वञ्चना, अशान्ति र युद्ध तथा द्वन्द्वका स्थितिहरू मूलतः अशिक्षा र कुशिक्षाकै परिणाम हुन् । त्यसैले हराम्रो चुनौती एकातिर अशिक्षा हो भने अर्कोतिर कुशिक्षा हो । सबैका लागि गुणस्तरीय शिक्षा, अशिक्षा र कुशिक्षा दुवैको समाधान हो ।

दुर्भाग्यवश शिक्षाको गुणस्तर को कुरा हराम्रो अनुत्तरदायी र लाचार नाराभन्दा माथि उठ्नै सकेको छैन । त्यसैले हराम्रो समस्या भनेको शिक्षाको गुणस्तर का प्रति अप्रतिबद्ध तथा अनुत्तरदायी शिक्षक, सरोकार समूह र स्वयं सरकार हो । शैक्षिक चेतना र दायित्व बोध न गरेका राजनीतिक समूहहरूको बाक्लो उपस्थितिले शिक्षालाई उनीहरूको छूद्र राजनीतिक लाभ–हानिको विषयवस्तुभन्दा माथि उठ्न दिएकै छैन ।

आज ज्ञान, विज्ञान, सूचना र प्रविधि माथि कुनै व्यक्ति, वर्ग, समूह वा राष्ट्रको एकाधिकार छैन । त्यस्तो एकाधिकारको अनुपस्थितिले नै ज्ञान र विज्ञान तथा प्रविधिमार्फत थुप्रै व्यक्ति र राष्ट्रलाई उन्नति र अकल्पनीय समृद्धि सजिलै सम्भव गराए को हो ।

हराम्रो मूल अभाव नै आधुनिक ज्ञान र प्रविधिहरूको उत्तम उपयोगद्वारा विश्व बजारमा प्रतिस्पर्धा योग्य वस्तु र सेवा उत्पादन गर्न नसक्नु हो । यो अभाव हटाउन सरकारले देशभित्र र बाहिरका निजी क्षेत्रसँग को गहन र बृहत् सहकार्यद्वारा आधुनिक विज्ञान र प्रविधिलाई उपयोग गर्न, विकास गर्न, विस्तार गर्न र उन्नत देशहरूसरह निर्यात गर्न सक्ने दक्ष जनशक्ति विकास गर्नु पर्दछ । यहाँ एउटा कुरा के मननीय छ भने यसो गर्न ठूलो धनराशी हैन ठूलो सोच र इच्छाशक्ति महत्वपूर्ण हुन्छ ।

यसको लागि उच्च माध्यमिक र विश्वविद्यालय तहमा अध्ययनरत् विद्यार्थीहरूको कम्तीमा एकतिहाई सङ्ख्यालाई व्यावसायिक, प्राविधिक र वैज्ञानिक शिक्षामा सामेल गराउनु पर्दछ । सरकारको शैक्षिक बजेटको पर्याप्त हिस्सा यसतर्फ लक्षित गर्दै कृषि, उद्योग, यातायात, सञ्चार, विज्ञान र प्रविधि जस्ता मन्त्रालयहरूको बजेटको ठूलो अंश पनि यस किसिमको शिक्षामा लगानी गरिने व्यवस्था हुनुपर्दछ ।

सरकारी लगानीबाट मात्रै सबै कुरा सम्भव नहुने भएको ले आन्तरिक र बाह्य क्षेत्रको निजी पूँजी र व्यवस्थापन क्षमतालाई पनि उत्तिकै सम्मान र प्रोत्साहित गर्नु पर्दछ । मुलुकका औद्योगिक–व्यावसायिक र शैक्षिक प्रतिष्ठानहरूलाई सो अनुरुप नीति र कार्ययोजनाहरूमा संलग्न गराई विकसित देशका त्यस्तै प्रतिष्ठानहरूसँग सहकार्य र साझेदारी गर्न सरकारले प्रतिबद्धता प्रदर्शन गरे मा यो गाह्रो छैन । विकसित देशहरूले दुनियाँलाई दिएको सबैभन्दा ठूलो योगदान नै शिक्षा हो ।

commercial commercial commercial commercial