‘हेर्दै जानुस् न म के–के गर्छु...’

हरेक शिक्षकले आफ्नो स्कूल रराम्रो बनाइदिए भने देश बनिहाल्छ । यो कुरा पत्रिकामा लेखिदिनुस्– नेपाल बनाउने कुरा मा शिक्षकको ठूलो भूमिका छ ।

तपाईंको पढाइको बारेमा बताइदिनुस् न ?
पर्सा जिल्लाकोसिसिहारी बेरियाको प्राथमिक स्कूल नै मेरो पहिलो स्कूल थियो । म कक्षामा सधैं प्रथम हुन्थेँ । कक्षा ९ सम्म वीरगञ्जमा पढेँ । त्यसपछि म्याट्रिक चाहिँ बिहारबाट द्वितीय श्रेणीमा पास गरें । त्यसपछि होमियोप्याथीमा स्नातक गरेर १०/१२ वर्ष अभ्यास पनि गरें ।

भनेपछि तपाईं डाक्टर पो हुनुहुँदोरहेछ !
हो नि ! मेरा सबै साथीहरूले नामको अगाडि डाक्टर नै लेख्थे । तर मैले लेखिनँ । राजनीतिमा बढी सक्रिय भएपछि मैले त्यो काम छाडिदिएँ ।

आफूलाई पढाउने कुनै मन परेका शिक्षकको नाम सम्झ्न सक्नुहुन्छ ?
इतिहासका शिक्षक भगवानप्रसाद द्विवेदी र अङ्ग्रेजी शिक्षक रघुनाथ सरको ममा विशेष छाप परेको छ । उहाँहरू आफू पनि कडा अनुशासनमा बस्नुहुन्थ्यो र हामीहरूलाई पनि त्यस्तै अनुशासनमा राख्नुहुन्थ्यो । पढाउन पनि सिपालु, सधैं स्कूलमा समयमा आउने गर्नु हुन्थ्यो । उहाँहरूमा ठग्ने प्रवृत्ति कहिल्यै देखि नँ ।

तपाई आफैंले चाहिँ कत्तिको दण्ड भोग्नुभयो ?
गल्ती गर्दा अलिअलि भेटियो । मलाई बेञ्च माथि उठाएर राखिएको सम्झना छ ।
मानिसमा ७० प्रतिशत संस्कार/वातावरणको र ३० प्रतिशत शिक्षाको प्रभाव पर्छ । जसको संस्कार रराम्रो छैन, ती केटाकेटीहरू बिग्रिहाल्छन् । यही मान्यताका आधारमा उतिबेला दण्ड दिइन्थ्यो ।

शिक्षा मन्त्रालय तपाईको आफ्नै रोजाइ कि परिस्थितिवश आइलागेको ?
हराम्रो पार्टीको भागमा शिक्षा मन्त्रालय परयो । पार्टीको उपाध्यक्षको हैसियतले मेरो नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भयो । हामीले पाएका मध्ये यो मन्त्रालय महत्वपूर्ण भएकाले म यहाँ आइपुगेको हुँ ।

अरू दलहरूले अरू नै मन्त्रालयलाई आकर्षक मानेको देखिन्छ । शिक्षा मन्त्रालय किन रोजाइको मन्त्रालय नबनेको होला ?
शान्ति प्रक्रिया र संविधानलेखन नै मूल प्राथमिकताको विषयवस्तु भएकाले पनि यस्तो देखि एको हुनसक्छ ।

तपाईंको पार्टीले चाहिँ शिक्षालाई महत्व दिएको छ ?
हराम्रो पार्टीले मात्रै हो र युगले नै शिक्षालाई महत्व दिएको छ नि ! यो शिक्षा, विज्ञान, अर्थ र  सञ्चारको युग हो । यी चार कुरा लाई सबैले महत्व दिएका छन् ।

शिक्षामन्त्रीको रूपमा तपाईको ‘भिजन’ के छ ?
बहुजातीय बहुभाषिक नेपालका मधेशी, जनजाति र दलितको शिक्षाको अवस्था रराम्रो छैन । यो समुदायमा शिक्षाको बारेमा जागरणको आवश्यकता छ । एक्काइसौं शताब्दीमा शिक्षा नपाउनु भनेको पशुभन्दा पनि तल्लोस्तर को जीवन जिउनु हो । शिक्षा, विज्ञान, अर्थ र सञ्चारको शताब्दी भएकाले ती चारका बीचमा समन्वय गरेर अगाडि बढ्नुपर्छ ।

त्यसका लागि केही कार्यक्रम पनि छन् कि ?
म विचार गरिरहेको छु । हेरौं के गर्न सकिन्छ ।

स्कूल बाहिर रहेका केटाकेटीलाई विद्यालयमा ल्याउन के सोच्नुभएको छ ?
जबसम्म यसबारेमा संविधानसभामा उपस्थित सबै दलका बीचमा ठोस सहमति हुँदैन, तबसम्म यो काम गर्न सकिँदैन । किनकि सबै दलका कार्यकर्ताहरू गाउँघरमा गएर केटाकेटी स्कूल नपठाउने अभिभावकका बीचमा सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । सरकारले पनि गरीबका केटाकेटीका लागि लत्ता कपडा, खाजा, छात्रवृत्ति लगायतका सुविधाहरू दिनुपर्छ ।

त्यसको लागि के के गर्दै हुनुहुन्छ ?
म जहाँ जान्छु, त्यहाँ शिक्षाबाट वञ्चित केटाकेटीलाई स्कूलमा ल्याउन सामाजिक अभियान चलाउन सबैलाई अनुरोध गरिरहेको छु । मन्त्रालयमा सबै दलको बैठक बोलाएर यसबारेमा अनुरोध गर्ने विचार गरेको छु ।

कतिपय ठाउँमा त स्कूल जान दुई घण्टाभन्दा बढी हिँड्नुपर्छ । स्कूल पनि थप्नुपर्ला नि !
प्रकृतिको बिडम्बना हो कि हराम्रो भूबनोट नै त्यस्तै प्रकारको छ । यो समस्या हिमाली र पहाडी क्षेत्रको हो । तराईमा यसप्रकारको समस्या छैन । केही स्कूल थप्नु आवश्यक छ । तर त्यसको लागि चाहिने आर्थिक स्रोतको हामीसँग अभाव छ । कति सकिन्छ, त्यति थप्छौं ।

शिक्षा मन्त्रालयले केही वर्षअघि देशभर ६२ हजार शिक्षक दरबन्दी थप्न आवश्यक भएको आँकडा सार्वजनिक गरेको थियो । दरबन्दी थप्नेतिर चाहिँ लाग्नुहुन्न ?
त्यही भएर नै राहत शिक्षकको व्यवस्था गरिएको हो । आर्थिक अभावको कारणले दरबन्दी थप्न नसकिएको हो । जुन देशमा शिक्षालाई महत्व दिइएको छ, त्यो देशको सरकारले आफ्नो बजेटको २५ प्रतिशतसम्म शिक्षामा लगानी गरेको छ । हामीले लगानी बल्ल १७ प्रतिशतमा पुर्याएका छौं । हामीले शिक्षामा अझै धेरै लगानी गर्न बाँकी छ । लगानी वृद्धिसँगै राहत शिक्षकलाई दरबन्दीमा रुपान्तर गर्दै लगिनेछ ।

सार्वजनिक विद्यालयको स्तर उकास्न केही गर्नु हुन्न ?
विगतमा राजनीतिले शिक्षामा ‘डिस्टर्व’ गरेकाले यसको गुणस्तर मा कमी आएको हो । मेरो विचार मा अब हामी सबैले शिक्षाको स्तर उकास्न ध्यान दिनुपर्छ ।

राजनीतिक दलहरूले नै शिक्षक र विद्यार्थीलाई भ्रातृसङ्गठनमार्फत आ–आफ्नो कार्यकर्ता बनाउने काम अहिले पनि गरिरहेका छन् । अब यो अवस्थाको अन्त्य हुन्छ त ?
भ्रातृसङ्गठन स्थापना गरिनुको मनसाय शिक्षामा गुणस्तर बढाउने नै थियो । तर उद्देश्यअनुरुप नचल्नाले विकृति आयो । राजनीतिक नेतृत्वले रराम्रो कुरा लाई प्रोत्साहन गर्ने भन्दा नरराम्रो कुरा लाई संरक्षण गर्ने काम गरयो । जे गर्दा कार्यकर्ता बन्छन्, बढ्छन् त्यही गर्ने काम भयो । गल्ती यहीँ भएको हो ।

शिक्षामा दलीय राजनीति भित्रयाउने, शिक्षक र विद्यार्थीलाई अमूक दलको कार्यकर्ताका रूपमा चिनाउने काम ठीक हो कि बेठीक ?
रचनात्मक काम गरेको भए रराम्रो हुन्थ्यो । तर विकृतिमा परिणत भएकाले यस्तो अवस्था आएको हो । संस्कार, चिन्तन र राजनीतिक दाउपेचको कारणले गर्दा नरराम्रो भएको हो । यो आफैंमा खराब कुरा चाहिँ होइन । तर, शिक्षालयभित्र दलीय राजनीति गर्नु हुन्न । पेशागत हकहितका लागि शिक्षकहरू क्रियाशील हुन पाउँछन् तर पार्टीको राजनीति गर्नु रराम्रो होइन ।

तपाईंको पार्टीले पनि त शिक्षकको भ्रातृ संस्था खडा गरेको छ नि ?
गर्दा भन्दा यस्तै हुन गयो । तर, हराम्रो पार्टी शिक्षामा विकृति भित्रयाउने पक्षमा छैन ।
 

सार्वजनिक विद्यालय र निजी विद्यालयको बीचको बढ्दो खाडल पुर्न के सोच्नुभएको छ ?
यो निजीकरणको जमाना हो । त्यसैले हामीले निजी विद्यालयलाई रोक्न सक्दैनौं । हामी तिनलाई ‘रेगुलेट’ गर्न नियम बनाउँछौं ।
नियम त शिक्षा ऐन नियममा पहिल्यै छ नि !
भए पनि १० वर्षे द्वन्द्व र राजनीतिक अस्थिरताका कारण कार्यान्वयन हुनसकेन । कार्यान्वयन गर्ने मान सिकता पनि मन्त्रालयमा बस्ने मानिसमा भएन । अब म केही गरेर देखाउँछु ।

तपाईको भित्रीमनले के भन्छ, तपाई शिक्षा मन्त्रीको कुर्सीमा कति समय बस्नुहोला ?
राजनीति हो, केही भन्न सकिन्नँ । संविधान बनाएर नयाँ चुनाव नहुञ्जेल म नै मन्त्री हुन्छु होला ।

तपाईको विचार मा ‘शिक्षक’ के हो ?
शिक्षकले त ज्ञान दिन्छ नि !

कस्तो शिक्षक रराम्रो शिक्षक हो ?
समयमा आउने, रराम्रोसित पढाउने, समयमा घर जाने, कहिल्यै पनि स्कूल नछोड्ने ।

नेपालका कुल शिक्षकमध्ये कति जति शिक्षक तपाईंले भने जस्तै राम्रा होलान् ?
१५/२० वर्ष अघिसम्म पनि अधिकांश शिक्षक मैले भनेजस्तै थिए । अहिले पक्कै पनि पहिलेको भन्दा अवस्था बिग्रिएको छ । तर आधुनिक विज्ञानले को कहाँ के गर्दैछ भन्ने पत्ता लगाउने प्रविधिको आविष्कार गरिसकेको छ । त्यसको लागि एउटा कार्ड चाहिन्छ । त्यो कार्ड कम्प्युटरमा लगाएर शिक्षक कहाँ छ, स्कूलमा गएको छ कि छैन, सबैकुरा शिक्षा मन्त्रालयमै बसेर थाहा पाउन सकिन्छ । यो सिष्टम फिट गर्न अर्थ चाहिन्छ । अर्थको अभावका कारण तत्काल नेपालभर यो सिष्टम लागू गर्न सम्भव नहुने भए पनि विस्तारै लागू गर्दै जानुपर्छ । यसबारेमा म योजना बनाउँदैछु । गुणस्तरीय शिक्षा दिनको लागि यो रराम्रो तरिका हो ।

शिक्षकलाई आफ्नो कामप्रति उत्प्रेरित गर्न केही गर्दै हुनुहुन्छ कि ?
शिक्षक भनेको प्रवुद्ध व्यक्ति हो । प्रत्येक शिक्षकलाई आफ्नो कर्तव्य र भूमिका थाहा छ । देश एक जनाले बनाएर बन्ने कुरा होइन । हरेक शिक्षकले आफ्नो स्कूल रराम्रो बनाइदिए भने देश बनिहाल्छ । यो कुरा पत्रिकामा लेखिदिनुस्– नेपाल बनाउने कुरा मा शिक्षकको ठूलो भूमिका छ । शिक्षामन्त्रीको हैसियतमा यो कुरा मनन् गर्न सबै शिक्षकलाई विशेष अनुरोध गर्द छु । भोलिको नेपाल भनेका आजका बालबालिका नै हुन् । तिनीहरू सक्षम भए भने भोलिको नेपाल समृद्ध भइहाल्छ ।

राम्रा र इमान्दार शिक्षकलाई प्रोत्साहन अनि नरराम्रो काम गर्ने लाई दण्ड दिने परिपाटी बसाउन केही गर्दै हुनुहुन्छ कि ?
को असल र को खराब भन्ने जानकारी पाउन नै सजिलो छैन ।
हरेक जिल्लामा १०/१५ जना स्रोतव्यक्ति, विद्यालय निरीक्षक र जिल्ला शिक्षा अधिकारी छन् नि ! तिनलाई परिचालन गर्न

सकिँदैन ?
तपाईंले ठीक भन्नुभो । अनुगमनका लागि मैले उनीहरूलाई अनुरोध गरिरहेको छु । यदि शिक्षा अधिकारी र विद्यालय निरीक्षकहरूले अनुगमन र निरीक्षणको काम गरेनन् भने मन्त्रालयले उनीहरूलाई दण्डित गर्छ ।

साँच्चै गर्नु हुन्छ ?
पत्याउनुभएन ? हेर्दै जानुस् न म के के गर्छु..

मन्त्री हुनेबित्तिकै तपाईंले शिक्षक लाइसेन्स खारेज गर्छु भन्नुभएको थियो । त्यो विचार मा कायमै हुनुहुन्छ कि ?
शिक्षक बन्नका लागि अहिले निक्कै लामो प्रक्रिया पार गर्नु पर्ने अवस्था छ । एसएलसी, आइए वा बीएको योग्यता हासिल गरिसकेपछि तालिम लिएर बल्ल लाइसेन्सको जाँच दिन योग्य हुन्छ । लाइसेन्स पास गरेर बल्ल शिक्षकको लागि योग्य बन्छ, तर शिक्षक बन्दैन । गाउँघरमा शिक्षा प्राप्त गरेर धेरै युवक बसेका छन् तर नोकरी पाइरहेका छैनन् । उनीहरूलाई शिक्षकमा भर्ना गरेर तालिम दिऊँ । रराम्रो तालिम दिएपछि ऊ शिक्षक बन्न योग्य भइहाल्छ नि ! तर मेरो सोचाइलाई लागू गर्न कानूनमै संशोधन गर्नु पर्छ । सहयात्री दलहरूले मानिदिए भने म कानूनमै संशोधन गरेर नयाँ नीति लागू गर्छु ।

भनेपछि लाइसेन्स खारेज गरिदिनुपर्छ ?
बेस हुन्थ्यो । शिक्षक बन्न न्यूनतम योग्यता आइए हो कि बीए हो त्यो निर्धारण गरेर शिक्षक भर्ना गर्ने अनि शिक्षा मन्त्रालयले तालिम दिने सिष्टम रराम्रो हुन्थ्यो । प्रहरी र सेनामा पनि त्यही हुन्छ नि !

प्रतिभाशाली र रराम्रो अङ्क ल्याएर बीए/एमए पास गर्ने लाई शिक्षण पेशामा आकर्षित गर्न आवश्यक छैन ?
उनीहरूको लागि पनि छेकेवार त्यही लाइसेन्स बनेको छ । त्यति तगडा विद्यार्थीहरूलाई पनि लाइसेन्स चाहिने ? यो त भएन नि ! त्यही भएर म यो हटाउन लागिपरेको छु ।

शिक्षक सेवा आयोगबाट खुला प्रतिस्पर्धाका आधारमा शिक्षक छनोटको काम शुरु कहिले गराउनु हुन्छ ?
छलफल भइरहेको छ । केही समयपछि एउटा निर्णयमा पुगिएला ।
तीन वर्ष देखि क्याबिनेटले शिक्षक सेवा आयोगको नियमावली संशोधन पारित न गरिएका कारण नयाँ विज्ञापन गर्न नपाएको भन्ने

आयोगका पदाधिकारीको गुनासो छ । क्याबिनेटले किन पास न गरिदिएको ?
संविधान बनाउने र अरू महत्वपूर्ण कामबाट नै फुर्सद नभएर हामीले यो विषयलाई मन्त्रिपरिषद्बाट निर्णय गराउन पाएका छैनौं । फुर्सद पाएपछि यो काम विस्तारै हुन्छ ।

खुल्ला प्रतिस्पर्धाबाट शिक्षक बन्न चाहने मानिसलाई विज्ञापन कहिलेसम्म खुल्छ भनेर आश्वासन दिन सक्नुहुन्छ ?
२०/२२ वर्ष देखि अस्थायी रहेका शिक्षकलाई नै स्थायी गर्न सकिएको छैन । पहिले यो समस्या हल गर्न दिनुस् अनि खुला प्रतिस्पर्धाबाट शिक्षक बनाउने कुरा सोचौंला ।

अस्थायी शिक्षकलाई के गर्ने ?
२०६१ सालसम्मका अस्थायी शिक्षकलाई क्रमशः स्थायी गर्ने विचार छ । हालैको शिक्षक हड्तालपछि मेरो संयोजकत्वमा अरू दुई जना मन्त्रीहरू समेत रहेको एक कार्यदल बनेको छ । यो विषय अहिले त्यहाँ छलफल भइरहेछ । त्यसले यो समस्याको निकासबारे निर्णय गर्छ ।

भनेपछि स्वतः स्थायी गर्नु हुन्छ !
हेर्दै जाऊँ, के गर्न सकिन्छ ।

योग्यता भन्दा भनसुन, नातागोता वा पार्टीगत आधारमा नियुक्त भएका शिक्षक पनि स्वतः स्थायी हुनेभए, होइन ?
तिनलाई त एउटा नियम बनाएर ठेगान लगाउनुपर्छ । यो विषय अहिले वार्ताको क्रममा छ । वार्ताबाट यसको पनि निकास निकाल्छौं । कक्षा १ मा भर्ना भएका एकतिहाईभन्दा कमले मात्र स्कूले शिक्षा पूरा गर्छन् भने दुईतिहाईभन्दा बढी बीचबाटै बाहिरिन्छन् । योे

ऊर्जाशील जमातलाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिनुपर्छ भन्ने तपाईलाई थाहा छ ?
छ । यसबारेमा पनि के गर्न सकिन्छ, म विचार गर्दैछु । सीपमूलक कुनै न कुनै कार्यक्रम चलाउने सोच छ ।

केटाकेटीलाई स्कूलमै टिकाएर शिक्षा दिने र ‘ड्रप आउट’ दर घटाउनेबारे केही सोच छ ?
तपाई पत्रकारहरूले धेरै बुझनुभएको छ । के के गर्दा हुन्छ तपाईं नै भन्नुस् न । तपाईको सुझावलाई म कार्यान्वयन गर्छु नि !

निःशुल्क शिक्षाबारे तपाईको के धारणा छ ?
गरीब देश भएकाले शिक्षा त निःशुल्क हुनै पर्छ नि !

निःशुल्क गर्नका लागि चाहिने अर्बौं रकम नथपिकन सरकारले स्कूललाई शुल्क नलेऊ भन्न मिल्छ ?
सरकारले पैसा दिनैपर्छ नि ! एक्काइसौं शताब्दीमा बालबालिकाको शिक्षा पाउने अधिकारबाट उनीहरूलाई कसरी बञ्चित गराउन मिल्छ ? सरकारले कहीँबाट अनुदान वा कुनै तरिकाले पैसा खोजेर स्कूललाई पैसा त पठाउनै पर्छ नि !

भन्न त पहिलेका शिक्षामन्त्रीले पनि यसै भन्थे तर गर्न सकेको देखि एन ?
म जनतालाई ढाँट्न चाहन्न । जसरी भए पनि निःशुल्क शिक्षा हुनैपर्छ । त्यसका लागि चाहिने जति पैसा सरकारले कहीँबाट खोजेर पनि स्कूललाई उपलब्ध गराउनैपर्छ ।

कति कक्षासम्म निःशुल्क दिने ?
विस्तारै कक्षा १० सम्म दिनुपर्छ । तर अहिले कक्षा ५ सम्म मात्र निःशुल्क छ ।

आगामी ३ या ६ महिनाभित्र शिक्षामा देखि ने कुनै नयाँ काम या परिवर्तनबारे केही भन्न सक्नुहन्छ ?
तपाई हेर्दै जानुस् न । जे नयाँ हुन्छ, त्यो तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ ।

तपाई विगतका शिक्षामन्त्री भन्दा के अर्थमा भिन्न हुनुहुन्छ ?
त्यो त तपाईंहरूले भन्ने हो । मेरो लवाइखुवाइ हेर्नुस्, काम हेर्नुस् ।

सुदर्शन घिमिरे

commercial commercial commercial commercial