कालीकोटका कर्मठ
केही वर्षअघिसम्म कालीकोटका विद्यार्थीहरू टेष्ट पास गर्ने वित्तिकै एसएलसीको लागि ट्युसन पढ्न सुर्खेत, नेपालगञ्ज या कैलालीतिर ओरालो झ्र्थे । त्यसको एउटै बाध्यता थियो– जिल्लामा गणित पढाउने भरपर्दो शिक्षकको अभाव । तर, २०५४ मा सुर्खेत क्याम्पसबाट बीएड सकेर कालीकोट फर्किएका सबराज बम (३५) ले विद्यार्थीको पुरानो बाध्यतालाई ‘ब्रेक’ गरे । अहिले कालीकोटका विद्यार्थीलाई गणित पढ्नका लागि ऋण जोहो गरेर तराईतिर भौंतारिनुपर्ने बाध्यता छैन । छोटो समयमै उनी आफू अध्यापनरत विद्यालयमा मात्र होइन, जिल्लाभरका विद्यार्थीका प्रिय ‘ गणित– गुरु’ बनेका छन् । एसएलसीको तयारीमा कालीकोटका कुनाकाप्चाबाट आएका धेरैजसो विद्यार्थीको एक नम्बरको रोजाइमा उनी पर्दछन् । भन्छन्, “म एउटा विद्यालयको शिक्षक हुु“, तर मकहा“ आउने जुनसुकै स्कूलको विद्यार्थीलाई समान शिक्षा दिनु मेरो धर्म हो ।”
उनको क्षमता र प्रतिभाको परीक्षण नन्दादेवी मावि कोटबाडाबाट शुरु भयो, जहा“ उनी २०५४ माघमा माध्यमिक तहको शिक्षकका रूपमा प्रवेश गरेका थिए । गणितमा विद्यार्र्थी फेल हुने समस्याले आक्रान्त थियो नन्दादेवी स्कूल । तर, पहिलो वर्षमै उनी त्यहा“ ‘जादूको छडी’ सावित भए । ८ कक्षाको जिल्लास्तरीय परीक्षामा विद्यालयका किशोर विष्ट गणितमा मात्र होइन, अरू विषयमा पनि जिल्ला प्रथम भए । एसएलसीमा पनि त्यस्तै भयो । गएगुज्रेको विद्यालयको रूपमा चिनिने नन्दादेवी सबराजकै कारण जिल्लाभरि प्रतिष्ठित हुन गयो । त्यतिबेला उनले टुकी बालेर विद्यार्थीलाई पढाउँथे । “दिनमा आठवटाग्रुपसम्म बनाएर पढाउनु पथ्र्यो, खाना खाने बेलासमेत विद्यार्थीहरू ढोकामा कुरेर बस्थे”, सबराजले १० वर्षअघिको अनुभव सुनाए । उनको त्यो व्यस्तता अहिले झन् चुलिएको छ ।
कोटबाडाले गणितमा रराम्रो उपलव्धि हासिल गरे पछि जिल्लाका अरू कहलिएका विद्यालयहरू सबराजप्रति आकर्षित हुनु अस्वाभाविक थिएन । त्यसपछि शुरु भयो, विद्यालयहरूबीच सबराजको तानातान ! त्यस माथि २०६२ मा शिक्षक सेवा आयोगले लिएको आन्तरिक परीक्षाको परिणामले उनलाई कर्णाली अञ्चलकै ‘आकर्षक शिक्षक’का रूपमा प्रतिष्ठितगरायो । मावि तृतीय ( गणित) स्थायीको ११ सीटको लागि भएको आयोगको परीक्षामा ४३ जनामध्ये एकजना सबराज मात्र उत्तीर्ण भए । “त्यसपछि मलाई अन्य जिल्लाबाट समेत रराम्रो तलबसुविधाको अफर आयो, तर त्यो मेरो लागि स्वीकार्य थिएन ।” कारण खोतल्दै उनी भन्छन्, “आफ्नै गृह जिल्लामा गणितका रराम्रो विद्यार्थी उत्पादन गर्ने एकमात्र स्वार्थका कारण मैले जिल्ला छोड्न सकिनँ ।”
बाहिर जानुभन्दा जिल्लामै बसेर सेवा गर्नु रराम्रो ठानेर उनी आठ वर्षअघि सदरमुकाम मान्मस्थित पञ्चदेव उच्चमाविमा आए । अहिलेको उनको कार्यथलो त्यही हो । कालीकोटका विद्यार्थीलाई गणित सजिलो र आकर्षक विषय बनाउने अभियानलाई सफल पार्नकै लागि अहिले उनी मरिमेटेर लागिपरेका छन् । बिहान पा“च बजे उठेर स्कूल हि“डेका उनी सा“झ् सात बजे मात्र डेरा फर्किन्छन् । एसएलसीको समयमा त नचाहेर पनि बिहान चार बजे देखि राति नौ बजेसम्म व्यस्त भइरहनु पर्छ ।
‘ट्युसन’ भन्नेवित्तिकै मान्छेहरू पैसा सम्झन्छिन् । तर, कालीकोटका यी गणित– गुरु त्यसलाई महत्व दि“दैनन् । भन्छन्, “पैसा नै कमाउने भए त म महिनामा एक लाख कमाउन सक्थे“, तर त्यतातिर मेरो ध्यान अहिलेसम्म गएको छैन ।” कालीकोटका विद्यार्थीहरू गणितको लागि हजारौ“ खर्चेर तराईतिर झ्र्नुभन्दा जिल्लामै बसेर महँगो शुल्क तिर्नु तयार छन् । तर, उनी प्रति विद्यार्थी महिनाको रु.२०० भन्दा बढी शुल्क उठाउ“दैनन् । कालीकोटमै पनि यो शुल्क अत्यन्तै न्यून हो । त्यतिमात्रै होइन, उनले आफूकहा“ पढ्न आउने विद्यार्थीमध्ये १० प्रतिशतलाई पूर्ण निःशुल्कको व्यवस्था गरेका छन् । यदि कसैले ‘पैसा छैन सर’ भनेमा उनी सित्तैँमा पनि पढाउ“छन् । तर, त्यस्तो सुविधा लिने विद्यार्थीले उनीसमक्ष एउटा प्रतिज्ञा गर्नु पर्छ– गणितमा रराम्रो अङ्क ल्याउने । विद्यार्थीलाई गणितप्रति उत्प्रेरित र जागरुक बनाउन उनले यस्तो तरिका अपनाएका हुन् । त्यस्तै निजीस्तर बाट भए पनि जिल्लाभरबाट एसएलसीमा गणितमा सर्वोत्कृष्ट अङ्क ल्याउने एकजनालाई उनले व्यक्तिगतस्तर बाटै नगद पुरस्कार दि“दै आएका छन् । यस्तो काम सरकारी र विद्यालयस्तर बाटै भइदिए पढाइको स्तर उकास्न ठूलो टेवा पुग्ने उनको विश्वास छ ।
कालीकोट जिल्ला शिक्षा कार्यालयका अनुसार एसएलसी अनुत्तीर्णमध्ये सरदर ७५ प्रतिशत विद्यार्थी गणितमा फेल हुन्छन् । तर उनले पढाउने स्कूलको तथ्याङ्क चाहिँ त्यसको ठीक उल्टो अर्थात् सरदर ७५ प्रतिशत गणितमा उत्तीर्ण हुन्छन् । पञ्चदेव उमाविबाट २०६५ सालको एसएलसी परीक्षामा सहभागी भएका ९१ मध्ये ६१ विद्यार्थी उत्तीर्ण भए भने ३० जना फेल भए । तर गणितमा फेल हुनेचाहिँ १० जना मात्र थिए । २०६४ सालमा ६५ मध्ये ३८ मात्र पास भए । गणितमा २० जना अनुत्तीर्ण भए । त्यस्तै २०६३ मा १०७ मध्ये केवल २७ जना मात्र सफल र ८० जना अनुत्तीर्ण भए । त्यसमा गणितमा फेल हुनेको सङ्ख्या केवल ४१ थियो । २०६२ सालमा ७४ जना विद्यार्थीमध्ये केवल २३ जना मात्र पास भए र बाँकी ५१ जना फेल भए । तीमध्ये १७ जनालाई मात्र गणित विषय लागेको थियो ।
एसएलसीमा आफ्नो विषयमा विद्यार्थी असफल हुनुको कारणबारे बम भन्छन्, “ गणितको बेस प्राथमिक तहमा बन्छ । निम्न माध्यमिक तहमा पनि धेरै अवधारणा दिइन्छ । तर ती तहहरूमा गणितको बेस नै नबनेका विद्यार्थीलाई माध्यमिक तहमा आइपुगेकाले गर्दा नतिजा यस्तो आएको हो । यदि गणितमा तल्लो तहमा रराम्रो आधार बनेका विद्यार्थी मात्र माध्यमिक तहमा आउने भए शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सकिन्छ भन्नेमा म ढुक्क छु ।”
एउटा बालकलाई सफल नागरिक बनाउन शिक्षकले जसरी मिहिनेत गर्छ, त्यसरी नै हरेक शिक्षकलाई सफल बनाउन सरकार र समुदायले त्यत्तिकै मिहिनेत र सहयोग गर्नु पर्ने उनको धारणा रहेको छ । त्यस्तै शिक्षणलाई मर्यादित र सम्मानित पेशा बनाउनुपर्ने कुरा मा उनको विशेष जोड छ । “विदेशमा राष्ट्रपति भएका मान्छेहरू शिक्षक बनेर विद्यालय जान्छन्, तर हराम्रोमा वडाअध्यक्ष भएको मान्छेसमेत शिक्षक बन्नु पर्दा नाक खुम्च्याउ“छन्, यो विडम्वनालाई अन्त्य गर्नु पर्छ”, यसो भनिरहँदा उनी अलि गम्भीर देखिन्थे ।
“पहिला त गणित पढाउने सर कक्षामा पस्नेवित्तिकै हामीहरू होहल्ला गर्न थाल्थ्यौं, सबराज सर आएपछि त हामीहरू निकै अनुशासित हुन पुगेका छौं । किनकि हामीलाई उहाँले बुझिने गरी र पढौं–पढौं लाग्ने गरी सिकाउनु हुन्छ ।” - रतनबहादुर विष्ट, विद्यार्थी
गणितमा बढी नै विद्यार्थीहरू फेल हुने समस्याले यहीँका शिक्षकलाई समेत पिरोल्ने गरेको छ । तर, उनले यसको लागि एउटा जुक्ति निकालेका छन्– कमजोरका लागि विशेष कक्षा चलाउने । सोहीअनुरुप उनले विद्यालयको सहयोगमा त्यस्तो निःशुल्क कोचिङ कक्षा चलाउने गरेका छन् । “ गाह्रो विषयमा विद्यार्थीको हल्ला गर्ने बानी हुनु स्वाभाविकै हो, तर त्यसको बदला उनीहरूलाई सजाय दिनुभन्दा कसरी मनपर्ने विषय बनाउने भन्नेतिर नै जोड दिनुपर्छ” उनको अनुभवले यसै भन्छ ।
सबराजको त्यही विशेष विधिकै कारण विद्यार्थीहरू उनीप्रति आकर्षित हुने गरेका छन् । पञ्चदेव उच्चमाविका विद्यार्थी रतनबहादुर विष्ट भन्छन्, “पहिला त गणित पढाउने सर कक्षामा पस्नेवित्तिकै हामीहरू होहल्ला गर्न थाल्थ्यौं, सबराज सर गणित शिक्षक भएर आएपछि त हामीहरू निकै अनुशासित हुन पुगेका छौं । किनकि हामीलाई उहाँले बुझिने गरी र पढौं पढौं लाग्ने गरी सिकाउनु हुन्छ ।” विद्यार्थी मात्र हैनन्, विद्यालयका प्राचार्य सबराजको शिक्षण–कलाप्रति नतमस्तक छन् । प्राचार्य चन्द्रनारायण चौधरी भन्छन्, “यति गाह्रो विषयमा विद्यार्थीको विश्वास जित्नु सजिलो काम होइन, तर बम सरको विशेष खुवीले त्यो सम्भव भएको छ ।” उनको अनुभवमा सबराज विद्यालयमा विद्यार्थीद्वारा सबैभन्दा बढी रुचाइएका शिक्षक हुन् ।
शिक्षाको स्तर सुधार्न विद्यार्थीको परीक्षामा चिट चोर्ने बानीलाई निरुत्साहित गर्नु पर्ने कुरा मा सबराज स्पष्ट र प्रतिबद्ध छन् । “यसको लागि विद्यालय र घरपरिवारले विद्यार्थीलाई अध्ययनशील बनाउने वातावरण तयार पार्नुपर्छ”, उनको निष्कर्ष छ, “बरु विशेष कक्षा सञ्चालन गरेर भए पनि पढाउने, तर परीक्षा प्रणाली एकदमै कठोर पार्ने ।” परीक्षाप्रणाली फितलो हु“दा सिकाइ उपलव्धिको सही मूल्याङ्कन हुन सक्दैन । किनभने आन्तरिक परीक्षामा पा“च नम्बर नल्याएका कतिपय विद्यार्थीले एसएलसीमा ६० कटाएका आश्चर्य लाग्दा दृष्टान्त पनि उनीस“ग छन् ।
गणितका कमजोर विद्यार्थी सबराज गणितका सफल र विशेष शिक्षक हुनुको अनौठो संयोग रहेछ । मेहलमुडी–३, डा“डाखेतका सबराज ८ कक्षा पढ्दासम्म गणितमा आफैं कमजोर विद्यार्थी थिए । गणितको किताब घरमा पल्टाउनु त परै जाओस्, कक्षामा समेत गणित शिक्षक कक्षामा पुग्नुअगावै उनी बाहिरिइसकेका हुन्थे । त्यस्तो भएपछि परीक्षामा गणित पास हुने त कुरै भएन । त्यहीबेलागाउ“को स्वास्थ्यचौकीमा आएका स्वास्थ्य सहायक (एचए) रामेश्वर साहले उनको जीवनमा नया“ मोड ल्याइदिए । सबराजको घरमा बस्न थालेका सप्तरीका साहलाई गणित राम्रै आउ“थ्यो । तर, साहले सबराजलाई घरमा गणितका फर्मूला मात्र सिकाएनन्, गणितमा कसरी दख्खल हुने भन्ने ‘फर्मूला’ पनि सिकाएछन् । साहले उनलाई घोकाएर होइन, अवधारणा बुझाएर सिकाएछन् । स्वास्थ्य क्षेत्रका ती गुरुको सिकाउने तरिकाले नै अहिले सबराजलाई एक सफल ‘ गणित– गुरु’ बन्ने ढोका खोलिदिएको रहेछ ।



