शिक्षक साथीहरू, अब सच्चिऊँ !
हिजो हामी सबैका अगुवा थियौं, आज आफैंले पढाएका चेलाको पछुवा नबनौं । हामी घट्यौं, घट्नसम्म घट्यौं; अब नघटौं । अब अघि बढौं, उकालो लागौं, ओरालो यात्रा बन्दगरौं । नेताको पछि लाग्न छाडौं ।
प्रशासन पुनर्संरचना आयोगले सार्वजनिक गरेको आफ्नो अन्तरिम प्रतिवेदनमा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर हुनुका केही रोचक र मननयोग्य कारणहरू उल्लेख गरेको छ । सरकारी स्कूलमा पठनपाठनको स्तर न्यून हुनुका धेरै कारणहरूमध्ये शिक्षण संस्थाहरूमा व्याप्त दलीय राजनीतिलाई आयोगले मुख्य कारणका रूपमा पहिल्याएको छ । शिक्षकहरू विभिन्न सङ्गठनमा विभाजित भएको ले उनीहरूको पेशागत मर्यादामा ह्रास आएको, कक्षाकोठामा नियमित पठनपाठन हुन नसकेको, शिक्षण संस्थाहरू राजनीतिक हस्तक्षेपको स्थल बन्न पुगेको तथा शिक्षण पेशालाई आकर्षक पेशाका रूपमा स्थापित गर्न नसकिएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै योग्य व्यक्तिले शिक्षण पेशा नरोजेको, शिक्षकले आफूले पढाउने स्कूल अर्थात् आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा नपढाएको र शिक्षकहरू पूरा अवधि कक्षाकोठामा नबस्ने कारणले पनि सामुदायिक स्कूलको प्रगति हुन नसकेको कुरा लाई प्रतिवेदनमा महत्व दिइएको छ ।
विद्यालयको पठनपाठनको मियोका रूपमा रहेका शिक्षकहरूकै भूमिकाका कारण स्कूलको प्रगति हुन नसकेको यस्तो प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा हामी एकपटक रराम्रोसँग घोत्लिनु जरुरी भएको छ । गुरु आफैंले गुरुको मर्यादामा बस्न र अनुशासनको पालना गर्न नसकेर विद्यालयको पढाइमा अपेक्षित सुधार हुन नसकेको हो भन्ने कुरा यथार्थ र सत्यको नजिक छ भने हामीले एकपटक आफ्नो मूल्याङ्कन आफैँले गर्नु पर्छ । किनकि गुरुको भूमिका र मर्यादाबाट चुक्ने गुरुलाई कसैले पनि सम्मान गर्दैन र गर्नु पनि हुँदैन ।
हामी शिक्षकहरू पहिला अत्यन्तै पूजनीय र मर्यादित थियौं । समाज मा शिक्षकलाई आदर गरिन्थ्यो र शिक्षकको भूमिकाको प्रशंसा पनि गरिने चलन थियो । साँच्चै भन्ने हो भने हिजो हामी के थियौं भन्दा पनि के थिएनौं भन्दा उचित हुन्छ, अर्थात् विगतमा हामी सबैथोक थियौं । भविष्यका कर्णधार उत्पादन गर्ने जिम्मा हराम्रो काँधमा थियो । हामी विज्ञ ठानिन्थ्यौं । हाम्रा चेलाहरूको भक्तिभाव हामीप्रति उच्च थियो । हामी त्यसलाई ग्रहण गर्न सक्षम थियौं । शिक्षकमा केही खोटरहित थियौं, त्यसैले सम्मान पाएका थियौं । चाडपर्वमा अभिभावकको आँगन हामीले टेक्दा पवित्र हुने र नटेक्दा अपवित्र हुने सामाजिक मान्यता थियो । हामी समाज का अगुवा थियौं । हराम्रो भनाइ अनुसार समाज चल्ने गथ्र्यो । हामी निष्पक्ष पनि थियौं । झूटो बोल्दैनथ्यौं र न्यायको पक्ष लिन्थ्यौं । अन्यायको विरोधगथ्र्यौं । तब त सबैले हामीलाई मान्थे, आदर र कदरगर्थे । आज हराम्रो हिजोको अवस्था उल्टिएको छ । हामीलाई गरिने आदर, कदर, सम्मान र प्रतिष्ठामा खिया लाग्दै गइरहेको छ ।
किन आज शिक्षकको सम्मान र भूमिका अनि साख साँघुरिँदै गएको छ र हराम्रो उचाइ घट्दैछ ? हामी आफैँले आफ्नो गरिमा घटाउँदैछांै । आफ्नो महत्वलाई कमजोर बनाइरहेका छौं । किनभने आज हामी एउटै पेशामा रहेर पनि विभाजित भएका छौं । हराम्रो पेशा शिक्षण हो तर हामी काङ्ग्रेस र कम्युनिष्ट बनेका छौं, मात्र शिक्षक छैनौं । हामीमध्ये धेरैलाई अचेल गुरुको रूपमा भन्दा पनि पार्टीको नेताको रूपमा समाज ले चिन्न थालेको छ । शिक्षण भन्दा राजनीति प्यारो लागेका कारण हामीलाई अरूले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार फेरिएको छ । शिक्षक भएर पनि हामी अरू नै भएपछि अब हराम्रो भन्ने बाँकी नै के रह्यो र ? त्यसैले हामीले हाम्रै कारणले सबैै थोकगुमाएका छौं, हराम्रो इज्जत र प्रतिष्ठा अरूले होइन हामी आफैंले घटायौं । यसरी हामी शिक्षक आदर्शबाट चिप्लिएर भुमरीमा फस्न पुगेका छौँ ।
हिजो हामी सबैको साझ थियौं तर आज एउटा समूहको भएका छौं । साझ हुन सकेनौं । सबैको बनिरहन पाएनौं । सबैको बन्न हामीलाई दिइएन । शिक्षकको आदर्श र मान्यतामा अडिग रहन सकेनांै । कुनै न कुनै दलको छहारीमा छिर्नै पर्ने बाध्यताले हामीलाई बर्बाद पारयो । नछिर्दा घरपायकको जागिरगुम्छ कि, दुर्गममा सरुवा भइन्छ कि ? भन्ने भयले हामीलाई आदर्श शिक्षक बन्नबाट रोक्यो; अनि हामी समाज का अगुवाहरू कसैका पछुवा बन्न पुग्यांै । समाज का पथप्रदर्शक हामी आफैंले आफ्नो बाटो बिरायौं । मान , सान, इज्जत र प्रतिष्ठा सबैथोकगुमायौं । हामीले नानाभाँती गरेका कारण पाएको कदरको तक्मा लगाउनै नहुने भयो । प्रशंसापत्र देखाउनै नहुने भयो । सबैले सोध्न थाले– कुन सरकारको पालामा पाएको तक्मा या प्रशंसापत्र हो यो भनेर । अनि हामीले फलानो सरकारका पालामा पाएको तक्मा या प्रशंसापत्र भन्नेबित्तिकै अरू कुरा केही नभनी नाक खुम्च्याउन थाले प्रश्न सोध्नेहरू । हामीले अरू परिचय दिनै नपर्ने भयो । हामी शिक्षकको कित्तामा नभएर देब्रे वा दाहिने भित्तामा रहेछौं भन्ने कुरा सबैले सहजै बुझन थाले । त्यसैले हामी आफ्नै कारणले फस्यौं, फसाइयौं ।
अब प्रश्न रह्यो; आफैंले गरेको यस्तो गल्तीबाट कसरी उम्कने ? यतिबेलाको हराम्रो मुख्य चिन्ता नै यही हो । शिक्षकप्रति यत्रतत्रबाट बग्रेल्ती प्रश्नहरू ओइरिरहेका छन्– हामी को हौं ? शिक्षक हौं वा अरू कुनै ? दलका कार्यकर्ता हौं वा समाज का अगुवा ? यसको छिनोफानो कसले गर्ने ? यस्ता प्रश्न उठ्ने अवस्था हामीले सृजना गरेका कारण यसको समाधान पनि हामी आफैंले नखोजी सुख छैन ।
कसरी सच्चिने त ?
गुरुको पहिचानगुमाउनु हराम्रो मुख्य गल्ती हो । पढाउन छाडेर राजनीतिक दलको लहैलहैमा लाग्नु अनि तिनको बैठक,गोष्ठी र अधिवेशनमा सहभागी भएर झ्ण्डा बोक्नु शिक्षक धर्म थिएन, होइन । एउटा राजनीतिक दल र नेताको आश्वासनमा दगुर्दा अर्को दलले देखि सहन्न भन्ने कुरा हामीले कहिल्यै सोचेनौं । हामी त्यहीं चुक्यौं । एउटा दलको कार्यक्रममा सहभागी भइरहँदा अर्को दलले खोइरो खन्ला कि भन्ने कुरा हामीले नबिर्सिएको भए हराम्रोगौरव र सानगिर्ने थिएन । एउटा दलको झ्ण्डा बोकेर जुलुसमा हिँडिरहँदा अर्को दलले हामीलाई देखेपछि उसलाई असह्य भयो अनि हामी माथि भौतिक कारबाही गरयो, हाम्रा खुट्टा भाँचिए, अपाङ्ग भइयो । हामी दलीय दलदलमा फसेकै कारण हामीलाई शिक्षक भनेर होइन दलको कार्यकर्ता भनेर हिँड्नै नसक्ने गरी कुटपिट गरेर थला पार्न थालियो ।
हामी माधव नेपाल,गिरिजाप्रसाद वा प्रचण्डले जे भन्छन् त्यही भन्न थाल्यौं । उनीहरू त राजनीतिक नेता हुन्, आज मिल्छन् भोलि टाढिन्छन् । तर हामी शिक्षकहरू उनीहरूकै लहैलहैमा वहकिरहने हो भने हराम्रो हालत अझ् नाजुक हुनेछ । नेताहरूको संरक्षण गर्नका लागि त तिनका कार्यकर्ता र सुरक्षाकर्मीको ठूलो जमात छ । तर हामी शिक्षकको संरक्षण कसले गर्ला ? यो कुरा हामीले ख्याल गर्नैपर्ने हुन्छ । विगतमा हामीले गरेका गल्ती धेरै छन् तर सच्चाउने काम कम भएको छ ।
शिक्षक भएर हामीले बुझनैपर्ने अर्को कुरा के हो भने राजनीति शिक्षकले होइन नेताले गर्ने हो । हामीले नेतालाई किन सघाउने जबकि; शिक्षकको पेशागत हितका निम्ति तिनले अहिलेसम्म माखो मारेका छैनन् । उदाहरणका लागि निजामती कर्मचारीहरूले समयावधि बढुवा पाए तर हामी शिक्षकले समयावधि बढुवा त के निजामती सरहको सेवा सुविधा पनि पाएका छैनौं । अस्थायी शिक्षकले पढाएका धेरै व्यक्ति आज राज्यको नीति बनाउने थलोमा छन् तर अस्थायी शिक्षकको समस्या जहाँको त्यहीं छ । विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा व्यवस्थित गरिएको छैन । द्वन्द्वमा मारिएका शिक्षकका परिवारजनलाई क्षतिपूर्ति दिइएको छैन । राजनीतिक दलको पछि लाग्दा पनि शिक्षकको हितसँग प्रत्यक्ष गाँसिएका यी र यस्ता समस्या किन समाधान गरिएन त ? कसले गर्दा भएन ? जवाफ प्रस्ट छ; हाम्रा नेताहरूले हामीलाई हलुका रूपमा लिए, महत्वहीन कारिन्दा ठाने । त्यही कारण हाम्रा माग र समस्या ज्यूँका त्यूँ रहे ।
शिक्षकका सबै माग पूरा हुँदा नेताका पछुवा घट्ने भएका कारण पनि हाम्रा माग पूरा न गरिएको हो । तथापि हामीले यो सत्यलाई बुझन ढिलो गरिरहेका छौं र अहिले पनि हामी नेताकै पछि पछि लागेका छौं । शिक्षकहरू दलगत राजनीतिमा सामेल भएका छन् भन्ने आरोपलाई आफ्नै कारणले गर्दा खण्डन गर्न सकिएको छैन ।
अतः शिक्षक साथीहरू ! अब नेताको पछि लाग्न छाडौं । हिजो हामी सबैका अगुवा थियौं, आज आफैँले पढाएका चेलाको पछुवा नबनौं । हामी घट्यौं, घट्नसम्म घट्यौं; अब नघटौं । अब बढौं, अघि बढौं, उकालो लागौं, ओरालो यात्रा बन्दगरौं । सबै शिक्षकको एउटै युनियन/सङ्गठन बनाऊँ; एउटै झ्ण्डामुनिगोलबद्ध होऊँ; एउटै आन्दोलनमा सहभागी बनौं । हराम्रो कल्याण यसैमा छ । शिक्षण पेशालाई आकर्षक, सम्मानित तुल्याएर हिजोको अवस्थामा पु¥याऊँ ।
हामी शिक्षकहरू आफ्नो धर्म र कर्तव्यप्रति पूरै समर्पित बनौं । हाम्रा लागि स्कूल नै संसार हो । हराम्रो सम्पत्ति र इज्जत छात्रछात्रा हुन् भन्ने कुरा बुझैं । हामी बालमैत्री बनौं । सहयोगी होऊँ । नयाँ पिँढीको भावना बुझैं र सोही अनुरुप आफूलाई रुपान्तरणगराैँ । समाज र स्कूलमा हामी सबैको हाईहाई हुने प्रयत्नगरौं । अन्यत्र कतै नभौंतारिऔं । हामी शुद्ध शिक्षक बन्दा मात्र शिक्षाको स्तर उकालो लाग्न थाल्छ; अन्यथा यो सम्भव छैन । यसलाई मनन्गरौं । हामी जिम्मेवार बनौं । आफ्नो पेशाप्रति प्रतिबद्ध रहौं । सामाजिक मर्यादा कायम राख्न प्रयत्नशील बनौं । झूटको खेती छाडौं । षड्यन्त्रकारी, स्वार्थी, अपहरणकारी र अपराधी नबनौं । शिक्षण पेशालाई कलङ्कित नपारौँं । जात, जाति, धर्म, वर्ण, लिङ्ग, वर्ग र दलीय आधारमा कसै माथि भेदभाव गर्ने जस्तो अक्षम्य अपराध नगरौं । कुलत त्यागौं । चरित्रवान र नैतिकवान बनौं । अरूलाई सिकाऔं । आफू सिकौं र फेरि पनि सिकौं– खुब सिकौं ।
सिन्धुलीकोगौमती उमाविका प्रअ ढकाल
नेपाल शिक्षक युनियनका केन्द्रीय अध्यक्ष हुन् ।



