यसरी थालौं सिकाउन

शुरुशुरुमा एक वा दुई शब्दका वाक्यबाट लेखनको सुरुआत हुन्छ । त्यसपछि क्रमशः वाक्यहरूको सङ्ख्या पनि बढ्दै जान्छ । यसलाई शिक्षण नभनी सिर्जनात्मक कार्य भनिन्छ । किनकि लेख्ने प्रयास बालक स्वयंले गरेको हुन्छ । यो चरणमा हिज्जे र लेखनकार्य फरक–फरक विषय रहँदैनन् ।

अल्पसङ्ख्यक आदिवासी समुदायका बाल–बालिकाहरू पढाइमा असफल हुनुको एउटा कारण उनीहरूको घर, समाज र विद्यालयको सांस्कृतिक तथा भाषिक परिवेश भिन्न हुनु हो । मूलधारका विद्यार्थीभन्दा आफ्नो भाषा र संस्कृति भिन्न भएकै कारण आदिवासी समुदायका विद्यार्थीहरू जाँचमा असफल हुने; एउटै कक्षा दोहोरयाएर पढ्नुपर्ने; तह पार गर्न बढी समय लाग्ने र अन्ततः पढाइ नै छाड्नेसम्मको समस्या पैदा हुन्छ ।

बालबालिकालाई एक भाषा वा संस्कृतिबाट अर्को भाषा वा संस्कृतिमा सङ्क्रमण हुन निकै कठिन हुन्छ । नयाँ भाषा तथा संस्कृतिले गर्दा उनीहरूलाई विद्यालयको वातावरणमा घुलमिल हुन अप्ठ्यारो पर्छ । अरू विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्नका लागि चाहिने ज्ञान, सीप तथा दक्षताग्रहण गर्न उनीहरूलाई गाह्रो पर्छ । एकातिर उनीहरू आफ्नो भाषा तथा संस्कृतिबाट पनि विमुख भइसकेका हुन्छन् भने अर्कातिर नयाँ भाषा–संस्कृति पनि सिकिसकेका हुँदैनन् । फलस्वरुपः उनीहरूले सामाजिक स्थायित्वगुमाउँछन् र असफल बन्दछन् ।

संसारभरि नै अल्पसङ्ख्यक आदिवासी बालबालिकाहरूको पठनपाठन सबैभन्दा गाह्रो मानिन्छ । पठनपाठनका लागि भाषाको महत्वपूर्ण स्थान रहन्छ । “एउटा देश बनाउनुभन्दा पहिला त्यसको भाषा निर्धारण गर्नु पर्छ” भन्ने टाल्सटायको भनाइले पनि यो कुरा लाई इङ्गित गर्छ ।

यो समस्या समाधान गर्नका लागि सन् १८५९ मा टाल्सटायले परम्परागत विद्यालय भन्दा अलग ‘ग्रामीण पाठशाला’को स्थापना गरे जहाँ के पढ्ने, कति पढ्ने, कहिले पढ्ने भन्ने कुरा को निर्धारण विद्यार्थी स्वयंले गर्न पाउँथे । उनको स्कूलमा शिक्षकहरूको एउटै मात्र काम ज्ञानको खोजी गर्ने कार्यमा विद्यार्थीहरूलाई मद्दत गर्नु हुन्थ्यो । त्यहाँ विद्यार्थीहरूको रुचि र आवश्यकता अनुसारको शिक्षण विधि अपनाइएको थियो । त्यो पाठशालामा दण्ड तथा सजायको व्यवस्था थिएन । पाठ्यक्रम थिएन, नियम कानूनको बन्धन थिएन । विद्यार्थीहरू आफ्नो इच्छा विपरीतको काम गर्न वा पढ्न बाध्य थिएनन् । सो स्कूलमा पढेका बेरिस बोरोसोबका शब्दमा “ग्रामीण पाठशालाको पूरा जीवन उल्लासमय थियो । समय वितेको थाहै पाइँदैनथ्यो । शिक्षकहरू हाम्रा खुसी, उल्लास र प्रगतिका साथी थिए । हामीबीच निकटता थियो । जुन दिन हामी शिक्षकलाई देख्दैनथ्यौं त्यो दिन हामी उदास हुन्थ्यौं ।”  

टाल्सटायले आफ्नोग्रामीण पाठशालामा पढाइको सहज सूत्र फेला पारे । विद्यार्थीको स्वभाव, रुचि र चाहना अनुसार उनीहरूकै तरिकाले सिकाउनु सबैभन्दा उत्तम सिकाइ हो भन्ने उनको सूत्र थियो । स्थानीय परिवेशमा आधारित भएर लेखाइ–पढाइ गर्ने यो सूत्रको प्रयोग युनेस्कोले आज पनि गरिरहेको छ ।

विद्यार्थीहरूको जीवनसँग प्रत्यक्ष रूपमा जोडिने यो शिक्षण विधि निरक्षर व्यक्तिहरूका लागि मात्र होइन, एक संस्कृतिबाट अर्को संस्कृतितर्फ सङ्क्रमणका लागि पनि उपयोगी छ । प्राथमिक विद्यालयका हरेक विषयलाई एकअर्काका संस्कृतिसँग जोड्ने सेतुको रूपमा लिनुपर्छ । प्राथमिक विद्यालयको पाठ्यसामग्री निर्माण गर्दा दुई संस्कृतिबीचको फरकलाई कम गर्ने चेष्टा गर्नु पर्छ । धेरैजसो प्राथमिक विद्यालयमा बालबालिकाहरूलाई प्रारम्भिक शब्द चिनाउन चित्र भएका सामग्रीको प्रयोग गर्ने गरिन्छ । प्रायः यस्ता चित्रहरू वयस्क व्यक्ति, शिक्षाशास्त्री तथा विशेषज्ञहरूद्वारा तयार पारिएका हुन्छन् । ती चित्र बालबालिकाका लागि उपयोगी र आनन्द दिने खालका हुनसक्छन् तर विद्यार्थीहरू स्वयंले बनाएका चित्र जति शक्तिशाली र प्रभावकारी ती हुन सक्दैनन् । बाह्य व्यक्तिहरूले बनाएका चित्र रोचक भए पनि ती विद्यार्थीले बनाएका चित्र जति सहज हुँदैनन् ।

सहज पढाइको निम्ति पहिलो आवश्यकता आधारभूत शब्दावली हो । अर्थात् विद्यालयमा पठनपाठनका लागि शब्दहरू चाहिन्छन् । आफ्नै संस्कृतिका परिचित शब्दहरूको प्रयोगले विशेष अर्थ र गहनता बोकेको हुन्छ । यस्ता शब्द पूर्वपरिचित हुनुपर्छ साथै परिवेश सुुहाउँदा पनि । विद्यालयको शुरु का कक्षा आधारभूत शब्द सिक्नमै खर्च हुनुपर्छ ।

विद्यार्थीलाई शब्द सिकाउने सजिलो तरिका हो– विद्यार्थीलाई मन परेका शब्द भन्न लगाउने र उनीहरूले भनेका शब्द बोर्ड वा कागजमा लेखिदिने । त्यसपछि उसलाई कक्षाको अगाडि बोलाएर त्यो शब्द के हो भनी सोध्ने र उसलाई शब्द लेखिएको कागज दिएर पठाउने । एवम् रीतले सबै विद्यार्थीलाई आफूलाई मन परेका वा जानेका शब्द भन्न ल गाउँदै लेखेर दिनुपर्छ । खाजा खाने समय अथवा विश्रामबाट विद्यार्थीहरू कक्षाकोठामा फर्किएपछि उनीहरूका शब्द लेखिएका कार्ड वा कागज एकैठाउँमा मिसाएर राख्ने र आफ्नो–आफ्नो शब्दपत्ति चिन्ह लगाउने ।

अधिकांश बालबालिकाले आफ्ना शब्द र कार्ड चिन्छन् । यसरी पढाउँदा बालबालिकाले पुराना शब्दहरूको व्यापक अर्थ प्राप्त गर्छन् । यस्ता शब्द बढीभन्दा बढी मात्रामा सङ्कलन गर्नु जरुरी हुन्छ । त्यसका लागि बालबालिकाहरूसँगै कुरा कानी गर्नु एउटा रराम्रो उपाय हो ।

कसै कसैलाई यस्तो काम अनावश्यक पनि लाग्न सक्छ । तर, यो कार्य जरुरी र महत्वपूर्ण छ । सृजनात्मक क्रियाकलाप का बेला विद्यार्थीसँग गरिने कुरा कानीका क्रममा पनि यस्ता शब्दहरू भेटिन सक्छन् । पर्याप्त शब्द भेटिएनन् भने चलनचल्तीमा रहेका मूल शब्दहरू पनि प्रयोग गर्न सकिन्छ । हरेक दिन बालबालिकाले नयाँ शब्द भन्छन् । ती शब्द कागज वा लेखेर उनीहरूलाई दिँदै जानुपर्छ  । यसरी केही दिनमा नै बालबालिकाहरूसँग शब्द भण्डार तयार भइसकेको हुन्छ । यस्ता शब्द पहिलो घण्टीमै पढाउनु उपयुक्त हुन्छ । किनकि यतिबेला बालबालिकाहरू ज्यादै सक्रिय र उत्साहित हुन्छन् । हरेक बालकले आफूले चाहेको, लेखेको शब्द हेर्छ र त्यो शब्दको बनावटका आधारमा शब्द माथि औंला घुमाउँछ । बालकले आफ्ना शब्दको बारेमा अर्को साथीलाई बताउनुपर्छ । यसरी एकले अर्काका शब्दको अर्थ समेत बुझन सक्छन् ।

बालकहरू यो चरणबाट सिर्जनात्मक लेखनको चरणमा जानुभन्दा पहिला कम्तीमा ४० शब्द जानेको हुनुपर्छ । यस्ता शब्द कुन बालकले कति चाँडो सिक्छ भन्ने कुरा मा विशेष ध्यान पुर्याउनुपर्छ । शब्दहरूको छनोटमा स्वविवेकको प्रयोग न गरी लहैलहैमा गरिएको रहेछ भने त्यस्तो बालकलाई आफ्नो शब्द पहिचान गर्न कठिन हुन्छ ।

बालक जतिसुकै लज्जालु र सुस्त किन नहोस् उसले हरेक हप्ता एक न एक नयाँ शब्द सिकेको हुन्छ । यसबाट उनीहरूमा शब्दप्रतिको लगाव बढ्छ । पछि नयाँ र अपरिचित संस्कृति वा भाषाका शब्दहरू आउँदा पनि उनीहरू खुसीसाथ त्यस्ता शब्दलाई स्वीकार गर्छन् । केही समयपछि उसले के बुझछ भने हरेक अक्षरको अलग–अलग आकार हुँदोरहेछ र यी आकारहरूको बेग्लै अर्थ हुँदोरहेछ ।

आधारभूत शब्दहरूको पढाइपछि सिर्जनात्मक लेखनको चरण आउँछ । मूलशब्द एउटा मात्र लवजको हुन्छ भने सिर्जनात्मक लेखन एक वाक्यको हुन्छ । बालकले आफूलाई मनपर्ने शब्दको छनोट गर्छ र त्यसलाई लेख्न कोशिश गर्छ । यस बेलासम्ममा उसले बाङ्गाटिङ्गा रेखाहरूको केही न केही अर्थ हुँदोरहेछ भन्ने बुझसिकेको हुन्छ । यसकारण उसले जे लेख्छ त्यस बारेमा अरूले भन्दा बढी कुरा थाहा पाएको हु्न्छ । हरेक दिन दोस्रो घण्टी रचनात्मक लेखनका लागि छुट्याउनु रराम्रो हुन्छ ।
लेखनको शुभारम्भ कसरी हुँदोरहेछ भन्ने थाहा पाउन उनीहरूको लेखनकार्यको अवलोकन गर्नु पर्छ । साना बालबालिकहरू शब्दलाई पटक–पटक दोहो¥याउँछन् । यसरी विस्तारै उनीहरूलाई शब्दको ज्ञान हुन थाल्छ । उनीहरूको लेखन शैलीको पनि विकास हुँदै जान्छ । हिज्जे, शब्दज्ञान, शब्दको चयन र लेखनकार्य स्वतः अघि बढ्छ । उनीहरूले सिकेका शब्दहरूमध्ये केही व्यक्तिगत शब्दावली बन्छन् भने थुप्रै शब्दहरू सामूहिक प्रकृतिका बन्न पुग्छन् ।


अर्काको विचार को आलोचना गर्ने अधिकार हामीलाई छैन । हराम्रो काम बालकलाई उसको रुचि अनुसार लेख्न लगाउने मात्र हो । लेखनमा रुचि पैदा गराउनु हो । मनका कुरा लेख्न लगाउने हो । बालकले आफ्ना भावना व्यक्त गरे न भने त्यो शिक्षकको कमजोरी हो । यस्तो कुरा शिक्षकको स्वभाव र व्यवहारमा पनि भर पर्दछ ।

शुरु शुरु मा एक वा दुई शब्दका वाक्यबाट लेखनको सुरुआत हुन्छ । त्यसपछि क्रमशः वाक्यहरूको सङ्ख्या पनि बढ्दै जान्छ । शुरु मा उनीहरू दुई वा तीन वाक्यमा आफ्ना बारेमा लेख्न सक्ने हुन्छन् । यसलाई शिक्षण नभनी सिर्जनात्मक कार्य भनिन्छ । किनकि लेख्ने प्रयास बालक स्वयंले गरेको हुन्छ । यो चरणमा हिज्जे र लेखनकार्य फरक–फरक विषय रहँदैनन् । यी त अभिव्यक्तिको अर्को माध्यम बनिसकेका हुन्छन् । यिनै लेखनलाई हामी पुस्तकमा प्रयोग गर्छौं, जुन यति विविधतापूर्ण हुन्छ कि त्यस्तो विविधता जतिसुकै इमान्दारीपूर्वक तयार पारिएको अर्को पुस्तकमा हत्तपत्त पाउन सकिँदैन ।

विद्यार्थीहरूले लेखेको विषयलाई लिएर टीकाटिप्पणी गर्नु हुँदैन । यो बेला के लेख्ने भन्ने कुरा महत्वपूर्ण हुँदैन । उनीहरू जे लेख्न र जे भन्न पनि स्वतन्त्र हुन्छन् । सिर्जनात्मक लेखन अभ्यास ले मानिसको अन्तरहृदयलाई निखार्छ । यसले सहज विचार लाई मलजल पुर्याउँछ । उनीहरूको चरित्र र निजी पहिचान बनाउन मद्दत गर्छ ।

सिर्जनात्मक लेखनको कक्षामा शिक्षक निकै व्यस्त रहनु पर्छ । हरेक बच्चाका लागि नयाँ शब्द लेखिदिनुपर्छ । सफा अक्षर लेख्न लगाउनुपर्छ । शब्दहरूका बीचमा खाली ठाउँ छोड्न लगाउनुपर्छ । व्याकरणका बारेमा ध्यान दिनुपर्छ । विचार मा कत्तिको निरन्तरता छ भन्ने पनि नियाल्नुपर्छ । हरेक बालकको डेस्कमा गएर गल्ती सच्याइदिनुपर्छ । तर बालबालिकाहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ । बालकको लेखाइमा क्रमभङ्ग भएमा वा लेखाइ अर्थ पूर्ण नभएमा सच्याइदिनुपर्छ । एक वा दुईचोटि सच्याइसकेपछि फेरि त्यसको जरुरत पर्दैन ।

बालकले एउटै समय र एउटै ठाउँमा लेखी सिध्याउनुपर्छ भन्ने छैन । भोलिपल्ट पनि यसलाई निरन्तरता दिन सकिन्छ । यी सबै काम गर्दा बालबालिकाहरू स्वस्फूर्त रूपमा लाग्नुपर्छ । यसमा कुनै किसिमको कर–बल प्रयोग गर्नु हुँदैन ।

लेखेको कुरा असल वा खराब के छ भनी टिप्पणी गर्नु जरुरी छैन । किनकि लेखनसँग यसको कुनै सम्बन्ध छैन । अर्काको विचार को आलोचना गर्ने अधिकार हामीलाई छै्रन । हराम्रो काम बालकलाई उसको रुचि अनुसार लेख्न लगाउने मात्र हो । लेखनमा रुचि पैदा गराउनु हो । मनका कुरा लेख्न लगाउने हो । बालकले आफ्ना भावना व्यक्त गरे न भने त्यो शिक्षकको कमजोरी हो । यस्तो कुरा शिक्षकको स्वभाव र व्यवहारमा पनि भर पर्दछ ।


विद्यार्थीहरूले लेखेको विषयलाई लिएर टीकाटिप्पणी गर्नु हुँदैन । यो बेला के लेख्ने भन्ने कुरा महत्वपूर्ण हुँदैन । उनीहरू जे लेख्न र जे भन्न पनि स्वतन्त्र हुन्छन् । सिर्जनात्मक लेखन अभ्यास ले मानिसको अन्तरहृदयलाई निखार्छ । यसले सहज विचार लाई मलजल पुर्याउँछ । उनीहरूको चरित्र र निजी पहिचान बनाउन मद्दत गर्छ ।

बालबालिकाका लागि भनी लेखिएका प्रायः जसो पुस्तकहरू निर्जीव हुने गर्छन् । ती कक्षाकोठाको वातावरण, विद्यार्थीहरूको सामाजिक, सांस्कृतिक तथा भाषिक परिवेशसँग मेल खाँदैनन् । कक्षाकोठाको वातावरण र पुस्तकबीचको भिन्नतालाई कम गर्नु आवश्यक हुन्छ । यसको निम्ति बालकले आफैंले लेखेका कुरा हरूलाई पठन सामग्रीको रूपमा लिनुपर्छ । उनीहरूका लागि पढ्ने कुुरा त्यही हो जुन उनीहरूले अघिको कक्षामा लेखेका थिए । अर्थात् बालकहरू पहिला आफूले लेखेका कुरा हरू पढ्छन् । अघिल्लो पिरियडमा लेखेका कुरा लाई पछिल्लो पिरियडमा पढ्छन् । त्यस्तै हरेक दिन उनीहरूकै आफ्नै शब्दहरू कालोपाटीमा लेखिन्छन् र उनीहरूलाई पढ्न लगाइन्छ । यस्ता शब्दहरू केही वा दश बाह्रसम्म पनि हुनसक्छन् ।

बालबालिकाहरूलाई उनीहरूले जानेको कुनै शब्दको हिज्जे गर्न लगाइन्छ, नयाँ शब्दको होइन  । बालकहरू आफ्ना लागि उपयोगी शब्दहरू जतिसुकै कठिन भए पनि सिकिछोड्छन् । जब हरेक समय नयाँ शब्दहरू लेखिन्छ यसले उनीहरूलाई उत्तेजित तुल्याउँछ । किनकि त्यसदिन कुन कुन शब्द कालोपाटीमा लेखिन्छन् भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन ।

विद्यार्थीहरूले सबैभन्दा पहिले आफूले लेखेको कुरा पढ्छन् त्यसपछि अरूले लेखेका कुरा । यसरी लेखेका कुरा समूहमा पढ्दा सुन्ने अवसर पनि हासिल हुन्छ । यसको अर्को महत्वपूर्ण पक्ष के हो भने यसले सम्वादको थालनी गर्छ । लेखनको पृष्ठभूमिको जानकारीगराउँछ । भावना समेत प्रस्तुत हुनेहुँदा यस्तो पढाइगतिशील हुन्छ । यसले स्वस्फूर्त रूपमा ज्ञान बढाइरहेको हुन्छ ।

हरेक दिन कुनै न कुनै नयाँ शब्द थपिन्छन् । थुप्रै पुराना शब्दहरू दोहोरिन्छन् । बालकलाई मन नपरेका शब्दहरू हट्छन् । यसरीगतिशील शब्दहरू मात्र बाँकी रहन्छन् । बालबालिकाले लेखेका कुरा नै त्यस दिनको पाठका लागि आधार हुन्छन् । आफूले लेखेको कुरा अरूले पनि पढ्ने हुँदा उनीहरू अक्षर रराम्रो पारेर लेख्ने कोशिश गर्छन् ।

सहज पढाइ मात्र पर्याप्त हुँदैन । यो त पढाइको सुरुआतको अवस्था मात्र हो । यसले बालकलाई अरू पुस्तक पढ्न प्रेरित गर्नु पर्छ । यसले उनीहरूमा कठिन र स्तरीय पुस्तकतर्फ रुचि पैदा गर्छ । पढाइ सहज र सरल बन्न जान्छ । यसरी बालक मनोगत अवस्थाबाट प्राकृतिक अवस्थातर्फ, ज्ञातबाट अज्ञाततर्फ, सरलबाट जटिलतर्फ अघि बढ्छ । शुरु का कक्षाका क्रियाकलाप हरू जति बढी मात्रामा सिर्जनात्मक हुन्छन् बालबालिकाको मान सिक विकास त्यति नै रराम्रोसँग हुन्छ । त्यसपछि उनीहरूमा अन्य भाषा र संस्कृतिप्रति रुचि पैदा हुन्छ र बालकहरू अरू भाषाका पुस्तकहरू पनि नियमित रूपमा पढ्न थाल्छन् ।

प्रस्तुतिः गुरु मैनाली
न्यूजिल्याण्डकी शिक्षक सिल्भिया एस्टन वार्नरको पुस्तक टिचरबाट 

२०६६ साउन अंकमा प्रकाशित । 

commercial commercial commercial commercial