हिम्मत नहारे राम्रै गर्न सकिँदोरहेछ
“ल सबले ‘क’ लेख” भनेर हातमा छडी बोकेर पहिलो दिन स्कूल आएका नानीहरूलाई धम्कीपूर्ण निर्देशन दिएको सम्झ्ँदा अहिले आफैंलाई लाज लागेर आउँछ । तर, १३ वर्षअघि शिक्षक भएको पहिलो दिन मैले कक्षामा गएर यसै गरें । मेरो शिक्षक यात्रा ‘हेडटिचर’बाट शुरु भएको हो । त्यतिबेलासम्म मैले कुनै तालिम लिएकी थिइनँ । सरहरूले मलाई जसरी ‘क’ लेख्न सिकाएका थिए, त्यसरी नै सिकाउन थालेँ । पछि तालिम लिएपछि थाहा भो, नानीहरूलाई पेन्सिल समाउन र रेखा तान्न पो पहिला सिकाउनु पर्दोरहेछ ! ‘क’ लेख्न सिकाउने त धेरैपछि रहेछ ।
२०५३ सालमा मैले आईए सकेर स्नातकको अध्ययन शुरु गर्दैका बेला सुरुङ्गा–९ बयरघारीमा विद्यालय खोल्ने कुरा भयो । अभिभावकहरूले मलाई त्यहाँ पढाउन अनुरोध गर्नु भयो । त्यसबेला न तलब थियो न विद्यालय भवन । खुला आकाशमुनि पहिलो दिन गाउँका सातजना भाइबहिनी भेला गरेर पढाउन शुरु गरें । बिहान–बेलुका विद्यार्थी खोज्न गाउँ डुल्थेँ ।
गाउँ सुगम भए पनि हराम्रो टोल चाहिँ दुर्गम थियो । अधिकांश आदिवासी जनजाति बसोबास गर्ने यो क्षेत्र उसै पनि पिछडिएको थियो । अभिभावकहरूलाई नानीहरूलाई विद्यालय पठाउनुपर्छ भन्ने चेतना पनि साह्रै थिएन । विद्यालय सञ्चालनका लागि स्थानीय शिक्षासेवी ईश्वरीदेवी उप्रेतीले जग्गा प्रदान गर्नु भएको थियो । अर्का एकजना सहयोगी शिक्षकको पनि बन्दोबस्त गरिएको थियो । तर हामी दुबैजना स्वयंसेवकको रूपमा थियौं ।
२०५४ सालमा जिल्ला शिक्षा कार्यालयले विद्यालय सञ्चालनको अनुमतिसहित एउटा दरबन्दी दियो । अशिक्षाको भुमरीमा रहेको गाउँमा चेतनाको ज्योति फैलाउन विद्यालय स्थापना गरिएकोले यसको नाम पनि जनचेतना प्रावि राख्ने निर्णय गर्यौ । उक्त दरबन्दीमा नियुक्त गर्न खुल्ला प्रतिस्पर्धाबाट परीक्षा लिइयो । जसमा म नै उत्कृष्ट ठहरिएँ । वर्ष दिन निःशुल्क सेवा गरेका हामीमध्ये मैले अब सरकारी तलब पाउने भएँ । तर, सँगै काम गर्दै आएको साथीलाई निःशुल्क काम लगाउन उचित लागेन । फेरि मलाई प्रअको जिम्मेवारी पनि दिइएको थियो । त्यसले मलाई विद्यालयको जिम्मेवार अभिभावक पनि बनाएको थियो । त्यसैकारण, मैले कार्यालयबाट प्राप्त आधा तलब साथीलाई दिने निर्णय गरें । आफ्नो लागि आएको रकम बाँड्नु परेको भए पनि मलाई कुनै असजिलो लागेन । मनमा लोभ पलाएन ।
विद्यालयको स्तर वृद्धि हुँदै जाँदा २०५७ सालमा कक्षा ५ सम्म आइपुग्यो । यतिबेलासम्म हराम्रो विद्यालयमा विद्यार्थी सङ्ख्या अत्यधिक बढ्यो । हराम्रो ‘क्याचमेन्ट एरिया’भन्दा बाहिरबाट पनि विद्यार्थी आए । त्यसको एउटै कारण थियो, स्कूलको पढाइको स्तर । यही कारण, २०५७ सालमा शिक्षा कार्यालयले एकैपटक तीनवटा दरबन्दी विद्यालयलाई दियो । यति भएपछि दैनिक कक्षा जानुपर्ने कुरा बाट म अलि फुर्सदिलो बनेर गुणस्तर बढाउने उपायको योजना बनाउन थालेँ । यो विद्यालयलाई सफल बनाउनु मेरो चुनौती त थियो नै, त्यसमा महिला प्रअ भएको ले सफल बनाएर उदाहरणीय बनाउने मेरो महत्वाकाङ्क्षा पनि थियो । २०५७ सालको कक्षा ५ को जिल्लास्तरीय परीक्षामा हराम्रो विद्यालयकी रिना रायमाझी जिल्ला प्रथम भइन् । यति भएपछि हराम्रो विद्यालयको पढाइ रराम्रो छ भनेर भन्दै हिँड्नु पनि नपर्ने भयो । कन्काइ मावि सुरुङ्गाबाट प्रथम श्रेणीमा एसएलसी गरे की रिनाले १२ कक्षा पनि उत्तीर्ण गरिसकेकी छन् ।
अहिले सम्झन्छु, म त्यतिबेला बिहान ६ बजे नै विद्यालय आउँथे । विद्यालयको सरसफाइ पनि आफैंगर्थें । बेलुका विद्यालय बिदा भएपछि पनि दिनभरी गरिएको शिक्षण तरिकाका बारेमा चिन्तनगर्थें र कहाँ सुधार्नुपर्ने कुरा छ सुधार्ने प्रयासगर्थें । भौतिक र शैक्षिक गुणस्तर वृद्धिका लागि त्यतिबेला विद्यालय व्यवस्थापन समितिको बैठक दिनहुँजस्तो राख्थेँ । कहाँबाट सहयोग पाइन्छ र विद्यालयमा समुदायले के देन दिन सक्छ भन्ने कुरा मा हामी छलफल गथ्र्र्याैं । त्यतिबेलै हामीले निर्णयग¥र्यौं, ‘शैक्षिक गुणस्तर उठाउनका लागि अभिभावकहरूले विद्यालयको निगरानी गर्नु पर्ने ।’ त्यसनिम्ति पालो मिलाएर अभिभावक दिनहुँ विद्यालय आउनुपर्ने गरियो ।
शिक्षकहरूलाई विद्यार्थीकेन्द्रित शिक्षण पद्धति अपनाउन प्रोत्साहित गरियो । त्यसनिम्ति शैक्षिक सामग्री आफैं बनाउने, विद्यार्थीलाई बनाउन लगाउने र नसके अभिभावकहरूलाई अनुरोध गर्ने प्रक्रिया अपनाइयो । यी सब कारणले विद्यालयको नाम धेरैतिर चल्यो । विद्यालयसँगै प्रअको नाम पनि प्रचार भयो । कतिले चाहिँ महिला प्रअको यो चुरीफरी कति दिन टिक्छ र भनेर कुरा पनि काटे । तर, विद्यालयलाई नमुना बनाउँछु भन्ने लक्ष्यबाट म विचलित भइनँ । मैले अधिकांश स्टाफ पनि महिला नै राखेँ । अहिले हामी पाँचजना महिला छौँ । महिलाहरू संयमित, घरेलु वातावरण सृजना गर्न सक्ने र मादक पदार्थ सेवन न गर्ने हुँदा विद्यालयको शैक्षिक वातावरण सहज, सजिलो हुँदोरहेछ ।
विद्यालयको व्यवस्थापन समुदायको हातमा रहेका स्कूलको शैक्षिक अवस्था अझ् सुधार्न सकिन्छ भन्ने सुनेपछि शिक्षा कार्यालयमा बुझन गएँ । कुरा बुझदा हो जस्तै लाग्यो । अभिभावकसँग सल्लाह गरें । विद्यालय समुदायमा हस्तान्तरण गर्ने कुरा मा सबै सहमत भए । आजभन्दा ६ वर्षअघि विद्यालयको व्यवस्थापन समुदायमा आयो । त्यसपछि , विद्यालयको शैक्षिक स्तर अरू उकासियो । शिक्षकले नियमित पढाए/नपढाएको अभिभावकले निरीक्षण गर्छन् । विद्यालयमा सबभन्दा बढी उपस्थित हुने अभिभावकलाई विद्यालयले पुरस्कार समेत दिने गरिएको छ ।
विद्यालयलाई अझ् बढी बालमैत्री बनाउनगत वर्ष कक्षा १ मा बालमैत्री फर्निचरको प्रबन्ध गरियो । दुई वर्षअघि शैक्षिक भ्रमणको क्रममा मोरङको शारदा प्रावि लगायतका विद्यालयमा यस्ता फर्निचर र कक्षा देखेपछि त्यसको सिको गर्न मन लाग्यो । साना कुर्सी र डाइनिङ टेबल राखेपछि केटाकेटीहरू बस्न सजिलो मान्छन् ।गत वर्ष विद्यालय सुधार कार्यक्रमको रकम र केही चन्दा उठाएर रु.२९ हजारमा यस्ता फर्निचर जोहो गरियो । यस्ता फर्निचर पाएपछि बालबालिका पढ्न रुचाउने र रत्तिने रहेछन् । अहिले ती विद्यार्थी कक्षा २ मा गए तर उनीहरू फर्निचर छोड्न मान्दैनन् । उनीहरूलाई फकाएर डेस्कबेञ्चमा राखिएको छ । कक्षा २ मा पनि बालमैत्री फर्निचर बन्दोबस्त गर्न दाताहरूको खोजी गरिरहेकी छु । फर्निचरकै कारण थप विद्यार्थी आकर्षित भएका छन् कक्षा १ मा । विद्यालयमा दुई वर्षयता जुत्ता, युनिफर्म र झेला अनिवार्य गरिएको छ । यसका साथै, कक्षामा अङ्ग्रेजी विषय पनि अनिवार्य गरिएको छ । अङ्ग्रेजी पढाउनका लागि भदौ देखि एकजना शिक्षकको प्रबन्ध गर्दैछौं । आउँदो वर्ष देखि कक्षा अद्यावधिक गर्दै आगामी सात वर्षमा यो विद्यालयलाई उच्च मावि बनाउने मेरो सोच रहेको छ ।
मेरो विचार मा सामुदायिक विद्यालय सुधार्ने एउटै उपाय, शिक्षक र अभिभावकको बढी संलग्नता नै हो । अभिभावकले दैनिक विद्यालयको अनुगमन गरे भने शिक्षक स्वतः अनुशासित र मर्यादित हुन्छन् । शिक्षकले पनि कर्तव्यनिष्ठ भएर पढाए भने समुदायको विश्वास स्वतः बढेर जान्छ । अभिभावक विद्यालय आउन भ्याएनन् भने पनि नानीहरूले गृह कार्य कुन–कुन विषयको ल्याएका छन् भनी हेर्नु वा सोध्नुपर्दछ । लेख्न–पढ्न नजान्ने अभिभावकहरू पनि बच्चाले गृह कार्य गर्ने बेलामा छेउमा बसिदिए भने उनीहरूमा पढाइप्रति उत्साह जाग्छ । बालबालिकाले गृह कार्य छैन भने भनें अभिभावक सचेत हुनुपर्छ । किन कुनै गृह कार्य दिइएन ? भनेर अभिभावकले शिक्षकलाई सोधपुछ गर्नु पर्छ । यसले शिक्षकलाई सुधार्न ठूलो मद्दत पुग्छ ।
विद्यालयलाई दलीय राजनीतिबाट मुक्त राख्न सक्नु पनि विद्यालय उन्नतिमा जाने एउटा आधार हो भन्ने मेरो आफ्नै अनुभवले सिद्ध गरेको छ । हेडमास्टर स्पष्ट, दर्बिलो र पेशाप्रति प्रतिबद्ध भयो भने कुनै दलले पनि विद्यालयमा हस्तक्षेप गर्न सक्दैनन् ।
जनचेतना प्राथमिक विद्यालयको स्थापनाकाल देखि महिला प्रधानाध्यापकको रूपमा सेवा गर्ने मौका पाउँदा म आफैंलाई पनि ठूलो हौसला मिलेको छ । आज पनि यो वातावरण चुनौतीपूर्ण र अवसरको खोजी गर्ने खालको नै छ । स्वयंसेवक शिक्षकको रूपमा काम गर्न तयार हुँदा पनि ‘यो केटीले काम त गर्न सक्ने हो ?’ भन्ने खालका प्रश्नहरू नआएका होइनन् । विगत र वर्तमान मा विद्यालय व्यवस्थापन समिति, विद्यालयसँग सम्बन्धित अन्य समिति र उपसमिति, शिक्षक वर्गहरू सबैको सामूहिक पहल र प्रयत्नबाट नै हराम्रो स्कूलको आजको प्रगति सम्भव भएको हो । मैले केवल संयोजनकारी भूमिका मात्र निर्वाह गरे की हुँ । आईमाईले केही गर्न सक्दैनन् भन्ने रुढ मान्यताबाट मुक्त नभइसकेको हराम्रो समाज मा पनि सकारात्मक सोच, लक्ष्यप्रतिको अविचलित निष्ठा र नेतृत्व कौशलता भएमा पुरातन मान्यतालाई समेत बदलेर समुदायलाई नयाँ मान्यतामा हिँडाउन सकिने रहेछ भन्ने अनुभव गरे की छु ।
(कुमालसँग चेतन अधिकारी ले गरेको कुरा कानीमा आधारित)



