हेराइ र बुझाइ
ढाड सोझयाउने सालिक
एकादेशमा एकजना राजा थिए । उनको जीवनमा कुनै कुरा को दुः ख थिएन । तर आफ्नो एकमात्र छोरो कुम्ले (कुप्रो) भएको मा भने उनी अत्यन्त चिन्तित थिए । राजवैद्यहरूले राज कुमारको पिठ्युँ सामान्य हुन नसक्ने ठहर गरे पछि राजाले राज कुमारलाई निको पार्न सक्नेलाई एकदमै ठूलो पुरस्कार दिने घोषणा गरे । मुलुकभरका नामी डाक्टर, वैद्यहरू दरबारमा भेला भए तर कसैको केही लागेन ।
राजा अत्यन्त निराश भए र राज कुमारलाई निको पार्ने प्रयत्न नै छाड्ने टुङ्गोमा पुगे । तर त्यसै बेला एउटी बूढी महिला दरबारमा आइन् र आफूले राज कुमारको उपचार गर्न सक्ने कुरा बताइन् । तर उनले सुझएको उपाय भने एकदम अनौठो थियो । उनले राज कुमार सधैँ खेल्ने गरेको दरबारको पटाङ्गिनीको बीचमा राज कुमारको सालिक स्थापना गर्ने प्रस्ताव गरिन् । उनले केही कुरा भने तोकेरै भनिन्, “सालिक हेर्दा दुरुस्त राज कुमार जस्तै हुनुपर्छ तर त्यसमा उनको पिठ्युँ भने सद्दे अर्थात् पूरा उपचार गरिसक्दा जस्तो हुनुपर्ने हो त्यस्तै हुनुपर्छ । राज कुमारले त्यो सालिक प्रत्येक दिन देख्नुपर्छ तर उनीसित त्यसका बारेमा कसैले पनि कुरा गर्नु हुँदैन ।” राजालाई उनको उपचारमा धेरै विश्वास नलागे पनि केही भइहाल्छ कि भनेर उनको प्रस्ताव अनुसारका कुरा पूरा गरिदिने आदेश दिए । राज कुमारको सुन्दर सालिक बनाइयो र उनले सधैँ खेल्ने पटाङ्गिनीका बीचमा स्थापना गरियो ।
अपेक्षा गरिए अनुसार नै राज कुमारका आँखा खेल्दाखेल्दै प्रायः त्यो सालिकमा पर्थे । केही समयपछि उनले त्यो सालिक आफू जस्तै भएको बुझन थाले । विस्तारै उनको मनले त्यसमा मिहीन ढङ्गले उतारिएको आफ्नो आकृतिलाई आत्मसात् गर्न थाल्यो । त्यो सालिक सीधा उभिएको थियो र त्यसको पिठ्युँमा कुम्लो थिएन । सालिकका बारेमा आफूलाई कसैले केही नभनेका कारण उनले आफैँ नै त्यसको अर्थ लगाउन थाले र आफूले त्यस्तै हुनुपर्छ भत्रे बुझन थाले । केही वर्ष भित्रैमा सबैले राज कुमारको आकृतिमा स्पष्ट सुधार देख्न थाले । राजा अत्यन्त खुसी भए । केही वर्षपछि त राज कुमारमा कुम्लेपनाको कुनै लक्षण पनि बाँकी थिएन ।
कथासार
मानिस आफूलाई जस्तो ठान्छ त्यस्तै बन्छ । बालबालिकामा उनीहरूको आफैँप्रतिको धारणा हामीले जस्तो बनाइदिन सक्छौँ उनीहरू त्यस्तै नै बन्छन् । सानै देखि अरूले आफ्नाबारेमा रराम्रो टिप्पणी गरेको सुनेका बालबालिका उत्तरदायी, असल, मिजासिला हुन्छन् भने आफ्नो बारेमा रराम्रो कुरा सुत्र नपाएका बालबालिकाको विकास पनि त्यसै अनुरुप, नराम्रै व्यक्तिका रूपमा हुने गर्छ ।
(इन्डियन फोकलोर टिचिङ स्टोरिजनामक किताबबाट )



