खाँचो बालमैत्री शिक्षाका
केटाकेटीको सर्वाङ्गीण विकास को प्रथम आधारस्तम्भ शिक्षा हो । केटाकेटीको व्यक्तित्व विकास लाई प्रभाव पार्ने प्रमुख कारकतत्व शिक्षा र शिक्षा प्रदान गर्ने व्यक्तित्व नै हुन् । मनोविज्ञहरूले शिक्षाग्रहण गर्ने भन्दा हस्तान्तरण गर्ने व्यक्तिको व्यक्तित्व र शिक्षणकलाले शैक्षिक क्रियाकलाप र अपेक्षित परिवर्तनलाई निर्धारण गर्ने कुरा लाई जोड दिएको पाइन्छ । उनीहरूले शिक्षकका दुई महत्वपूर्णगुणहरूको व्याख्या गरेका छन् । पहिलो अथवा पूर्वाधारगुण भनेको व्यक्तिगतगुणहरू हुन् । तीगुणहरू शिक्षकको सकारात्मक सोचाइ, उच्च आत्मबल, मायालु र मिलनसार, दमन र भेदभावपूर्ण व्यवहार नदेखाउने र आफ्नो रिसलाई विद्यार्थी माथि नखन्याउने पर्दछन् । अर्को महत्वपूर्णगुण भनेको व्यावसायिक अथवा पेशागतगुणहरू हुन् । यस्तागुणहरू अन्तरनिहित शिक्षण क्षमता, स्पष्ट सञ्चारसीप क्षमता, सहज र सरल शिक्षण पद्धति अवलम्बन गर्ने, विषयवस्तुलाई लाद्नुभन्दा पनि विषयवस्तुलाई व्यावहारिक प्रयोजनमा ल्याउने किसिमले स्पष्ट पार्ने, केटाकेटीको मनोभावनालाई बुझने साथै वैयक्तितालाई प्राथमिकता दिने, आफूलाई लचिलो बनाउने र केटाकेटीसँग आफ्नो दूरीलाई नबढाउने इत्यादि पर्दछन् ।
उपर्युक्तगुणहरूले शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई सुमधुर एवं भयरहित बनाउन मद्दत गर्द छ । शिक्षक मासिकद्वारा सम्पन्न ‘विद्यार्थीका आँखामा राम्रा शिक्षक’ अनुसन्धानमा धेरै विद्यार्थीहरूले आफूले नबुझेका कुरा सोध्न शिक्षकसँग डर लाग्ने मत दिएका छन् साथै बुझन नसक्दा दण्ड पाइने भयको त्रास पनि व्यक्त गरेका छन् । शिक्षकले प्रायः गरी चलाख, सिपालु र अनुशासित विद्यार्थीलाई मनपराउने र यस्ता विद्यार्थीप्रति सकारात्मक दृष्टिकोण राख्ने गरेको पाइन्छ । यस्ता विद्यार्थीले गरेको गल्तीलाई आँखा चिम्लने उदाहरणहरू प्रशस्तै पाइन्छन् जसले गर्दा अन्य औसत एवं न्यून क्षमता भएका विद्यार्थीहरूप्रति नकारात्मक भावनाको विकास गराउँछ । नकारात्मक भावनाले विद्यार्थीको व्यक्तित्वलाई प्रत्यक्ष असर गर्द छ । साथै शिक्षकप्रति नकारात्मक बन्दै जान्छन् र पढाइप्रति निरुत्साही हुन्छन् ।
मत सर्वेक्षणलाई सरसर्ती हेर्दा के पाइन्छ भने रराम्रोसँग अथवा बुझने गरी नपढाउने, पिट्ने, भेदभावपूर्ण व्यवहार गर्ने , रुष्ट स्वभाव गरेका एवं खराब लत र व्यक्तित्व गरेका शिक्षकलाई प्रायः केटाकेटीले नकारात्मक मत दिएका छन् । केटाकेटी उमेरमा धेरै सानो भए तापनि उनीहरूको मस्तिष्क अत्यन्त तीक्ष्ण हुन्छ । उनीहरूले व्यक्तिको व्यवहार र परिस्थितिलाई आफ्नै तरिकाबाट बुझी विश्लेषण गर्द छन् । पढाइ, सीपलाई भन्दा पनि केटाकेटीले व्यक्तित्व र व्यवहारलाई बढी प्राथमिकता दिने गर्द छन् । केटाकेटीसँग हाँस्ने, खेल्ने, रमाउने र माया देखाउने व्यक्तिलाई सबै केटाकेटीले मन पराउँछन् । यस्ता व्यवहारले केटाकेटीमा ‘भय’ सिर्जना गराउँदैन । बरु भय छ भने पनि कम गर्दै लैजान्छ । भयपूर्ण वातावरणमा बस्दा केटाकेटीले आफूलाई असहज अनुभव गरिरहेका हुन्छन् । यस्तो अनुभवले केटाकेटीकोग्रहण क्षमतालाई अवरोध पुरयाउने गर्छ ।ग्रहण क्षमता जति ह्रास हुँदै गयो त्यति नै केटाकेटीमा मनोवैज्ञानिक एवं व्यवहारात्मक समस्याहरू बढ्दै जान्छ । यस तथ्यलाई प्रस्तुत सर्वेक्षणले समेत पुष्टि गर्द छ ।
धेरै विद्यार्थीले बालमनोविज्ञान बुझेर पढाउने शिक्षकको अपेक्षा राखेको पाइन्छ । झन्डै ६७ प्रतिशत विद्यार्थीहरूले आफ्नो विद्यालयमा कम्तीमा एक जना शिक्षक आफूलाई मन नपरेको उल्लेख गर्नु ले मत प्रशंसा, हौसला र सकारात्मक पुनर्बल जस्ता अत्यावश्यक कुरा हरू ती शिक्षकहरूले शिक्षण क्रियाकलाप मा प्रयोग न गरेको खुलासा हुन आएको छ । दण्ड र भयले तत्काल व्यवहार नियन्त्रण त गर्न सकिन्छ तर स्थायी रूपमा यसको सकारात्मक प्रभाव नपर्ने कुरा लाई धेरै मनोविद् एवं शिक्षाविद्ले् स्वीकारेका छन् । त्यसैले, नपढ्ने विद्यार्थीलाई शिक्षकले मन पराउँदैनन् भन्ने कुरा लाई बुझे तापनि आफूलाई मन नपर्ने शिक्षकसँग आफ्नो दूरी बढाउने मनसायले जानीजानी केटाकेटीले पढाइलाई बेवास्ता गरेको पनि उल्लेख गरेका छन् । प्रभावकारी शिक्षण क्रियाकलाप मा शिक्षकले आफ्नो व्यक्तित्वलाई अनिवार्य रूपमा आकर्षक एवं सहज बनाउनुपर्छ साथै शिक्षक सीप एवं साधन सम्बन्धी पनि पूर्ण ज्ञान हुनु नितान्त आवश्यक छ । शिक्षक एउटा नमुनाको रूपमा प्रस्तुत हुन सकेमा केटाकेटीहरू अनुशासनहीन बन्दैनन् । तिनमा पढाइप्रति वितृष्णा ज गाउँदैनन् साथै, हिजोआज शैक्षिक वातावरणमा मौलाउँदै गएका विविध प्रकारका उद्दण्डकारी समस्याहरूले प्रश्रय पाउने छैनन् भनी आशा राख्न सकिन्छ ।
बालमस्तिष्कको संरचना जन्म अवस्थामा पूर्ण भए तापनि यसको परिपक्वता २५ वर्ष नपुगेसम्म आउन सक्तैन । कलिलो उमेरमा मस्तिष्कका स्नायु तन्तुहरू, कोषिका ज्यादै कमजोर र संवेदनशील हुन्छन् । कुनै दबाब, सङ्घर्षपूर्ण परिस्थिति, भय र तनाव जस्ता कुरा हरूसँग लड्न एवंग्रहण गरी समायोजन कार्य गर्न सक्तैनन् । तसर्थ केटाकेटीलाई सिकाउने वातावरण दबाबरहित, सङ्घर्षपूर्ण प्रतिस्पर्धालाई निरुत्साहित गर्ने र भयरहित हुनुपर्ने कुरा लाई शिक्षा र मनोविज्ञानका ज्ञाताहरूले जोड दिएका छन् । यसै दर्शनलाई प्राथमिकता दिँदै हिजोआज ‘बालमैत्री शिक्षा’ को अवधारणा विकास भएको हो । यदि सिकाउने वातावरण बालमैत्री भएन भने बालमस्तिष्कमा एक जना वयस्कसँग सिर्जना भएको भय र दबाबले सम्पूर्ण वयस्कप्रति नै नकारात्मक बनाउँदै लैजान्छ र पछि आफूलाई सदैव काम नलाग्ने, असुरक्षित र नकारात्मक मूल्याङ्कन गरिरहन्छन् । त्यसैले यो कुरा मा शिक्षकहरू विशेष रूपमा संवेदनशील हुनुपर्छ र आफ्नो व्यवहारलाई छिटोभन्दा छिटो ‘बालमैत्री’ बनाउनतिर लाग्नुपर्दछ । बालबालिकाको सिकाइ प्रक्रिया र उपलब्धिलाई त्यसले मात्रगति दिनसक्छ । यो अध्ययनले पनि यही तथ्यलाई पुनर्पुष्टि गरेको छ ।
लेखिका त्रिचन्द्र कलेजमा मनोविज्ञान विषय प्राध्यापन गर्छिन् ।



