सृजनशील हुन प्रेरित ग¥यो

विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित गर्नु हुँदैन । केटाकेटीको सामाजिकीकरण गर्ने र जीवनोपयोगी सीपहरू पनि सिकाउँदै जानुपर्छ ।

प्राथमिक र निम्न माध्यमिक तहसम्मको शिक्षा मैले कास्की जिल्लाको आरुवा गाउँस्थित रतन पाण्डे निम्न माध्यमिक विद्यालयबाट हासिल गरेको हुँ । यो गाउँ पोखराबाट पूर्वतिर पर्छ, जहाँ वि.सं. २०२२ सालमा ६ वर्षको छँदा म कक्षा १ मा भर्ना भएको थिएँ । माध्यमिक शिक्षा चाहिँ पोखराको अमरसिंह माध्यमिक विद्यालयबाट २०३२ सालमा पूरा गरें ।

बुबा भारत बसेर आउनुभएको ले उहाँले शिक्षाको महत्व बुझनुभएको रहेछ । त्यसैले गाउँमा स्कूल चलाउन आफ्नो तर्फबाट सकेको योगदान पनि गर्नु भयो । बुबाले स्कूल भर्ना गर्न लैजाँदा सोमनाथ बराल सरसँग भन्नुभयो, “मेरो छोराले सरस्वतीको स्तुति कण्ठाग्र गरिसकेको छ ।” मैले ‘सरस्वती मयादृष्टा वीणा पुस्तक धारिणी’ भनेर वाचन गर्न थालेपछि बराल सरले ल, भयो ठीक छ भनेर मलाई कक्षा १ मा भर्ना गरिदिनुभयो ।

प्राथमिक तहमा पढ्दा मलाई विज्ञान शिक्षक घनश्याम बराल बढी मन पथ्र्यो । गणित शिक्षक टङ्क बराललाई पनि म मन पराउँथे । घनश्याम सर चाहिँ अरू शिक्षकहरू भन्दा पृथक् विचार को हुनुहुन्थ्यो । उहाँ परम्परागत विचार भन्दा आधुनिक विचार धारा अनुसार चल्ने मानिस हुनुहुन्थ्यो । आफ्नो विषय पनि छर्लङ्ग बुझिने गरी पढाउनु हुन्थ्यो । कडाइ र अनुशासन कायम गर्न चाहिँ कृष्णप्रसाद ढुङ्गाना सरले ख्याति नै कमाउनुभएको थियो । उहाँ हराम्रो स्कूलमा छिमेकी गाउँबाट आउनुभएको थियो जसबाट हामीले अनुशासन के हो भन्ने कुरा सिक्यौं । उहाँ आफू पनि एकदम अनुशासित हुनुहुन्थ्यो । समयको पनि धेरै ख्याल गर्नु हुन्थ्यो । स्कूल समयमा आउनुहुन्थ्यो । त्यसबाट म निकै प्रभावित थिएँ । विषयवस्तुमा रराम्रो दख्खल, पढाउँदा सबै विद्यार्थीमा उत्तिकै ध्यान दिनसक्ने, खेलकुद, अतिरिक्त क्रियाकलाप सृजनात्मक तरिकाले निरन्तर गराउने जस्ता शिक्षकमा हुनुपर्नेेगुण उहाँमा थिए । प्रतिभाशाली विद्यार्थीलाई उनीहरूको प्रतिभा र क्षमता उजागर गर्न, आत्मविश्वास भर्न उहाँ प्रोत्साहन दिइरहनु हुन्थ्यो ।

सन् १९९८ मा मैले युक्रेनबाट पानी तथा वातावरणमा विद्यावारिधि उपाधि हासिल गर्ने मौका पाएँ । त्यसयता नेपालमा एउटा इन्जिनियरका रूपमा नेपालमा मैले थुप्रै अनुसन्धान गरेको छु । र, इन्जिनियरिङको क्षेत्रमा आविष्कार भन्न मिल्ने केही नयाँ अनुसन्धान गरेको छु । आफ्नो क्षेत्रमा मेरो नाम छ । पक्कै पनि यहाँसम्म आउनमा समय, परिस्थितिसँग सँगै मेरो आफ्नै मिहिनेत र लगनशीलताको महत्वपूर्ण भूमिका छ । तर स्कूलका शिक्षकहरूले मलाई राम्ररी नपढाउनु भएको भए, अभिप्रेरित न गर्नु भएको भए म यो अवस्थामा कुनै पनि हालतमा पुग्न सक्ने थिइनँ । आरुवामा पढ्दा नै शिक्षकहरूले ‘हराम्रो स्कूलको नाम चेतबहादुर परियारले राख्छ’ भन्नुभएको कुरा बेला बेलामा मेरो कानमा बजिरहन्छ । त्यसले मलाई लगनशील भएर पढ्न र अब्बल विद्यार्थी हुन निक्कै प्रेरित गरेको थियो । म जान्ने छु, अझ् धेरै जान्न सक्ने क्षमता छ भन्ने आत्मविश्वास निम्न माध्यमिक तह पार न गर्दै बढेका कारणले क्रमशः अगाडि बढ्दै गएँ ।

केटाकेटीको मस्तिष्क कलिलो हुन्छ । घर छोडेर स्कूल आएको उसले स्वाभाविक रूपमा माया र स्नेह खोज्छ । विद्यार्थीले खोजेको माया दिन शिक्षकले जान्नुपर्छ । दिएर मात्र हुँदैन, माया दिएको अनुभूति गराउन पनि जान्नुपर्छ । शिक्षक र स्कूल प्रशासन दुवैले प्रत्येक विद्यार्थीको हेरविचार गरे कै हुनुुपर्छ । स्कूलको समग्र वातावरण अनुशासित होस्, धेरै कडाइ पनि नहोस्, अति नरम पनि नहोस् । शिक्षक खुला दिलको होस्, सबै विद्यार्थीलाई समान व्यवहारगरोस्, पाठ बुझिने गरी पढाओस्, आफूले गर्न चाहेको सृजनात्मक काम या अतिरिक्त क्रियाकलाप लाई प्रोत्साहितगरोस्, पढ्न पनि प्रोत्साहितगरोस्, गल्ती गरे मा माफ देओस्, कुटाइ रगाली खान नपरोस् भन्ने चाहना गर्छन् विद्यार्थी । कुनै पनि शिक्षकलाई विद्यार्थीले मन पराउनु वा नपराउनुका पछाडि शिक्षकका क्षमता,गुण, अवगुणहरू नै मुख्य रूपमा जिम्मेवार हुँदा रहेछन् ।

शिक्षक भनेको विद्यार्थीका लागि अभिनेता र पथप्रदर्शक नै हो । विषयवस्तुमा पकड नभएको मानिस शिक्षक छ भने कि त उसले आफूलाई छिटै दख्खल बनाउनुपर्छ, होइन भने तुरुन्त शिक्षक पेशा नै छाडेर अरू पेशामा लाग्न म सल्लाह दिन्छु । आफैंसँग रराम्रो ज्ञान नभएको मानिसले त्यसबारेमा अरूलाई के सिकाउन सक्छ ? दोस्रो, ऊ व्यावहारिक पनि हुनुपर्छ । धेरैभन्दा धेरै उदाहरण दिएर विद्यार्थीलाई बुझाउन सक्ने हुनुपर्छ । विद्यार्थीको मनोविज्ञान बुझन सक्ने हुनुपर्छ । आफ्नो कुरा विद्यार्थीले ध्यान दिएर सुनेका छन् कि छैनन्, छैनन् भने त्यसको कारणको खोजी गर्ने र त्यसलाई समाधान गरेर विद्यार्थीलाई जिज्ञासु र सक्रिय बनाएर पढाउन सक्ने हुनुपर्छ । विद्यार्थी थाकेका छन् भने उनीहरूलाई छोटो समयको लागि ‘रिल्याक्स’ दिनुपर्छ । कडाइ गर्ने बेलामा कडाइ गर्ने , माया गर्न पर्ने ठाउँमा माया दिने गर्नु पर्छ । शिक्षण कला उसले रराम्रोसित जानेको हुनुपर्छ र तदनुरुप सिकाउन सक्ने क्षमता हुनुपर्छ । तालिम लिएको हुनुपर्छ र तालिममा सिकेको कुरा व्यवहारमा लागू गर्नु पर्छ । विज्ञान र प्रविधिको विकास सँग सँगै उसले आफूलाई अद्यावधिक गरेको हुनुपर्छ । विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित गर्नु हुँदैन । केटाकेटीको सामाजिकीकरण गर्ने र जीवनोपयोगी सीपहरू पनि सिकाउँदै जानुपर्छ । प्रत्येक विद्यार्थीमा अन्तरनिहित क्षमता र प्रतिभा चिन्ने र त्यसलाई उजागर गर्न विभिन्न अवसर दिने काम गर्नु पर्छ । आफ्नो प्रतिभा प्रदर्शन गर्न, क्षमता बढाउँदै जान विद्यार्थीलाई निरन्तर अभिप्रेरित गर्ने काम गर्नु पर्छ । मुख्य कुरा प्रत्येक विद्यार्थीको आ–आफ्नै मौलिकता हुन्छ भन्ने कुरा आत्मसात् गरेर उसलाई मौलिक तरिकाले सोच्न, सृजनशील हुन सिकाउनु पर्छ ।

commercial commercial commercial commercial