राम्रो भाषाः राम्रो ज्ञान, राम्रो काम

शिक्षाशास्त्रले भाषा शिक्षणका धेरै सैद्धान्तिक र व्यावहारिक विधिहरू सिकाउँछ । तर व्यावहारिक रूपमा मानिसले दोस्रो वा तेस्रो भाषा कसरी रराम्रोसँग सिक्न सक्छ भत्रे कुरा केलाउँदा केही सरल तथ्यहरू देखा पर्छन् । मातृभाषापछि मानिसले रराम्रोसँग जात्रे भाषा हो— उसको मुख्य सम्पर्क भाषा । यसको सम्भवतः सबभन्दा रराम्रो उदाहरण हाम्रै देशमा पाइन्छ । मातृभाषाका रूपमा नेपालीबाहेकका राष्ट्रिय भाषा बोल्ने धेरै मानिसहरू नेपाली भाषामा नेपाली मातृभाषा भएका व्यक्तिहरूभन्दा रराम्रो दख्खल राख्छन् । त्यति मात्र नभएर नेपाली भाषा–साहित्यमा उनीहरूले बनाएको स्थान धेरै मातृभाषीले आँक्न पनि नसक्ने छ ।

भाषा सिक्नका लागि दुई वटा कुरा ले मद्दत पुर्‍याउन सक्छन् । पहिलो हो बाह्य परिस्थिति र अर्को हो सिक्ने व्यक्तिको स्वभाव र प्रवृत्ति । सम्पर्क भाषा नजान्दा व्यवहार चल्दैन । आफ्नो भाषिक समुदायबाहिरको व्यक्तिसित व्यवहार गर्दा सम्पर्क भाषाको प्रयोग गर्नै पर्छ । पाठ्यसामग्री, साहित्य र वाङ्मयका अन्य विधाहरू त्यसैमा उपलब्ध हुन्छन् । त्यस्तो भाषा सिकाउने योग्य गुरु पाइने सम्भावना पनि बढी हुन्छ । यी यस्ता बाह्य कारणहरू हुन् जसले मानिसलाई कुनै पनि भाषा सिक्न सजिलो पार्छन् । दैनिक प्रयोगमा आउने भाषामा मनका कुरा अभिव्यक्त गर्न सजिलो हुन्छ । क्रमशः भाषामा आत्मविश्वास बढ्छ ।

तर बाह्य परिस्थिति जति नै अनुकूल भए पनि , चाहे त्यो मातृभाषा होस् वा दोस्रो–तेस्रो भाषा, सिक्ने व्यक्तिलाई नै चाख छैन भने उसले त्यो भाषा राम्ररी सिक्न सक्दैन । चाखै नभएको शिष्यलाई जस्तोसुकै गुरुले पनि जात्रे बनाउन सक्दैन । मूल प्रश्न आउँछ, त्यो चाखचाहिँ पलाउँछ त ?

कुनै भाषा जानेपछि सम्मान वा अवसर पाइन्छ भत्रे कुरा मा विश्वास भयो भने मानिसले त्यो भाषा सिक्न चाख राख्छ र प्रयत्न पनि गर्छ । मानिसको भाषाज्ञान साहित्य, चलचित्र, रेडियो, टेलिभिजन,गायन, भाषणजस्ता लोकप्रिय माध्यमहरूमार्फत मुखरित हुन्छ । ती विधाहरूमा काम गर्ने व्यक्तिले नाम र दाम कमाएको देख्नेहरूलाई भाषाको ज्ञान बढाउने चाहना हुन्छ । अर्थात् भाषाको ज्ञान सीधै रोजगारीसित जोडिएको हुन्छ । अहिले संसारभरि अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस, चिनियाँ वा जापानी जस्ता सम्पत्र देशका भाषाप्रतिको मोह बढ्नुको कारण ती भाषा जानेपछि पाइने अवसरहरू नै हुन् । अहिले हजारौँ नेपालीले हिब्रु वा अरबी वा कोरियन भाषा सिक्न थालेको ती भाषाका साहित्य पढौँला भनेर अवश्य नै होइन ।

भाषामा चाख जगाउने अर्को महत्वपूर्ण तत्व हो त्यसमा लुकेको ज्ञान, प्रविधि, सूचना र मनोरञ्जन । सूचना र मनोरञ्जनले चाख पनि ज गाउँछ र सँग सँगै सिकाउँछ पनि । अङ्ग्रेजीको विश्वव्यापी र हिन्दी–उर्दूको क्षेत्रीय प्रभावका पछि ल्तिर को एउटा अत्यन्त सबल पक्ष हो ती भाषामा उपलब्ध सूचना र मनोरञ्जनको अत्यन्त ठूलो भण्डार । परम्परागत रूपमा किताब, पत्रपत्रिका, रेडियो र सिनेमाका माध्यमबाट सीमित मात्रामा नेपाल भित्रिइरहेको हिन्दी भाषाले हिजोआज सयौँ टेलिभिजन च्यानल र डिजिटल माध्यममार्फत व्यापकता पाएको छ । खल्तीमा अटाउने म्युजिक सिस्टमहरूमा पनि हिन्दीकै प्रभाव दह्रो छ । फलतः पहिलेको तुलनामा धेरै बढी नेपाली हिन्दी भाषा बुझन र बोल्न सक्ने भएका छन् । नेपालीहरूले सामान्यतया हिन्दीलाई अवसरको भाषा भत्रे कुरा औपचारिक तवरमा स्वीकार्न नचाहे पनि, अङ्ग्रेजीलाई अधिकांशले अवसरसितै जोडेर हेर्ने गरेका छन् । टेलिभिजन, इन्टरनेट र डिजिटल प्रविधिका कारण अङ्ग्रेजी पनि मनोरञ्जनको भाषा भइसकेको छ ।

डिजिटल प्रविधिका फाइदा अनेक छन् । तर त्यसले किताब पढ्ने बानीमा भने ठूलो कमी ल्याएको छ । किताब पढ्न उज्यालोबाहेक कुनै बाह्य ऊर्जा चाहिँदैन । किताब नराम्रा पनि हुन्छन् तर डिजिटल माध्यमको तुलनामा धेरै कम मात्र नराम्रा हुन्छन् । किताबले गहिरो ज्ञान दिन्छ भनेर दोहोर्‍याइरहन आवश्यक छैन । तर मान क र लेख्य भाषा सिकाउन किताब जत्तिको प्रभावकारी माध्यम अरू केही छैन भत्रे कुरा मा भने विशेष जोड दिनु आवश्यक छ ।

विभित्र तह उत्तीर्ण गरेका विद्यार्थीहरूको भाषिक प्रवीणताको स्तर हेर्दा कक्षाकोठामा मात्र वा पाठ्यपुस्तकका भरमा मात्र भाषा सिकाएर पुग्दैन भत्रे स्पष्ट देखि एको छ । चाहे मातृभाषा होस् वा राष्ट्रभाषा वा अङ्ग्रेजी— शिक्षकले विशेष चाख राखे र हौसला दिए भने मात्र विद्यार्थीले रराम्रोसँग सिक्न सक्छन् । शिक्षकले टेलिभजन र मनोरञ्जनका अन्य माध्यमहरूले भाषा र अध्ययनशीलतामा पर्ने सकारात्मक–नकारात्मक असरहरूका बारेमा विद्यार्थीसित कुरा गर्नु पर्छ । शिक्षकले भाषालाई सम्मान गर्छन् र कुनै भाषा जानेर हुने फाइदाहरूका बारेमा प्रत्यक्ष–परोक्ष रूपमा विद्यार्थीहरूलाई जानकारी दिन्छन् भने उनीहरूमा चाख र हौसला बढ्छ । भाषा सधैँभरि चाहिने सीप भएकाले परीक्षा पास गर्ने हिसाबले मात्र पढेर पुग्दैन भत्रे कुरा शिक्षकले विद्यार्थीलाई बुझाउनुपर्छ ।

भाषाको ज्ञान बढाउने सबभन्दा रराम्रो विधि हो— सकेसम्म धेरै किताब पढ्नु । शिक्षकले किताब पढ्छन् र किताबका बारेमा कुरा गर्छन् भने विद्यार्थीले पनि पढ्न थाल्छन् । शिक्षकले किताबको विषयवस्तुका बारेमा छलफल गरेर विद्यार्थीमा ज्ञान र उत्सुकताको भोक जगाइदिन सक्छन् ।

पुस्तक पढ्ने बलियो परम्परा नभएको , किताबहरूको उपलब्धता एकदमै सीमित भएको र अधिकांश अभिभावकहरूको शैक्षिक स्तर सामान्य मात्र रहेको नेपाली परिवेशमा शिक्षकहरूको दायित्व धेरै ठूलो छ । यो दायित्व पूरा गर्ने शिक्षकहरू धेरै छन् र यो सङ्ख्या अरू धेरै हुनु आवश्यक छ । अस्तु !

commercial commercial commercial commercial