प्रतिक्रिया र सुझाव
विशेष अनुरोध
शिक्षक मासिक २०६५ माघ अङ्क निकै पठनीय लाग्यो । शिक्षा क्षेत्रमा पुनर्जागरण नल्याई राष्ट्रिय सभ्यताको समुचित विकास गर्न नसकिने तथ्य निर्विवाद छ । यही महत् उद्देश्य पूरा गर्ने कार्यमा शिक्षक मासिक निरन्तर अगाडि बढिरहोस् भन्ने कामना गर्द छु ।
अन्तमा ‘कुशल शिक्षणका २५ सूत्र’ जस्ता शैक्षणिक सूत्र निकै उपयोगी लाग्यो तर कोठेपद ‘शब्दखेल–४’ भर्न मन लाग्दालाग्दै पनि लेखको महत्वपूर्ण अंश काटिने लोभले उक्त फुर्सदको खेलबाट वञ्चित हुँदा खल्लो लाग्यो । आगामी अङ्कमा यस्ता रोचक स्तम्भहरू काटिँदा पत्रिकाका महत्वपूर्ण लेखहरू नकाटिने व्यवस्था मिलाउन विशेष अनुरोध गर्द छु ।
डिका सोपान
कालिन्जोर–१, सर्लाही
दिन काट्ने काम !
कोइराला (डा. विद्यानाथ) सरको भाषा नै मीठो । बोली नै चखिलो । अनि प्रस्तुति नै रसिलो र चोटिलो । माघ अङ्कमा उहाँको ‘निर्माण र विनिर्माण’ पढियो । लेखले ट्याप्प घाँटी नै समायो । सुस्ताएर सोच्दा यस्तो लाग्यो— वास्तवमा सरको ठम्याइ शतप्रतिशत सही हो । साँच्चै नै हामी शिक्षक कहिले ‘विनिर्मित’ हुने ? तर सर ! ‘हामी त्यसै आएनौँ, बलिराजले पठाए’ भनेजस्तो हामी त्यसै यस्ता भएका कहाँ हौँ र ! हामी यस्तो हुनुमा हामी जति दोषी छौँ, त्योभन्दा बढी दोषी, हामीलाई यस्तो बनाउनेहरू छैनन् र ? एउटा स्पष्ट शिक्षा प्रणाली र यसको कार्यान्वयन खोई ? शिक्षा मन्त्रालय र आयोगको काम, कर्तव्यले साकाररूप किन नलिएको ? हरेक नीति, नियमावली र व्यवस्थाले किन मूर्तरूप लिन सक्तैन ? शैक्षिक क्षेत्रमा पुरस्कार र दण्डको व्यवस्था किन नभएको ? गुणात्मक शिक्षाप्रति राजनीतिक दल र सरकार स्वयं किन उदासीन ?
यस्ता धेरै प्रश्नहरूको उत्तर प्राप्त नभएसम्म, अपवादबाहेक, शिक्षक विनिर्मित हुन सक्तैन । रराम्रो काम गरे पनि वास्ता नहुने र नराम्रै गरे पनि कुनै खोजी नहुने भएकैले शिक्षकहरू निरुत्साहित भएका छन् । उनीहरूलाई केवल दिन काट्नु र जागिर खानु छ । बस् पुग्यो ।
मालती श्रेष्ठ
दियाले–३, ओखलढुङ्गा
भविष्य उज्ज्वल छ
शिक्षक लाई मैले एउटा सफल शिक्षकको असल मित्र तथा कुशल पथप्रदर्शकका रूपमा पाएको छु । पत्रिकामा अझ् विस्तृत रूपमा शिक्षण विधि, वार्षिक कार्ययोजना, कार्यतालिका र नमुना पाठयोजनाहरू समावेश गरिएमा प्रत्येक शिक्षक तथा शिक्षण पेशाप्रति आस्थावान्हरूको हातहातमा शिक्षक पत्रिका हुनेछ । यस अर्थमा मैले शिक्षक को भविष्य उज्ज्वल देखेको छु । साथै पत्रिकामा प्रकाशित गरिने सामान्य ज्ञानमा पनि शिक्षा क्षेत्रसँग सम्बन्धित प्रश्नहरू बढी दिएमा र शब्दखेलमा पनि पत्रिकाभित्रकै शब्दहरू मिलाउनुपर्ने भएमा पत्रिकाले अझ् पूर्णता पाउने थियो भन्ने लाग्छ ।
धर्मान न्दगिरी
जनज्योति क्याम्पस, महेन्द्रनगर, कञ्चनपुर
पाउनै गाह्रो भो
शिक्षक २०६५ को पुस र माघ अङ्क हेर्ने मौका पाएँ । साह्रै ज्ञानबद्र्धक लाग्यो । यो पत्रिका नियमित पढ्ने हो भने शिक्षक विद्यार्थी र अभिभावक सबैलाई फाइदा पुग्छ । तर, सदरमुकामबाट अपायक पर्ने ठाउँहरूमा शिक्षक समयमा उपलब्ध नहुँदा लेखरचना समावेश गरी प्रतियोगी हुनबाट वञ्चित हुने सम्भावना देखि यो । तसर्थ कि यो पत्रिका हरेक विद्यालयमा यथाशीघ्र केन्द्र देखि नै हुलाकमार्फत पठाउने व्यवस्था गरियोस् कि वार्षिकग्राहक बनाई व्यक्तिको ठेगानामा केन्द्रीय कार्यालयबाटै पोष्टिङ गर्ने व्यवस्था गरियोस् । अन्यथा यसले व्यापकता पाउन गाह्रो हुन्छ कि ?
गणेशबहादुर खड्का
शिक्षक श्री खस्थोक निमावि मुसीकोट,गुल्मी
ज्ञानवद्र्धक छ
शिक्षक को दशौँ अङ्क पढ्ने अवसर प्राप्त भयो । त्यसभित्र समावेश गरिएका विषयवस्तु समसामयिक लाग्यो । मेरो विचार मा शिक्षक पत्रिकाले देशभरिका शिक्षकहरूको प्रतिनिधित्व गर्छ । शिक्षक पत्रिका धेरै ज्ञानबद्र्धक लाग्यो । आगामी अङ्कमा शिक्षकका सङ्घर्षमय कथाहरू पनि छापियोस् जसबाट युवा शिक्षक तथा शिक्षक बन्ने चाहना बोकेकाहरूलाई हौसल्ला पुग्नेथियो । शिक्षक पत्रिकाले शिक्षकहरुको हक र अधिकार सुनिश्चित राख्न टेवा पु¥याओस् ।
श्रीकृष्ण थापा
शीतलपाटी–६, सिन्धुली
स्कूलमा दलित शिक्षक
म २०५२ साल देखि सहोरवा, महोत्तरीको श्री निमाविमा अध्यापन गर्दै आएको छु । शुरु मा मेरो तलब रु.७०० थियो । यो साउन देखि रु.४१०० पाएको छु । मेरो विचार मा प्रत्येक विद्यालयमा दलित शिक्षक नियुक्ति अनिवार्य रूपमा हुनुपर्दछ । किनभने दलित वर्ग अहिले पनि राजनीतिक, धार्मिक, आर्थिक, शैक्षिक स्तर मा पछाडि परेको छ । महिलालाई प्रत्येक विद्यालयमा अनिवार्य राख्ने व्यवस्था गरेको छ । शिक्षामा अहिले पनि जातिवाद, नातावाद, कृपावाद, पैसावाद हाबी भएको ले मेरो नियुक्ति दरबन्दीमा भएन । शिक्षकका संघ, सङ्गठन, मञ्च, परिषद्ले पनि हामी जस्ताका सम्बन्धमा कुनै आवाज उठाएनन् । निजी स्रोत शिक्षकलाई सरकार वा संघ सङ्गठन कुनै किसिमको सुविधा दिन तयार छैन । निजी स्रोत शिक्षकको प्रत्येक जिल्लास्तर मा सङ्गठन भएन भने जीवन बर्बाद हुने अवस्था देखि एको छ ।
राजेश्वर महरा
स्रोत शिक्षक, श्री निमावि, सहोरवा, महोत्तरी
पुरस्कार नगुमोस्
सम्पादकज्यू, कृपया पटकपटक गल्ती दोहो¥याउँदै पाठकहरूलाई पुरस्कृत हुनबाट वञ्चित न गर्नु होला । यदि कुनै पनि पाठकले गल्ती पहिल्याई वा कोेठेपदभन्दा बाहिर दिएको पहेली अनुसार मिलाएमा पनि पुरस्कृत गर्ने व्यवस्था गर्नु होला । किनभने कोठामा भर्दा नमिल्ने ( गल्तीले गर्दा) तर बाहिर सबै उत्तर जानिएको पनि हुनसक्छ । त्यसैले कोठामा नभरे पनि दिइएका समस्या समाधान भइसकेका हुनसक्छन् । पर्यायवाची शब्दहरू दुई वा दुईभन्दा बढी भएमा कुन भर्ने भन्ने सम्बन्धमा कोठेपदमै आएको कुनै एक अक्षरले सहयोग गर्छ तर बाहिर उत्तर लेख्दा जुन शब्द लेखे पनि मान्यता दिनुपर्ने हुन्छ । फेरि पनि यस्ता गल्तीहरू दोहोरिन सक्ने हुनाले सधैँजसो पाठकहरूलाई पुरस्कार बाट वञ्चित न गरियोस् । प्रतियोगिताका समाधानहरू काटेर पठाउँदा लेख पनि काटिने भएको ले त्यसमा पनि ध्यान दिनुहोला । प्रश्नहरू सधैँ दिमाग सिर्जनशील हुने खालका नै राख्नुहोला ।
सुझाव
- शब्दखेल र अन्ताक्षरी धेरै सजिलो भयो । यिनलाई कठिन बनाएमा पढ्ने र खोजतलास गर्ने बानी बसेर अझ् ज्ञानमा वृद्धि हुनेथियो ।
- अन्ताक्षरी र सुडोकु छुट्टाछुट्टै काट्न नमिल्ने गरी छापिएको छ । यसमा पनि ध्यान पुर्याउनुपरयो ।
- शब्दखेल काट्दा लेखसमेत काटिने भएको हुँदा त्यसको विपरीत विज्ञापन छाप्नुपरयो ।
- शिक्षा मन्त्रालयबाट भएका निर्णय, अन्य शैक्षिक गतिविधि वा समाचारहरू छाप्नुपरयो ।
- पुरस्कार राशि कि त बढाउनुपरयो कि त हुलाकबाट पठाउने व्यवस्था गर्नु परयो, किनभने टाढाका पाठकहरूलाई पुरस्कार परेमा पुरस्कार लिन आउँदा पुरस्कार भन्दा धेरै खर्च लाग्ने हुन्छ ।
- अघिल्लो अङ्कको रद्द गरिएका प्रतियोगिताको पुरस्कार रकम यो अङ्कमा मिलाउने थप सहभागीलाई प्रदान गरे मा रराम्रो हुनेथियो ।
- अन्य प्रतियोगितात्मक स्तम्भहरू पनि थपेमा जिज्ञासु पाठकहरूलाई अझ् बढी लाभ पुग्ने थियो ।
गुप्तबहादुर भण्डारी
श्री महेन्द्र प्रावि, मलम्पार, म्याग्दी
साहित्यिक स्तम्भ पनि राखियोस्
शिक्षक मासिक शिक्षकहरूको असल साथी र प्रेरणादायी मार्गदर्शक बनेको छ । यो उपयोगी र व्यावसायिक पनि छ । यस्तो शिक्षक मासिक कति शिक्षकहरूको पहुँचमा पुगेको छ र विकट पहाडी गाउँका शिक्षकहरूका भावना कतिसम्म समेटिएका छन् भन्ने कुरा विचार णीय पक्ष हो । राजधानीमुखी र शहरमुखी मात्र भएर नेपाल चित्रित हुन सक्दैन, समावेशी बन्दैन ।
शिक्षक मासिकको दशौँ अङ्क आद्योपान्त पढेँ र समाहित सामग्रीहरू सार्थक, व्यावसायिक र रोचक लागे । दिएको विषयमा रराम्रो लेखेर पुरस्कार जित्ने प्रक्रिया प्रशंसनीय छ । मलाई खट्किएको कुरा — जम्मा ६४ पृष्ठमा साहित्यले एउटा पनि पृष्ठ नपाउनु दुः खद् र दुर्भाग्य हो । कम्तीमा पनि चार पृष्ठ साहित्यलाई छुट्याएर कविता, कथा छाप्ने व्यवस्था गर्नु भएमा सुनमा सुगन्ध हुने थियो । शिक्षकका उत्कृष्ट सिर्जना छाप्दा लेखक र पाठक दुवैलाई आत्मसन्तुष्टि हुनुका साथै वाङ्मयको सेवा पनि हुन्छ ।
शिक्षक, रामविक्रम थापा
बालकन्या मावि, फाक्टाङ, खोटाङ
स्तरीय र अत्यन्त उपयोगी
नजिकैको पुस्तक पसलमा पहिलो अङ्कको शिक्षक फेला पारे देखि नै यो मेरा लागि अत्यन्त रराम्रो खुराक भएको छ । यसले शिक्षामा चासो राख्ने सबैलाई बौद्धिक खुराक दिएर ठूलो गुन लगाएको छ । यसको निरन्तर सफलताको कामना गर्द छु ।
मैले एक दिन पुस्तक पसलेलाई ‘कति मानिसले यो पुस्तक किन्छन् ?’ भनेर सोधेको थिएँ । पसलेको जवाफले म निराश भएँ । यति धेरै उपयोगी पत्रिका नियमित किन्ने र अध्ययन गर्ने कोही पनि रहेनछ । जबकि उक्त क्षेत्रमा शिक्षकको सङ्ख्या अधिक छ । यसले के देखाउँछ भने धेरै शिक्षकहरू आफ्नो योग्यता, क्षमता र बौद्धिक घेरालाई अद्यावधिक राखिरहन त्यति रुचि राख्दैनन् । मैले थोरै मात्र त्यस्ता शिक्षक भेटेको छु जो निरन्तर आफ्नो ज्ञानको दायरा फराकिलो पारेर अध्यापन गर्न रुचाउँछन्, तब त उनीहरू प्रभावकारी र उत्तम शिक्षकमागनिएका छन् । गुणस्तर हीन शैक्षिक जनशक्ति अहिलेको शैक्षिक क्षेत्रको ठूलो समस्यामध्ये एक हो ।
शिक्षक पत्रिकाको विस्तारले समस्यालाई निराकरण गर्दै लानेछ र सम्पूर्ण शिक्षक तथा शिक्षामा सरोकार राख्नेहरू शिक्षक मासिकको प्रिय साथी बन्नेछन् । अहिलेलाई यही कामना गरौँ ।
कृष्णप्रसाद खतिवडा
अध्यक्ष , विद्यालय व्यवस्थापन समिति, सत्यवती उच्च मावि, आदमटार, धादिङ
प्रशिक्षण सहयोगी
शिक्षकगतिला सन्देश बोकेर पाठकसामु आउने गर्द छ । यो शिक्षणजगत्को सीप र शैली निख्खर बनाउने प्रशिक्षण सामग्री भएको मैले महसुस गरेको छु ।
‘शब्दखेल’ पाठ्यसामग्री जाँ गरिला रगतिशील शिक्षकहरूलाई गतिलो शिक्षण सामग्री भएको छ भने कमजोर शिक्षणकला भएका शिक्षकहरूका लागि उत्प्रेरक । अझ् नेपाली विषय शिक्षण गर्ने शिक्षकहरूलाई त पर्यायवाची शब्द निर्माण गर्न अति आवश्यक सामग्री ।
नरपति पाण्डे
विद्योदय निमावि, आदियामहल, दमक, झपा
विद्यालय आफैंले सुधारौं
कसैले आफ्नो दैनिक कार्य वा समाज को गतिविधि लिपिबद्ध गर्छ भने उसले एउटा समयको ‘सत्य इतिहास’ लेखिरहेको हुन्छ । यो तथ्यलाई आधार मान्दा शिक्षक मासिकको अङ्क फागुनले हराम्रो देशका अधिकांश विद्यालयहरूकोगिर्दो अवस्थालाई चित्रण गरेको पाइन्छ । वृत्तान्त निराशाजनक भए तापनि त्यसलाई नकार्न भने सकिँदैन ।
हाम्रा विद्यालय सुधारका कार्यक्रम ल्याउन के बाँकी होला ? धेरैगोष्ठी, तालिम, पाठ्यपुस्तक परिमार्जन गर्ने देखि लिएर प्रयास भइसकेका छन् । तर विद्यालय सुसञ्चालन गर्न, शैक्षिक स्तर वृद्धि गर्न दिनानुदिन झन् कठिन बन्दैछ । यसबाट प्रस्ट हुन्छ, विद्यालयमा विना कसैको हस्तक्षेप शिक्षकहरूले मन फुकाएर परिश्रमका साथ अध्यापन गर्ने मौका नपाउँदासम्म केही हुनेवाला छैन । तर यति गर्न सकियो भने हालका ७५ प्रतिशत समस्या स्वतः समाप्त हुन्छन् ।
हामीमा राम्रा कुरा र तर्क गर्ने खुबी छ । कहिलेकाहीँ गल्ती वा नरराम्रो बोल्ने मानिस नै फेला पार्न कठिन होला जस्तो हुन्छ, तर हामी कुरा अनुसार कामचाहिँ कति गर्छौं ? उदाहरणका लागि, शिक्षकले कक्षाकोठामा सुर्तिजन्य पदार्थको सेवन हानिकारक छ भनेपछि बाहिर आएर आफैँले प्रयोग गर्ने हो भने त्यस शिक्षकलाई विद्यार्थीले कुन रूपमा चिन्ने ? अनि हामीले इज्जत र सम्मान कोबाट पाउन सक्छौँ ? यसर्थ शिक्षकले सर्वप्रथम विद्यार्थी, अभिभावक सबैको विश्वास जित्न सक्नुपर्दछ ।
शिक्षक, रामप्रसाद बढू
श्री होमराज लोहनी शारदा शिक्षा सदन उमावि, भानु–६, नारेश्वरटार, तनहुँ
एसएलसी परीक्षाको तीतो सत्य
पहिले–पहिले एसएलसी (स्कूल लिभिङ सर्टिफिकेट) लाई ‘आइरनगेट’ पनि भन्ने गरिन्थ्यो । तर अहिले एसएलसीको अर्थ परिवर्तन भएर ‘सुटुक्क लुकाएर चोर्ने’ परीक्षाझैँ भएको छ । पैसाको क्रयशक्ति घट्दै गएजस्तै यसको मान्यता पनि कम हुँदै गएको छ । वि.सं. १९९० सालमा ३४ जना विद्यार्थीहरूको उपस्थितिमा नेपालमा एसएलसी परीक्षा शुरु भएको थियो । अहिले लगभग ३ लाख ४० हजारको हाराहारीमा विद्यार्थी सङ्ख्या पुगेको छ । शुरु मा यस परीक्षाको कति मर्यादा थियो । परीक्षामा उत्तीर्ण हुने व्यक्तिको समाज मा कति प्रतिष्ठा थियो !
गुणस्तर किन खस्कियो ?
एसएलसीमा पास प्रतिशत बढी ल्याउने विद्यालयलाई पुरस्कृत गर्ने र लगातार तीन वर्षसम्म तोकिएबमोजिम भन्दा कम प्रतिशत उत्तीर्ण गराउने विद्यालयका विषय–शिक्षकको मासिक तलब ५ देखि १० प्रतिशतले घटाउने नियमको असर सकारात्मकभन्दा नकारात्मक बढी परेको देखिन्छ । पास प्रतिशत बढाउनका लागि शिक्षकहरूले नै विद्यार्थीहरूलाई परीक्षामा चिट चोर्न सहयोग गरेको देखिन्छ । यसलाई रराम्रो कार्य मान्न मिल्दैन ।
अहिले जिल्लाजिल्लामा एसएलसी परीक्षा सञ्चालन गर्न जिल्लाका मावि शिक्षकलाई जिशिअद्वारा केन्द्राध्यक्ष नियुक्ति गरिन्छ । शिक्षकहरू संघ, सङ्गठन, परिषद् र मञ्चहरूको राजनीतिक वर्चस्वका आधारमा भागबण्डा गरी उपस्थित भएका हुन्छन् ताकि सबै सङ्गठनहरूलाई भाग बिलो पुगोस् र सङ्गठनात्मक झ्गडा नहोस् । केन्द्राध्यक्षको नियुक्तिपछि कुन केन्द्रमा को केन्द्राध्यक्ष नियुक्ति भयो भन्ने ठूलो चर्चाको विषय हुन्छ । त्यसपछि निरीक्षकमा नियुक्त हुन चाहने शिक्षकहरूको केन्द्राध्यक्षसँग परिचित हुन तँछाडमछाड हुन्छ । जब केन्द्राध्यक्ष केन्द्रमा पुग्छन् फेरि सहायक केन्द्राध्यक्ष नियुक्तिका लागि प्रतिस्पर्धा शुरु हुन्छ । त्यहाँ पनि राजनीतिक भागबण्डा हुन्छ । नियुक्त हुन चाहने निरीक्षक/परिचरहरूको उद्देश्य आफ्ना भाइबहिनी वा नातेदारलाई चोराएर पास गराउन सकियोस् भन्ने हुन्छ । यदि कोटा अनुसार भागबण्डा नपुगेमा तोकिएको पारिश्रमिक दामासाहीले खाने शर्तमा बढी नियुक्ति हुन्छन् ।
जब परीक्षा शुरु हुन्छ केन्द्रको वरिपरि अभिभावक विषय–शिक्षक प्रश्नपत्र हल गर्न योजनाबद्ध तरिकाले बसेका हुन्छन् । परीक्षा हलभित्र प्रश्नपत्र वितरण हुनासाथ प्रश्नपत्र ‘आउट’ भइहाल्छ । कार्बन पेपरको समेत प्रयोग गरी उत्तर लेखेर निरीक्षक र परिचरका नातेदार परीक्षार्थीकहाँ पुर्याइन्छ । पालोपालो गर्दै सबैलाई भाग पुग्छ । यसमा सुरक्षाकर्मी पनि सहयोगी रहेको हुन्छ । भित्र विद्यार्थी आफैँले लगेको सामग्री नक्कल गर्न व्यस्त हुन्छन् भने निरीक्षकहरू प्रश्न अनुसारगेसपेपरको पेज नम्बर भनिदिने; अपरिचित व्यक्ति भित्र आउन लागे विद्यार्थीलाई सचेत गराउने आदि काम गर्छन् । यदि कुनै निरीक्षकले यसमा सहयोग गरे न भने उसलेगाली र नामर्दको संज्ञा पाउँछ । यसरी विभिन्न माध्यम प्रयोग गरी परीक्षा पास हुने र पास प्रतिशत बढाएर पुरस्कृत हुने वा विद्यालयको इज्जत बढेको देखाउने प्रथा नै बनिसकेको छ । अर्कोतर्फ टेस्ट परीक्षा अन्य कक्षामा समेत विद्यार्थी फेल गराउने प्रथा नै हटिसकेको छ । विद्यार्थीले पढे पनि नपढे पनि पास हुने हुनाले सामुदायिक विद्यालयको पढाइको स्तर खस्कँदै गएको हो । यस्तो दयनीय शैक्षिक अवस्थालाई कसले सुधार्ने हो ? पास गर्न फलामेगेट मानिएको एसएलसी परीक्षाको संरक्षक हराएर खाते बालक जस्तै भएको छ ।
समाधान के त ?
कुनै समस्यालाई समाधान गर्ने कुनै ‘छु मन्त्र’ त छैैन, तर पनि जिम्मेवार व्यक्तिले आ–आफ्नो कर्तव्य र भएका नीतिनियमको मात्रै पालना गरे पनि ठूलो भिन्नता आउन सक्छ । त्यसका अतिरिक्त केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र परिचरहरू सम्बन्धित गाउँ वा जिल्लाका नभई अर्को ठाउँबाट पठाउनुपर्छ । उनीहरू विद्यार्थीसँग अपरिचित हुनुपर्छ । परीक्षा केन्द्रभित्र राजनीतिक प्रतिनिधि, अभिभावक वा परीक्षासँग असम्बन्धित व्यक्ति कसैलाई पनि प्रवेश गर्न दिनुहुँदैन । यदि चिया, पानी लैजान परेगेटमा हुलाक साटेझैँ गर्नु पर्छ । कुनै पनि विद्यालयलाई ‘होम सेन्टर’ दिनुहुँदैन । सुरक्षाकर्मीहरू पनि टाढाबाट पठाउनुपर्छ । ब्ज्ञ, ब्द्द को रूपमा बनाइएका प्रश्नपत्रको सही सदुपयोग भएको छैन । एउटा कोठामा ब्ज्ञ मात्र र अर्कामा ब्द्द मात्र बाँडिन्छ र चिटिङ गर्न सजिलो पारिन्छ त्यसैले ब्ज्ञ, ब्द्द सबै विषयमा बनाउनुपर्छ र प्रश्नपत्र वितरण गर्दा ब्ज्ञ, ब्द्द मिलाएर बाँड्नुपर्छ । उत्तरपुस्तिका मिलाउँदासमेत ब्ज्ञ, ब्द्द को आधारमा मिलाएर राख्नुपर्छ । यति मात्र गरे पनि एसएलसीमा उल्लेख्य सुधार गर्न सकिन्छ ।
विन्दु ज्ञवाली
पारौं है मन चञ्चल
झुलेका धानका बाला भिœयाई ढुकुटी जब
हर्षित छन् जताततै श्रमजीवी किसान सब
खास्टो ओढाई प्रभातमा डुल्दैछ मेघ निर्मल
पुरुङ्ग भै रमेका छौँ पारौँ है मन चञ्चल ।
चक डस्टरलेगोड्दै अक्षरका कलिला मुना
हुर्काई बढाई जुट्यौँ हामी एकै थलोमा
पवित्र कर्म यो हराम्रो प्रतिष्ठा स्वच्छ उज्ज्वल
रहला कि अब यस्तै मन यो शुभ्र चञ्चल
कलमका धार तिखारी मस्तिष्क उजिल्याउने
निष्ठाकर्म गर्छौं हामी छैन कतै धमिल्याउने
देखी हराम्रो निष्ठाकर्म झुकेको छ सगर–आँचल
स्फूर्तता थपौँ अझ् पारौँ है मन चञ्चल ।
शिक्षादीपशिखा बाली अन्धकार चिर्छौं हामी
भानु, लक्ष्मी, पारिजात बनायौँ बुद्धलाई ज्ञानी
ढुङ्गे युगबाट विश्व बदल्ने चेला सुजल
जन्माई धन्य छौँ हामी पारौँ है मन चञ्चल ।
नपरोस् दुष्टका दृष्टि हराम्रो निष्ठाकर्मप्रति
मित्रवत् भावना हराम्रोगर्व गरौँ यसैप्रति
शिक्षाको तेजश्वीरूप देखाउने हामी शिक्षक
बढौँ अझ् कर्मशील भै पारौँ है मन चञ्चल ।
गीता कोइराला (भट्टराई)
डल्लु आवासीय विद्यालय, काठमाडौं
शिक्षक
शिक्षक साथी सब बालकैको
यो ज्ञानदाता पनि पालकै हो
पग्लेर आफू पनि जल्न सक्ने
यो मैनबत्ती र त बल्न सक्ने
हो ज्योति रराम्रो सबको मुहान
उमार्छ नौलो सुनको बिहान
लेख्दै र मेट्दै चक, डस्टरैमा
अक्षर छर्दै सब मस्तिष्कैमा
निर्माण गर्दै प्रतिभा अनेक
शिक्षक भर्दै सबमा विवेक
माझी डुङ्गाको बहना खियायो
अपार सङ्ख्या कति पार लायो
छ जिन्दगी जो अपहेलनामा
बेलिन्छ रोटी कति बेलनामा
कर्तव्य आफ्नो तर ऊ नभुल्ने
उसकै पसिना नव फूल फुल्ने
बिर्सन्छ लौरो जब तर्छ खोला
माझी र यात्री समता नहोला
थोत्रिन्छ आफैँ तर ज्ञान मर्छ
शिक्षक साथी अपनत्व गर्छ ।
रामविक्रम थापा
शिक्षक, बालकन्या मावि, फाक्टाङ, खोटाङ
ऐनामा आपू
घोटिएर चक कालोपाटीमा
खिइए जस्तै निरन्तर
मास्टरको जीवनयात्रामा
एकोहोरो घोटिएर, खिइरहेँ
घोटिनु र खिइनुको अर्थभित्र
भेटिन आफैँलाई न भेटिए आफू जस्ता–
भेटिए त केवल
कालोपाटी जस्तै अँध्यारो जीवन
अनि खिइँदै गरेका चकका धूलो मात्र
सुन्दर भविष्यको सूत्र सिकाउने
कालोपाटीको मास्टरीयात्रामा
न शिष्यहरूलाई भूत बताउन सकियो
न वर्तमान मा बाँच्ने कला सिकाइयो
न भविष्य बनाउने कुनै सीप दिँदैछौँ
मास्टर बन्न खोजियो चकसँगै
कालोपाटीमा घोटिएर, खिइएर
तर, आफू सकिनँ असल गुरु बन्न
न सकियो असल चेला बनाउन
ऐनाले आफू जस्तै अनुहार त हो नि देखाउने !
दलबहादुर गुरुङ
शिक्षक, दोभान उच्च मावि, पाल्पा



