हङकङका हँसिला

हङकङमा व्यापार–व्यवसाय, मजदुरी गर्ने नेपालीको भीडमा प्रतिष्ठित पेशाका रूपमा रहेको सरकारी विद्यालयमा नेपाली भाषा पढाउने शिक्षकहरू पनि भेटिन्छन् ।

आफ्ना बाबुहरूले शिक्षण पेशामा भोगेको दुः खकष्ट देखेर शिक्षक नबन्ने अठोट गरेका धरानका देवराज राई र काठमाडौँका अमोद राईले अन्ततोगत्वा शिक्षण पेशा नै अपनाउनु परयो । तर उनीहरूले आफ्ना पिताले झै नेपालका स्कूलमा पढाउनु परेको छैन । देवराज पाँच वर्ष देखि हङकङस्थित पाथ ह्युङ सेन्ट्रल प्राइमरी स्कूल, युनलङमा नेपाली भाषा शिक्षकका रूपमा कार्यरत छन् भने अमोद दुई वर्ष देखि हङकङकै टुनकुन प्राइमरी नामक चिनियाँ सरकारी स्कूलमा नेपाली पढाउँछन् । उनी त्यसअघि, युनलङको पनसेटिया स्कूलमा कम्प्युटर शिक्षक थिए ।

१० वर्षअघि हङकङ आएका अमोदले बुबागणेशबहादुर राईले शिक्षण पेशा अपनाउँदा झेल्नु परेका आरोह–अवरोह देखेका थिए । भन्छन्, “बुबाले आफ्नो जीवन शिक्षणमा लगाउनुभयो तर दुः खबाहेक केही पाउनुभएन । बुबाको दुः ख देखेर शिक्षक नबन्ने सोच बनाएको थिएँ तर हङकङमा आएर शिक्षण नै गर्नु परयो ।” उता, बुबागजेन्द्र राई खोटाङको एक प्राविमा प्रधानाध्यापक रहे पनि देवराज राईलाई शिक्षक पेशाले आकर्षित गर्न सकेको थिएन । पत्रकार बन्ने रहरले उनी नेपाल छँदा सप्तकोशी एफएम इटहरीमा कार्यक्रम सञ्चालनगर्थे भने केही साप्ताहिक पत्रिकाका संवाददातासमेत थिए । “बुबा शिक्षक भए पनि ममा त्यसको कुनै प्रभाव परेको थिएन् । म त पत्रकारितामा डुबिसकेको थिएँ ।” ‘सोचेजस्तो हुन्न जीवन’ भनेझैँ देवराज र अमोदले अर्काको देशमा गएर पनि बाबुकै पेशा अपनाएका छन् । तर शिक्षण पेशा अपनाएर उनीहरूले आफ्ना बाबुहरूले जस्तो दुः खकष्ट र उपेक्षा झेल्नु परेको छैन । उनीहरूले शिक्षण पेशाबाट रराम्रो आम्दानी, सामाजिक मर्यादा र आत्मसन्तुष्टि प्राप्त गरेका छन् । हङकङका चिनियाँ सरकारी विद्यालयहरूमा नेपाली विद्यार्थीको चाप बढ्नु अनि नेपाली भाषालाई ऐच्छिक विषय बनाइएपछि देवराज र अमोदलगायत तीन दर्जन नेपाली हङकङमा नेपाली भाषाका शिक्षक भएका छन् ।

सात वर्षअघि हङकङ छिरेका देवराजले ‘पार्ट टाइम’ जागिर गरेर दुई वर्ष बिताए । हङकङ पुगेकामध्ये ८० प्रतिशत नेपाली निर्माण र सुरक्षा सम्बन्धी काम गर्छन् । उनी पनि केही महिना सुरक्षागार्ड बने । ‘पार्ट टाइम जब’ गरे पनि उनले फुर्सदको समय चाहिँ हङकङबाट प्रकाशन हुँदै आएको नेपाली साप्ताहिक पत्रिका एभरेष्ट को कार्यकारी सम्पादक भएर सदुपयोग गरेका थिए । पाँच वर्षअघि पाथह्युङ सेन्ट्रल प्राइमरी स्कूल, युनलङमा जनसम्पर्क अधिकृतको रूपमा प्रवेश गरेका देवराज कालान्तरमा त्यही स्कूलका शिक्षक भए । अहिले उनी उक्त स्कूलका १४० नेपाली छात्रछात्राका ‘सर’ भएका छन् । २५० विद्यार्थी रहेको उक्त विद्यालयमा चिनियाँ बोल्न नजान्ने भारतीय, फिलिपिनो, पाकिस्तानी, बङ्गलादेशी लगायतका विद्यार्थी, अभिभावकसँग समन्वय गर्ने जिम्मेवारी पनि उनकै छ । देवराज भन्छन्, “म साताको पाँच दिन दैनिक ६ वटा कक्षा लिन्छु । २४ शिक्षकमध्ये नेपाली पढाउने म र प्रमिला पुन छौँ ।” शिक्षणमा लागेपछि एभरेष्ट पत्रिकाको काम छाडे पनि पत्रकारितासँग को उनको नाता तोडिएको छैन । अहिले ‘आलोपालोडटकम’ नामक नेपाली वेबसाइट चलाउँछन् ।

त्यसो त, अमोदले पनि शुरु मा हङकङको एउटा निर्माण कम्पनीमा कार्यालय सहायकको रूपमा काम गरे । त्यसपछि ग्राउन्ड रोन मार्केटिङ कम्पनीमा काम गरे । एभरेष्ट साप्ताहिकमा लेआउट डिजाइनको काम गरेका उनी नेपाली विद्यालय पनसेटियामा कम्प्युटर शिक्षक बनेपछि शिक्षण पेशातिर तानिए । ७०० विद्यार्थी भएको उनको विद्यालयमा हाल ८० जना नेपाली छात्रछात्रा छन् । शिक्षणसँगै व्यावसायिकग्राफिक डिजाइनको कामसमेत गर्ने अमोदले हङकङमा मुनामदनगीति नाटकको निर्देशनसमेत गरेका थिए । भन्छन्, “शुरु मा शिक्षण पेशामा जागिर मात्रै खान छिरेजस्तो लाग्थ्यो अहिले नयाँ पुस्तामा नेपाली भाषा र संस्कृतिका बारेमा बुझाउन पाउँदा आत्मसन्तुष्टि मिलेको छ ।”


    
रराम्रो आम्दानी, उच्च मर्यादा
हङकङमा शिक्षकको मर्यादा र कमाइ रराम्रो छ । अमोद राइको भनाइमा एउटा चिनियाँ शिक्षकले मासिक हङकङ डलर १८ हजार देखि (नेपाली रु.१ लाख ८० हजार) ८० हजार (रु.८ लाख) सम्म पाउँछन् । प्राथमिक तहका नेपाली शिक्षकहरूको तलब पनि मासिक हङकङ डलर १० हजार (रु.१ लाख) देखि १७ हजार (रु.१ लाख ७० हजार) सम्म हुने गरेको छ । उनी भन्छन्, “समुदायको कार्यक्रमहरूमा शिक्षकको स्थान विशिष्ट हुन्छ । कतिपय कार्यक्रमको प्रमुख अतिथि नै शिक्षक हुन्छन् । हङकङमा शिक्षकलाई कतिपय कागजात प्रमाणित गर्ने अधिकार समेत प्रदान गरिएको छ जबकि यस्तो काम नेपालमा सरकारी अधिकारी वा वकिलले मात्र गर्न पाउँछन् ।

नेपाली शिक्षकहरूले चिनियाँ शिक्षा विभागबाट शिक्षकको रूपमा शिक्षण अनुमतिपत्र पाइनसकेकाले तिनले चिनियाँ शिक्षकसरह तलब सुविधा पाउन सकेका छैनन् । देवराज भन्छन्, “अहिले नेपाली भाषा र शिक्षण प्रारम्भिक चरणमै छ । अहिले सरकारी लाइसेन्स प्राप्त नेपाली शिक्षकको सङ्ख्या थोरै भए पनि बिस्तारै सबैले पाउँछन् भन्ने आशा छ ।” हङकङमा अरू काममा खटाइ बढी हुने र छुट्टीसमेत कम पाइने गुनासो सुन्ने गरिएको छ । तर शिक्षण पेशमा त्यस्तो छैन । साताको पाँच दिन स्कूल लाग्छ । त्यसैले नेपाली शिक्षकहरू सन्तुष्ट छन् । देवराज भन्छन्, “हङकङको समाज नै शिक्षित छ त्यसैले पनि नेपालमा भन्दा यहाँ शिक्षक र शिक्षण पेशाको निकै ठूलो सम्मान छ ।”

नेपालमा हुँदा नेपाली भाषामा गहिरो अध्ययन नभए पनि हङकङको विद्यालयमा भाषा शिक्षक भएपछि नेपालबाट पुस्तक झ्किाएर स्वाध्यायन गरेको देवराज बताउँछन् । उनी भन्छन्, “शिक्षक भएपछि जिम्मेवारी बढेको महसूस भएको छ । कलिला नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउनु त छँदैछ, नेपाली पहिचान, संस्कृति र संस्कारसमेत बुझाउनुपर्छ ।” शिक्षण पेशामा लागेका नेपालीहरूमा हङकङमै जन्मे–हुर्केका नेपाली भावी पुस्तालाई नेपाली पहिचानको ज्ञान दिएर आफ्नोपन जोगाइराख्ने दायित्व छ । अमोद भन्छन्, “हामीले उनीहरूलाई नेपाली भाषा र संस्कार, संस्कृतिको रराम्रो ज्ञान नदिने हो भने भोलि नेपालीपन रहँदैन ।” नेपाली पहिचान र भाषाको महत्वकै कारण देवराज र अमोद त्यहाँ हुने नेपाली साहित्य सप्ताह, भानु तथा देवकोटा जयन्ती, पुर्खा दिवस लगायतका कार्यक्रमहरूमा आफ्ना नेपाली विद्यार्थीहरूका साथ सहभागी हुने गरेका छन् । देवराज भन्छन्, “नेपाली विद्यार्थीहरूमा समेत देखि एको भाषा चेतना र संस्कृति मोहले हङकङमा एउटा ‘सानो नेपाल’ देख्न सकिन्छ ।”

हङकङमा चारवटा नेपाली विद्यालय खुलेका छन् भने १९ सरकारी विद्यालयहरूले नेपाली भाषा अध्ययन/अध्यापनको स्वीकृति पाएका छन् । जसमध्ये नेपाली चार र पाँच चिनियाँ विद्यालयमा नेपाली भाषाको पठनपाठन हुँदै आएको छ । यी स्कूलमा तीनदर्जन नेपाली शिक्षण पेशामा संलग्न छन् ।

त्यसो त, संसारकै व्यस्त व्यापारिक शहर हङकङमा नेपालीले आफ्नो अलग्गै पहिचान स्थापित गर्दै लगेका छन् । जन्मदर्ताको आधारमा नेपालीले स्थायी बसोबासको अवसर प्राप्त गरे पछि डेढ दशकमा नेपालीले हङकङमा आफ्नो पहिचान र अस्तित्व बलियो बनाएका छन् । हङकङको ८० लाख जनसङ्ख्यामा लगभग ३५ हजार नेपाली छन् । बेलायती सेनामा कार्यरतगोर्खालीका कारण हङकङसँग नेपालीको सम्बन्ध प्रगाढ भएको मानिन्छ । बेलायतले सन् १८४१ देखि १९९७ सम्म आफ्नो उपनि वेश बनाएको हङकङमा बेलायती शासनको उत्तराद्र्धमा नेपालीको आगमन बाक्लिन पुग्यो । सन् १९८३ भन्दा अगाडि हङकङमा जन्मिएका नेपाली त्यहीँको नागरिक बन्न पाउने नियम लागू भएपछि सन् १९९४ बाट नेपाली त्यतै ओइरिन थाले । त्यसअघि घरेलु कामदारको सानो सङ्ख्यामा महिला,गोर्खा सैनिक र व्यापारीहरू मात्र हङकङ पुगेका थिए ।

commercial commercial commercial commercial