सजिलोसँग अङ्ग्रेजी

१. सरल तरिका अपनाउनुस्ः जटिल शब्द, वाक्य बनोट र अस्पष्ट अवधारणाद्वारा अङ्ग्रेजी सिकाउन सकिँदैन । सकेसम्म कर्तृवाच्य (एक्टिभ भ्वाइस) को प्रयोग गर्ने गर्नु स् । कर्मवाच्य (प्यासिभ भ्वाइस) प्रयोग न गर्नु स् । प्रश्न गर्दा ‘अल...बट’, ‘एक्सेप्ट’... जस्ता प्रतिबन्धात्मक शब्दावलीको सकभर प्रयोग गर्नु हुँदैन । यसले वाक्यगठनलाई जटिल बनाउँछ र विद्यार्थीलाई बुझन कठिन हुन्छ । त्यसकारण अङ्ग्रेजीको कक्षामा तपाईंले छोटो, मीठो र सरल (शर्ट, स्वीट एन्ड सिम्पल) तरिकाले बुझाउने प्रयास गर्नु पर्छ । कर्ता, क्रिया र कर्म (उदाहरणः मोनिका इट्स अ लिची) को संयोजनबाट वाक्य बनाउँदा सजिलो हुन्छ । यहाँ मोनिका कर्ता, इट्स क्रियापद र लिची कर्म हुन्छ ।

२. पढाइ, लेखाइ, सुनाइ र बोलाइ विधि अपनाउनुस्ः अङ्ग्रेजीको पाठयोजना तयार गर्दा यी चारै वटा कुरा मा ध्यान दिनुस् । ४५ मिनेटको कक्षामा पढाइ, लेखाइ, सुनाइ र बोलाइलाई कति कति समय छुट्याउने भनेर पहिले स्पष्ट हुनुपर्छ । पढाइका लागि पाठ्यपुस्तक हेरेर अरूले सुन्ने गरी पढ्न लगाउन सकिन्छ भने त्यही कुरा लेख्न पनि लगाउन मिल्छ । सुनाइको अभ्यास का लागि सम्भव भएमा नपढाइएका पाठ पढेर आफैँले टेप रेकर्डरमा रेकर्ड गरी विद्यार्थीलाई सुन्न तथा लेख्न लगाउनु रराम्रो हुन्छ । यसका लागि हल्लाखल्ला नहुने वातावरण आवश्यक हुन्छ । सुनाइको क्षमता बढाउनका लागि रेडियोमा अङ्ग्रेजी, नेपाली दुवै भाषाका समाचार सुन्ने अभ्यास पनि एउटा सजिलो र प्रभावकारी उपाय हो । बोलाइमा सुधार गर्नचाहिँ कहिले शिक्षक–विद्यार्थी र कहिले विद्याथी–विद्यार्थीबीच कुरा कानी गर्न प्रेरित गर्नु पर्छ ।

३. ब्ल्याकबोर्ड तथा चकबोर्डमा लेख्ने गर्नु स्ः पढाउँदा सम्भव भएसम्म ब्ल्याकबोर्ड तथा चकबोर्डको प्रयोग गर्नु पर्छ । त्यसो भयो भने अलि ढिलो गर्ने विद्यार्थीले पनि बुझन र आवश्यक कुरा सार्न सक्छन् । खास गरी कुन गृह कार्य दिएको हो भन्ने कुरा स्पष्टसँग लेखिदिएमा विद्यार्थीलाई धेरै सजिलो हुन्छ ।

४. नयाँनयाँ शब्दबारे जानकारी गराउनु स्ः हरेक दिन केही नयाँ शब्द सिकाउने गर्नु स् । त्यसका लागि सही उच्चारण, अर्थ र उही शब्द तर फरकफरक वाक्य निर्माण गर्दै विद्यार्थीमा शब्द क्षमताको वृद्धि गराउनु पर्छ । यसका निम्ति फ्ल्यास कार्डस्,गेम्स, पजल्स आदि प्रयोग गर्दा सजिलो हुन्छ । कक्षा हेरी हरेक दिन ५ देखि १०, १५, २० गर्दै शब्दज्ञान दिन सकिन्छ । जति शब्दभण्डार बढी भयो, भाषामा उति बढी दख्खल बढ्छ भन्ने कुरा विद्यार्थीलाई बुझाउनुस् ।

५. विद्यार्थीलाई सक्रिय राखेर सिकाउनु स्ः विद्यार्थीलाई निष्क्रिय अर्थात् श्रोता मात्र बनाउनुको सट्टा आफैँ सहभागी भएर कुरा बुझन सिकाउनु पर्दछ । शिक्षकले विद्यार्थीलाई प्राप्त सूचनाहरूलाई बुँदागत रूपमा मिलाउन, मुख्य कुरा छान्न र त्यसका सहयोगी अंशहरू पत्ता लगाउन सिकाउनु पर्छ । नयाँ भाषा सिक्नेहरुका लागि आवश्यक अवधारणा र शब्दहरूलाई हाइलाइट गर्ने , डायग्रामहरूलाई लेबलिङ गर्ने , शब्दभण्डारको प्रयोग गर्ने ,ग्राफ्स, चार्टस्, नक्सा समयतालिका आदिको प्रयोग गर्ने सीप धेरै उपयोगी हुन्छन् । त्यसकारण शिक्षकले विद्यार्थीलाई यस्ता कुरा पनि सिकाउन आवश्यक छ ।

शिक्षकले कक्षाकोठामा प्रवेश गरेर एकतर्फी रूपमा अङ्ग्रेजीमा फलाकेको फलाक्यै गर्नु हुँदैन । विद्यार्थीलाई पनि सिक्ने प्रक्रियाको एक अभिन्न अङ्गका रूपमा लिनुपर्छ । र, सोही अनुसार उनीहरूलाई सुनाइ, बोलाइ, पढाइ र लेखाइमा सहभागी गराउनु पर्छ । पाठको अवधारणा साझ भाषामा बुझएर अङ्ग्रेजी पढाउन शुरु गर्दा विद्यार्थीले सजिलोसँग बुझन सक्छन् ।

६. विद्यार्थीका गल्तीको बुँदा टिप्नुस् र सच्याउन लगाउनुस्ः विद्यार्थीसित कसरी सञ्चार आदनप्रदान गर्ने भन्ने कुरा लाई शिक्षकले पहिलो प्राथमिकता दिनुपर्छ । विद्यार्थीले गल्ती गरेको सच्याइदिएर मात्र उसलाई मद्दत पुग्दैन । पहिले त उसलाई काम गर्दा गल्ती हुन्छ र त्यसलाई सच्याउनुपर्छ भन्ने बोध गराउनु पर्छ । त्यसो भयो भने शिक्षकले गल्ती सच्याउन मद्दत गर्छन् भनेर विद्यार्थीले पाठ बुझाउन जाँगर चलाउँछन् । आलोचना मात्र गरयो भने उनीहरू “ गल्ती भइहाल्छ, त्यसकारण पाठै बुझउँदिन” भन्ने सोचाइमा पुग्न सक्छन् । त्यसकारण विद्यार्थीलाई अभ्यास गर्न लगाउन र कहाँकहाँ गल्ती भयो भनी देखाउन र गल्ती सच्याउन प्रेरित गर्न सकियो भने रराम्रो हुन्छ ।

७. सञ्चार आदानप्रदानद्वारा स्तरीय क्रियाकलाप गराउनु स्ः अङ्ग्रेजीको हरेक अभ्यास मा सञ्चार आदानप्रदानमा जोड दिन जरुरी हुन्छ । त्यसो गर्दा ‘एक्टिभ भ्वाइस’को प्रयोग गर्नु उचित हुन्छ, ‘प्यासिभ भ्वाइस’को प्रयोगले वाक्यलाई जटिल बनाउँछ र विद्यार्थीलाई अङ्ग्रेजी सिक्न अप्ठेरो हुन्छ । विद्यार्थीलाई पहिले पढाइएका शब्द, प्रयोग आदिका बारेमा सोध्नुस् ।७

स्रोतः www.about.com
प्रस्तुतिः ध्रुब सिम्खडा

अङ्ग्रेजी सिक्ने हो भने...

  • भाषा रातारात सिकिने कुरा होइन । यो एउटा प्रक्रिया हो र यसमा समय लाग्छ भन्ने बुझनुस् ।
  • शुरु मै सिकाइको उद्देश्यमा स्पष्ट हुनुस् । तपाईं के र किन सिक्न चाहनुहुन्छ भन्ने कुरा स्पष्ट नभइकन अङ्ग्रेजी सिक्न सकिँदैन ।
  • सिकाइलाई बानी बनाउनुस् । हरेक दिन केही न केही सिक्ने प्रयत्न गर्नु स् । हप्ताको दुई घण्टा अध्ययन गर्नु भन्दा हरेक दिन १० मिनेट अध्ययन (अङ्ग्रेजी पढ्नु, समाचार सुन्नु/हेर्नु) गर्नु रराम्रो हुन्छ । हरेक दिन १० मिनेट अङ्ग्रेजी पढ्ने गर्दा सम्झना भइराख्छ । तर हप्तामा दुई घण्टा पढ्दा भने त्यो दिमागमा ताजा बनिरहन सक्दैन ।
  • सामग्री छनोट राम्ररी गर्नु स् । सुनाइ, बोलाइ, लेखाइ र पढाइबिना कुनै पनि भाषा सिकिँदैन । अतः त्यसका लागि आवश्यक विभिन्न सामग्री तयार गर्नु स् । हरेक दिन सिकाइका यी चारै तरिका अपनाउन कठिन हुने हुँदा आलोपालो गरी सिक्ने गर्नु पर्छ । अङ्ग्रेजी सिक्नका लागि व्याकरण पनि जान्न आवश्यक हुन्छ । तर व्याकरण पढेर मात्र नबस्नुस् । त्यसरी अङ्ग्रेजी सिक्न सकिँदैन ।
  • पढ्न र बोल्नका लागि साथी बनाउनुस् । मिलीजुली अङ्ग्रेजी अध्ययन गर्नु उत्साहजनक हुन्छ । भाषाजस्तो कुरा यसरी छिट्टै र प्रभावकारी रूपमा सिक्न सकिन्छ ।
  • तपाईंको चाहना अनुसारका पढ्ने र सुन्ने सामग्री छनोट गर्नु स् । विषयप्रतिको रुचिले सिकाइलाई रमाइलो र प्रभावकारी बनाउन सकिन्छ ।
  • व्याकरणलाई व्यावहारिक बनाउने जमर्को गर्नु स् । व्याकरणको अध्ययनले मात्रै तपाईंको अङ्ग्रेजी सिक्ने चाहना पूरा गर्दैन । सिकेका कुरा लाई व्यवहारमा प्रयोग गर्नु पर्छ ।
  • सस्वर पढ्नुस् । सस्वर पढ्नाले पनि भाषा सिक्न ठूलो मद्दत गर्छ । आफूले सस्वर पढ्दा अरूले के भन्लान् भनेर शुरु शुरु मा तपाईंलाई अप्ठ्यारो लाग्न सक्छ तर यो विधि सिकाइका लागि धेरै प्रभावकारी हुन्छ ।
  • धैर्य गर्नु स् । सिक्नु निरन्तरको प्रक्रिया हो र कुनै पनि भाषा सरर बोल्न सक्ने हुनका लागि समय त लागिहाल्छ । सिकाइ मानवीय मस्तिष्कको अभ्यास हो । कम्प्युटरमा तथ्याङ्क हालेजसरी वा कुनै कुरा रिकर्ड गरे जसरी सिक्न सकिँदैन ।
  • उपयुक्त अवसर पाउँदा अङ्ग्रेजीमै लेख्नुस्, अङ्ग्रेजीमै बोल्नुस् । लगातार प्रयत्न गरे पछि अङ्ग्रेजीमा सजिलोसँग कुरा कानी गर्न नसकिने भन्ने हुँदैन । व्याकरणको अभ्यास पनि रराम्रो हुन्छ र तपाईंको छेवैमा रहेको इमेल त अङ्ग्रेजी सिक्नका लागि झनै उपयोगी मित्र हुनसक्छ । त्यसको प्रयोग गरेर तपाईं संसारका कुनाकाप्चामा रहेकाहरूसँग ‘लाइभ’ कुरा कानीका साथै खबर आदनप्रदान गर्न सक्नुहुन्छ । तर त्यसो गर्दा Kati bajyo ? जस्ता रोमनमा लेख्नेचाहिँ न गर्नु स् । यसको साटो What time it is  ? भनी औपचारिक अङ्ग्रेजीमा नै सोध्नुस् ।
  • इन्टरनेट प्रयोग गर्नु स् । इन्टरनेट अङ्ग्रेजी सिक्नका लागि निकै रोमाञ्चकारी र असीमित माध्यम हो । तपाईं आरामसाथ कुर्सीमा बसेर औँला चलाएका भरमा धेरै कुरा सिक्न सक्नुहुन्छ । आजकाल त इन्टरनेटमा शब्द खेल, पजल, खाली ठाउँ भर्ने लगायतका रोचक खेल र विधिहरू यति धेरै हुन्छन्, जहाँ समय कटनी गर्दै, खेल्दाखेल्दै सिकेको तपाईंलाई पत्तै हुँदैन ।

commercial commercial commercial commercial