हेराइ र बुझाइ

किताब जतिको बिनम्र साथी कोही भेटिँदैन । - अर्नेष्ट हेमिङ्वये

जन्मदिने बाबु–आमाभन्दा पनि बालबालिकालाई कसरी बाँच्ने भनेर शिक्षा दिने गुरु सम्मानित हुन्छन । - अरिष्टोटल

शिक्षा भनेको आत्मविश्वास नगुमाइकन सबै कुरा सुन्न सक्ने क्षमता पनि हो । - रोवर्ट फ्रष्ट

क्षमतावानहरू हाम्रा लागि प्रकृतिले दिएका वरदान हुन् । तिनीहरूलाई हामी के दिन्छौं, त्यो चाहिँ भगवानलाई हराम्रो उपहार हो ।  - लियो बुस्कग्लिया

शिक्षकहरूको तलब भत्तालगायत अन्य कार्यक्रममा नपुग रकम आर्थिक वर्षको अन्त्यमा मात्र माग्ने प्रचलनबाट समयमा बजेट व्यवस्थापन गर्न अति कठिनाइ भएको ले चालु आ.ब.मा जुन–जुन शीर्षकमा चौमासिक रुपमा विनियोजन गरिएको बजेट नपुग हुने हो सोको यथेष्ट विवरण सहित वर्षभरीका लागि आवश्यक पर्ने रकम यकिन गरी (गत आ.ब.मा भएको वास्तविक खर्चसँग भिडाइ) अनिवार्यरुपमा पहिलो चौमासिकमा नै माग गर्नु पर्नेछ ।

कार्यक्रम कार्यान्वयन पुस्तिका–२०६५
शिक्षा विभाग

कथासार
ज्ञान हतारमा हासिल गर्न सकिने कुरा होइन । त्यो त क्रमिक रूपमाग्रहण गरिने चीज हो । जसरी एउटा बिरुवा वा बालकलाई हुर्कन समय लाग्छ, त्यसै गरी हामीले पनि केही जान्न वा सिक्न त्यसका लागि आवश्यक पर्ने मेहनत र समय खर्च गर्नैपर्छ । अन्यथा त्यो ज्ञान अधूरो र अपरिपक्व हुन्छ ।

(टिचिङ स्टोरिजनामक किताबबाट )

commercial commercial commercial commercial