प्रतिक्रिया र सुझाव

कुरो यस्तो छ

शिक्षक को दशौँ अङ्क (२०६५ माघ) मा ‘घरपायक शिक्षक कति ठीक कति बेठीक’ अन्तर्गत उल्लिखित पृथ्वीनारायण उमाविगोलढुङ्गा–७ मा पर्दछ । सबै शैक्षिक वर्षमा कम बिदा लिने शिक्षकमा म पर्दिनँ । विश्वविद्यालयको परीक्षा र अन्य विशेष घरायसी काम पर्दा मैले लामो बिदा पनि लिएको छु । हाम्रा स्कूलमा गैर –रैथाने शिक्षकहरूले बढी बिदा लिने गर्नु भएको छैन । बरुण कुमार देवको सवालमा भने बाध्यताकै कारणले दुई/तीन वर्ष लामो बिदा लिए पनि हाल नियमित हुनुहुन्छ ।

विषयवस्तुमा दक्षताका कारण बाहिरका शिक्षकहरू विद्यार्थी र अभिभावकहरूद्वारा बढी मन पराइनुहुन्छ । जहाँसम्म एसएलसी परीक्षाफल ५० र ९५ प्रतिशतको कुरो छ, यो टेस्टमा सम्मिलित विद्यार्थी सङ्ख्यामा आधारित छ । पूरक परीक्षामा उत्तीर्णलाई समावेश गरिएको छैन । २०५६ देखि कक्षा १० मा र २०६२ देखि कक्षा ९ मा कुनै पनि विद्यार्थी अनुत्तीर्ण भएका छैनन् ।

मधु अर्याल, शिक्षक
पृथ्वीनारायण उमावि
गोलढुङ्गा, काठमाडौँ

घरपायक घातक

मङ्सिर महिनाको शिक्षक पढेपछि ममा हराइसकेको इच्छा र आकाङ्क्षा फेरि जाग्यो । ‘गतिला शिक्षकगतिलै पढाइ’ र ‘कठिन छैन गणित’ ले मभित्र थप आशा र उत्साह पैदागराइदिए । यस्तै कौतुहल अरू पाठकहरूमा पनि आएको होला । त्यसकारण शिक्षक मासिकको उत्तरोत्तर प्रगतिको कामना गर्द छु ।

शैक्षिक उपलब्धिका दृष्टिले शिक्षकलाई घरपायक जागिर नरराम्रो हो । गुणात्मक शिक्षाका लागि पाठयोजना तयार गर्नु पर्छ, शैक्षिक सामग्रीहरू तयार गर्नु पर्छ, पाठ सुहाउँदो शैक्षिक विधिको छनोट गर्नु पर्छ र निर्देशिकाको पनि अध्ययन गर्नु पर्दछ । यो काम घरपायकबाट सम्भव हुँदैन । शिक्षकले सरसफाइमा ध्यान दिँदैन, त्यसको असर विद्यार्थीमा पर्छ ।

घरपायक शिक्षकको ध्यान घर–परिवारमा केन्द्रित हुन्छ । जति तालिम लिए पनि घरपायक भएपछि तालिमलाई व्यवहारमा उतार्न कठिन हुन्छ । त्यसकारण तालिममा नै सीमित हुन्छ । हो, घरपायक शिक्षकलाई लाभ हुन्छ । तलब भत्ता सबै बचत हुन्छ । घरपरिवारलाई चाहेजति समय दिन सकिन्छ । कृषि र अरू व्यवसायमा पनि लाग्न पाइन्छ । तर, सबै पक्षबाट हानि हुन्छ, उनीहरू  गुणात्मक शिक्षाबाट वञ्चित हुनुपर्छ । अभिभावकको लगानी खेर जान्छ । क्रमशः समाज मा असल नागरिकको अभाव हुन्छ । अन्ततः देश विकास का लागि जनशक्ति उपलब्ध हुँदैन ।

गीता उप्रेती
चण्डीदेवी प्रावि, नौबिसे–८, धादिङ

शिक्षक  साँच्चिकै शिक्षक

शिक्षक मासिकको नियमित पाठक भएको ले भ्याएसम्म प्रत्येक अङ्क नुछटाई पढ्ने गर्छु । शिक्षक पत्रिकाले यथार्थतालाई प्रस्ट्याइदिएर कुशल मार्गदर्शकको भूमिका खेलेको छ । माघ अङ्कको ‘निजी स्रोत शिक्षक’ रिपोर्टमा प्रस्तुत सामग्री आम निजी स्रोत शिक्षकको समस्या हो । यो समस्या समाधान गर्न राज्यबाटै प्रयास गरे असम्भव छैन । हामी जस्ता निजी स्रोत शिक्षकका समस्या समाधानको विषयमा यस्तै सामग्रीहरू समावेश हुँदै जाऊन्, उत्तरोत्तर प्रगतिको कामना !

रविकिरण ओली
सरस्वती उमावि, पेदिखोला, सल्यान

“बाहिर”का शिक्षकको भित्री कथा

‘घरपायक शिक्षक’ (माघ २०६५) ले मन छोयो । विद्यार्थी, अभिभावक र शिक्षासँग सरोकार राख्ने अन्य व्यक्तिका नजरमा विद्यालयमा ‘घरपायक’ वा ‘घर अपायक’ शिक्षक हुनुका फाइदा वा बेफाइदा बेग्लै होलान् । तर स्वयं शिक्षकले चाहिँ शायदै घरपायकको विरोध गर्लान् । जागिरपायक घर बनाउने हैसियत राख्ने शिक्षकको कुरा छाडौं तर जो शिक्षक आफ्नो बाध्यताले जागिर खोज्न सुदूर गाउँमा पुग्छ, उसमा हुने मान सिक अन्तद्र्वन्द्व ऊ स्वयंलाई जति अरू कसलाई थाहा होला ? ‘आफ्नो गाउँको विद्यालयमा कहिल्यै पनि नजाने’ बाचा गर्ने गुल्मीकागोविन्दप्रसाद ढकाल (सिन्धुपाल्चोकका शिक्षक) यसको अपवाद हुनसक्लान् यदि उनलाई गाउँको ‘अङ्गुर अमिलो’ लागेको होइन भने । दशैंको १५ दिने बिदामा एक्ली आमा भेट्नगुल्मीको गाउँ फर्कनु उनका लागि आन्तरिक पर्यटन पक्कै होइन होला । एउटै जिल्लाभित्र शिक्षण गर्ने श्रीमती र उनीसँग भएको छोेरा भेट्न पनि लामो बिदा नै पर्खनु उनको सोख पनि त पक्कै होइन । मलाई लाग्छ, श्रीमतीसहित उनको आफ्नो गाउँ खड्गकोटको माध्यमिक विद्यालयमा सरुवा भएर जाने अवसर पाए उनले पक्कै अस्वीकार गर्ने छैनन् ।

सबै शिक्षकहरू किन घरपायक नै रोज्छन् भन्ने कुरा को विश्लेषण पनि गरिनुपर्छ । ‘बाहिर’का शिक्षकले जतिसुकै दिलचस्पी लगाएर विद्यालयको हितमा काम गरे तापनि ‘भित्र’का शिक्षकको नजरमा त्यो नितान्त ‘जागिर पकाउनका लागि’ गरेको देखिन्छ । काभे्रका दुर्गालाल श्रेष्ठको शब्द सापटी लिऔं— “बाहिरका शिक्षक जागिरका लागि आएका हुन्छन् तर स्थानीय शिक्षकमा गाउँको स्कूलको माया हुन्छ ।” यो शब्द ‘बाहिर’का शिक्षकलाई कति बिझदो हो ? तर आफू प्रधानाध्यापक भएर पनि दुर्गालालजीले आफ्नै विद्यालयका शिक्षक केदार सत्याल र राधेश्याम श्रेष्ठलाई त केही गर्न सक्नुभएको छैन नि ! उहाँहरूले स्थानीय भएकै आधारमा छुट पाउनुभएको त होला ! विद्यालयको चौतर्फी विकास का लागि कुन शिक्षकले कति योगदान गरेको छ भनेर मूल्याङ्कन गरी दण्ड र पुरस्कार को व्यवस्था गर्नु पर्ने प्रधानाध्यापक स्वयंले नै यसरी ‘बाहिर’ र ‘भित्र’को वर्गीकरण गर्न थालेपछि दुर्गा सरकै विद्यालयका ‘बाहिर’का ६ जना शिक्षकलाई आफ्नो गाउँघरको सम्झनाले कति सताउँदो हो ? अभिभावक र विद्यालय व्यवस्थापन समितिमा ‘बाहिर’का भन्दा ‘भित्र’का शिक्षकको कुरा बढी सुनुवाई हुनु स्वाभाविकै हो ।

‘भित्र’का शिक्षकहरू स्थानीय राजनीतिलाई पनि सजिलै प्रभावित गर्न सक्छन् । एक प्रसङ्गमा शिक्षक मै छापिएको छ— “स्थानीय शिक्षकमा पढाए वा नपढाए पनि अभिभावक र छात्रछात्राको दबाब कम हुने तर बाहिरका शिक्षकले नपढाएमा अभिभावक र छात्रछात्राको दबाब झेल्नुपर्ने उनीहरूको अनुभव छ । घर अपायक शिक्षकले पढाउन आनाकानी गरे वा लामो समय बिदामा बसे सरुवा हुने वा जागिरै छाड्नुपर्ने भएको ले स्थानीय भन्दा बाहिरका शिक्षक शैक्षिक क्रियाकलाप मा बढी सक्रिय हुने गरेको पाइन्छ ।” मानौं, स्थानीय शिक्षकले नपढाए पनि हुन्छ तर ‘बाहिर’का शिक्षकहरू पढाउने शिक्षकरूपी ‘दुहुनोगाई’ हुन्, उनीहरूलाई जति सकिन्छ त्यति दुहुँदा हुन्छ ।   

महोत्तरीका अनिल कुमार झको शब्दमा— “यहाँ हराम्रो कृषि, व्यापार, केही छैन, राजनीति पनि गरिँदैन । तर गाउँका शिक्षक साथीहरू स्कूल समयमै बिटा लाउने, दाइँ र रोपाइँ गर्ने , मलामी वा जन्ती जाने गर्नु हुन्छ ।” कति मार्मिक छ यो भनाइ ! खेती थन्क्याउने समयमा विद्यालयमा पढाउँदै गरेको बेला मेघगर्जियो भने वृद्ध आमाबाबु, रोगी श्रीमती र साना लालाबाला घरमा छोडेर जागिरको खोजीमा दुर्गम गाउँ पुगेको एउटा मास्टर कसरी गाउँघर नसम्झ्रिहन सक्दो हो ? “आफ्नो खेतमा धान बिटा लाए कि लाएनन् ? दाइँ गर्न नपाउँदै पानी परेर पराल भिज्ने पो हो कि !” जबकि स्थानीय शिक्षकहरू धान पाकेपछि विद्यालय जान छाडेर खेततिर दौडेका हुन्छन् । एउटा घर अपायक शिक्षकले आफन्त मरेको समाचार जुठो सकिएपछि र आफन्तको बिहे भएको कुरा उसको बच्चा जन्मेपछि मात्र थाहा पाउँछ । आफन्तको जन्ती र मलामी जान कसलाई मन हुँदैन होला ? अर्कोतिर झ सरले सिन्धुपाल्चोकमा ‘घरवाला’बाट झेल्नुपरेको मान सिक तनाव उहाँको मात्र समस्या होइन; यो त आम ‘बाहिर’का शिक्षकको साझ समस्या हो ।

सरकारको नीति पनि ‘बाहिर’का शिक्षकका लागि कम विभेदकारी छैन । सङ्घसंस्था वा स्थानीय निकायले आयोजना गर्ने कुनै जनचेतनामूलक तालिम,गोष्ठी, सेमिनार आदिमा स्थानीय शिक्षक नै प्राथमिकतामा पर्छन् । जनगणनाको ‘गणक’ होस् वा निर्वाचनको जनचेतना अभियानमा खटाइँदा होस्, त्यहाँ स्थानीय शिक्षक नै खोजिन्छ । त्यति मात्र नभई जीवनको महत्वपूर्ण समय पसिना बगाएको कर्मक्षेत्रमा बसेर स्थानीय, राष्ट्रिय वा संविधानसभाको निर्वाचनमा जनप्रतिनिधि छान्ने जस्तो नागरिकसिद्ध अधिकार उपभोग गर्न समेत शिक्षकले पाउँदैनन् । या त उनीहरू आफ्नो घर–थर नै नभए जस्तो गरेर बस्नुपर्छ या त अनेक हण्डर खाएर, आफ्नो सञ्चित बिदा खर्च गरेर भोट खसाल्न आफ्नो थात–थलो फर्कनुपर्छ । ‘बाहिर’का शिक्षकले यस्ता कैयौँ घटनाक्रमहरू भोग्नुपर्छ जसले गर्दा उनीहरूलाई पटक–पटक आफ्नो गाउँघरको यादले सताइरहन्छ ।

केदार शर्माजीले पनि सजिलै सतही विश्लेषण गरिदिनुभयो— “घरपायक खोज्नेहरूले व्यावहारिक कारणलाई बलियो बनाउनका लागि ‘घरपायक पाए आफ्नै गाउँघरको सेवा गर्ने चाहना पनि पूरा हुनेथियो’ भन्ने चल्तीको आदर्शवादी कारण पनि थप्ने गरेको पाइन्छ ।” कति सजिलो छ विश्लेषण गर्न ! शायद केदारजीले ‘बाहिर’को शिक्षकको रूपमा कहिल्यै अनुभव नै बटुल्नुभएको छैन ।

बाल कुमार जमरकट्टेल, शिक्षक
नवयुग मावि, जैसीदेवल, काठमाडौं

कुरो यस्तो छ

शिक्षक को दशौँ अङ्क (२०६५ माघ) मा ‘घरपायक शिक्षक कति ठीक कति बेठीक’ अन्तर्गत उल्लिखित पृथ्वीनारायण उमाविगोलढुङ्गा–७ मा पर्दछ । सबै शैक्षिक वर्षमा कम बिदा लिने शिक्षकमा म पर्दिनँ । विश्वविद्यालयको परीक्षा र अन्य विशेष घरायसी काम पर्दा मैले लामो बिदा पनि लिएको छु । हाम्रा स्कूलमा गैर –रैथाने शिक्षकहरूले बढी बिदा लिने गर्नु भएको छैन । बरुण कुमार देवको सवालमा भने बाध्यताकै कारणले दुई/तीन वर्ष लामो बिदा लिए पनि हाल नियमित हुनुहुन्छ ।

विषयवस्तुमा दक्षताका कारण बाहिरका शिक्षकहरू विद्यार्थी र अभिभावकहरूद्वारा बढी मन पराइनुहुन्छ । जहाँसम्म एसएलसी परीक्षाफल ५० र ९५ प्रतिशतको कुरो छ, यो टेस्टमा सम्मिलित विद्यार्थी सङ्ख्यामा आधारित छ । पूरक परीक्षामा उत्तीर्णलाई समावेश गरिएको छैन । २०५६ देखि कक्षा १० मा र २०६२ देखि कक्षा ९ मा कुनै पनि विद्यार्थी अनुत्तीर्ण भएका छैनन् ।

मधु अर्याल, शिक्षक
पृथ्वीनारायण उमावि
गोलढुङ्गा, काठमाडौँ

घरपायक घातक

मङ्सिर महिनाको शिक्षक पढेपछि ममा हराइसकेको इच्छा र आकाङ्क्षा फेरि जाग्यो । ‘गतिला शिक्षकगतिलै पढाइ’ र ‘कठिन छैन गणित’ ले मभित्र थप आशा र उत्साह पैदागराइदिए । यस्तै कौतुहल अरू पाठकहरूमा पनि आएको होला । त्यसकारण शिक्षक मासिकको उत्तरोत्तर प्रगतिको कामना गर्द छु ।

शैक्षिक उपलब्धिका दृष्टिले शिक्षकलाई घरपायक जागिर नरराम्रो हो । गुणात्मक शिक्षाका लागि पाठयोजना तयार गर्नु पर्छ, शैक्षिक सामग्रीहरू तयार गर्नु पर्छ, पाठ सुहाउँदो शैक्षिक विधिको छनोट गर्नु पर्छ र निर्देशिकाको पनि अध्ययन गर्नु पर्दछ । यो काम घरपायकबाट सम्भव हुँदैन । शिक्षकले सरसफाइमा ध्यान दिँदैन, त्यसको असर विद्यार्थीमा पर्छ ।

घरपायक शिक्षकको ध्यान घर–परिवारमा केन्द्रित हुन्छ । जति तालिम लिए पनि घरपायक भएपछि तालिमलाई व्यवहारमा उतार्न कठिन हुन्छ । त्यसकारण तालिममा नै सीमित हुन्छ । हो, घरपायक शिक्षकलाई लाभ हुन्छ । तलब भत्ता सबै बचत हुन्छ । घरपरिवारलाई चाहेजति समय दिन सकिन्छ । कृषि र अरू व्यवसायमा पनि लाग्न पाइन्छ । तर, सबै पक्षबाट हानि हुन्छ, उनीहरू  गुणात्मक शिक्षाबाट वञ्चित हुनुपर्छ । अभिभावकको लगानी खेर जान्छ । क्रमशः समाज मा असल नागरिकको अभाव हुन्छ । अन्ततः देश विकास का लागि जनशक्ति उपलब्ध हुँदैन ।

गीता उप्रेती
चण्डीदेवी प्रावि, नौबिसे–८, धादिङ

राहत माथिको आघात

राष्ट्रका अब्बल दर्जाका जनशक्ति निर्माण गर्ने कारखाना विद्यालय हो । उक्त कारखानाका कालिगढ भनेका शिक्षक हुन् ।
तर अहिले नेपालका विद्यालयमा चार किसिमका शिक्षक छन्— स्थायी, अस्थायी, राहत र निजी स्रोतका । यो वर्गीकरणले शिक्षकमागुटबन्दी, विचलन र हीनताबोध सृजना गरेको छ । चारथरी शिक्षकबाट कसरी प्रभावकारी शैक्षिक क्रियाकलाप सम्भव होला ? अझ् लज्जास्पद र हाँसउठ्दो विषय त यो छ कि राहत कोटाका शिक्षकको २३ प्रतिशत तलब कट्टा गरिएको छ । यदि सरकारले २३ प्रतिशत थप न गर्ने हो भने यो कट्टीको के औचित्य रह्यो ? यस्ता दरबन्दीमा रहने शिक्षकको औषधि उपचार खर्च, बीमा खर्च, बिदा आदिको व्यवस्था खै ? के यी शिक्षक बिरामी नहुने र दुर्घटनामा पनि नपर्ने निर्जीव हुन् ? यदि सजीव नै हुन् भने आवश्यक सेवासुविधा र सुरक्षा नभएको राहत शिक्षकले कति पढाउने ?

मोहन पौडेल
खोटाङ बजार

स्तरीय शिक्षा आजको आवश्यकता

हराम्रो देशका युवा स्नातक तथा स्नातकोत्तर उप्रान्त पनि अवसर प्राप्त न गरेर विदेशिनु परेको छ । यस्तो किन अवस्था आयो ? जवाफ स्पष्ट छ— हराम्रो शिक्षाले उत्पादन गरेको जनशक्ति बिकेन । विद्यार्थीले अध्ययन गरेका विषय स्तरीय भएन । स्तरीय शिक्षा भनेको आफ्नो विषयमा क्षमतावान् हुनु हो । तर दुर्भाग्य प्रमाणपत्र बाकसभरि छन् र कामको सवालमा खाली छन् । आज देशमा सरकार मात्र होइन सत्तासमेत परिवर्तित भइसकेको छ । नयाँ नेपालका लागि जनवादी शिक्षाको कुरा उठिरहेको छ । आशा गरौँ सदियौँ देखि को नेपालीको चाहना पूरा हुने र दक्ष नेपाली जनशक्तिले देशविदेशमा सजिलै रोजगार पाउने शिक्षा प्राप्त गर्न पाउनेछन् ।

रघुनन्दन यादव, शिक्षक
श्री प्रावि, भंगहा, धनुषा

शिक्षक  साँच्चिकै शिक्षक

शिक्षक मासिकको नियमित पाठक भएको ले भ्याएसम्म प्रत्येक अङ्क नुछटाई पढ्ने गर्छु । शिक्षक पत्रिकाले यथार्थतालाई प्रस्ट्याइदिएर कुशल मार्गदर्शकको भूमिका खेलेको छ । माघ अङ्कको ‘निजी स्रोत शिक्षक’ रिपोर्टमा प्रस्तुत सामग्री आम निजी स्रोत शिक्षकको समस्या हो । यो समस्या समाधान गर्न राज्यबाटै प्रयास गरे असम्भव छैन । हामी जस्ता निजी स्रोत शिक्षकका समस्या समाधानको विषयमा यस्तै सामग्रीहरू समावेश हुँदै जाऊन्, उत्तरोत्तर प्रगतिको कामना !

रविकिरण ओली
सरस्वती उमावि, पेदिखोला, सल्यान

मूल्य घटाउन सकिँदैन ?

प्रथम अङ्क ‘असुरक्षित उपेक्षित शिक्षक पेशा’ शीर्षक लिएर बजारमा आएको शिक्षक मासिकको नियमित पाठक हुँ म । अरूको पथप्रदर्शक गुरु, गुरुको पथप्रदर्शक शिक्षक भन्दा अतिशयोक्ति नहोला । अति आवश्यक पठनीय सामग्रीका रूपमा बजारमा खोज्नैपर्ने पत्रिका बन्न सफल शिक्षक को निरन्तर तथा उच्च सफलताको शुभकामना ।

शिक्षक मा सम्बन्धमा केही सुधार एवं थप स्तम्भको खाँचो महसूस गरेको छु । कक्षाकोठा स्तम्भ सबैभन्दा रराम्रो छ । अन्तिम पृष्ठको भित्री कभर विज्ञापनभन्दा कुनै विद्यालय, विद्यार्थी वा संस्थाद्वारा सिकाइ वा शिक्षणबारे नयाँ खोज, प्रविधि वा कुशल व्यवस्थापन वा खास विषय शिक्षण सामग्रीको जानकारी राख्दा अझै सुनमा सुगन्ध हुनेथियो । शिक्षा सेवा, शिक्षक सेवासुविधा, विद्यार्थी, छात्रवृत्ति, तालिमसम्बन्धमा जानकारी स्तम्भको खाँचो छ ।

टाढाका निजी शिक्षक एवं अन्य सरोकारवालाका लागि यसको मूल्य उचित भएन । के यसको मूल्य घटाउन सकिँदैन ?

विनोद हमाल, शिक्षक
शिव निमावि, उर्मा–४, कैलाली

टिप्पणीः हमालजी, तपाईंका सुझावलाई आगामी अङ्कहरूमा सकेसम्म कार्यान्वयन गर्ने प्रयत्न गर्ने छौँ । तर, पत्रिकाको मूल्य घटाउने तपाईंको आग्रह स्वीकार गर्न व्यावहारिक हिसाबमा सम्भव देखिँदैन । विज्ञापन हटाएर शिक्षण सामग्री थप्न पनि कठिन छ । तपाईं सोध्नुहोला किन ? किनभने रु.३० मा शिक्षक बिक्री हुँदा ढुवानी भाडा, बिक्रेताको कमिसन र नबिकेका फिर्ता प्रतिको लागत कटाउँदा प्रकाशकको हातमा प्रतिकपी रु.१७ जति मात्र आइपुग्छ । जबकि कागज, छपाइ र मुद्रित सामग्रीको पारिश्रमिक हिसाब गर्दा एक प्रति शिक्षकको लागत रु.५० भन्दा माथि पुग्छ । आम्दानी र खर्चको यो विशाल अन्तर पुर्ने अर्को स्रोत भनेको विज्ञापन नै हो । तसर्थ, शिक्षकको स्थायित्वको निम्ति थप विज्ञापन जुटाउनु अनिवार्य छ । कागज, मसी, ज्याला आदिको भाउ अहिलेकै रफ्तारमा चुलिंदै गयो भने त विज्ञापनले पनि खर्च धान्न नसक्ने भई पत्रिकाको मूल्यसमेत बढाउनुपर्ने हुन सक्छ । हो, बजारभाउ सस्तो भएर पत्रिकाको उत्पादन लागत नै घट्यो भने चाहिँ शिक्षक को मूल्य पनि घट्न सक्छ; किनभने शिक्षक को प्रकाशन ‘न नाफा न घाटा’ को सिद्धान्तमा आधारित छ ।   – सं.

commercial commercial commercial commercial