प्रधानाध्यापक कसरी प्रभावकारी बनाउने ?

आपू बदलिन चाहनेलाई मात्रै प्रधानाध्यापक बनाऔं । दोष्याउने प्रधानाध्यापकलाई आफ्नो पनि दोष खोज्न लगाऔं । समस्या मात्र थुपार्ने प्रधानाध्यापकलाई चुनौती बनाउने सीप सिकाऔं । चुनौती बनाउनेलाई सघाउने प्राविधिक, प्रशासनिक र राजनीतिक संयन्त्र बनाऔं ।

कुनै बेला सरकारी विद्यालय जिउँदो जाग्दो थियो । अहिले कतै धुकधुकी छ । कतै शिथिलता । कतै मुर्दापन । भयो के ? अभिभावक भन्छन्— शिक्षकले धर्म छाडे । पढाउने धर्म । पढ्ने धर्म । खोज्ने धर्म । खोजाउने धर्म । अर्थात् धर्महारा शिक्षक भए । शिक्षक भन्छन्— प्रधानाध्यापकलेगति छाडे । प्रधानाध्यापक भन्छन्— राजनीतिक दलहरूलेगोलमाल गरे । अभिभावक उदासीन रहे । विद्यार्थीले साँढेमिचाइ ९दगििष्लन० गरे । विद्यार्थी भन्छन्— शिक्षकले लापरबाही गरे ।
यसरी हराम्रो शैक्षिक बजार एकअर्कालाई दोष्याइरहेछ । एकअर्काप्रति आक्रोशित भइरहेछ । के आक्रोशमा समाधान छ त ? दोषारोपणमा समाधान छ त ?

प्रधानाध्यापककोगोष्ठीले के भन्यो ?

शिक्षक पत्रिकाले १० माघ २०६५ मागोष्ठी गरयो ।गोष्ठीका प्रधानाध्यापकहरू चार बुद्धिका रहे । पहिलो खाले प्रधानाध्यापकले आफू बदलिए पुग्छ भने । यस अर्थमा उनीहरू एन्थोनीगिड्डेन्सका अभिनेता/अभिनेतृ ९ब्नभलअथरष्लमष्खष्मगब०ि भए । यहुदीका संसार बदल्ने महर्षि भए । आफैँ बदलिएर अरू बदल्ने महर्षि । यस्ता प्रधानाध्यापकहरूले सफलताका कहानी सुनाए । गरे हुने रहेछ भन्ने कहानी । हामी गर्न सक्छौँ भन्ने कहानी । आफू न गर्नेहरूले अरूको खोइरो खन्दै दिन बिताउँदा रहेछन् भन्ने कहानी ।

दोस्रो थरी प्रधानाध्यापकले शिक्षक र अभिभावकको सहयोग खोजे । तिनका राजनीतिक मदारीहरूको ‘निर्देशन’ खोजे । प्रअलाई सहयोगगर भन्ने निर्देशन । आ–आफ्ना राजनीतिक दलका शिक्षकहरू कमजोर न देखि औँ भन्ने निर्देशन । भक्तपुर नगरपालिकाका नेमकिपा समर्थक शिक्षकहरूले गरेरै देखाए । त्यही सिको दोस्रो थरीका प्रधानाध्यापकहरूले राजनीतिक दलबाट खोजे ।

तेस्रो थरीका प्रधानाध्यापकले सर्वपक्षीय आचारसंहिता खोजे । गुणात्मक बन्ने आचारसंहिता । बनाउने आचारसंहिता । आचारसंहिता भङ्ग गर्ने ले स्वदण्डित हुने संस्कार खोजे ।

चौथो थरीले प्रअ बन्नेकैगुण खोजे । आफ्नैमागुण । सहकर्मीमागुण । यसरी उनीहरूले प्रअ बन्ने र बनाउने प्रक्रियामा आमूल परिवर्तन खोजे । दाबी गर्ने प्रक्रियामा सुधार । छनोट गर्ने प्रक्रियामा सुधार ।

तर चारै थरी प्रधानाध्यापकले केही सीप खोजे । गर्नैपर्ने काम पहिल्याए । प्रअमा हुनुपर्नेगुणहरू चिनाए । राज्यले गरिदिनुपर्ने काम बताए । प्रअका समस्या र चुनौती पहिल्याए । राष्ट्रिय तहमा काम लाग्ने सुझाव दिए । तलको तालिकामा ती बुँदाहरू दिइएका छन् । शुरु गरौँ प्रअका सीप र कामबाट ।                  

 

निचोड

यो लेखबाट मैले आठवटा निचोड निकालें । पहिलो हो— आफू बदलिन चाहनेलाई मात्रै प्रधानाध्यापक बनाऔं । दोस्रो, दोष्याउने प्रधानाध्यापकलाई आफ्नो पनि दोष खोज्न लगाऔं । तेस्रो, समस्या मात्र थुपार्ने प्रधानाध्यापकलाई चुनौती बनाउने सीप सिकाऔं । चौथो, चुनौती बनाउनेलाई सघाउने प्राविधिक, प्रशासनिक र राजनीतिक संयन्त्र बनाऔं । पाँचौं, प्रअले खोजेका सीपहरू शिक्षकसँगै छन् । अन्य सरोकारवालासँग छन् । तिनीहरूको खोजी गर्ने अभियान चलाऔं । छैटौं, सरकारी कामको सूचीभन्दा पहिले स्थानीय सूचीमा सरकारी सूची जोड्ने उपक्रम थालौं । यस अर्थमा प्रअका खुट्टा जनस्तर मा जोडाउने उपक्रमगरौं । सातौं, ‘राज्यले दिएन’ भन्ने प्रअलाई ‘मेरो विद्यालयीय राज्यमै म के दिन सक्छु’ भन्ने कुरा तर्फ उन्मुखगराऔं । आठौं, आफ्नागुणहरू आफैं भनौं । अरूबाट भन्न लगाऔं । तिनैगुणहरूका आधारमा गुणात्मक शिक्षा दिने अभियान थालौं । यति भए व्यक्ति बदलिन्छ । संस्था र वातावरण त्यही बदलावमा पछि लाग्छन् ।

commercial commercial commercial commercial