हेराइ र बुझाइ
हाल प्राथमिक तहमा पढाउने शिक्षक प्रवेशिका उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान रहेकोमा शैक्षिक स्तर र उमेरको प्रौढता तथा दक्षिण एसियाली मुलुकहरूमा प्राथमिक शिक्षकको शैक्षिक योग्यता कक्षा १२ र सोभन्दा बढी भएको परिप्रेक्ष्यमा नेपालमा पनि शिक्षकको शैक्षिक योग्यताको स्तर वृद्धि हुनुपर्छ ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको
प्रतिवेदन २०५५
“हामी अधिकांश समय लामखुट्टेका बारेमा चिन्ता गरेर बिताउँछौं तर लामखुट्टे घुम्ने तलाउको सरसफाइ र स्वच्छतामा कहिल्यै ध्यान पु¥याउँदैनौं, हराम्रो कमजोरी यही हो ।” - अज्ञात
“शिक्षकले छात्रछात्रालाई दिने सन्देश हो– तिमी सफल हुन्छौ त्यसैले कहिल्यै पछि नहट ।“ - टी. पिटरसन
सरकारी बजेटको ठूलो हिस्सा प्रत्येक वर्ष सार्वजनिक शिक्षाका लागि छुट्याइने गरेको छ । शिक्षामा गरिने लगानीको ठूलो अंश आधारभूत शिक्षामा जान्छ । यत्रो ठूलो लगानी हुँदा पनि बहुसङ्ख्यक जनताका छोराछोरी पढ्ने सार्वजनिक विद्यालयहरूको गुणस्तर दिन प्रतिदिन खस्कँदो छ । हुनेखानेहरूले आप्mना छोराछोरी सार्वजनिक विद्यालयमा पढाउन चाहँदैनन् । सार्वजनिक शिक्षामा गरिएको लगानीको योभन्दा ठूलो विडम्बना केही हुन सक्दैन ।
··
स्थायी र अस्थायी रुपमा सिर्जना गरिएका समेत १ लाख ४८ हजार शिक्षकको तलब–भत्ताबापत रु.१९ अर्ब
२६ करोड छुट्याउनुका अतिरिक्त शिक्षक विद्यार्थी अनुपात बढी भएका विद्यालयहरूलाई थप शिक्षकको तलबबापत थप अनुदान दिन रु.७० करोड विनियोजन गरेको छु ।
अर्थमन्त्री डा. बाबुराम भट्टराई
आ.व. २०६५/६६ को बजेट वक्तव्यमा



