अब चाहिँ हामी नै निहुरिनु राम्रो हुन्छ
साना कक्षाका विद्यार्थी हेपिए होला । निसाफ पाएनन् होला । साना स्वरको सुनुवाई भएन होला । पढ्न कमजोरहरूले प्रोत्साहनको साटो दुरुत्साहन व्यहोरे होला । अन्य क्षेत्रका राम्रा प्रतिभाहरू किताबी कीरो मात्र नहुनाले फक्रनै नपाई मूर्झाए होला ।
शिक्षक को पहिलो अङ्क (माघ २०६४) मा केदार शर्माले ‘सर, म कसरी सम्झूँ तपाईंलाई ’ भनेर शिक्षक समुदायलाई सोधेको बेलामा आफैँलाई आफ्नै विद्यार्थीले सोधेको जस्तो लाग्यो । महेन्द्र लामाको ‘गुमाउँदैछु गुरुहरू’ दोहोर्याएर पढेँ । उकुसमुकुस भएँ । के गर्नु ? दुई अङ्कपछि ‘म अनादर्श शिक्षक’ भनेर खगेन्द्र सङ्ग्रौलाले लेख्नुभयो । रराम्रो थियो, तर पेशा छोडिसकेका शिक्षकले लेखेका अलि पुराना सन्दर्भहरू भएकाले धीत भने मरेन । यस विषयमा अरू राम्रा लेख आउलान् कि भनेर पर्खिबसेँ । आफ्नै विद्यालयका साथीहरूलाई घच्घच्याएँ, डेग चलाउन सकिनँ । अनि झण्डै एक वर्षपछि आज विज्ञान र गणित पढाएर बोधो भइसकेको नीप लिएर भए पनि आफ्नैगन्थन लेख्न बसेको छु ।
मैले तीसको दशकमा देशमा ख्याति कमाएका स्कूलहरूमा पढ्ने अवसर पाएको हुँ । ती विद्यालयका प्रअ र शिक्षकहरू मेरा आदर्श हुनुहुन्थ्यो । विद्यार्थीलाई सबैका अगाडि गोद्न सक्ने, टेस्टलगायत सबै परीक्षामा भुसुक्कै फेल गर्न सक्ने, पढाइमा तेज मै हुँ भत्रे विद्यार्थीलाई कक्षामै साथीभाइकै अगाडि इज्जत लिन सक्ने शिक्षकहरू विद्यालयमा, समाज मा सर्वत्र सम्मानित हुने परिपाटी थियो । म पनि शिक्षक बत्रे भएँ भन्दा ‘विद्यार्थीसँग हात मिलाउने मास्टरचाहिँ नबत्रु नि !’ भनेर आफ्नै सरले दिनुभएको अर्ति हो कि आदेश हो अझै सम्झ्रिहेको छु ।
तालिम विना पनि शिक्षक हुन पाइन्थ्यो, भइयो । जे देखि यो, जानियो, त्यही गरियो । कक्षा शान्त बनाउने नाउँमा बालबालिकाको उचित जिज्ञासालाई ‘चुप लाग्’ भनेर कति किचियो, मिचियो होला । त्यसको कुनै अभिलेख छैन । देश अनुसारको भेष भनेजस्तो, अनुशासनको नाममा विद्यार्थीलाई निरुत्साहित पनि गरियो, शारीरिक दण्ड पनि दिइयो । रिस हामीलाई उठ्थ्यो, दण्ड विद्यार्थीले पाउँथे ।
अहिले विचार गर्दा आफूले दिएका दण्ड पनि सबै ‘जायज’ थिए भत्र सक्दिनँ । पुलिसले सडकमा लाठीचार्ज गरे जस्तै त हो नि, आवेशमा आएर गरिएको काम । दण्डको मात्रा, स्वरूप सबै आफैँले निर्धारण गरे बमोजिम अर्थात् मन ला गुन्जेल हुन्थ्यो । फेल न गरे पनि हुनेहरू फेल भए होला । छात्राहरू, गरिब तथा पिछडिएका समुदायबाट आएका बालबालिकाले ध्यान, माया र संरक्षण पनि पाएनन् होलान् । साना कक्षाका विद्यार्थी हेपिए होला । निसाफ पाएनन् होला । साना स्वरको सुनुवाई भएन होला । पढ्न कमजोरहरूले प्रोत्साहनको साटो दुरुत्साहन व्यहोरे होला । अन्य क्षेत्रका राम्रा प्रतिभाहरू किताबी कीरो मात्र नहुनाले फक्रनै नपाई मूर्झए होला । हाम्रै कारणले बोल्नेको पीठो बिक्दा नबोल्नेको कनिका पनि खेर गयो होला, पक्कै । कुनै हिसाबकिताब छैन । तर यी सबै भएकै कुरा हुन्, साक्षी हुर्किसकेका छन् ।
त्यस बेलाको कुरै बेग्लै थियो । हेडसर विद्यालय कम्पाउन्डमा आइपुग्दा विद्यार्थीका सानातिना वादविवाद आफैँ मिल्थे, डरले । छिमेकी स्कूलमा , गाउँमा पुग्दा पनि फलानो सर आए भनेर केटाकेटीहरू भागाभाग हुन्थे, यसमा पनि खुसी नै मानियो होला । विद्यार्थीले दुईहात जोडेर स–सम्मान गरेको नमस्ते जाँगर लाग्दा एक हातले फर्काइयो, कतिपय त वास्ता पनि गरिएन होला । पेशामा छिरेको दश वर्षपछि गम्भीर भएर निष्कर्ष निकालेँ, लोकप्रिय त भइयो होला, तर ठीक गरिएन । लोकप्रिय भएको पनि रराम्रो शिक्षक भएर भन्दा चन्दा उठाएर चलाउनुपर्ने प्रस्तावित स्कूलमा विज्ञान गणितसहित तीन–चार विषय पढाउन सक्ने भइकन पनि सस्तो शिक्षक र स्थानीय युवा भएर हो कि जस्तो लाग्छ ।
कुरो ५८ साल हिउँदको हो । दुई जना विदेशी स्वयंसेवकहरूसँग पौने दश बजे विद्यालयको ढोकानिर पुग्दा बिहानी कक्षा सकिएर घर हिँडेका ११–१२ मा पढ्ने बहिनीहरू लाज मान्दै निहुरिए । विदेशी महिलाहरूले उनीहरूलाई ‘नमस्ते’ भने । नमस्ते फर्काउँदै उनीहरू पनि बाहिरिए । एउटी स्वयंसेवकले मलाई सोधिन्, सर ! तपाईंलाई विद्यार्थीले किन नमस्ते न गरेका ? मैले सहजै उत्तर दिएँ ‘लाजले होला, डरले होला ।’ तत्कालै अर्को प्रश्न सोधिहाले, ‘तपाईंले किन न गरेको नि, तपाईंलाई पनि डर लाग्छ ? लाज लाग्छ ?’ उनीहरूको यस प्रश्नको उत्तर मलाई धेरै समयसम्म आएन, मैले किन विद्यार्थीलाई नमस्ते गरिनँ ? सधैँ सबैले मलाई नै नमस्ते गर्नु पर्ने ? मैले शुरु गर्दा के हुन्छ ? हामी शिक्षकले नसिकाए यिनीहरूलाई नमस्ते गर्न कसले सिकाउला, किन सिकाउला ?
हाम्रा तालिम अझै पनि फरक देखि ने गरी प्रभावकारी हुन सकेका छैनन् । हाम्रा प्रशिक्षकहरू पुरानै पाराका छन् । विश्वविद्यालयका शिक्षक–शिक्षण कार्यक्रमहरू पनि देखि यो, व्यहोरियो । सबै मुखका भर, हामी जस्तै हुन् । अरूलाई अर्ति दिने मात्र हुन् । सबै अरू फेरिन आवश्यक ठान्छन्, आफूबाहेक । मुखले सिकाउँछन्, तर आफू फेरिएर फेरिन प्रेरित गर्न सक्दैनन् । एउटा साथीले विदेश भ्रमणबाट फर्किँदा खिचेर ल्याएको भिडियोमा देखि यो, कुनै स्कूलको प्रअ ढोकामा बसेर विद्यार्थीलाई अभिवादनका साथ स्वागत गर्दा रहेछन् । सन्चो बिसन्चो र अँध्यारो मुख लगाउनुका कारण सोध्दा रहेछन् । तिम्रो बुबाको स्वास्थ्य अरू बिग्रियो कि ? हिजो दिएको गृह कार्य धेरै भयो कि ? जस्ता कुरा गर्दा रहेछन् । त्यही विद्यालयमा कक्षा शिक्षकले ‘मे आइ कम इन, स्टुडेन्ट्स’ भनेर ढोकामा उभिँदा ‘एकैछिन् है, म्याडम’ भनेर सहजै विद्यार्थीले शिक्षकलाई ढोकामा उभ्याउन सक्दा रहेछन् । अघिल्लो पिरियडको कक्षाकार्य केही बाँकी भएकाले अफिसमा विद्यार्थीले शिक्षकसँग, पुस्तकालयमा त्यहीँको स्टाफसँग अनुमति मागेर मात्र भित्रिएको देखेर छक्क परेँ ।
केही वर्ष पहिले आफ्नै विद्यालयको वार्षिकोत्सव मनाउँदा म प्रअ भएको ले मन्चमा बसेको थिएँ । धेरैजसो पुरस्कार राम्रा पढ्ने भनिएका सीमित विद्यार्थीहरूले पाएपछि अरू विद्यार्थीहरूले अँध्यारो मुख लगाए । ती हाम्रा हिसाबमा ‘पढ्न जाँगर नलगाउनेहरू’ थिए । मन्चमा बसेका एक जना पाहुनाले सोधे, किन अँध्यारो मुख लगाएका होलान् भनेर । ‘पुरस्कार नपाएर होला’ मेरो सहज जवाफ थियो । ‘किन नदिएको त तिनीहरूलाई पुरस्कार ? अरूले त दोहोरयाएर पाएका पनि छन् ।’ फेरि सोधे । ‘केमा दिने ती लम्फूहरूलाई , खेल्नेभन्दा केहीमा जाँगर छैन’, म उम्किन खोजेँ । ‘दिनुस् न त खेलमै दिनुस्, केही नलागे तिनले जेमा जित्छन्, त्यही गराए र दिनुस्’ बूढो मान्छेको अर्ति अनौठो लाग्यो ।
कार्यक्रम सकिएपछि धेरै विचार गरें, हामीले अति उत्तमको बिल्ला लगाइदिएकाहरू र खेर गएको ठानेकाहरूबीचको अन्तर । सफल भएका भनिएकाहरूमध्येका धेरैगच्छे अनुसार बाबुआमा साथीभाइ, गाउँ–शहर र देशै छाडेर हराएका छन् । निजी, सामाजिक, राष्ट्रिय जीवनमा खासै केही योगदान गरेका छैनन् । देशलाई गाली गरेर आफ्नो दायित्व पूरा गरें भन्ठान्छन् । बरु फेल भएका भनिएकाहरूमध्ये कतिले दुः ख–सुख व्यहोर्दै, आमाबाबु, गाउँघर र देशलाई सकेको माया गरे कै छन्, माया पाएका पनि छन् । सामुदायिक वनको माइनेट बुक भए पनि लेखेका छन् । पाहुनाको कुरो उचित लाग्यो ।
हरेक विद्यार्थीले स्कूलमा मेरो पनि उपस्थिति छ र म महत्वपूर्ण मानिस नै हुँ नि भनिठात्र नपाए किन कक्षाकोठामा कोचिएर बस्ने, सधैँ अपमान सहेर । विचार गरें, न्यूटन, आइनस्टैन, रोनाल्डो, रिभाल्डो मात्रै होइन महात्मागान्धी पनि त हामी जस्तै शिक्षकले बनाएका थर्ड डिभिजनवाला थिए रे नि ! हेप्न मिल्छ र अब, किताब पढ्न नसकेका भरमा ? कोही विद्यार्थीको किताबी पढाइ कमजोर हुनुका कारणपछाडि उसको मात्र दोष छ ? त्यसमा हामी शिक्षक, अन्य प्रौढहरूको व्यवहार, स्रोतसाधनको अभाव र अरू परिवेश र परिस्थितिको दोष छैन ? अपमानित हुनुपर्ने र दोष व्यहोर्नुपर्ने बालबालिकाले मात्रै किन ?
प्राध्यापक विद्यानाथ कोइरालाले सुनाउनुभएको एउटा कथा हामी शिक्षकहरूकै कथा जस्तो लाग्छ । यो संसारको हालतसँग असन्तुष्ट कुनै देशका एक जना विद्वान्ले संसार बदल्न भनी ४० वर्षको उमेरसम्म दुः ख गरे छन् । केही नलागेपछि देश मात्र भए पनि बदल्नुपरयो भनी अरू दश वर्षसम्म लागेछन् । त्यो पनि असजिलो भएपछि परिवार मात्र भए पनि बदल्नुपरयो भनी लाग्दा ६० को उमेरसम्म पुगेछन् । त्यो पनि पार नलागेपछि आफैँ भए पनि बदलिनुपरयो भनेर बाँकी समय दुः ख गरे छन् । केही सफलता मिलेछ र सन्तोषको मृत्यु मरेछन् ।
सजिलो त कहाँ छ र, फेरिन ! सबभन्दा गाह्रो हामी आफैँमा छ । शिक्षक र विद्यार्थीबीचको समस्या सुल्झउनुपरेको बेलाको उदाहरण लिऊँ, विद्यार्थीको कमजोरी केलाउन र हप्काउन त सजिलै हुन्छ, सहजै माफ माग भन्छौँ गल्ती गर्ने लाई । तर हामी शिक्षकहरूबाट गल्ती भएको बेलामा विद्यार्थीको माझ्मा सुल्झउन, गल्ती हुँदा उनीहरूसँग माफ माग्न कति गाह्रो हुन्छ । त्यसो गर्न सके पो विद्यार्थीलाई सिकाउन सजिलो हुन्थ्यो ।
तर दोषी हामी मात्र पनि होइनौँ । “आफ्ना छोराछोरीलाई तँलाई स्कूलमा भर्ना गरेर फलाना सरलाई भनेर तह ल गाउँछु, चिनेको छस् तैँले फलानालाई ?” भनेर स्कूल आतङ्क रोपिदिने अभिभावक पनि छन् । तिमीले एउटा गल्ती गर्यौ, के गर्ने होला ? भनेर सोध्दा अब देखि यस्तो गर्दिनँ, मौका दिनुहोस् भत्रुको साटो पिट्नोस् भनेर ढाड थाप्दै शिक्षकलाई खुसी बनाउने विद्यार्थी पनि छन् । विद्यार्थीहरू तिनीहरूकै भाग्यले, अल्छी भएको ले, पारिवारिक र अन्य कारणले कमजोर भएका हुन् भनेर आफूले भन्दा अरूले पत्याइ दिएसम्म हामी शिक्षक पनि किन नदुखेको टाउकोमा डोरी लगाउन तयार हुन्थ्योँ र ? एसएलसीको रिजल्ट भएलगत्तै हुने समीक्षा बैठकको निष्कर्षमा विद्यार्थीहरूले जाँगर लगाएर पढ्न छाडेकोले यसपालिको रिजल्ट बिग्रियो भत्रे निष्कर्ष निकालेका छौँ, कति पटक त । “सबैलाई पार लगाउन कहाँ सकिन्छ र ? किताबमा भएको विषयवस्तु सिकाउने न हो हामीले त, सबै अन्य वातावरण हराम्रो कार्य क्षेत्रभन्दा प्रभावकारी तत्व हुन्” जस्ता निष्कर्ष पनि हामी निकाल्ने गर्छौं आफ्ना कामहरूको समीक्षा कम गर्छौँ। आफ्नो पेशा र समग्र शिक्षा क्षेत्रलाई अरू सम्बद्ध निकायहरूले यथोचित ध्यान नदिएका कारण यस्तो अवस्था आएको धारणा बनाउछौँ । हाम्रा पेशागत सङ्गठनलाई पेशागत सुरक्षा र सुविधाका कुरा बाट उठाएर शिक्षकहरूको सीप, क्षमता, आचारविचार र व्यवहार परिष्कार गर्ने तिर पनि लगाउन सकेका छैनौँ । यस्तै कुरा देखे, बुझेर हामी शिक्षक भएका थियौँ र जे बुझेका थियौँ त्यही दोहोर्यायौँ । हामीले परम्परागत रूपमा जुन प्रतिष्ठा पाएका छौँ, त्यो धेरै आरामदायी, सन्तोषदायी, विद्यमान सामाजिक चेतनाका हिसाबमा स्वाभाविक छ, त्यस्तो हैसियत शिक्षक मात्र होइन जोकोही पनि सजिलै त्याग्न तयार हुँदैनन् । कसैले प्रभावकारी ढङ्गले औँलो उठाएका छैनन् । त्यसैले ‘चलेको’ छ । तर समय धेरै अघि बढिसकेको छ । हामी पेशेवर हुनैपर्छ, प्रतिस्पर्धी हुनैपर्छ, हराम्रो मान सम्मान आफैँले आर्जन गर्ने चीज हुन्, मागेर कसैले दिँदैनन् । त्यसको सुरुआत आफ्नै मूल्याङ्कन गरेर आफैँबाट शुरु गर्नु पर्छ, गर्न सकिँदो रहेछ । समयले हामीलाई पनि पर्खेर बस्दैन ।
शर्मा सत्यवती उमावि, आदमटार धादिङका प्रधानाध्यापक हुन् ।



