घरपायक नै उत्तम विकल्प

घरपायक शिक्षकका बारेमा सरकारको नीति/दृष्टिकोण के हो ?
शिक्षकलाई सकेसम्म घरपायक मिलाउने सरकारको नीति हो । शिक्षक नियुक्तिको प्रक्रियामै शिक्षकलाई घरपायक पार्नुपर्छ । सकेसम्म शुरुमै गाउँ वा स्थानीय व्यक्तिलाई नियुक्ति गर्नुपर्छ । विगतमा स्थानीय तहमा पर्याप्त योग्य व्यक्तिको अभावमा टाढा–टाढाबाट शिक्षक ल्याउनुपथ्र्यो; तर शिक्षितको सङ्ख्या बढेका कारण अब त्यो समस्या छैन ।

शिक्षकको घरपायक शैक्षिक–उपलब्धिका दृष्टिले चाहिँ कतिको लाभकारी साबित भएको छ ?
स्थानीय वा बाहिरका शिक्षकको कारणले मात्र शैक्षिक उपलब्धि निर्धारण हुने होइन । शिक्षण र शैक्षिक क्रियाकलाप प्रति शिक्षक कर्मठ, इमान दार अनि जाँ गरिलो छ भने जुनसुकै विद्यालयले पनि स्वतः शैक्षिक उपलब्धि हासिल गर्न सक्छ । तर पनि घरपायक शिक्षक शैक्षिक उपलब्धिका दृष्टिले कति लाभकारी भएको छ भन्ने बारेमा बृहत् अनुसन्धान भने गरिएको छैन । त्यसैले यसको मापन गर्न कठिन छ । तथापि कतै–कतै घरपायक शिक्षकले काम न गरेका, घरायसी काममा लाग्ने गरेको गुनासो सुनिएको छ । तर केही ठाउँमा घरपायक शिक्षकले राम्रो गरेका उदाहरण पनि छन् । घरपायक शिक्षकमा तत्परता भएमा गाउँ र समाज सँग मिलेर उसले धेरै राम्रो गर्न सक्ने सम्भावना छ । यी सबै कुरा शिक्षक स्वयंमा भर पर्छन् । घरपायक शिक्षकले घरको काम गरेर विद्यालयको कामलाई ओझाेलमा पार्ने काम कदापि गर्नु हुँदैन । जुनकुनै शिक्षकको आधारभूत धर्म र कर्तव्य शिक्षण हो ।

रैथाने शिक्षकहरूले घरायसी कामलाई प्राथमिकता दिएको गुनासो तपाईंले पनि सुन्नुभएको रहेछ । प्रायः गाउँघरमा स्थानीय शिक्षकहरूले शिक्षण पेशालाई दोस्रो प्राथमिकतामा राख्ने गरेको कुरा हामी जताततै सुन्छौं । यसलाई सुधार्ने तपाईंहरूको कुनै सोचाइ छैन ?
शिक्षकले विद्यालयमा काम गरे वा न गरेको अनुगमन गर्ने र शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गर्ने परिपाटी छ । त्यही क्रममा रराम्रो गर्ने र नरराम्रो गर्ने शिक्षक छुट्टिन्छन् । कार्यसम्पादन मूल्याङ्कनको माध्यमबाट पेशागत धर्म इमान दारीपूर्वक पूरा गर्ने शिक्षक पुरस्कृत र प्रोत्साहित भएका छन् । ठग्ने अनि अल्छी गर्नेहरू स्वतः निरुत्साहित र आलोचित हुन्छन् । राम्रा शिक्षकहरू अभिभावक र छात्रछात्राको नजरमा पनि राम्रै हुन्छन् । यसर्थ शिक्षकहरूको अनुगमन स्थानीयस्तर बाट गर्ने परिपाटीलाई सक्रिय तुल्याउनु बढी फलदायी हुन्छ ।

त्यसो भए सरकारसँग काम ठग्ने स्थानीय शिक्षकलाई कारबाही गर्ने भरपर्दो संयन्त्र वा विकल्प छैन ?
म सिद्धान्ततः घरपायकको पक्षमा छु । सबै शिक्षक सकभर स्थानीय हुनुपर्छ तर तिनको व्यवस्थापन पनि स्थानीयस्तर बाटै गरिनुपर्छ । बारा जिल्लाको शिक्षकलाई हुम्लामा र हुम्लाको शिक्षकलाई झपा पुर्‍याउनु हुँदैन । शिक्षक सेवा आयोगको परीक्षाबाट छानिएका शिक्षकलाई पनि जिल्लामै नियुक्ति गर्ने नीति छ । स्कूल र विद्यालय व्यवस्थापन समितिले पनि स्थानीय व्यक्तिलाई नै प्राथमिकता दिने भएको ले घरपायकको विकल्प छैन । सामान्यतया योग्य शिक्षक गाउँबाट सकभर टाढा जान चाहँदैन । आफ्नो गाउँमा नपाएमा मात्र टाढा जाने हो । तराईबाट हिमालमा गएर शिक्षक बनेको व्यक्ति एक पटक घर फर्किंदा लामो समय बित्छ, उसलाई विदाले पुग्दैन । यसबाट विद्यालयको पठनपाठनमा गम्भीर क्षति पुग्छ । त्यसकारण स्कूलको सुधारका लागि घरपायक शिक्षक नै उत्तम विकल्प हो ।

बाहिरका अर्थात् घरअपायक शिक्षकले आफूहरूका निम्ति ‘शिक्षक आवास गृह ’ को व्यवस्था भए राहत पुग्ने बताएका छन् । सरकारले त्यसतर्फ केही सोचेको छ ?
बाहिरका शिक्षकका निम्ति शिक्षक आवास गृह को व्यवस्था उत्तम अवधारणा हो । तर यसलाई सरकारले कार्यान्वयन गर्न सक्ने अवस्था छैन । घरअपायक महिला शिक्षकलाई आवासका लागि सरकारले आर्थिक सहुलियतको व्यवस्था गरेको छ । बाहिरका शिक्षकका लागि विद्यालय र स्थानीय तहबाट छात्राबासमा बस्ने व्यवस्था समेत कतिपय स्थानमा गरिएको छ । त्यसैले बाहिरका शिक्षकका लागि स्थानीयस्तर बाट नै आवासको उचित व्यवस्था गरिनु आवश्यक छ ।

तपाईंको विचार मा सरकारी स्कूलको स्तर खस्किनुमा रैथाने शिक्षक र बाहिरका शिक्षकमध्ये को बढी जिम्मेवार छन् ?
सरकारी स्कूलको स्तर खस्केको होइन, अपेक्षाकृत सुधार नभएको मात्र हो । एसएलसीको नतिजा पनि राष्ट्रिय मापदण्डको हाराहारीमै छ । हराम्रो अपेक्षा अनुसार सरकारी स्कूलमा पठनपाठन नहुनुमा शिक्षकमा तत्परताको कमिका अतिरिक्त अभिभावकको सक्रियता, छात्रछात्राको उत्सुकता, विद्यालयको भौतिक तथा शैक्षिक वातावरण आदि शिक्षण क्रियाकलाप सँग सम्बन्धित पक्षको भूमिकाले पनि यो मामिलामा अर्थ राख्छ । शिक्षकको कारणले मात्र यस्तो भएको निचोड सही होइन । शिक्षकमा उत्साह र जाँगर, अभिभावकमा सचेतता अनि छात्रछात्रामा सिक्ने उत्सुकता र विद्यालयमा पूर्ण शैक्षिक वातावरण भएमा सरकारी स्कूलको पठनपाठन तत्कालै सुधार हुनसक्छ । अझ् महत्वपूर्ण कुरा के हो भने शिक्षकहरू विद्यार्थी र अभिभावकप्रति जवाफदेही बनेको खण्डमा विद्यालयमा परिवर्तन शुरु हुन्छ ।   

commercial commercial commercial commercial