गणितका कुरा !
गणित अर्थात् हिसाब धेरै नेपाली विद्यार्थीहरूका लागि चाखलाग्दो र उपयोगी विषय हुनसकेको छैन । बरु पढ्ने–पढाउनेहरूका निम्ति यो एउटा ‘समस्या’ का रूपमा रहँदै आएको छ । “एस्एल्सीसम्म त पढ्न करै लागेको छ, त्यसपछि त हिसाबको मुख पनि हेर्दिनँ” भत्रे विद्यार्थी धेरै भेटिन्छन् । गणितको ट्युसन पढाउने ठाउँहरूमा विद्यार्थीको लामै लागेको हुन्छ, गणितमा पास गराउनेग्यारेन्टीसहितका विज्ञापन छ्यापछ्याप्ती देखिन्छन् र पनि एस्एल्सीमा गणितमै दाग लाग्ने अनि ‘म त गणित केही पनि जान्दिनँ’ भन्नेहरू जताततै भेटिन्छन् ।
हुन त केही गणितमा रराम्रो गर्ने विद्यार्थीहरू पनि हुँदै नभएका होइनन् । विज्ञान पढ्ने अर्थात् डाक्टर, इन्जिनियर बत्रे लक्ष्य लिएर सानै देखि गणितमा मेहनत गर्ने धेरै छन् । विज्ञान र गणितकै विभित्र विधामा उच्च शिक्षा लिनेहरू पनि छन् । तर यसैसित गाँसिएको अर्को नकारात्मक तथ्य के हो भने गणित जात्रे मध्येका पनि कतिपयले गणितलाई धेरै नम्बर आउने या ‘डिभिजन हात्र सघाउने विषय’का रूपमा मात्र चिन्ने बुझने गरेका छन् । गणितलाई मानव जीवन र समाज विकास को अभिन्न औजारका रूपमा आत्मसात् गर्नेहरू अत्यन्त न्यून मात्रामा भेटिन्छन् ।
कुनै पनि कुरा प्रति त्यसबेला चाख जाग्छ जब त्यसले मान्छेको संवेदनालाई छुन्छ । यसलाई चल्तीको भाषामा ‘रस बस्नु’ भनिन्छ । ‘श्यामलाई हिसाबमा खुब रस बसेको छ’ भत्रुको अर्थ श्याम गणित विषय मनपराउँछ अथवा त्यसमा रमाउँछ भन्ने हुन्छ । गणित विषयको हाउगुजी हेर्दा यसमा हाम्रा धेरै विद्यार्थीको रसै बसेको छैन । हामीले शिक्षक को यस अङ्कमा केलाउन खोजेको कुरा हो– विद्यार्थीलाई किन गणितमा रस बसेन र अब के गर्न सकिन्छ ?
हराम्रो समाज मा गणितलाई निरस विषय मान्नेहरू अत्यधिक बहुमतमा छन् । हुनपनि यसमा कथा हुँदैन,गीत हुँदैन । यसमा केही हुन्छ भने तर्क हुन्छ र अमेरिकी गणितज्ञ बेन्जामिन पर्सले भने झैँ गणित मन्थन गरी निष्कर्ष निकाल्न सक्ने विज्ञान हो । यही क्षमताका कारण चुनौती लिने र जात्रे चाहना भएका तर्कशील व्यक्तिहरूका लागि गणित एकदमै चाखलाग्दो विषय बन्न पुग्छ । जीवन र जगतका अद्भुत रहस्यहरू खोतल्न गणितको असाध्य ठूलो भूमिका हुन्छ । धुलौटो कोरेका भरमाग्रह–नक्षत्रकागति र स्थिति पत्ता लगाउने देखि परमाणुभित्र छिर्नेसम्मका काम गणितकै माध्यमबाट हुन्छ । गणितको ज्ञान विना न ब्रह्माण्ड बुझन्छि न त जीवनको यथार्थ नै ।
अघिल्लो अङ्कमा हामीले ‘कसले बनायो गणितलाई गाह्रो’ भन्ने प्रश्न हाम्रा पाठकहरूसामु राखेका थियौँ । जवाफमा हामीले प्राप्त गरे मध्येका केही लेखहरू यस अङ्कमा प्रकाशित छन् । यसकै उत्तर खोज्ने क्रममा हामीले विभित्र विशेषज्ञहरूसित पनि सम्पर्क राख्यौँ । यो सबै प्रयत्न गणित शिक्षणलाई प्रभावकारी बनाउन र गणितलाई सफलताको भर्याङ वा असफलताको कारण मात्र हुन नदिई एउटा उपयोगी र प्राज्ञिक अभिरुचिको विषय बनाउन मद्दत गर्नमा केन्द्रित रहेको छ ।
गणित गाह्रो हुनुका केही कारण प्रस्तुत गरेर हामी यो बहसलाई अघि बढाउन चाहन्छौँ । ती कारणहरू निम्नानुसार छन्ः
– गणित एउटा विषयभन्दा ‘समस्या’ हुनुको मुख्य कारण टपरटुइँयापन ९mभमष्यअचष्तथ० को राष्ट्रिय रोग नै देखा पर्छ ।गहिरिएर हेर्दा समस्या गणितमा मात्र छैन । सरकारी स्कूलको अङ्ग्रेजी शिक्षण ‘खत्तम’ मानिन्छ र धेरै मानिसहरू ‘अङ्ग्रेजी रराम्रो हुन्छ’ भत्रे आशले नै आफ्ना सन्तानलाई ‘बोर्डिङ’ मा पठाउँछन् । यो समस्या अङ्ग्रेजी वा गणितमा मात्र छैन । नेपाली मातृभाषा हुनेहरूकै पनि नेपाली पढाइ, लेखाइ र बुझइ पाठ्यक्रमको लक्ष्यभन्दा धेरै तल छ । कसैले ‘मेरो नेपाली रराम्रो छैन’ भन्यो भने ‘उसले म बोर्डिङमा पढेको मान्छे हुँ’ भनेको अर्थ लगाए हुने स्थिति छ ।
– गणित प्रयोगशाला, शैक्षिक सामग्री र शिक्षण विधिको सर्वथा अभाव छ । यसले गर्दा गणित चाख लाग्दो र सजिलो विषय हुनसकेको छैन । रमाइला कथा र पहेलिकाहरू ९उगशशबिक० ले गणितलाई रसिलो बनाउन सघाउँछन् । तर हाम्रा स्कूलहरूमा त्यस्ता पैसा खर्च नहुने विधिहरूको प्रयोग गरिएको पनि विरलै देखिन्छ ।
– हिसाब किन पढ्ने ? बीज गणित, ज्यामिति लगायतका गणितका विभित्र विधाको प्रयोग कहाँ हुन्छ ? जस्ता प्रश्नको जवाफ विद्यार्थीले कहिल्यै पनि पाउँदैनन् । गणितले रहस्यका ठूल्ठूला चट्टानहरू फोर्न सक्छ भत्रे कुरा विद्यार्थीलाई बुझाउन सकिएको छैन । फलतः गणित विद्यार्थीहरूका लागि कहिल्यै रस नबस्ने विषय हुन पुगेको छ ।
– शिक्षकहरूमा उम्दा शिक्षक साबित हुने अदम्य इच्छा भयो भने धेरै समस्याहरू स्वतः समाधान हुन्छन् । तर आम शिक्षकहरूमा देखि एको उत्साहहीनताबाट गणित शिक्षकहरू पनि पर छैनन् । गणित पढाउने शिक्षकहरूमध्ये धेरैले आईएस्सी पढ्दासम्म डाक्टर इन्जिनियर हुने सपना पालेका र त्यो सफल हुन नसकेपछि मात्र उनीहरू थप पढेर वा नपढी शिक्षणतिर लागेका भेटिन्छन् । आफ्नो युवावस्थाको एउटा ठूलो सपनाको विखण्डनका कारण उब्जेको निराशाबाट मुक्त हुन धेरैलाई गाह्रो हुन्छ । उम्दा साबित हुने भोक कचपचिएका व्यक्तिहरूबाट उत्कृष्टताको कति आशा राख्न सकिन्छ भत्रे पनि विचार गर्नु पर्ने कुरा हो ।
हराम्रो गणितको पढाइ कमजोर छ र यसलाई रराम्रो बनाउन नसके हराम्रो शैक्षिक स्तर कहिल्यै माथि उठ्न सक्दैन । तर जहिलेसम्म हामी समस्यालाई निर्भीकतापूर्वक केलाउन सक्दैनौँ तबसम्म सार्थक बहस प्रारम्भ हुन पनि सक्दैन ।
हामीले गणित विषय र शिक्षणका बारेमा बहसको थालनी मात्र गरेका हौँ, त्यसलाई कुनै निष्कर्षमा पुर्याउन सजिलो कुरा होइन र ?
सम्भवतः त्यसनिम्ति हराम्रो दाबा पनि पुग्न सक्दैन । शिक्षक को यस अङ्कले यो बहसलाई अघि बढाउन सक्यो भने भविष्यमा पनि यस्ता विषयहरू कोट्याउन हामीलाई जाँगर चल्नेछ । धन्यवाद !



