हेराइ र बुझाइ
“कक्षाकोठामा तीनपटक घडी हेर्ने शिक्षक, जिशिअको चाकडीमा नित्य धाउन रुचाउने प्रधानाध्यापक र प्रधानाध्यापकलाई चाकडीमा राख्न मन पराउने जिल्ला शिक्षा अधिकारी — शिक्षाका तीन शत्रु हुन् ।”
- कार्यशालामा मन्तव्य राख्दै– एकजना प्रधानाध्यापक ।
शिक्षा मन्त्रालय र नेपाल शिक्षक युनियनद्वारा प्रकाशित “विद्यालयमा सरोकारवालाको अनुपस्थिति प्रतिवेदन २०६३” बाट
शिक्षकको उत्तमगुण भनेको मानवीयताको सम्मान हो । यदि शिक्षकले यो कुरा लाई वास्ता गर्दैन भने उसले लिएको तलब गैर कानूनी ठहर्छ ।”
- एडवार्ड सी. हेल्भिक
“स्कूल जीवनका निम्ति तयारी गर्ने थलो होइन, यो स्वयं नै जीवन हो ।”
- अलबार्ड हुब्बाड
“सिकाइ विनाको स्वतन्त्रता क्षणिक हुन्छ, त्यस्तै स्वतन्त्रता विनाको सिकाइ व्यर्थ हुन्छ ।”
- जोन एफ केनेडी
अमेरिकाका पूर्व राष्ट्रपति



