चल्तीका स्कूलमाथि प्रश्न

सम्पूर्ण स्वतन्त्रतामा सबै मानिस अरूको नियन्त्रणबाट मुक्त हुन्छन् । वैकल्पिक शिक्षा प्रणाली पनि यस्तै हुनुपर्छ । अहिलेका चल्तीका स्कूल जस्ता सकारात्मक दर्शनका नाममा यो ठीक वा बेठीक, तिम्रा लागि यो रराम्रो र यो नरराम्रो भनेर तोकिदिने खालका हुनुहुँदैन ।

स्कूल शिक्षाका लागि हुन्छन् । शिक्षा स्कूलको घोषित आदर्श र सामाजिक उद्देश्य दुवै हो । स्कूलको यो स्थान र भूमिकाका विषयमा लामो समयसम्म खासै प्रश्न उठेनन् । तर, यता आएर यसमा प्रश्न उठ्न थालेका छन् । शिक्षा भन्ने चीज यस्तो हो, जो एकैपटकमा सबैका लागि एउटै हुँदैन । धेरै मानिसका लागि धेरैथोक हुनसक्छ । स्कूलहरूले आफ्नै प्रकारका धेरै काम गर्ने भए पनि अहिले सामान्यतया संसारभरका स्कूलले गर्ने मुख्य चार वटा सामाजिक कार्यमा समान ता आउन थालेको छ । ती हुन्— विद्यार्थीको रेखदेख गर्ने , सामाजिक भूमिकाको चयन गर्ने , सिद्धान्त रटाउने र ज्ञान तथा सीपको विकास हुने हिसाबले शिक्षा दिने । अहिलेको वास्तविकता के हो भने, स्कूलले गर्ने यिनै कामले स्कूललाई महँगो बनाइरहेका छन् । साथै, यिनै तत्व बीचको द्वन्द्वले स्कूले–शिक्षालाई सुलभ हुन दिइरहेको छैन । यी चार कामको सम्मिश्रणबाट नै स्कूल एउटा सम्पूर्ण संस्था बन्ने हो ।

स्कूलले दिने हेरचाह विश्वभर यसरी प्रवाहित भएको छ कि यसका अरू व्यवस्थाहरू बिर्सिइन थालिएको छ । बालबालिकाले अवश्य पनि रराम्रो हेरचाह पाउनुपर्छ, यदि तिनीहरू बालक नै छन् भने । तर, समुदायका साना सदस्यका रूपमा गतिविधिहरूमा सहभागी हुने र उत्पादनशील हुने सवालमा भने यस्तो हेरविचार चाहिँदैनन् । विश्वभरका गरिब, किसान र वञ्चित समुदायका बहुसङ्ख्यक बच्चाहरू विशेष हेरविचार नपाएर पनि सही मार्गमा सही ढङ्गले हिँडिरहेका छन् ।

बच्चाको हेरविचार मा खर्च लाग्छ । यद्यपि, स्कूलहरूले सस्तोमा त्यस्तो सेवा उपलब्धगराउँछन् तर धेरैजसो स्कूलको बजेट यसैमा जान्छ । टाइम पत्रिकाका लागि एन्थोनी लाउरियाले पुर्तो रिकोमा गरेको अध्ययनले के देखाएको छ भने शिक्षकले आफ्नो २० प्रतिशत समय मात्र विद्यार्थीलाई सिकाउनका लागि निकाल्न सक्छन् । तिनको बाँकी समय बच्चाको व्यवहार नियन्त्रण र अरू प्रशासनिक काममा बित्छ ।

लाउरियाको यो अध्ययनबाट जोनगार्डनरले आफू अमेरिकाको शिक्षामन्त्री हुनुभन्दा धेरैअघि भनेको भनाइलाई पुष्टि गर्छ । उनले भनेका थिए, “एउटा माध्यमिक स्कूल उत्तीर्ण विद्यार्थीले १२ वर्षमा सिकेका कुरा दुई वर्षमा सजिलैसँग सिक्न सक्छ, त्यो पनि निकै कम प्रयत्नमा ।

रमाइलो कुरा के छ भने, बच्चा बढ्दै गएपछि रेखदेखको क्षेत्र र खर्च पनि बढ्दै जान्छ । स्कूलमा व्यतित हुने समय बढ्छ, भवनहरू थप आरामदायी हुन्छन् । विद्यार्थीको प्रगतिमा सघाउने कर्मचारीको सङ्ख्या र खर्च वृद्धि हुन्छ । तर स्कूल नभएका ठाउँमा भने बालबालिका चाँडै सामाजिक बन्छन् । हुर्कनका लागि तिनलाई धेरै सहायता पनि चाहिँदैन । प्राथमिक स्कूलका तुलनामा माध्यमिक स्कूलले विद्यार्थीको समय र पैसा दुवै बढी लिन्छन् । कलेज र विश्वविद्यालयले त तिनको पूरै समय खाइदिन्छन् । पढाइ जति बढ्दै गयो यस्तो समय र खर्च उति बढ्दै जान्छ । माथिल्लो तहका विद्यार्थीको हेरविचार मा प्राथमिक तहको भन्दा कम खर्च हुन्छ तर माथिल्लो तहमा विद्यार्थीले स्कूलमा बिताउने समयको मूल्य सबैभन्दा बढी हुन्छ । कलेज, विश्वविद्यालय झन् महँगा हुन्छन् ।

स्कूलले प्रदान गर्ने हेरचाहका लागि राम्रै पैसा खर्च हुन्छ । तर, त्यहाँको सबैभन्दा महत्वपूर्ण पक्ष स्कूलमा हुने बच्चाको जीवनको विस्तार हो । जस्तै, कुनै धनी बाउका छोराछोरीहरू समाज का आम युवा सदस्यका रूपमा हुर्कनु । आधुनिक जीवनको स्कूल, काम र अवकाशमा गरिने विभाजनको यो एउटा आयाम हो । जबसम्म युवाहरू केवल विद्यार्थी रहन्छन्; तबसम्म उनीहरू बच्चा नै हुन्छन्– आर्थिक, राजनीतिक र कानुनी हिसाबले समेत । अर्थात् हाम्रा स्कूलहरूले तिनलाई सधैँ बच्चा नै बनाइराख्ने काम गरिरहेका छन् ।

स्कूल के हुन् ?

‘स्कूलले के गर्छन्’ र ‘स्कूल के हुन्’ भन्ने प्रश्न झ्ट्ट सुन्दा प्राज्ञिक जस्तो लाग्न सक्छ । यी दुई प्रश्नबीचको भिन्नताका केही खास कारणहरू छन् । जबसम्म हामीले स्कूलको सही व्याख्या वा परिभाषा गर्न सक्दैनौँ, तबसम्म त्यसको विकल्पको खोजी सम्भव हुँदैन । स्कूलहरूले यस्तो सामाजिक काम गर्छन्, जो कुनै न कुनै माध्यम वा हिसाबले गरिनैपर्ने काम हुन्छन् । केही मानिसको सोचाइमा स्कूललाई सुधार गरेर रराम्रो बनाउन सकिन्छ । तर, केही अर्काथरीको विचार मा स्कूल नभए पनि केही फरक पर्दैन । उनीहरू सोच्छन्— स्कूलको विकल्प नै चाहिँदैन; किनभने मानिसले आफूलाई चाहिने शिक्षा जीवनका अरू काम–व्यवहारमार्फत स्वाभाविकरूपमै प्राप्त गरिरहेको हुन्छ । तर पनि स्कूलको परिभाषाबिना न त यसको वास्तविक अवस्था थाहा हुन सक्छ न यसको मूल्याङ्कन नै गर्न सकिन्छ । स्कूलको विकल्पका योजना बनाउँदा भावी विकल्पमा स्कूलको कुन–कुन चीज चाहिन्छन् र के–के हटाउनुपर्छ भन्ने छुट्याउनका लागि पनि स्कूलको परिभाषा गर्नु आवश्यक हुन्छ । तर, यस्तो व्याख्या सैद्धान्तिकभन्दा बढी व्यावहारिक उपयोगिताको हिसाबले गरिनुपर्छ । हामीले स्कूललाई यसरी परिभाषित गर्न सक्छौं, “यस्तो संस्था जहाँ अध्ययन वा तय गरिएको पाठ्यक्रमका लागि शिक्षकको पूरा निगरानीमा सञ्चालन हुने कक्षाकोठामा निश्चित उमेर समूहका मानिसको पूरा अवधि उपस्थिति आवश्यक हुन्छ ।” आम स्कूलहरूका लागि यो परिभाषा उपयुक्त छ । शिक्षाका विकल्पहरूका बारेमा कुरा गर्दा यस्तो चलिआएको ‘अचल मान्यता’का स्कूलभन्दा भिन्न भनेर व्याख्या गरिनु रराम्रो हुन्छ । यसो न गर्दा स्कूलहरूको परम्परागत ‘चुम्बकीय शक्तिको आकर्षण’ले परिवर्तनकारीहरूलाई पनि आफूजस्तै बनाइदिन सक्छ ।

कक्षा कक्षाका लागि उमेर तोकिदिएर स्कूलले बाल्यकाललाई नै एउटा संस्थागत चीज बनाइदिन्छ । स्कूलै–स्कूलले भरिएको समाज मा अहिले बाल्यकाललाई कुनै समयसीमा नभएको विश्वव्यापी परिघटनाका रूपमा लिइन्छ । तर, तीन सय वर्षअगाडि आजका जस्ता बच्चा थिएनन् र अहिले पनि गरिब गाउँका बच्चा चल्तीका शहरी स्कूलका बच्चा भन्दा नितान्त भिन्न हुन्छन् । फिलिप एरिजको पुस्तक से न् चुरि ज अफ चाइल्डहुड का अनुसार, सत्रौँ शताब्दीभन्दा अघि बच्चाहरू वयस्कका जस्तै लुगा ल गाउँथे, उनीसँगै कामगर्थे, जेल हालिन्थे, वयस्कसँगै फाँसीमा चढाइन्थे । तिनले बाल्यकालमै सेक्स, रोग र मृत्युका बारेमा थाहा पाइसकेका हुन्थे । त्यतिबेला बालबालिका भनेर छुट्टै प्रकारको व्यवहार र मान्यता थिएन । ‘बाल्यकाल’ भन्ने कुनै संस्कार नै थिएन

समाज को यथार्थ निर्माताका रूपमा स्कूलको कुरा गर्दा, त्यसको आशय बच्चासँग मात्र जोडिएको हुँदैन । त्यसले शिक्षकलाई पनि छुन्छ । किनभने स्कूलले शिक्षक पनि पैदा गर्छ । स्कूलहरू जन्मनुभन्दा पहिले पनि समाज मा हेरविचार गर्ने शारीरिक व्यायामका नियम पालन गराउने र अनुशासन सिकाउने मानिस या गुरुहरू हुनेगर्थे । यी तीनैथरीले ‘सिकाइ’लाई पढाइको नतिजाका रूपमा मात्र हेर्दैनथे । अहिलेका आधुनिक स्कूलहरूले भने सिकाइलाई पढाइको उत्पादनका रूपमा व्यवहार गर्छन् ।

स्कूलको पढाइको प्रक्रियामा एउटा शिक्षकले एकैपटक तीन वटा भूमिका निर्वाह गर्छ– रेफ्री, न्यायाधीश र सल्लाहकारको । रेफ्रीका रूपमा शिक्षकले कुनै पनि उत्तर ठीक वा बेठीक के हो भनेर घोषणा गर्छ, नम्बर दिन्छ र उन्नति, प्रगति निर्धारण गर्छ । न्यायाधीशका रूपमा शिक्षकले चोरी गर्नेहरूलाई दोषी ठह¥याउँछ र स्कूलको नैतिक मूल्य र मान्यता जोगाउने काम गर्छ । सल्लाहकारका रूपमा उसले कमजोर वा थप प्रगति गर्न चाहने विद्यार्थीहरूलाई स्कूलभित्र र बाहिर समेत के गर्ने र के पढ्ने भन्ने सल्लाह दिन्छ ।

शिक्षकको यो त्रि–आयामिक परिभाषा हामीलाई नौलो लाग्दैन । किनभने समाज मा विद्यार्थीलाई नागरिक अधिकार नभएका प्राणीका रूपमा लिइन्छ । जहाँ शिक्षकको भूमिका चाहिँ एउटै व्यक्ति पुलिस, न्यायाधीश र वकिल भएजस्तो हुन्छ । वास्तविक अर्थमा हाम्रा स्कूलहरूको स्थिति यस्तै छ । विद्यार्थी निरीह, निरुपाय छ भने शिक्षकसँग असीमित शक्ति छ ।

स्कूलको विकल्प

स्कूलको विकल्पमा खडा हुने संस्था वा व्यवस्था किफायती र चाहेका जति सबैले पढ्न पाउनेखालको हुनुपर्छ । यो प्रभावकारी पनि हुनुपर्छ । तर, किफायती भनेर क गुणस्तर को शिक्षा दिन भने पाइँदैन । यसमा कसैको पनि एकाधिकार हुनुहुँदैन । स्कूललाई विस्थापित गरेर ल्याइएको व्यवस्था पनि फेरि उसै गरी समाज मा हावी हुने किसिमको हुनुहुँदैन । यस्तो वैकल्पिक माध्यम विविध र बहुसङ्ख्यामा हुनुपर्छ । यस्ता विकल्पहरूका बीचमा प्रतिस्पर्धा हुनु जरुरी हुन्छ । तर, प्रतिस्पर्धा जहाँ पनि खोजिनु पनि ठीक हुँदैन । जस्तो, विद्यार्थीलाई दिइने पुरस्कार का सवालमा । सबै विद्यार्थीले एकनास सिक्दैनन् । एउटालाई हेरेर अर्कोले मूल्याङ्कन गर्नु हुँदैन । हो, एउटाको सफलता अर्काका लागि असफलता चाहिँ बन्नु हुदैन ।

स्कूलका विकल्पहरूले एउटा पनि विद्यार्थीलाई नियन्त्रित र निर्देशित गर्नु हुँदैन । बरु, हरेक विद्यार्थीलाई सरकारसमेतका संस्थाहरूलाई निर्देशित वा पुनरुत्पादित गर्न सक्ने बनाउनुपर्छ । शिक्षालाई काम र बाँकी जीवनबाट अलग गरिनुहुँदैन । कुनै हटाइनै नसकिने डिग्रीका लागि मात्र संरक्षण गर्ने खालको शैक्षिक वातावरण हुनुपर्छ । शिक्षाले कहिल्यै पनि मान्छेलाई केही अर्कै बनाउने लक्ष्य लिनुहुदैन, न शिक्षा नै अरू कुनै चीजको उत्पादन हो । यो त मान्छे आफैँ, समाज र सामाजिकतालाई नियन्त्रण गर्ने र जोगाइराख्ने उपायका रूपमा आफैँले गर्ने स्वेच्छिक क्रियाकलाप हो ।

वैकल्पिक शिक्षामा हरेकले आफ्नो रोजाइ अनुसारको पढ्न पाउनुपर्छ । कुनै व्यक्ति जीवनमा के गर्न वा के बन्न चाहन्छ भन्ने उसैले निर्धारण गर्ने कुरा हो । उसले आफूले चाहेजस्तो बन्न सक्ने गरी पढ्न पाउनुपर्छ । कुनै एउटा पाठ्यक्रम वा व्यवस्थाले ‘यो नै सबैका लागि उत्तम हो’ भनेरग्यारेन्टी गर्न सक्दैन । त्यस्तै कुनै एउटा शैक्षिक कार्यक्रमले ‘यसबाट नै सबैले चाहेको जस्तो सिक्न सक्छन्’ भनेर ठेक्का लिन पनि सक्दैन । अहिले विश्वव्यापी रूपमा देखि एको एउटा ठूलो समस्या– अरूको इच्छाका बारेमा ‘उसलाई भन्दा बढी हामीलाई थाहा छ’ भन्ने जिद्दीले उत्पन्न गरिरहेको छ । उदाहरणका लागि, स्कूलहरूको काम विद्यार्थीहरूलाई त्यस्तो शिक्षा दिनु रहेको छ, जो अरू नै कसैले तिनले जान्न चाहेको विषय भनी छुट्याइदिएका छन् । जुन मानिसहरूले स्कूलमा के पढाउनु पर्छ भन्ने निर्णय गर्छन् तिनले अहिलेसम्म विद्यार्थीको इच्छा र चाहना आफूले जानेको, बुझेको दाबी गरिरहेका छन् । तर अब यो स्पष्ट हुनु जरुरी छ– कि त त्यस्तो दाबी गर्ने मानिसहरू केही जान्दैनन् । यदि तिनले केही जान्दछन् भने पनि तिनीहरूले आफ्नो ज्ञानसँग नमिल्दो कार्य गरिरहेका छन् ।

सम्पूर्ण स्वतन्त्रताको दर्शन भनेको त्यस्तो दर्शन हो जहाँ, कुनै पनि मानिसले आफ्नागुण वा दोष अर्को कसै माथि थोपर्न सक्दैन । यसैले सबै मानिस अरूको नियन्त्रणबाट मुक्त हुन्छन् । वैकल्पिक शिक्षा प्रणाली पनि यस्तै हुनुपर्छ । अहिलेका चल्तीका स्कूल जस्ता सकारात्मक दर्शनका नाममा यो ठीक वा बेठीक, तिम्रा लागि यो रराम्रो र यो नरराम्रो भनेर तोकिदिने खालका हुनुहुँदैन ।

वैकल्पिक शिक्षाका लागि हामीले मुख्य दुई चीजका बारेमा जान्नु आवश्यक हुन्छ । पहिलो हामीलाई शिक्षा किन चाहिएको हो भन्ने र दोस्रो यो कुन स्रोतबाट प्राप्त हुन्छ भन्ने । यदि राम्ररी हेरियो भने यी दुवै चीज एकापसमा जोडिएका छन् । यिनलाई फरक गरेर बुझन सकिँदैन । हामीले खोजेको शिक्षाले हामीलाई स्वतन्त्रता र न्यायको दुनियाँतिर डो¥याउनुपर्छ । जहाँ स्वतन्त्रता भनेको कसैले कसैलाई बलपूर्वक केही गर्न बाध्य न गर्ने र न्यायको अर्थ सम्पत्ति, शक्ति र अवसरको समान वितरण भन्ने बुझन्छि ।

स्कूलका विकल्पमा खडा गरिने यस्ता वैकल्पिक उपायहरू के–के हुनसक्छन् त ? सबैभन्दा पहिले शिक्षाका स्रोतहरूलाई स्कूलबाट बाहिर निकाल्नुपर्छ र यिनमा सबै शिक्षाग्राहीको समान अधिकार स्थापित गरिनुपर्छ । यसलाई अझै स्पष्ट रूपमा यसरी बुझैँ– शिक्षाका लागि छुट्याइने सरकारी रकम कि त गरिब वा शिक्षामा पहुँच नभएकाहरूको कुनै छुट्टै संस्थाको विकास गरी त्यसलाई दिन सकिन्छ वा सोझै त्यस्ता विद्यार्थीलाई दिन पनि सकिन्छ । हुन त पढ्नेका हातमा सबै स्रोत–साधन वा पैसा दिएर शिक्षा पाइने होइन तैपनि यो पहिलो कदम भने हुनसक्छ । किनभने, यसले तिनका हातमा अवसर थमाइदिन्छ ।

स्कूलको विकल्पमा स्थापना गरिने सार्वजनिक संस्थाहरूले विद्यार्थीलाई धेरै रोजाइको अवसर दिनसक्छन् । जस्तै, उनीहरू के पढ्न चाहन्छन्, जीवनको कुन उमेरमा पढ्न चाहन्छन्, काम गर्दै पढ्न चाहन्छन् वा कामका लागि पढ्न चाहन्छन् ? उनीहरूका लागि एउटा छुट्टै शैक्षिक कोषको स्थापना गर्न सकिन्छ । सानो उमेरसम्म यस्तो कोषको प्रयोग विद्यार्थीका अभिभावकले पनि गर्न सक्छन् तर ‘भिटो पावर’ चाहिँ विद्यार्थी स्वयंसँग हुन्छ । यस्तो कोषको प्रयोग कहिले र कसरी गर्ने भन्ने निर्णय विद्यार्थीले नै गर्न पाउनुपर्छ ।

यसरी व्यक्तिगत शैक्षिक कोष र सार्वजनिक उपयोग प्रणालीका दुई वटा व्यवस्था गरेर वैकल्पिक शिक्षाको आर्थिक व्यवस्थापन गर्न सकिन्छ । यी प्रणाली दुई वटा भए पनि यी एकअर्काका परिपूरक हुन्छन् । यस्ता सार्वजनिक प्रणालीहरू समूह बनाएर सञ्चालन गर्न सकिन्छ । यस्ता कोषहरूमा सरकारी अनुदानका अलावा मानिसहरूको हैसियत, उमेर र अवस्था हेरेर पैसा उठाउन पनि सकिन्छ । यस्तो शिक्षाका लागि पुस्तकालयलाई सार्वजनिक ‘स्कूल’का रूपमा स्थापित गर्न सकिन्छ । पुस्तक लगायतका अन्य आवश्यक चीजको सङ्ग्रह यहीँ गर्न सकिन्छ । अथवा कसैले घर लैजान पनि पाउँछ । यदि पुस्तकालय सम्भव हुँदैन भने जुनसुकै भवनलाई पनि सार्वजनिक अध्ययनस्थलका रूपमा विकास गर्न सकिन्छ ।

वैकल्पिक शिक्षा व्यवस्थामा सरकारी अनुदान वा अन्य करहरूबाट एकत्रित कोषलाई व्यक्तिगत उपयोग र सार्वजनिक प्रयोजनका लागि भनेर दुई किसिमका कोषमा विभाजन गर्न सकिन्छ । यसलाई अझै व्यवस्थित बनाउन शैक्षिक बैंकको स्थापना गर्न सकिन्छ । यस्ता बैंक सरकारले पनि खोल्न सक्छ अथवा समुदायले आफ्नै प्रयासमा पनि स्थापना गर्न सक्छन् । यस्ता बैंकमा मानिसहरूले आफ्ना शैक्षिक सेवा सञ्चय गरेर ऋणसमेत लिन पाउँछन् । सेवा प्रदायकको हैसियत भएकाहरूले यस्ता बैंकबाट साझैँ रकम वा अरू सुविधा लिन सक्छन् । शिक्षाग्राहीहरूले समेत यसबाट ऋण लिन सक्छन् । यस्तो ऋण रकममा वा अन्य सुविधामा पनि हुनसक्छ । उनीहरूले यस्तो ऋण कुनै सीप वा सेवाबाट पनि तिर्नु सक्नेछन् । अथवा कसैले पैसा नै तिर्नु चाहन्छ भने पनि तिर्नु सक्नेछ ।

यस्तो शैक्षिक बैंकले बजारका अरू बैंकसँग प्रतिस्पर्धा गर्न सक्दैन । यसैले यस्तो बैंकलाई सरकारले अनुदान दिनुपर्छ । साथै, शिक्षा लिन चाहनेहरूबाट पनि केही रकम शुल्कका रूपमा उठाउन सकिन्छ । यस्तो बैंक नाफा कमाउने उद्देश्यले नभई शिक्षाका लागि स्थापना गरिने भएकाले यस्ता बैंकले समाज का अन्य क्षेत्रबाट पनि सहयोग लिन सक्छन् । यसका लागि शैक्षिक संयन्त्रको निर्माण गर्नु पर्छ । यस्तो समूह वा संयन्त्रले बैंकको सञ्चालन गर्न सक्छ । अथवा तिनले शैक्षिक बैंक चलाउन सक्दैनन् भने पनि पुस्तकालय, सामूहिक अध्ययन, स्व–अध्ययनलगायतको व्यवस्था गरी वैकल्पिक शिक्षा लिन र दिन सक्छन् ।  

(पुस्तकः ‘स्कूल इज डेड’), भावानुवादः यज्ञश

commercial commercial commercial commercial