शिक्षकलाई समाचार

प. सं.: – १०/०६४/०६५ मितिः २०६५/२/१३
च. नं.: ८०८
विषयः निर्देशन सम्बन्धमा ।
श्री जिल्ला शिक्षा कार्यालय
७५ ओटै
प्रस्तुत विषयमा हरेक वर्ष बढिरहेको विद्यार्थी चापलाई सम्बोधन गर्न विगत केही वर्ष देखि सबैका लागि शिक्षा र माध्यमिक शिक्षा सहयोग कार्यक्रमतर्फको बजेटबाट विद्यालयहरूमा थप शिक्षक राख्नका लागि शिक्षक अनुदान रकम उपलब्ध गराइँदै आएको छ । यो अनुदान समयसापेक्ष वृद्धि गरी कार्यरत शिक्षकले पाउने रकम र उनीहरूले जति अवधि काम गरे पनि सेवाबाट अलग हुँदा केही रकम सुविधाको रूपमा पाउन सक्ने वातावरण सिर्जना गर्न सरोकारवालाहरूसँग विभिन्न चरणमा छलफल भई सो सम्बन्धमा नीति निर्धारणका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा फाइल पेश भइसकेको छ । तर उक्त विषयले अन्तिमरूप लिन अझै केही समय लाग्ने देखि एकोले जिल्लाहरूमा विगतमा प्राप्त भएका विभिन्न तहका शिक्षक अनुदानमा र चालु आ.व.मा प्राप्त भएका र हुने शिक्षक अनुदानका निमित्त निम्नानुसारको व्यवस्था गर्नु गराउनु हुन शिक्षा तथा खेलकुद मन्त्रालय (मान नीय मन्त्री स्तर ) को मिति २०६५/०१/२९ मा भएको निर्णय अनुसार अनुरोध छ ।
१. उल्लिखित कार्यक्रमबाट प्रप्त हुने प्राथमिक, निम्नमाध्यमिक तथा माध्यमिक तहको प्रति सङ्ख्या वार्षिक एकमुष्ठ अनुदानको नम्र्स क्रमशः रू.८१,६४०, ९७,३२७ र १,४८,२०० कायम गरी उक्त अनुदानलाई १३ ले भाग गरी मासिक अनुदान कायम गरेर सो मासिक अनुदानको २३ प्रतिशत रकम सम्बन्धित कार्यरत शिक्षकको कल्याणकारी कोषबापत सम्बन्धित विद्यालयको नाममा स्थानीय बैंकमा छुट्टै खाता खोलेर राख्न लगाई बाँकी रकमलाई सम्बन्धित शिक्षकहरूले पाउने मासिक पारिश्रमिकका रूपमा कायम गर्न सक्ने गरी विद्यालयहरूलाई लेखी पठाउने र यसरी कट्टा गरिएको २३ प्रतिशत रकम (शिक्षक कल्याणकारी कोष)को व्यवस्थापन नीति तय भएपछि सोही बमोजिम हुने गरी राख्ने व्यवस्था गर्ने ।
२. शिक्षा नियमावलीद्वारा निर्धारित मापदण्ड हिमाली, पहाडी, र तराई/काठमाडौं उपत्यकामा प्राथमिक तहमा विद्यालयगत रूपमा ५० जनासम्म विद्यार्थी भए दुई र सोभन्दा माथि विद्यार्थी भए न्यूनतम तीन ओटा तथा क्रमशः ४०,४५ र ५०ः: १ भन्दा बढी हुने गरी कुनै पनि विद्यालयमा शिक्षक अनुदान दिइएको भए त्यस्तो नियम विपरीत दिएको अनुदान बापतको खर्च सम्बन्धित दाम काम गर्ने अधिकारी बाट असुल उपर हुने भएकाले त्यसतर्फ विशेष चनाखो रहने ।
३. सबैका लागि शिक्षा र माध्यमिक शिक्षा सहयोग कार्यक्रम अन्तर्गतको शिक्षक अनुदानबाट पारिश्रमिक खाने गरी शिक्षक नियुक्त गर्न तथा शिक्षा विभागबाट पठाइएको परिपत्र अनुसार विज्ञापन गरी प्रतिस्पर्धाको आधारमा छनोट गरिएका शिक्षकहरूले मात्र नम्र्स अनुसारको सुविधा पाउने भएकाले त्यस अनुदानभित्र नियुक्त हुने हरेक शिक्षकको नियुक्तिका कागजातहरू दुरूस्त राखी सो बमोजिम यस अनुसार विद्यालयहरूबाट थप सुविधा पाउने व्यवस्था मिलाउन समेत अनुरोध छ ।
‘राहत’ र ‘दरबन्दी’को तलब बराबर !
सार्व जनिक विद्यालयमा ‘दरबन्दी’ को सट्टा ‘राहत’ शिक्षक दिन थाले को सरकारले तिनलाई दरबन्दीवाला शिक्षकको बराबर तलब बल्ल बनाइदिएको छ । तथापि शिक्षा विभागले जिल्ला शिक्षा कार्या लयलाई पठाएको परिपत्रमा त्यो निर्ण य बमोजिम शिक्षकहरूले कहिले दे खि नयाँ तबलमान लागू हुने हो , त्यो खुलाइएको छै न । यसअघि राहत शिक्षकको तलब दरबन्दीवालाको भन्दा झण्डै ४० प्र तिशतले कम थियो ।



