‘जनवादी शिक्षा’ कति लिने कति दिने ?

साम्यवादी शिक्षाले विचार सँग लडेन। विचार दिने संरचना र संयन्त्र दुवैलाई सजाय दियो। अभिव्यक्ति स्वतन्त्रता मर्‍यो। यहाँ नेपाली माटो त्यही स्वतन्त्रता खोज्छ। कम्बोडियामै धार्मिक र जातीय स्कूल थिए। निजी स्कूल पनि थिए। साम्यवादीले बन्द गरिदिए। नेपालका जनजातिले जातीय स्वतन्त्रता खोजे। धार्मिक स्वतन्त्रता खोजे। माओवादीले ‘तथास्तु’ भनिदिए। यस स्थितिमा गर्ने के ? बन्द गरौं भने जातीय र धार्मिक स्वतन्त्रता हरिने। खोलौं भने साम्यवादी शैली नासिने। गर्ने के ?

चौखम्बे शिक्षा

साम्यवादीले चौखम्बे जनवादी शिक्षा दिए। पहिलो खम्बा हो– सबै खाले जनतालाई राजनीतिक पद्धतिसँग सैद्धान्तिक ढङ्गले आवद्ध  (ideological integration) गर्नु। धार्मिक सत्सङ्गीकरणजस्तै साम्यवादी सत्सङ्गीकरण। किसानको साम्यवादी सत्सङ्गीकरण। विद्यार्थीको साम्यवादी सत्सङ्गीकरण। विज्ञको साम्यवादी सत्सङ्गीकरण। दोस्रो खम्बा हो– धार्मिक वा सांस्कृतिक शिक्षालाई विज्ञानसम्मत शिक्षाले विस्थापित गर्नु। क्यूबालीको जस्तै ‘ईश्वर छैन’ भन्ने सुगारटाइ  (indoctrinated understanding) गर्नु। तेस्रो खम्बा हो– सरकारले रोजगारी दिन्छ वा दिनुपर्छ भन्ने ओथारावादी  (Protectionist) चिन्तन लिनु। चौथो खम्बा हो– शिक्षा ‘डोका र ढोका’ मा काम लाग्ने (pragmatic) हुनुपर्छ भन्ने व्यवहारवादी भनाइ हुनु। अरू खम्बा प्राविधिक हुन्– पूँजीवादी वा विकास शील देशमा पनि हुने । कतिपय गरिएकाहरू। कतिपय गर्न सकिने।

चौखम्बामै चुनौती

साम्यवादीले एकल राजनीतिक दलमा सोचे। नेपाली संविधानसभाको जनमतले उनीहरूलाई पनि बहुदलवादी बनाइदियो। अब प्रश्न रह्यो, शिक्षालाई कुन राजनीतिक दलमा सैद्धान्तिकरूपले आवद्ध गर्ने ? बहुलता हो भने सम्झौता सिक्नुपरयो। एकदलीय सत्सङ्गीकरणलाई नै चुनौती गर्नु परयो। आफैंमा चुनौती। आफ्नैमा चुनौती। दोस्रो चुनौती विज्ञानसम्मत शिक्षामा भेटियो। किनकि साम्यवादीले आधुनिकतावाद (मोर्डनिज्म) मा सोचे। बहुलताले उत्तर आधुनिकतावादलाई सिंचन गरयो। यस अर्थमा भियतनामले भने झैं ‘सैद्धान्तिक एवं सांस्कृतिक विषाक्तिकरण’ रहिरह्यो।

  • निरक्षर सिपाहीलाई साक्षर सिपाहीले सिकाउने कुरा अल्बानियाले गरयो। तर शिविर र क्यान्टोन्मेन्टमा रहेका उमेर नपुगेर विस्थापित हुने दिन कुरेका सिपाहीलाई आफैँ पढाउँछु भन्न माओवादीले सकेन।
  • पठनपाठनमा सांस्कृतिक सुझ्, धार्मिक चिन्तन र विज्ञानमा अन्तरसम्बन्ध खोज्ने प्रबन्ध गर्नु पर्छ। एकले अर्कालाई तुच्छ ठान्ने साम्यवादी सोच बदल्नुपर्छ।

विज्ञान विज्ञानकै ठाउँमा र धर्म–संस्कार तिनकै ठाउँमा ठीक भन्ने खाले। यो ‘बहुठीक’ र साम्यवादी एकल ठीकबीचको सम्झौता के ? समन्वय के ? विज्ञान र धर्मले एउटै कुरा भने भन्नेलाई जवाफ के ? जल र अग्नि प्रलयमा हरित गृह असर देख्नेलाई प्रत्युत्तर के ? बिग– ब्याङ्ग  (Big bang) को सिद्धान्त र आकासमा महाभयङ्कर शब्दपछि भगवानले पृथ्वी बनाए भन्नेलाई उत्तर के ? तेस्रो चुनौती ओथारावादी चिन्तनले नै दियो। विद्यार्थी व्यक्तिवादी बन्ने। सरकार ओथारावादी बन्ने। अर्थतन्त्र निजीकरणमा जाने। राजनीतिक दल संघीयतामा जाने। साम्यवादी सोच केन्द्रीकरणभन्दा पर नजाने। टाढा पुगे ‘जनवादी केन्द्रीकरण’सम्मको बन्ने। चौथो चुनौती ‘व्यावहारिक शिक्षा’ ले दियो। कृषकको सन्ततिले व्यापारको बाटो देख्यो– शहरियो। व्यापारीले प्राज्ञिक बाटो देख्यो– विदेशियो। भियतनामी विद्यार्थी र अभिभावकले साम्यवादी व्यावहारिक व्यावसायिक शिक्षालाई बलैले छुटाएजस्तो  (aggressively avoided) उपक्रम गरयो।

जनवादी रटान र नेपाली धरातल

जनवादीले रुप रटे। धरातलीय सार हेरेनन्। त्यसैले भनिदिए, ‘शिक्षा अनिवार्य हुन्छ, निःशुल्क हुन्छ, सर्वसुलभ हुन्छ, देशभक्तिपूर्ण हुन्छ, व्यावसायिक हुन्छ, प्राविधिक हुन्छ, अनुसन्धानमुखी हुन्छ, एकैखाले हुन्छ, सक्रिय जनसहभागिता हुन्छ, प्रतिस्पर्धी हुन्छ । साक्षरताका लागि युवा परिचालित हुन्छ।’ यस्ता ‘हुन्छ’हरू नेपालीले रूपमा देखे। सुने। पढे। तर सारमा गरेनन्। उदाहरण दिउँ, २०५८ को सबैका लागि शिक्षा कार्यक्रमको। दुवैले लेखे विपन्न वस्तीमा अनिवार्य शिक्षा थाल्ने भनेर। केही भएन। राष्ट्रिय शिक्षा पद्धतिको योजनाले व्यावसायिक र प्राविधिक शिक्षाको भयङ्कर वकालत गरयो। लागू गरयो। उपभोक्ताले स्वीकारेनन्। २०११ साल देखि का शिक्षा योजनाहरूले उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउने रहर गरे। विश्वविद्यालयले टेरेनन्। शिक्षामा जनसहभागिता सबैले खोजे। तैपनि संस्थागत भएन। राष्ट्रिय विकास सेवा कार्यक्रमले साक्षरताको लागि युवा परिचालन गरयो। पञ्चायतकालमा सुर्खेत जिल्लामा रकमसहितको स्थानीय सरकार र गैर सरकारी संस्थाहरू परिचालित भए। निरन्तरता भएन। निजी र सरकारी विद्यालयमा राष्ट्रिय शिक्षा पद्धतिको योजनाले एउटै पाठ्यक्रम-पाठ्यपुस्तक लागू गरयो। अहिले पनि यो क्रम छँदैछ। यति हुँदाहुँदै पनि निजी विद्यालयको पढाइ भिन्ने रह्यो । यस अर्थमा जनवादी रटान र नेपाली धरातल मिलाउने कसरी ? ‘हुन्छ’ को रुप र धरातलीय सारबीच सहसम्बन्ध खोज्ने कसरी ?

साम्यवादी देशको सिको र नेपाली माटो

कम्बोडियामा वाट (गुम्बा, बिहार) ले शिक्षा दिन्थ्यो। बोञ्जस् (भिक्षु) शिक्षक थिए। समस्या थियो– जनशिक्षा (mass education) थिएन। त्यसलाई फ्रेन्च मोडेलले पूर्ति गरयो। तर फ्रेन्च भाषा लाद्यो। साम्यवादीले त्यस्ता स्कूल पनि बन्द गरिदिए। भियतनामी शब्दमा ‘सैद्धान्तिक र सांस्कृतिक विषाक्तिकरण’ को डरले। यस अर्थमा साम्यवादी शिक्षाले विचार सँग लडेन। विचार दिने संरचना र संयन्त्र दुवैलाई सजाय दियो। अभिव्यक्ति स्वतन्त्रता मर्‍यो। यहाँ नेपाली माटो त्यही स्वतन्त्रता खोज्छ। माओवादीले पनि स्वतन्त्रता दिन्छौँ भन्ने वचनबद्धता जनाएका छन्। कम्बोडियामै धार्मिक र जातीय स्कूल थिए। निजी स्कूल पनि थिए। साम्यवादीले बन्द गरिदिए। नेपालका जनजातिले जातीय स्वतन्त्रता खोजे । धार्मिक स्वतन्त्रता खोजे। माओवादीले ‘तथास्तु’ भनिदिए। यो स्थितिमा गर्ने के ? बन्द गरौँ भने जातीय र धार्मिक स्वतन्त्रता हरिने। खोलौँ भने साम्यवादी शैली नासिने। गर्ने के ?

 के ? भियतनामले निजी विद्यालयलाई सरकारीकरण गर्‍यो। नेपालको पञ्चायतकालमा राष्ट्रिय शिक्षा पद्धतिको योजनाले जस्तो। त्यसले व्यक्ति र निजी संस्थाहरूबाट सार्वजनिक विद्यालयका लागि शैक्षिक सामग्री बटुल्यो। सुनसरी जिल्लाको भीम मा.वि.ले जस्तो । व्यावसायिक शिक्षालाई बेवास्ता गर्‍यो। २०३६ सालपछि को नेपाली विद्यार्थी र अभिभावकले जस्तो। खुला विद्यालयमार्फत शिक्षाको बिस्तार गर्‍यो। अहिलेको सरकारी अनौपचारिक शिक्षा केन्द्रले जस्तो। रसियन विश्वविद्यालयहरूसँग सहकार्य गर्‍यो । स्केन्डेवियन विश्वविद्यालयले अफ्रिका र एसियामा गरे जस्तो। काठमाडौँ विश्वविद्यालयले धुलिखेल र बननेपा नगरपालिकामा गरे जस्तो। त्यस्तै गरी गुणस्तरीय शिक्षाको वकालत गर्‍यो। अहिलेको नेपाली सरकारले जस्तो। यसका दाता र साहू संस्थाहरूले जस्तो। भयो के त ? अहिलेको जानकारीले भन्छ– रुप परिवर्तन भयो । सारमा उल्लेख्य परिवर्तन देखिएन। हामी नेपालीले सिक्ने के ?

उत्तर कोरियाले परम्परागत स्कूल हटायो। इसाई स्कूलले ठाउँ लिए। सातवर्षे अनिवार्य शिक्षा लागू गर्‍यो। किताबकापीसमेत राष्ट्रले दियो। क्यानडाली स्कूलभन्दा भिन्न के ? ह्यूरिटिक  (Huristic) शिक्षण पद्धति अपनायो। खोजमूलक पद्धति। यूरोपियन तथा अमेरिकी देशहरूले पनि त्यही गरे । फरक के रह्यो ? उत्तर कोरियाले किम इल सुङ्ग र तिनकै मतियारहरूको जयजयकार गर्‍यो। यस अर्थमा राजारानी पुज्ने पञ्चायतकालीन शिक्षा र माओ, लेनिन, माक्र्स तथा प्रचण्ड पुज्ने युद्धकालीन माओवादी शिक्षामा भिन्नता के ? उत्तर कोरियाले शिक्षालयमा एस.डब्ल्यू.वाई.एल.  (Socialist working youth league) बनायो। माओवादीको वाई.सी.एल. जस्तो। फरक के ? प्रौढ साक्षरता बढाउन गाउँपिच्छे ‘पाँच परिवार टीम’ बनायो। मोरङको झेराहाट गाविसका बाँतर समुदायको परम्परागत नाइकजस्तो। तात्विक अन्तर के ? कलकारखानाले ‘दुईघण्टे’ पठनपाठन सत्र चलाए । कारखानामै कलेज चले। किसानकै फार्म कलेज बने। श्रमिककै कलेज बने। तर म आफैँले दशकौँ अघि लेखेको किसान विश्वविद्यालयको सोच नेपालमा अझै आएन। भयो के ?


 


उत्तर कोरियाले किम इल सुङ्ग र तिनकै मतियारहरूको जयजयकार गरयो । यस अर्थमा राजारानी पुज्ने पञ्चायतकालीन शिक्षा र माओ, लेनिन, माक्र्स तथा प्रचण्ड पुज्ने युद्धकालीन माओवादी शिक्षामा भिन्नता के ? उत्तर कोरियाले शिक्षालयमा एस.डब्ल्यू.वाई.एल. बनायो । माओवादीको वाई.सी.एल. जस्तो । फरक के ?


अल्बानियाले साम्यवादी रुझनको शिक्षा थाल्यो। पञ्चायतले पञ्चायती शैलीकै। प्रत्येक सरकारले आ-आफ्नै शिक्षा योजना बनाए। अहिले माओवादी पनि त्यही तयारीमा छ । सारमा फरक के ? निरक्षर सिपाहीलाई साक्षर सिपाहीले सिकाउने कुरा अल्बानियाले गर्‍यो। तर शिविर र क्यान्टोन्मेन्टमा रहेका उमेर नपुगेर विस्थापित हुने दिन कुरेका सिपाहीलाई आफैँ पढाउँछु भन्न माओवादीले सकेन। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले म पैसा ल्याउँछु भन्यो। यहीं प्रश्न रह्यो साम्यवादीहरू मितव्ययी र उपलब्ध जनशक्ति परिचान गर्न सिपालु हुन्छन् भन्ने आधार के ? त्यस्तै उनीहरूले राष्ट्रवादी शिक्षा दिन्छन् भन्ने विश्वास दिलाए। तर अल्बानियामारूसी किताब आए। चीनमा तरूसीकरणविरुद्ध माओत्सेतुङ आफैँले आन्दोलन छेड्नुपर्‍यो। यस स्थितिमा साम्यवादी चाहिँ उपनि वेशवादी र विस्तारवादी हुन्नन् भन्ने प्रमाण के ? त्यस्तै अल्बानियामा प्राज्ञिक पढाइ पूरा न गर्ने लाई व्यावसायिक शिक्षा दिए। एवं विद्यार्थीलाई औद्योगिक उत्पादन तथा सैनिक तालिम दिए। कुनै बेला बी.पी. कोइरालाले प्रस्ताव गरे जस्तो। सन् १९९० पछि भने अल्बानियामा साम्यवादी शिक्षाको रुप र सार दुवै गयो। पञ्चायतकालसँगै राष्ट्रिय शिक्षा पद्धतिको योजना गयो। आखिर फरक के ?

चीनले केन्द्रीय शिक्षा नीति बनायो । स्थानीय सरकारलाई आधारभूत शिक्षा दिने जिम्मेवारी दिय। मैले अहिलेको सामुदायिक व्यवस्थापन प्रक्रियाअन्तर्गत भनिएका विद्यालयलाई स्थानीय गाउँपालिका वा नगरपालिकालाई दिऔँ भने। अन्तर के ? अनिवार्य शिक्षा सम्बन्धी कानून ल्यायो ।

नमुना विद्यालयको अवधारणा बोक्यो। नेपालका शिक्षा योजना बनाउनेहरूले पनि त्यसै गरे। सन् १९७० मा चीनले नेपालमा निजी भनी बुझिने स्कूल बन्द गर्‍यो। सन् १९८० मा खोल्यो। खोल्दा निमावि तह देखि स्वीकृति दिने नीति लियो। उपयोगितावादी नीति। मैले पनि निजी विद्यालयलाई उपयोग गर्ने नीतिकै वकालत गरें। भिन्नता के ? यसै गरी चीनले राजनीतिमा आधारित साम्यवादी राजनीतिक सत्सङ्गीकरण शिक्षालाई उसको चौखम्बे आधुनिकीकरणसँग जोड्यो। मैले पनि सबै राजनीतिक दलको सहमति भएको शिक्षा योजना बनाऔँ भनी रहेँ। फरक के ?

चीनले प्राथमिक शिक्षाको किताबको पैसा अभिभावकलाई तिरायो। क्यानाडाले पनि त्यसै गरयो। तिर्नु नसक्नेलाई दुवैले छात्रवृत्ति दिए। अन्तर के रह्यो र ? देङसियायो पिङको चीनले देश, राजनीतिक दल र जनतालाई प्यारो गर्ने नैतिक शिक्षा दिए। माओले उनकैगाथागाउने। पञ्चायती नेपालले पनि त्यही गर्‍यो। युद्धकालीन माओवादी शिक्षामा पनि त्यही भयो। अन्तर के ? त्यही स्थिति व्यावसायिक शिक्षामा रह्यो। नेपालले पनि ४ कक्षा देखि पूर्व व्यावसायिक शिक्षा लागू गरयो। प्रारभिक बालविकास कार्यक्रमलाई सामाजिक भलाइमा लग्यो । सरकारी पैसा हालेन। समुदाय वा विद्यालयमा आधारित बालविकास कार्यक्रममा पनि हामी नेपालीले त्यसै गर्यौ। तात्विक विभेद के ?

चीनले सिफ्ट प्रणालीमा विद्यालय चलायो। बङ्गलादेशले त्यही गरयो । नेपालको सी.डी.एस. भन्नेगैससले त्यसै गर्दैछ। फरक के ? बहुउद्देश्यीय व्यावसायिक एव प्राविधिक विद्यालय खोल्यो। नेपालको सीटीईभीटीले पनि त्यही गर्दैछ ? २०११ साल देखि का शैक्षिक योजनाले पनि त्यही भने। आखिर भिन्नता के ? चीनले शिक्षण, अनुसन्धान र उत्पादनलाई जोड्यो। मैले सेवा पनि थपे। सबै शिक्षाले गर्ने काम भने। भाषा भिन्नै भयो । परिवेश भिन्नै भयो । त्यस्तै चीनले खुल्ला विद्यालय र विश्वविद्यालय खोल्यो । मैले पनि आफ्नो पुस्तक ‘शिक्षामा वैकल्पिक चिन्तन’, २०६४ मा त्यसै भने। भिन्नता के ?

भारतको साम्यवादी राज्य केरलाले ठाउँ–ठाउँमा प्राज्ञिक ‘हब’ (एकेडेमिक हब) बनायो । शिक्षकलाई सेवा दिने हब । हाम्रा स्रोतकेन्द्रहरू जस्तो। यो सोचले त्यहाँ काम गरयो । यहाँ पनि काम भयो। रुपमा फरक के रहयो र ? त्यहाँको साम्यवादी सरकारले निजी,गुठी, र सरकारी तीनैखाले विद्यालय चलायो । तीनै वटालाई प्रतिस्पर्धी बनायो । मैले पनि त्यही कुरा को वकालत गरें। अन्तर के ?

क्युवाले साक्षरता अभियान चलायो। स्वयंसेवी विद्यार्थी गाउँ गए। त्योभन्दा अघि एकमहिने तालिम लिए। डे«स लिए। तेलको टुकी लिए। यी साक्षरता ब्रिगेडिस्टास (Interim  brigadistas) ले २० प्रतिशत साक्षरता थपे । पञ्चायतकालमा राष्ट्रिय विकास सेवामा जाने म जस्ताले त्यही गर्यौ। अहिले सरकार र विश्वविद्यालय अनुदान आयोगअन्तर्गत गाउँ जाने स्वयंसेवीले त्यही गर्छ। फरक के ? त्यसै क्यूवाको विद्यालयले क्यूमिलेटिभ स्कूल फाइल बनायो। नेपाली र स्पेनिस विद्यालयको पोर्टफोलियो जस्तो। तर क्यूवाकोमा ‘साम्यवादी थप’ थियो त्यो हो– रोजगारीको प्रतिवेदन। अर्थात् सैद्धान्त्तिक एकीकरण  (Ideological integration) । यस अर्थमा फरक कहाँ रह्यो त ?

निचोड

जनवादीका चिन्तनमा अरूका कुरा भिडाउँदा केही निचोडहरू जन्मे। पहिलो निचोड हो– सबै राजनीतिक दलहरूले आधारभूत तथा प्राथमिक शिक्षालाई अनिवार्य गर्नु पर्छ। विद्यालयस्तर को शिक्षा स्थानीय सरकारलाई जिम्मा दिनुपर्छ। जनवादी चिन्तकले भन्ने गरे झैँ स्थानीय सरकारबीच समाज वादी प्रतिस्पर्धीगराइरहनु पर्छ। दोस्रो निचोड हो– पठनपाठनमा सांस्कृतिक सुझ्, धार्मिक चिन्तन र विज्ञानमा अन्तरसम्बन्ध खोज्ने प्रबन्ध गर्नुपर्छ। एकले अर्कालाई तुच्छ ठान्ने साम्यवादी सोच बदल्नुपर्छ। तेस्रो निचोड हो– जागिर दिने ‘राज्य’ ले र व्यक्तिले राज्यका निम्ति काम गर्ने भन्ने पुरातन सोचको रुपान्तरण गर्नुपर्छ। व्यक्तिले आफ्नो प्रतिभा अनुसार म राज्यलाई के गर्छु वा गर्न सक्छु र कहाँ जागिर पाउँछु वा दिलाउन सक्छु भन्ने चिन्तनको खेती गर्नु पर्छ। चौथो निचोड हो– पढाइकै क्रममा दीर्घसोची (भिजिनरी) विद्यार्थी बनाउने । भएका र संभाव्य समस्यामा घोत्लिन लगाउने। विद्यार्थीलाई सर्जक बनाउने र त्यही सिर्जनामा व्यावसायिक वा प्राविधिक बनाउने प्रबन्ध गर्नु पर्छ। पाँचौँ निचोड हो– नेपाली अनुभवहरू अनन्त छन्। तिनीहरूको संस्थागत अभिलेख राख्नुपर्छ। छैठौँ निचोड हो– अन्तरविरोधी विचार हरू आउनु स्वाभाविक हो। ती विचार हरू मथेर सहसम्बन्ध खोज्नुपर्छ। सातौँ निचोड हो– निजी विद्यालयहरूलाई कुन क्षेत्रमा परिचालन गर्ने भन्ने सहमतिजन्य बाटो पहिल्याउनु पर्छ। आठौँ निचोड हो– कुनै व्यक्तिको भक्तिभावभन्दा कुन बिन्दुमा कसले के योगदान गरयो भनी समीक्षात्मक शैलीको सोच विस्तार गर्नु पर्छ । नवौँ निचोड हो– खुला शिक्षालयलाई औपचारिक एवं अनौपचारिक शिक्षाको समकक्षी कार्यक्रम बनाउनुपर्छ। दशौँ निचोड हो– सबै कुरा मा निःशुल्क भन्दा नसक्ने परिवार ठम्याएर पूरापूर सहयोग गर्ने र सक्नेलाई तिराउने नीति लिनुपर्छ। करबाट तिराउने। शुल्कबाट तिराउने। एघारौँ निचोड हो– भाषिक सहअस्तित्वको नीति अख्तियार गर्नुपर्छ। एक अर्कासँग सिक्ने नीति। सिकाउने नीति।

commercial commercial commercial commercial