पहिले शिक्षा सुधारौं !
पाषाण युगबाट आजको कम्प्युटर युगमा आइपुग्दासम्म विकास अनवरत चलिरहेको छ । मानव समाज को अस्तित्व रहेसम्म विकास मा विराम लाग्दैन । मानिसका आधारभूत आवश्यकता नै समग्र विकास का जननी हुन् । आवश्यकताको अनुभूतिले मानिसको मनमा तनाव उत्पन्न हुन जान्छ । तनावलाई शान्त पार्न उसले प्रयत्न गर्छ । प्रयत्नबाट नयाँ उपलब्धि हासिल गर्छ । त्यस्तो उपलब्धि नै विकास हो । आज संसारमा जे–जति खोज, अनुसन्धान र विकास भएको छ त्यो सबैगाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सञ्चार र आत्मसम्मान को खाँचोसँग सम्बन्धित रहेका छन् ।
हामी नेपालीले खोजेको विकास हराम्रो यथार्थमा आधारित हुनुपर्छ । सीपयुक्त शिक्षा र नागरिक चेतनाको अभिवृद्धि नै विकास को मूल आधार भएकाले शिक्षामा आमूल सुधार गरी ज्ञान, विज्ञान र प्रविधिको विकास गर्नु नै हामीले खोजेको विकास को जग हो । विकास सर्वाङ्गीण हुनुपर्छ । परम्परा देखि चलिआएका प्रविधिलाई आधुनिकीकरण गर्नु र विश्वमा विकसित भएका नयाँ ज्ञान, विज्ञान र प्रविधि भिœयाउनु र वातावरणमैत्री विकास को अवधारणालाई अपनाउनु नै सर्वाङ्गीण विकास हो । आजको संसारमा हामीले आफ्नो मात्र डम्फु बजाएर पुग्दैन । विश्व रंगमञ्चमा आफ्नो पहिचान देखाउँदै अरूबाट सिक्दै र अरूलाई सिकाउँदै अगाडि बढ्ने विकास को खोजी गर्नु पर्छ । कला, संस्कृति, धर्म, परम्परा, भाषाभाषी, साहित्य, सभ्यता र संस्कार नै विकास को धरोहर भएकाले यिनीहरूको जगेर्ना गर्ने , यिनैको जगेर्नाबाट रोजगारीको सिर्जना गर्ने विकास हामीले खोजेको विकास हो । धार्मिक, सामाजिक र सांस्कृतिक विविधता जस्तै प्राकृतिक विविधता हराम्रो जन्मभूमिको अर्को महत्वपूर्ण विशेषता भएकाले विकास प्राकृतिक विविधताको मर्ममा आधारित हुनुपर्छ । यसलाई ख्याल नराखी गरिने विकास ले हाम्रा सन्ततिहरू महाविपत्तिमा पर्छन् भन्ने कुरा हामीले बुझन ढिलो गर्नु हुदैन ।
बौद्घिक पलायनलाई नरोकेसम्म नेपालमा ज्ञान, विज्ञान र प्रविधिको विकास संभव देखि ंदैन । शिक्षित जनबल र परिश्रमी हातपाखुरा नै नभएको देशले विकास गर्न सक्दैन । विकास कसैले दिएर हुने कुरा पनि होइन । आवश्यकताको बोध, श्रम, प्रविधि, प्राकृतिक स्रोत साधन र पूँजीको परिचालनबाट नै विकास संभव हुन्छ । सबै नेपालीहरूको पूँजी जम्मा गरी उत्पादनमा लगाउने, श्रमको परिचालन गर्ने , ज्ञान र प्रविधिको खोज गर्ने र बौद्घिक पलायन रोक्ने न गरे सम्म हराम्रो विकास तासको महल जस्तो मात्रै हुनेछ । वन जंगलको संरक्षण, पानीका मुहान र जलाधार संरक्षण, नदी कटान रोकथाम, भू–क्षय बाढीपहिरो रोकथाम, भिराला बारीहरूकोगरा सुधार र फलफूल खेती, घाँस खेती र पशुपालन, सिंचाइ र लघु जलविद्युत् उत्पादन, वैकल्पिक ऊर्जाको विकास , गुणस्तरीय सर्वसुलभ शिक्षा, विधिको शासन नै हाम्रा लागि विकास को पहिलो खुट्किलो हो । यसका लागि जनचेतना र शिक्षामा सुधार हुनु पहिलो शर्त हो ।
वर्तमान अवस्थामा हामीलाई आधारभूत आवश्यकता पूरा गर्ने , आफ्नो परिवेशसँग एकाकार हुने मौलिक विकास को खाँचो छ जुन आफ्नै धर्तीबाट र पुर्खाले छाडेको नासोबाट सृजना हुन्छ । पुर्खाले छाडेको नासोलाई आधुनिकीकरण गर्दै विकास का आधुनिक पाइलाहरूलाई पहिल्याउँदै अगाडि बढ्ने विकास हामीलाई चाहिएको छ ।
नेपाल र नेपालीको विकास ः केलाई मान्ने ?
हरेक नेपालीको आधारभूत आवश्यकता पूरा हुनगई गुणस्तरीय जीवनयापनको अवस्था सृजना भएमा नेपाल र नेपालीको विकास भएको मान्नुपर्छ । शिक्षा र स्वास्थ्य सेवामा सबै नेपालीहरूको पहुँच पुग्नगई स्वस्थ र शिक्षित नेपालीहरूको श्रम र विवेकको प्रयोगबाट गरिएको समग्र विकास नै नेपाल र नेपालीको विकास हो ।
अर्थतन्त्र आत्मनिर्भर नहुँदासम्म नेपाल र नेपालीकोे विकास भएको मान्न मिल्दैन । लसुनको पोटी उत्तर चीनबाट र प्याजकोगानो दक्षिण भारतबाट आयात गर्ने हामी नेपालीहरूको अर्थतन्त्र कुन अवस्थामा छ होला सहजै अनुमान गर्न सकिने विषयवस्तु हो । खाने, लगाउने देखि लिएर सबै आवश्यकताका वस्तुुमा अर्काकै भरमा पर्नुपर्ने अवस्थाबाट मुक्ति पाउनु नै नेपाल र नेपालीको विकास हो । जलविद्युत्को विकास बाट हराम्रो अर्थतन्त्र बलियो हुने संभावनालाई साकार पार्न छिमेकी मित्रराष्ट्र भारत र चीनको सहयोग लिने वातावरण सरकारले सृजना गर्न सक्नुपर्छ । वैदेशिक लगानीलाई देश विकास का लागि प्रयोग गर्न लगानी मैत्री वातावरण सृजना गर्न सक्नुपर्छ जसका लागि राजनीतिक स्थिरता, राजनीतिक संस्कार र संस्कृतिको विकास हुनु जरूरी छ ।
पहाड हाड हो भन्ने मान्यताले हराम्रो मनमा राज जमाएको छ । पहाडको वातावरण जोगाएर गरिने विकास ले मानव का लागि पहाड हाड नभएर ईश्वरको बरदान सावित हुन सक्छ भन्ने ज्ञान आर्जन गर्न सक्नु र सानो नेपाललाई सुन्दर बनाउनु नेपाल र नेपालीको विकास हो ।
समता, वातावरण र जलवायु परिवर्तनका विषयलाई आर्थिक वृद्घिसँग कसरी जोड्ने ?
वातावरण भनेको पञ्चतत्व हो । वायु, आकाश, जल, माटो र ताप यी पञ्चतत्वबाट समस्त प्राणीको शरीर बनेको छ । वातावरण अर्थात् पञ्चतत्व नै असन्तुलित भयो भने हामीहरूले निर्माण गरेका विकास का भौतिक पूर्वाधारहरूले मात्र आर्थिक वृद्घि संभव हुँदैन । असन्तुलित वातावरणका कारण पानीका मुहान सुक्दैछन् । खेतीपातीले मनग्ये उत्पादन दिन छाड्दैछ । अतिवर्षा, न्यूनवर्षा र खडेरीले उत्पादनमा पारेको असर हृदय विदारक छ । औद्योगिक तथा विकसित देशहरू वातावरणीय समस्या उब्जाउने कारक भए पनि हिमालको काखमा बसेका हामी नेपालीहरूले वातावरणीय समस्या भोग्नुपर्ने बाध्यतालाई विश्व समुदायमा जोडदार तरीकाले उठाउन सक्नुपर्छ र वातावरण संरक्षण र उत्पादनमुखी कार्यमा हाम्रा श्रम, पसिना र वैदेशिक सहयोगलाई वातावरण मैत्री विकास मा उपयोग गर्नु पर्छ । गरीबी न्यूनीकरणका लागि वन जंगललाई हराभरा गराउन जडीबुटी, फलफूल र नगदेबाली उत्पादनमुखी बनाउनुपर्छ र कार्वन व्यापारबाट मनग्ये लाभ लिन सक्नुपर्छ ।
हामीहरूले जे–जति विकास का पूर्वाधारहरू निर्माण गरेका छौं ती सबै वातावरण मैत्री नहुनु नै हराम्रो आर्थिक सुधार नहुनुको कारक हो । शहर बजारमा मौलाएको फोहोर, प्लाष्टिकजन्य वस्तुको व्यापक प्रयोग, हरित गृह प्रभावीग्याँसको उत्पादन, रासायनिक मल र कीटनाशक औषधिको प्रयोग, वनजंगलको विनास र जनसङ्ख्या वृद्घि नै वातावरण विनास र जलवायु परिवर्तनका कारण हुन् । वातावरण र जलवायु परिवर्तनको समस्याले खेतीपातीको उत्पादनमा ह्रास ल्याएको छ । पानीका मुहानहरू दूषित बनेका छन् । प्रदूषित माटो, पानी र हावाले जीवन दिन प्रतिदिन कष्टकर बन्दै गइरहेको छ । प्राङ्गारिक मल, जैविक विषादी, कागज र लोक्ताबाट निर्मित झेलाको प्रयोग, छोटो दूरीको यातायातमा साइकल र रिक्साको प्रयोग, सौर्य ऊर्जा, वायु ऊर्जा, वायोग्याँसको प्रयोग र फोहोरको व्यवस्थापन गरी मोहर कमाउन सके, माटो, वायु र पानी प्रदूषणबाट मुक्ति पाउन सकिन्छ । वन जङ्गलको संरक्षणमा सहयोग पुग्न सक्छ । पेट्रोल, डिजल, रासायनिक मल र कीटनाशक औषधिको खरीदमा खर्च हुने धनराशीलाई विकास का अन्य क्षेत्रमा लगानी गरी आर्थिक वृद्घि बढाउन सकिन्छ । जीविकोपार्जन र वातावरण संरक्षणका लागि वन जंगलको संरक्षण हराम्रो आर्थिक सुधारको मेरुदण्ड बन्न सक्छ । वन पैदावारमा आधारित कुटिर उद्योगहरूको विकास हुनगई आर्थिक वृद्घि बढाउन र स्वस्थ जीवन जिउन सहयोग पुग्छ ।
नीतिनिर्माणको प्रक्रियामा नागरिकको सहभागिता कसरी सुनिश्चित गर्ने ?
सामन्ती राजनीतिक संस्कार र संस्कृतिलाई तिलाञ्जली दिनुपर्छ । सामाजिक संघसंस्था, राजनीतिक दल र दबाब समूहहरूको सांगठनिक र संस्थागत विकास गरिनुपर्छ । आमसञ्चारका माध्यमहरूको संस्थागत विकास र सूचनाको पहुँच आम नागरिकमा पुर्याउन सक्नुपर्छ । सदियौं देखि चलिआएका अलोकतान्त्रिक ऐन/नियमलाई खारेज गरिनुपर्छ । स्थानीय स्वायत्त शासन ऐनको परिमार्जन र कार्यान्वयनका साथै स्थानीय निकायको निर्वाचन र संस्थागत विकास गरिनुपर्छ । आम नागरिकमा सूचनाको हकलाई प्रभावकारी प्रयोग गर्न सक्ने क्षमताको विकास गर्न सक्नुपर्छ । लोकतन्त्रका आधारस्तम्भहरूलाई बलियो नबनाएसम्म नीतिनिर्माण प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित गर्न संभव छैन । लोकतन्त्रमा प्रतिनिधिमार्फत नागरिकले नीतिनिर्माण प्रक्रियामा सहभागिता जनाउने भएकाले हरेक राजनीतिक दल, दबाब समूह, राज्यका अंग र सामाजिक संघसंस्थाले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार आफ्ना सांगठनिक नीतिनियमहरू निर्माण गर्नु पर्छ र लागू गर्नु पर्छ । लोकतान्त्रिक संस्कार र संस्कृतिको विकास विना नीतिनिर्माण प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित नहुने भएकाले नागरिक शिक्षा र जनचेतनामा जोड दिने कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । नीतिनिर्माण प्रक्रियामा सूचना तथा सञ्चारका माध्यमको सहयोगमा नागरिकले व्यापक बहस चलाउन सक्ने वातावरणको विकास गरिनुपर्छ ।
प्रअ, धर्मभक्त निमावि
धर्मावती–८ माना गाउँ, प्युठान