पहिला राजनीति सोझयाऊँ
(एक)
श्रमलाई सजिलो, जीवनलाई आरामदायी र सन्तुष्ट बनाउने निरन्तर प्रयासको उपलब्धि नै विकास हो । यो निरन्तर चलिरहने प्रक्रिया हो । विकास प्रक्रिया सबै ठाउँमा एकैनासले चल्दैन । भूगोलको एउटा खण्ड एक समयमा अगाडि हुन्छ । अरूले त्यसको महिमा गाउँछन्, सिको गर्छन् । अर्को समयमा अर्को खण्ड अघि बढ्छ । कुब्लाई खानको पालामा चीनको विकास देखेर युरोपियन यात्री मार्कोपोलो आश्चर्यचकित भएका थिए । चिनियाँ यात्री हु एन सांग नेपाल–भारतको विकास देखेर दङ्ग परेका थिए । हिजोआज अमेरिकाको विकास देखेर हामी दङ्ग परेका छौं, अमेरिका चीनको विकास देखेर अचम्म परेको छ । कुनै दिन यस्तो पनि आउन सक्ला— नेपालको विकास देखेर सारा संसार मोहित होओस् !
अहिले हामीलाई चाहिएको विकास भनेको विधिको शासन र स्थायित्व हो । यसको लागि मध्यमार्गी राजनीतिक नेतृत्व चाहिन्छ । गएको ६ दशकमा देशमा दक्षिणपन्थी र वामपन्थी राजनीतिक प्रयोग धेरै भए । ती प्रयोगबाट कुनै रचनात्मक र सकारात्मक विकास भएन । पद्धति बस्न सकेन । विज्ञान र प्रविधिको विस्तार तथा यातायात, संचार र उद्योगको अन्तर्राष्ट्रिय चापले हराम्रोजस्तो मुलुकमा पनि केही विकास भएको छ । तर भएको यही सानोतिनो विकास लाई व्यवस्थापन गर्न पनि हामीलाई सधैं हम्मे हम्मे परिरहेको छ । किनकि यो विकास लाई हराम्रो पक्षमा हराम्रो आवश्यकतामा र हराम्रो योजनामा चलाउने जाँगर, सीप र अठोट हराम्रो राजनीतिक नेतृत्वमा भएन । फलस्वरूप हामी नेपालीहरूमा घोर निराशा र हीनताबोध व्याप्त छ । अहिले मुलुकमा संवैधानिक संकट छ र यसले ठूलो विश्वासको संकट पनि खडा गरेको छ । राष्ट्र र ढुकुटीलाई बलियो बनाउने भन्दा त्यसलाई लुट्ने र टुक्र्याएर बाँडचुँड गरेर खान चाहने प्रवृत्ति बलियो हुँदै गएको छ । गरिखाने मानिसलाई जीवन धात्र संकट छ । भविष्यको लागि कुनै आशा छैन । पार्टी र नेताहरूले केही गर्छन् भत्रे भरोसा समाप्त भएको छ । यस्तो अवस्थामा अरू तपसिलका विकास का कुरा हरू भन्दा मध्यमार्गी राजनीतिक नेतृत्वको कुरा आवश्यक छ । आजको राजनीतिक अन्धकारको वातावरणमा एउटा आशाको दियो बाल्न वा बलेको देख्न पाउनु नै हराम्रो लागि ठूलो विकास हुनेछ । आशाले भरिएको मनगन्तव्यसहितको यात्रा र सक्रिय हातहरू भएपछि विकास लेगति लिन्छ ।
(दुई)
विकास भत्रे कुरा निरन्तर चलिरहने प्रक्रिया भएको हुनाले यत्ति भए पुग्छ भनेर भत्र सकिंदैन । विकास बुझइ, भोगाइ रगराइमा भर पर्छ । साधनहरू प्रशस्त छन् तर भोग गर्ने ढङ्ग छैन, पद्धति छैन, नियम छैन भने त्यो विकास समस्या हुन्छ । तर सीमित साधनमा पनि रराम्रो व्यवस्थापन हुनसक्यो भने त्यसले भविष्यको लागि विकास को बाटो खोलिदिन सक्छ ।
नेपालमा विकास का धेरै बाधाहरू छन् । ती बाधाहरूलाई न्यूनीकरण गर्न र विकास को नेपाली मोडल बनाउनु जरुरी छ । तर अहिले राष्ट्रिय ता खतरामा परेको र संवैधानिक संकट उत्पन्न भएको बेलामा सबभन्दा महत्वपूर्ण कुरा राष्ट्रिय मेलमिलाप र राष्ट्रिय अखण्डताको कुरा हुन गएको छ । बितेका दशकमा नेतृत्वको तीन पुस्ता भोगियो, लगभग आधा दर्जन संविधान लेख्ने र च्यात्ने काम भए । प्रजातन्त्रको चिन्हपाटीमा पटक पटक शब्दहरू फेर्ने कामहरू बाहेक प्रजातन्त्रलाई संस्थागत गर्ने काम हुनसकेको छैन । नेपाल र नेपालीको विकास हुनका लागि मध्यमार्गी नेतृत्व, सन्तुलित कूटनीति, राजनीतिक सहिष्णुता र विधिको शासन चाहिन्छ । प्रजातन्त्र ‘आफूलाई नभई नहुने र अर्कालाई दिनै नहुने वस्तु’ बनाउन हुँदैन ।
गरिखाने मानिसलाई जीवन धात्र संकट छ । भविष्यको लागि कुनै आशा छैन । पार्टी र नेताहरूले केही गर्छन् भत्रे भरोसा समाप्त भएको छ । यस्तो अवस्थामा देशलाई अरू तपसिलका विकास का कुरा हरू भन्दा मध्यमार्गी राजनीतिक नेतृत्वको खाँचो छ । आजको राजनीतिक अन्धकारको वातावरणमा एउटा आशाको दियो बाल्न वा बलेको देख्न पाउनु नै हराम्रो लागि ठूलो विकास हुनेछ । आशाले भरिएको मनगन्तव्यसहितको यात्रा र सक्रिय हातहरू भएपछि मात्र विकास लेगति लिन्छ ।
विधि विधानको पुनस्र्थापना, राष्ट्रिय मेलमिलाप, आवधिक चुनाव, जिम्मेवार सरकार, संयमित विपक्षी, ऋणबाट मुक्ति, राष्ट्रिय अर्थतन्त्रको निर्माण, कमाउँदै पढ्दै गर्ने उच्च शिक्षा, दण्ड र पुरस्कार को सन्तुलन, सन्तुलित विदेश नीति अपनाएर जलस्रोतको सदुपयोग गर्न सकियो भने नेपालको विकास ले बाटो पहिल्याएको रगति लिन थालेको मात्रुपर्ने हुन्छ ।
(तीन)
वातावरण र जलवायु परिवर्तन विश्वव्यापी चिन्ताको विषय हो । एशियाको माझ्मा र सगरमाथाको फेदमा बसेको भूभागका जनताका क्रियाकलाप ले वातावरण बनाउन र बिगार्न ठूलो भूमिका खेल्छ । सामुदायिक वन र हरियाली वृद्धिको लागि नेपालमा भएका प्रयासहरू विकास का राम्रा नमूना हुन् । कार्बन व्यापारको अवधारणालाई बुझन सके त्यसलाई हराम्रो कार्यक्रम र प्राथमिकतामा संचालन गर्न सकिन्छ । नेपाल, भारत र चीन मिलेर नेपालका जलस्रोतहरूलाई सिंचाइ, जलविद्युत्, मत्स्यपालन र पर्यटनको लागि उपयोग गर्न सकिन्छ । नेपाल एक्लैले सक्दैन । चीन र भारतभन्दा बाहिरको शक्तिलाई जिम्मा दिंदा छिमेकीहरूले चित्त दुखाउँछन् । त्यसैले यसमा नेपाल, भारत र चीन मिलेर संयुक्त योजना बनाएर काम गर्न सकिन्छ ।
हिमाली जडीबुटी संसारमै प्रसिद्ध छन् । हिमाली अवस्थितिको महत्व बुझेर जडीबुटीको उत्पादन र प्रारम्भिक प्रशोधन गर्ने कार्यक्रमहरू संचालन गरेर वातावरण र जलवायुका विषयलाई समेटेर आर्थिक वृद्धि गर्न सकिन्छ । यी सबै कामहरू गर्न मुलुकमा राजनीतिक स्थिरता पहिलो पूर्वाधार हो ।
(चार)
नीतिनिर्माणको प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित गर्ने कुरा भत्र सजिलो छ तर गर्न निकै गाह्रो छ । किनकि विवेक र अनुशासनमा भन्दा आश र त्रासमा चल्ने हाम्रो बानी छ । माथिको आदेश र भनसुनको भरमा कामहरू बढी हुन्छन् । विधि विधान, नियम कानून बेला–मौकाका कुरा र भत्रे कुरा मात्रै भएका छन् । बैठक र सम्मेलनहरूमा हल्ला बढी हुन्छ ।
प्रभावशाली व्यक्तिले निर्णय गरेर बैठकमा ताली बजाउन पठाउँछन् र निर्णयहरू पास हुन्छन् । माथिको, ठूलो मान्छेको, खटनपटनमा चल्ने, जसरी भए पनि काम हुनैपर्ने, आफूले भनेको नभए हुँदै नहुने खालको बानी व्यहोरा यत्रतत्र सर्वत्र छ । यो बानी प्रजातन्त्र र विकास को लागि निकै हानिकारक छ । राजनीतिलाई सधैं युद्धको रूपमा बुझने, युद्ध र प्रेममा जे पनि हुन्छ भनेर कुतर्क गर्ने, राजनीतिको नाममा जुनसुकै अपराध गर्ने काम संस्थागत भएको देशमा नागरिकको सहभागिता स्वेच्छिक बनाउन सजिलो छैन । कुनै बैठक, सभा, समारोहहरूमा मानिसहरू प्रायोजित भएर पुगेका हुन्छन् र आफूले भनेको नभएमा हुल गर्न थाल्छन् । यस्तो वातावरणमा स्वयंसेवा गर्ने मानिसहरू हतोत्साहित हुन्छन् । तर अब हालका नेताहरूप्रति, उनीहरूको पार्टीहरूप्रति र उनीहरूका देखाउने सिद्धान्तहरूप्रति मानिसहरूको मोह भंग हुँदैछ । परिस्थिति बदलिंदैछ । यो बदलिंदो स्थितिलाई बुझन र यसलाई आत्मसात् गर्न हामी पहिले मध्यमार्गमा जानै पर्दछ, राजनीतिलाई मध्यमार्गमा ल्याउनै पर्दछ ।
(पाँच)
उपयोगी विचार लाई व्यवहारमा कसरी लैजाने ? यही प्रश्नको व्यावहारिक उत्तर चाहिएको छ । कुनै पनि योजना विचार बाट व्यवहार र व्यवहारबाट विचारमा (map to ground, ground to map) निरन्तर भिडान र मिलान भइरहनु पर्दछ । तर दुः खको कुरा हराम्रो मुलुकको राजनीति र सरकारले सधैं विचार र म्यापमा मात्रै काम गरेको छ । व्यवहार र विचार मा मिलान छैन । ६ दशक देखि हामी नेपाली गरिखानेहरूलाई जग्गा नभएको लालपुर्जा वितरण गरिरहेका छन् र अझै पनि यस्तै चेष्टा जारी छ । नेता र मन्त्री मात्रै त्यस्तो होइन, हामी पब्लिक पनि त्यस्तै छौं । जग्गा विनाको लालपुर्जा समाएर उनीहरूकै आशमा बसेका छौं । अब शायद मानिसमा चेत खुलेको होला ।
उपयोगी विचार लाई व्यवहारमा लैजानको लागि दोहोरो उपाय अपनाउनुपर्छ । पहिलो उपाय व्यक्तिगत तहबाट व्यावहारिक हुँदै जाने र दोस्रो हो; सरकार र संस्थाहरूलाई व्यावहारिक बनाउँदै लैजाने । सरकार र संस्थाहरूलाई व्यावहारिक बनाउन बलियो जनबल चाहिन्छ र समय पनि लामो लाग्दछ । प्रजातन्त्र र लोकतन्त्रका कुरा गर्ने , देश र दुनियाँको चासो राख्ने र समाज लाई बदल्ने कुरा गर्ने मानिसहरूले पहिले आफूलाई बदल्नुपर्दछ । आफ्नो जीवनको एउटा निश्चित शैली र आदर्श बनाएर त्यसमा निर्भीक भएर हिंड्नुपर्दछ । अवसरलाई आफ्नो पक्षमा उपयोग गर्ने एउटा कला हो तर यसो भनेर अवसरवादी चरित्र बनाउनुहुँदैन । व्यक्तिगत रूपमा आफ्नो घर, आँगन र परिवारबाट परिवर्तन शुरू गरेर यसलाई टोल छिमेकमा फैलाउन सकिन्छ । आफ्नो टोलको सार्वजनिक सम्पत्तिलाई रक्षा र विकास गर्दै लैजान सकिन्छ । यसलाई सं गठितरूपले मेलमिलापपूर्ण वातावरणमा गर्न सकिन्छ । यसै गरी यस्ता कामहरूलाई राष्ट्रिय अभियानको रूपमा पनि निरन्तररूपले संचालन गर्ने स्वयंसेवी संगठनहरू बनाउँदै सरकार र प्रशासनलाई सुझाव दिन सकिन्छ, सहयोग गर्न सकिन्छ ।
विकास र राजनीति परस्पर जोडिएका विषयहरू हुन् । विकास ले राजनीतिलाई र राजनीतिले विकास लाई असर पारेकै हुन्छ । हामीले विकास सँग मेल खाने व्यावहारिक मध्यमार्गी रचनात्मक राजनीतिको अभ्यास गर्दै विकास का कामहरूलाई संचालन गर्दै जानु जरुरी छ ।
श्री जनसेवा उमावि, लाटीकोइली–३, सुर्खेत